Quantcast
Channel: साइबर चौतारी
Viewing all 92 articles
Browse latest View live

वेब होस्टीङ्ग अनुभव

$
0
0
मलाई सम्झना भए सम्म सम्भवत सन २००३/४ तिर हुनु पर्छ त्यतीबेलाको नाम चलेको माउन्ट डिजीटभन्ने वेबहोष्ट गर्ने कम्पनीले स्पेशल अफर भनेर २ मेगावाईट वेब स्पेश दुई हजारमा बेच्दथ्यो । अहिले त्यही कम्पनी १० मेगाबाईट वेब स्पेश त्यतीनै मुल्यमा दिन्छ । अझ गुगल गर्दै जानु भयो भने २ हजारमा १०० मेगावाईट वा ५०० मेगाबाईट वेब स्पेश सम्म पनि पाउन सक्नु हुन्छ । अझ केहीले त २ हजारमाको वेब स्पेश किन्दा १००० को डोमेन पनि सित्तैमा दिन्छन भलै त्यो डोमेन पछी ट्रान्सफर गर्न चाहेका ग्राहकको ढाड सेक्के गरी मुल्य लिओस । यसरि वेबस्पेशको बजारमा देखीने आश्चर्यजनक बजार भाउले धेरैलाई किन धेरै तिर्ने वा किन सस्तो नकिन्ने भन्ने भ्रममा पारेको देखिन्छ ।

मेरो एक दशक लामो ब्यवशायीक अनुभवमा त्यस्ता केही भोगाई बुझाईहरु छन जसले तपाईलाई कस्तो वेबस्पेश किन्ने भन्ने उत्तर देला नदेला तर के के बिचार गर्ने भन्ने कुरा चाही प्रष्ट पार्छ । जस्तो कि अनलिमीटेड वेबस्पेश, अनलिमीटेड ब्याण्डविथ आदी वेब स्पेशको ब्यापारको प्रयोग गरीने चित्ताकर्षक शब्द हुन । जसको पछी लाग्दा धेरै कुरा गुमाई न सक्छ ।


असिमीत ब्याण्डविथ / वेबस्पेश (Unlimited Bandwidth / Webspace)

बजारमा तपाईले अनलिमीटेडको फिचर सहितको वेबस्पेश बेच्ने कयौ भेट्न सक्नु हुन्छ । कयौले अनलिमीटेड वेबस्पेश बेच्दा हुन , कयौले अनलिमीटेड ब्याण्डविथ सहितको वेबस्पेश अनि कतिकोमा अनलिमीटेड एड-अन डोमेन, माईएसक्युएल डाटाबेस , अनलिमीटेड ईमेल आदी हुदोँ हो । यहाँ बुझ्नु पर्ने कुरा के छ भने कुनै पनि सर्भरहरुमा जडान गरिएका हार्डवेर र यसको बाट उत्पादन हुने रिसोर्सेस हरु चाँही कुनै पनि अर्थमा अनलिमीटेड हुदैनन । कयौले अनलिमीटेड वेबस्पेश र यसमा हुने फिचरहरुको कुरा गरे पनि तपाईको वेबसाईटले साच्चैनै अनलिमीटेड रिसोर्सहरु प्रयोग गर्न थाले तपाईको वेबसाईटलाई सस्पेन्ड गरी दिन्छ । तपाई जति नै सुकै ठुलो वा नाम चलेको कम्पनीको कुरा गर्नुहोस कसैले पनि अनलिमीटेड सुबिधा दिएर वेबहोष्टीङ्गको ब्यपार गर्न सम्भव छैन । यसो किन पनि हो भने कुनै पनि कामको लागी प्रयोग गरीने कुनै पनि मेसिनमा कुनै न कुनै प्रकारको सिमीतता हुन्छ त्यसैले असिमीत क्षमताको वेब होष्टीङ्ग सम्भव छैन । यस बारे थप जानकारीको लागी मेरो पछिल्लो ब्लग हेर्नुहोस। त्यस्तै +Paul Ciszewskiले लेखेको यो लेख पनि अनुसरणिय छ ।

भिपीएस / डेडीकेटेड सर्भर / शेयर्ड सर्भर (VPS / Dedicated / Shared Server)

एउटा फ्ल्याटको कुनै कोठा जहाँ बसुञ्जेल तपाई आगन, बाटो आदी सोही फ्ल्याटमा बस्ने कुनै अन्य छिमेकीहरु सँग शेयर गर्नुहुन्छ । तपाईले चाहेर पनि तपाईको आफ्नो कोठाको साईज बढाउने आदी काम गर्न सक्नु हुन्न तपाईको लागी जे तोकीएको छ त्यसैमा तपाई आफ्नो काम चलाउनु पर्दछ भने वेबहोस्टीङ्गको भाषामा हामी त्यसलाईशेयर्ड होष्टीङ्गभन्दछौ । शेयर्ड वेबहोस्टीङ्गमा सर्भरको रिसोर्सेजहरु शेयर गरिने गर्दछ । यस्तोमा तपाईको वेबस्पेस वा भनौ सर्भरको पर्फमेन्स त्यही सर्भरमा राखेको अर्को साईटले खपत गर्ने आदी कुरामा भर पर्दछ ।  अनलिमिटेड फिचर सहितका सस्ता सस्ता वेबहोष्टी प्याकेजहरु यसै प्रकारका शेयर्ड होस्टीङ्ग बिक्री गरिन्छ । अनलिमिटेड भनिए पनि रिसोर्सेज हरु एक अर्कामा शेयर गरीरहेको कारणले प्रयोगकर्ताहरु पत्तो पाएका हुदैनन । साधरणतय यस्ता प्याकेजहरुमा प्रयोगकर्ताले धेरै रिसोर्सेजहरु धेरै प्रयोग नगरुन भनेर टर्म एण्ड कण्डीसनमा केही न केही क्लज राखीएका हुन्छन ताकी कसैले साच्चीकै अनलिमिटेड रिसोर्स प्रयोग गर्न थालेको खण्डमा त्यसको अकाउण्ट सस्पेण्ड गर्न पाईयोस ।

एउटा जम्मै फ्ल्याट जहाँका सबै सुबिधाहरु स्वय तपाई आफै प्रयोग गर्न पाउनु हुन्छ , त्यसमा रहेका कोठालाई तपाई आफ्नो आवश्यकता अनुसार पार्टेशन गर्न सक्नु हुन्छ , केही बिग्रीए भत्कीए त्यसको मर्मत संहार गर्ने दायीत्व पनि तपाईकै हुन आउछ भने वेबहोस्टीङ्गको भाषामा हामी त्यसलाईभिपीएस होष्टीङ्गभन्दछौ । धेरै तलाको एउटा ठुलो घरको फ्ल्याट फ्ल्याट भाडावाला सबै ब्यहोर्ने गरी जिम्मा लगाए झै भिपीएस होष्टीङ्गमा पनि रिसोर्सेहरु प्रयोगकर्तालाई भाग लगाए बाडीएको हुन्छ ।  यस प्रकारका सर्भरहरुमा राखीएका एप्लिकेशन आदीको सञ्चालन गर्ने दायित्व स्वयम प्रयोगकर्ताको हुन्छ । साधरणतय आफै वेबसाईट बनाएर एक भन्दा बढी वेब साईट आफ्नै मातहतमा सञ्चालन गर्ने प्रयोगकर्ताहरेल यस प्रकारको वेबस्पेश होष्टीङ्ग प्याकेज खरीद गर्ने गर्दछन ।  यसमा आफ्नो आवश्यक्ता अनुसारको सफ्टवेयर प्रयोग गर्न पाईने , सिस्टम सेटिङ्गलाई पनि सोही अनुसार परिमार्जन गर्न सकिने हुन्छ ।

सुबिधा सुरक्षा र परिवारका सदस्य संख्याको आधारमा एउटा सिङ्गै घर लिएर बसे झै ठुला ठुला कम्पनीले आफ्ना डाटा सुरक्षीत राख्नको लागीडेडिकेटेड सर्भरराख्ने गर्दछन । यस प्रकारको सर्भर प्रयोग गर्दा रिसोर्सेजहरु कसैलाई पनि शेयर गर्नु पर्दैन । सर्भरका कुन प्रकारको सफ्टवेयर राख्ने , रुट एक्सेस कसलाई दिने आदी यस प्रकारको वेबस्पेश प्रयोग गर्ने प्रयोगकर्ता स्वयंमले निर्धारण गर्न सक्दछ । सुरक्षाको दृष्ट्रीकोणले यसलाई शेयर्डहोस्षीङ्ग सर्भर भन्दा उत्तम मानिन्छ तर सञ्चालन खर्च महङ्गो हुन्छ । पुरै सर्भर आफै सञ्चालन गर्नु पर्ने भएको सो सम्बन्दी ज्ञान राम्रो हुन जरुरी छ । यसबारे थप जानकारिको लागी यहाँ हेर्नुहोला ।

फ्रिल्यान्सरकी रजिष्टर्ड कम्पनी (freelancer vs registered company)

मेरा एक परिचितको एउटा ब्लग थियो । कहिले काँही खोलेर हेर्ने गर्दथे । एक दिन अचानक सो साईट खोल्दा "Server Not Found"भन्ने म्यासेज देखे । सर्भरमा केही समस्या छ  होला भन्ने ठाने । धेरै दिन पछी फेरी ट्राई गरे । फेरी त्यही म्यासेज आयो । बुझ्दै  जाँदा होस्टीङ्ग कम्पनीले उसको खाता डिलीट गरी दिएछ । कारण जे पनि हुन सक्दछ । हुन सक्छ उनको अकान्टबाट सर्भरमा सुरक्षा खतरा उत्पन्न भयो । (उसको स्क्रीप्टमा केही समस्या भएको हुनाले हुन पनि सक्दछ । ) वा उसले जो सँग वेब स्पेस लिएको थियो सो रिसेलरले अन्जानमा अकाउन्ट डिलीट गरी दियो तर सर्भरमा ब्याकअप राख्ने प्रोभिन थिएन (सस्ता वेब स्पेश बेच्नेहरुमा यो समस्या हुन सक्दछ । ) कारण जे पनि हुन सक्दछ तर ग्राहकमा यस प्रकारको समस्य पर्नु भनेको सर्भरवाला र सस्तोमस्तो थोरे वेबस्पेश ठिकैको भाउमा बेच्ने रिसेलरको बदमासी यो हो  । फ्रिल्यान्सर ठिक हो भन्ने ठान्ने हो भने सो वेबस्पेश फ्रिल्यान्सरले बेचेको हो । कम्पनी ठिक हो भन्ने हो भने सर्भर एउटा नाम चलेको कम्पनीको हो । मेरो बुझाईमा वेब स्पेश कम्पनी वा फ्रिल्यान्सर सँग किन्ने भन्दा पनि तपाईको वेबसाईटको सुरक्षा राम्रो गरि दिने वा परेको बेलामा सो सम्बन्धी जस्तो सुकै सहयोग गर्न सक्ने सँग गर्न उपयुक्त हुन्छ ।

क्रमश : 

पाईरेट बे

$
0
0
द पाईरेट बे एक टोरेन्ट फाईल (म्यागनेट लिङ्क) डाउनलोड गर्ने एक वेबसाईट हो जसले बिटटोरेन्ट प्रोटोकल प्रयोग गरेर पियर-टु-पियर फाईल शेयरिङ्ग गर्ने गर्दछ । यसको स्थापना एक स्वीडिस नागरीकले सन २००३ मा स्थापना गरेका थिए ।  यस वेबसाईटलाई प्रतिलिपी अधिकार कानुन प्रतिकुल मानिएको छ जसको कारणले कतिपय देशले आफ्ना देशमा संचालनमा रहेका आईएसपी मार्फत रोक लगाएका छन । अबैधानीक रुपमा सफ्टवयेर, संगित तथा चलचित्रहरुको आदानप्रदान गरीने भएकोले कानुनत यसलाई अबैधानीक मानिएको हो यद्दपी नेपाल, भारत जस्ता पाईरेटेट सप्टवेयरले काम चलाई रहेका र प्रतिलिपी कानुनको अक्षरस पालना गर्न असमर्थ देशहरुका प्रयोकर्ताहरुको लागी यो वेबसाईट नयाँ नयाँ चलचित्र त सफ्टवेयर डाउनलोड गर्ने गतिलो माध्यम बनेर रहेको छ  ।

स्वीडेन, अमेरिका लगायत प्रितिलिपी अधिकारको चर्को वकालत गर्ने देशहरुमा यो साईटमाथी प्रतिबन्ध लगाईएको पनि यस कानुनलाई "प्रयोगकर्ताको लागी अतिरिक्त भार"  को रुपमा ग्रहण गरेका प्रयोगकर्ताहरुले खुबै रुचाएका छन र स्थानिय रुपमा पाईरेटबेको कदमलाई सहयोग पुर्याउने अभिप्रायले पाईरेट ग्रुपको निर्माण गरी बिभिन्न प्रोक्सी साईटरु सञ्चालन गर्दै रहेका छन । यसकारणले गर्दा पनि राज्यले आईएसपी मार्फत वेबठेगाना ब्लक गराएको भएको पनि बिभिन्न नाममा पाईरेटबे साईट सञ्चालन भैरहेको पाईन्छ ।  अमेरिकामा नै पाईरेटबे डट कमको नामको वेबसाईट लाई ब्लक गरीएको भए पनि यसै वेबसाईटको सामग्री प्रस्तुत गर्ने बेप्रोक्सी डट कम जस्ता तिन दर्जन साईटहरु सक्रिय छन । पाईरेटबे समुहका सदस्यहरु कतिपय देशहरुमा उल्मुलन नहुने रोग सरुवा रोग झै फैलिरहेका छन । अमेरिकी राष्ट्रिय सुरक्षा समाग्री लिक गर्ने वेबसाईट विकीलिक्स लाई गरिएको कारवाही पश्चात पाईरेटबेका सदस्यहरु पनि आफ्ना गतीबिधी स्वनियन्त्रीत रुमा सञ्चालन गर्दै गईरहेका भने देखीन्छन ।



यस वेबसाईटमा टोरेन्ट फाईल डाउनलोड गर्नको लागि म्यागनेट लिङ्क दिईन्छ । यस साईटमा उलपब्ध सामग्रीहरुलाई  अडियो, भिडीयो , गेम्स सफ्टवेयर एप्लीकेशन बर्गमा श्रेणीबद्द गरी राखीएका छन । जसमा तपाई तपाई कम्प्युटरलाई आवश्यक पर्ने सफ्टवेयर देखी भारतमा भर्खरै रिलीज भएको चलचित्र डाउनलोड गर्ने लिङ्क समेत भेट्न सक्नु हुनेछ ।
दश वटा भन्दा बडी डेडीकेटेड सर्भर राखेर अबैध तरिकाले सञ्चालन भैरहेको भनिएको यस वेबसाईट संचालनको लागि मुख्य श्रोत भनेको प्रयोगकर्ताले दिने चन्दा र बिज्ञापन हो  । यस वेबसाईटमा लगभग पैसठ्ठी लाख प्रयोगकर्ता दर्ता भएका छन भने यो सामग्री तयार गर्दा सम्ममा बाउन्न लाख टोरेन्ट लिङ्ग रहेको थियो ।  पाईरेटबेको आधिकारीक वेसाईटमा उल्लेख भए अनुसार विश्वभरीबाट जुनसुकै बेला  लगभग पैतिस देखी चालीस लाखको हाराहारीमा प्रयोगकर्ताहरु पाईरेटबेको वेबसाईटमा सक्रिय रहेका हुन्छन ।

यस वेबसाईटमा धेरै लामो समयदेखि ह्याकिङ्ग देखी प्रोग्रामिङ्ग डेभलपिङ्ग सम्म गरेका ब्यक्तीहरु सहभागी  रहेको बताईएको छ ।  यसै वेबसाईटको प्राविधीक सहयोगमा संलग्न भएका साईटका संस्थापकहरुको बारेमा "द पाईरेट बे : अ वे फ्रम कि बोर्ड” नामका चलचित्र समेत निर्माण गरिएको जसमा पाईरेट बे को लागी कानुनी रुपमा जटिल समय मानिएको सन २००८ देखी सन २०१२ सम्मका घटना क्रमहरुलाई समेटिएको छ ।

यस वेभसाईट अबैध भनिए पनि यसलाई खरिद गर्ने चाहनेहरुको लाईन लामो छ । सन २००९ मै एक स्वीडिस बिज्ञापन एजेन्सीले यसलाई पचासी लाख अमेरिकी डलरमा खरिद गर्न चाहेको थियो तर त्यतीबेला संचलकमाथी लागेको प्रतिलिपी अधिकार बिरोधी कानुन को कारण प्रकृया अगाडी बढ्न सकेन । नेपाल जस्तो बिकासोन्मुख र सुचना प्रविधीको क्षेत्रमा पुर्णत पाईरेटेड सफ्टवेयरमा निर्भर देशहरुको लागी अन्तराष्ट्रीय कानुन अनुसार अवैध मानीए पनि प्रयोगकर्ताकोलागी नयाँ नयाँ सफ्टवेयर तथा चलचित्रहरु हेर्नको लागी टोरेन्ट साईटहरु बरदान नै हुन । यसमा पाईरेटबे पनि एक हो । 

उपलब्ध पाईरेटबे का मिरर साईटहरु

Site Country
pirateproxy.se Sweden
tpb.unblocked.co UK
proxybay.eu USA
piratebaybyproxy.com Germany
tpb.ukhack.com Russia
tpb.so UK
tpb.ic0nic.de Germany
jntlesnev5o7zysa.onion.to TOR
bayproxy.nl Netherlands
thelitebay.com USA
tpb.uberduck.org EU
thepiratebay2.se EU
storrents.sx USA
piraattilahti.org Lithuania
proxyduck.com Germany
tpb.ekoice.info Isle of Man
pirateproxy.net UK
tpb.3k0.me UK
proxybay.me USA
gopiratebay.com Sweden
tpbunion.com USA
tpb.qwertyoruiop.com Germany
tpb.par-anoia.net USA
piratesniper.net Netherlands
pirateshit.com USA
kuiken.co Russia
tpb.5gg.biz Poland
proxybay.fr Italy
baymirror.com Canada
tpb.pusic.si Germany
tpbprox.tk Czech Republic
tpb.pw Romania
tpb.marcsi.ch Switzerland
anyserver.ca/tpbp Canada
tpb.kleisauke.nl Germany
thepiratebay.uk.to USA
tpbproxy.net France
tpb.360percents.com Germany
tpbproxy.cremoznik.si Slovenia
tpb.failsec.com Germany
proxybay.in Switzerland
tpb.decipi.fr France
tpb.spinhost.net USA
come.in Romania
tpb.nothingishere.net Canada
piraattilahti.org Germany
alexandrebonhomme.fr France
tpb.genyaa.org USA
tpb.ipredator.se Sweden
dieroschtibay.org Switzerland
tpb.marcsi.ch Switzerland
freedom.wbruder.eu France
proxytpb.com USA
pirate.bugabuse.net Romania
pirateshore.org Sweden
tpb.roylenferink.nl Germany
tpb.pirateparty.ca Canada
mypiratebay.cl Chile
tpb.pirates.ie Ireland
pb.proxybay.ca USA
tpb.cryptocloud.ca Iceland
tpb4all.servebeer.com France
thepromobay.co.uk Germany
pirateby.info Switzerland
piratebay.me.uk UK
tpb.herokuapp.com USA
bayproxy.org Russia
piratereverse.info Sweden
thedarkbay.psb.cu.cc USA
proxy.rickmartensen.nl USA
thepiratebay.psb.cu.cc USA
piratebay.keep.se Sweden
tpb.tv-shuffle.ch France
proxybay.net Switzerland
chuta.org/tpb USA
campeche.zapto.org Russia
tpb.ninja.so UK
baypass.net78.net USA
tpb.dark-mirror.com UK
tpb.fast-hosting.net UK
91.121.194.115:82 France
www.battleit.ee/tpb Estonia
quluxingba.info USA
pirateblay.com Germany
pirateshit.com USA
proxytank.com USA
tpb.disposable.name USA
www.proxie.co.uk UK
tpb.me Romania
piratebay.proxy.p-li.net France
piratebayunion.com USA
piratebay.skey.sk Slovakia
welovetpb.co.uk USA
tpb.fattylewis.com France
tpb.k0nsl.org USA
51tsj.com USA
bay.alanaktion.net USA
thepiratebay.pe.uncensor.it Sweden
malaysiabay.org USA
lanunbay.org USA
proxybay.nl USA
tpb.nicegraphs.com Germany
tpb.skit.kiev.ua Ukraine
tpb.tvrip.info Germany
thepiratebay.tn France
tpb.skit.org.ua Ukraine
tpb.peterbishop.net UK
theproxybay.biz Netherlands
tpb.thepiratesea.com USA
pirateparkie.net23.net USA
proxy.condorr.at Germany
xadeath.net:444 France
tpb.pirati.cz Czech Republic
thehydra.ru USA
tpb.derp.pw Ireland
tpb.madfedora.site40.net USA
pirate-proxy.com USA
www.bayproxy.com USA
bich.in USA
tpb.piraten.lu Luxembourg
tpb.partipirate.org France
tpb.doomed.it Switzerland
piratebayproxy.se Sweden
tpb.occupyuk.co.uk Germany
piratebayproxy.eu EU
ikwilthepiratebay.org Netherlands
mythepiratebay.com Switzerland
tpb.trafficmax.nl USA
filehound.co.uk UK

हेल्लो पैसा

$
0
0
अनलाईन ट्रान्जेक्सनको कुरा गर्दा मोबाईल रिचार्ज गर्ने, टेलिफोन, इन्टरनेटको पैसा तिर्ने काम बाट शुरु भएको नेपालको इन्टरनेट तथा मोबाईल बैङ्किगले निजीक्षेत्रको पहलले ठुलै फड्को मारी सकेको छ । अब तपाई सँग ईन्टरनेट वा मोबाईल बैङ्किग सेवा सुचारु गरिएको बैङ्क खाता छ भने काठमाण्डौ देखी बिराटनगर सम्मको हवाई टिकट मात्र हैन धरान बाट काठमाण्डौ जाने बसको टिकट पनि  खरिद गर्न सक्नु हुन्छ । यसो भन्दैमा नेपालका बैकहरु भारत लगायत कतिपय देशहरुमा जस्तो ईन्टरनेट बैङ्कीगको साहायताले जस्तो सुकै अनलाईन बैङ्कीग कारोबार गर्न सक्षम छन भन्ने हैन । बैङ्कहरुलाई बजार, आन्तरिक श्रोत र दक्ष जनशक्तीको अभाव अनि स्पष्ट सरकारी नितीको समयस्या पनि होला तर यस्तै कार्यहरु गर्नेको लागी केही ब्यक्ती तथा संस्थाहरु सक्रिय छन जो सोझै बित्तिय कारोबार गर्ने भन्दा पनि बित्तिय संस्थाहरु सँग सहकार्य गरेर  ग्राहकको बैङ्किग कारोबारलाई सहयोग पुर्याउन लागी परेका छन । उदारणमा हामी ईसेवा, पे बिल , फोनपे, आईपे, हेल्लो पैसा आदीलाई लिन सकिन्छ । 

हेल्लो पैसाकै कुरा गर्दा यसले लक्ष्मी बैंक , सिद्धार्थ बैंक , बैंक अफ काठमाडौँ, कमर्ज एंड ट्रस्ट बैंक अनि आइ. एल. एफ.  सी आदी बित्तिय संस्थासँग सहकार्य गरी कार्य गर्ने गर्दछ । नेपालमा भारतमा जस्तो कुनै पनि बैङ्कको ईन्टरनेट बैङ्कीङ्ग बाट आफ्नो बाहेक अर्को बैङ्कको खातामा सोझै पैसा ट्रान्सफर गर्ने सुबिधा भएको पाईदैन यस्तोमा यिनै बिभीन्न बैङ्कहरु सँग सहकार्य गरी काम गरीरहेका कमन प्लेटफर्महरु उपयोगी देखीन्छन । उदारणको लागी यदी तपाई सँग लक्ष्मी बैङ्कको खातामा पैसा छ र बैक अफ काठमाण्डौको खातामा पैसा पठाउनु पर्ने भयो भने हेल्लो पैसाको साहायताले तपाई जहाँ जे जस्तो अवश्थामा हुनु हुन्छ त्यही बाट न्युनतम दश रुपयाँ शुल्क तिरेर मोबाई बाट पैसा सार्न सक्नु हुन्छ । हेल्लो पैसा मोबाईल बाट बैङ्कीङ्ग कारोबार  गर्न मिल्ने मोबाईल एप्लीकेशन हो ।  जुन एप्ललको आईफोन, कुनै पनि ब्राण्डको एन्ड्रोईड फोन देखी नोकियाको विन्डोज फोन सम्ममा काम गर्दछ ।


फिन एक्सेस प्राली को उत्पादन हेल्लो पैसाले मोबाईलमा एस.एम.एस तथा आइ.भी.आर. कलका माध्यमबाट काम गर्दछ ।  यसका प्रयोगकर्ताले ३६५० मा एस.एम.एस को माध्यमबाट सिस्टमलाई कारोबारको आदेश पठाएपछि सिस्टमले ३६५० बाटै ग्राहकलाई फोन गर्दछ । उक्त फोन कलमा ग्राहकले आफ्नो गोप्य पिन हालेपछि सिस्टमले कारोबार आदेशलाई स्वीकृत गर्ने  गर्दछ । कुनै पनि कारोबार सफल हुन ग्राहकले आफ्नो गोप्य पिन हाल्नु अनिवार्य छ ।  यसर्थ , ग्राहक आफैंले कारोबार स्वीकृत तथा अस्वीकृत गर्न सक्दछन् ।

मोबाईल फोनबाट बैङ्कीग कारोबार गरीने भएको हुनाले सर्वसाधरणलाई यसको सुरक्षा सम्बन्धी दुबिधा हुन सक्दछ तर हेल्लो पैसा संचालन गर्ने कम्पनीका फिनएक्सेस प्रालिकाअनिल श्रेष्ठका अनुसार यस प्रणलीले कुनै पनि प्रकारको सुरक्षा निती सँग सम्झौता गर्दैन । तपाईले यो सेवा प्रयोग गर्नको लागी सबैभन्दा पहिले तपाई सँग नेपाल टेलिकम, एनसेल वा स्मार्टटेल कम्पनीमा दर्ताभई प्रयोगमा रहेको सम्बन्धीत कम्पनीको सिम कार्ड हुनु पर्दछ जुन फोनबाट तपाईल ट्रान्जेक्सन गर्न सक्नु हुन्छ भने प्रत्येक ट्रान्सफरको लागी एउटा गोप्य पिन नम्बर हुनु पर्दछ जुन तपाईलाई मात्र थाहा हुन्छ । मोबाईल सुरक्षाकै बारेमा श्रेष्ठ अगाडी थप्छन “मोबाइल फोन हराऊँदैमा पनि आत्तिहाल्नु पर्दैन । कुनै पनि अनधिकृत कारोबार कुनै फोन फेलापार्ने व्यक्तिले तपाईको गोप्य पिन थाहानपाए सम्म कुनै कारोबार गर्न सक्दैन । साथै, ग्राहकको सुरक्षाकोलागि, तिन पटक गलत पिन हाल्ने बित्तिकै सिस्टमले स्वत: खातालाई निस्क्रिय पारिदिन्छ । तपाई स्वयम् बैंक वा आधिकारिक एजेन्टकोमा उपस्थित भै लिखित निबेदन नदिएसम्म तपाईको खाता पुन: सुचारु हुदैन । "

ईन्टरनेट तथा मोबाईल बाट बैङ्किग कारोबार गर्न सर्वसाधरणलाई प्रोत्साहित गर्ने उधेश्यले सोही अनुरुप कार्य गर्दै आईरकेको यस कम्पनीको उत्पादन मार्फत अहिले निक्षेप जम्मा गर्न , मोबाइल फोन तथा डिस होमको भौचर रिचार्ज गर्न , टेलिफोन बिल भुक्तानी गर्न , रकमान्तर गर्न,  रेमिन्ट्यान्स सेवा लिन सकिन्छ भने  टिकेटसेवा डट कम, यस कान्तीपुर डट आदीमा खरीदारी समेत गर्न सकिन्छ ।

IOM Entrance Exam को Online Form

$
0
0
कुनै जागिरको लागी होस वा कुनै विश्व बिध्यालयमा परिक्षाको लागी होस , आफुले भरेको आवेदन फारमको गोपनियता बारेमा तपाईको धारणा के छ ? साधारणतय कुनै पनि आवेदन फारममा कुनै पनि ब्यक्तीको ब्यक्तीगर बिबरण समेटिएको हुन्छ जसम उसको पिताको नाम देखि उसको ईमेल ठेगाना , सम्पर्क फोन नम्बर , ईमेल ठेगाना उल्लेख गरिएको हुन्छ जसलाई कसैले गोप्य रहनु पर्छ भन्ने ठान्दछन भने कसैले त्यसको गोपनियतालाई बेवास्ता गर्छन । तर ईन्टरनेटको कुरा गर्ने हो भने कसैले पनि भरेको अनलाईन फर्मलाई कुनै पनि अवश्थामा गोप्य राख्नु पर्छ भन्ने मान्यता राखीन्छ ।

तर त्रिभुवन बिश्वबिध्यालय अन्तर्गत "ईन्सीच्युट अफ मेडीसिन (IOM)"को कुरा गर्नु हुन्छ भने त्यसले लिने प्रवेश परिक्षामा सहभागीहरुको अनलाईन फारम सजिलै एक्सेस गर्न सकिन्छ । यसको लागी थोरै अक्कल लगाए हुन्छ । जस्तो कि आईओएम अन्तर्गतको स्नातक तहको कुनै पनि परिक्षामा सहभागी हुनेहरुको पुरै ब्यक्तीगत बिबरण, मोबाईल नम्बर, ईमेल ठेगाना, नागरिकता नम्बर, उसले प्लस टु वा सो सरहको परिक्षमा प्राप्त गरेको प्राप्ताङ्क आदी थाहा पाउन सकिन्छ । आईओएमको यस्तो भद्रगोल अनलाईन सिस्टमको फाईदा उठाएको कुनै परिक्षाको ब्यक्तीगत बिबरण , फोटो आदीलाई कसैले दुरुपयोग चाँही नगरीदियोस । अहिले लाई त्यो डाटा कसरि एक्सेस गर्ने त्यो चाही जानौ ।

हाल सञ्चालन हुन गैरहेको (BN (Psychiatric Nursing),  BN (Community Health Nursing),    Bachelor of Science in Medical Imaging Technology (B.Sc.MIT), Bachelor in Science in Medical Laboratory Technology (BSc.MLT),  Bachelor in Public Health (BPH), Bachelor of Ayurvedic Medicine & Surgery (BAMS),     Bachelor of Ayurvedic Medicine & Surgery (BAMS), Bachelor of Pharmacy (B. Pharm), Bachelor in Dental Surgery (BDS), Bachelor of Science in Nursing (B.Sc. Nursing), Bachelor of Science in Nursing (B.Sc. Nursing), Bachelor of Optometry (B.Optom), Bachelor in Audiology & Speech Language Pathology (BASLP), Bachelor of Medicine & Bachelor of Surgery (MBBS))  कोर्षको प्रवेश परिक्षाको परिक्षार्थीको आवेदन फारम एक्सेस गर्ने ठेगाना http://iom.edu.np/bachelor_online/application/applicationprint/id/XXXXXहो । यहाँ दिएको ठेगानामा XXXXX को सट्टमा 10000 देखी शुरु हुने र 11000 भन्दा मुनिको (यो अँक परिक्षार्थीको संख्यामा भर पर्दछ ) राख्नुहोस । जो सुकैको अनलाई फारम एक्सेस गर्न सकिन्छ ।

अझ IOM मा फारम भर्ने सबै परिक्षार्थीको फोटो एकै पटक हेर्न मन लागेको भए यहाँ क्लीक गर्नुहोस

प्रतिश्पर्धामा ईन्टरनेट

$
0
0
प्रतिश्पर्धात्मक ईन्टरनेट बजारमा टिकीरहनको लागी एप्पल, फेसबुक , याहु, माईक्रोसफ्ट अनि गुगल जस्ता ठुला कम्पनीहरुपनि सधैभरी केही न केही गरीरहेका हुन्छन । जस्तो कि आलोचकहरुले भन्ने गरेको प्रतिस्पर्धा सिमीत गर्नको लागी उदयीमान कम्पनीहरुलाई खरिद गरेर तिनीहरुको बजार आफ्नो पोल्टमा पार्ने देखी आफु सँग भएको सुबिधा परिमार्जन थपघट गरेर आफ्नो प्रयोगकर्ताहरुलाई आफै सँग राखी राख्ने आदी सम्मका कामहरु ठुला भनेर कहलिएका कम्पनीहरुने गर्ने गर्दछन ।  यो ठुला कम्पनीहरुको बाध्यता पनि हो किनभने आजका प्रयोगकर्ताहरु सचेत र चलायमान छन । कम्पनीहरु पनि प्रयोकर्ता भन्दा कम बाठा छैनन उदारणको लागी आफ्ना प्रयोगकर्ता घट्न नदिनको लागी एप्पल, फेसबुक , याहु अनि गुगल ले यस वर्ष आफ्ना उत्पादनमा गरेका केही फेरबदललाई बिचार गरौ ।

सन २०१३ मा एप्पल

एप्पलले यसै वर्ष आईफोन फाईभ एस र सि गरेर दुईवटा मोडलका फोनहरु बजारमा ल्याईयो । बिकासोन्मुझ देशका प्रयोगकर्ताहरुलाई लक्ष्यीत गर्दै सस्ता फोन ल्याउला भनेर अनुमान गरीरहेका ग्राहकहरुलाई लोप्पा ख्वाउदै नयाँ उत्पादनको मुल्य त घटाएन तर प्रयोगकर्ताको एप्पल क्रेजलाई भने बढाई दियो  । यसै वर्ष एप्पलले ल्याएको आऐओएस सेभेनको (मोबाईल अपरेटिङ्ग सिस्टम ) ले प्रयोगकर्तालाई लोभ्याई दियो भने डिजाईनरहरुलाई यसै किसीमको युजर ईन्टरफेस राम्रो हुन्छ भनेर सबक सिकाई दियो ।

फेसबुको लागी सन २०१३

गतवर्ष देखी फेसबुकले आप्ना प्रयोगक्रताहरुलाई वर्षभरीमा फेसबुक गतीविधीलाई एक झलकमा प्रस्तुत गर्ने गरी ईयर्स रिभ्युको कन्सेप्ट बजारमा ल्याएको थियो भने यसवर्ष  यसै तरिकाले प्रयोगकर्ताहरुले आफ्नो मात्र हैन साथीको पनि फेसबुक गतिबिधी नियाल्न सक्छन । त्यसो त फेसबुकको लागी २०१३ धेरै नै महत्वपुर्ण मान्न सकिन्छ । ह्यासट्यागको साहायताले फेबुकले स्टाटस सर्च गर्ने देखी फोटो कमेन्ट गर्ने फिचरहरु यसै वर्ष देखी प्रयोगमा आएको हो  । यसै वर्षको गत नोभेम्बर देखी फेसबुकमा कसैको स्टाटसमाथी लेखीएको कमेन्टमाथी कमेन्ट गर्न थ्रेड कमेन्ट प्रयोगमा आएको थियो । सित्तैमा चलाईरहेका नेपालीहरुको फेसबुको आम्दानी सँग खासै ठुलो चाख भएको पाईदैन तर पनि फेसबुकको आम्दानीले यसको भबिष्यलाई सुनिस्चित गर्छ । यसै वर्ष फेसबुकले सवाचार करोड बराबरको सेयर सर्वसाधरणलाई बेच्यो भने यसका संस्थापक बिश्वप्रसिद्द फोबर्स पत्रिकाको धनाढ्यहरुको लिष्टबाट डगमगाएका छैनन ।

याहुको लागी सन २०१३

स्थापनाको सोर्हौ वर्षगाँठ मनाईरहदाँ नयाँ सिईओको नेतृत्वमा याहुले नयाँ जिवन पाएको बताईएको छ । गुगल
छोडेर याहु पसेकी मरिसा म्यायरको उपस्थीती पछी बिसेषगरी याहुको युजर ईन्टरफेसमा ठुलै परिवर्तन आएको छ । तत्कालको लागी वेबसाईटको कन्टेन्ट र फिचरहरु उहि जस्तो लगे पनि याहुमा डिजाईन लगभग जम्मै परिवर्तन भएको छ । याहुमेल पहिलेको भन्दा चुस्त देखीन्छ । यसको मुख्यपेजमा राखीएका सामग्रीहरुको संयोजन प्रयोगकर्ताको मन लोभ्याउने खालको छ । बिज्ञहरुले पहिले भन्दा चुस्त मानेको याहुको मुख्य पेजमा पहिले जस्तो समाचार देखी मौसमसम्मको जानकारी नहटाईइको भए पनि प्रयोगकर्ताले आफुले खोजेको सामग्री सजिलै भेट्न सक्छन । अमेरिका देखी भारतसम्म कार्यलय स्थापना गरेर काम गरीरहेको याहुका कर्मचारीहरुको मनोबल उकास्न नयाँ सिईओले उल्लेखनिय काम गरेको भनिन्छ भने गत वर्षको तुलनामा याहुको लगभग ५० प्रतिशतले आम्दानी बृदी भएको छ । यसै वर्ष याहुले १ करोष दश लाख अमेरिकन डलरमा प्रसिद्द ब्लगिङ्ग वेबसाईट टम्बरल खरिद गरेको छ ।

2013 मा गुगल

यो वर्ष गुगलको उल्लेखनिय गतीबिधी चर्चामा नआए पनि नेपाली प्रयोगकर्ताको लागी उत्साहको बर्ष रहयो ।
झण्डै एक वर्ष अगाडी गुगलले नेपालको समय सम्मलाई आफ्नो सिष्टमा समाहित नगरीरहेको अवश्थमा यो वर्ष गुगल ट्रान्सलेट समेत नेपाली भाषामा उपलब्ध भयो । नेपालकै गुगल युजर्स ग्रुपहरु सक्रियो देखीए भने गुगले प्रयोगकर्तालाई दिईरहेको सुबिधामा शैक्षिक संस्था बाहेकको लागी गुगल एप्स निशुल्क रहेन । गुगल म्यापमा केही उल्लेखनिय परिवर्तन भए

२०१३ मा साइबर चौतारी

$
0
0
यो ब्लग संचालन गर्नुको उधेश्य नै आफुले जाने सुनेका कुराहरु लिपीबद्द गरु भन्ने थियो । यसै क्रममा यही धरानबाट निस्कने ब्लाष्ट दैनिकमा प्रत्येक आईतबार सुचना प्रविधीको बारेमा मेरो लेखहरु छापीन थाले । त्यसपछी यो ब्लगलाई मैलै धेरै समय दिन नसकी रहदाँ कम्तीमा पत्रिकामा छापीएका लेख संग्रह गर्छु भन्ने निक्योल गरेँ । हप्तामा १ वटाको दरले वर्षमा ५२ वटा लेखहरु हुनु पर्ने हो । तर त्यस्तो देखीएन गत वर्ष जम्मा ३६ वटा लेखे प्रकाशित भएछन ।

डिसेम्बर २०१३

प्रतिश्पर्धामा ईन्टरनेटएप्पल, गुगल, फेसबुक, याहु
हेल्लो पैसाअनलाइन ट्रान्जेक्सन
पाईरेट बेटोरेन्ट
वेब होस्टीङ्ग अनुभववेभ होष्टिङ्ग

नोभेम्बर २०१३

ब्लाक फ्राईडे देखि साइबर मन्डे सम्मब्लाक फ्राईडे, साइबर मन्डे
ई-लर्निङ्ग वेबसाईटहरुअनलाईन लाईब्रेरी, ईलर्निङ्ग
एडोब सिस्टमएडोब, फोटोसफ

अक्टोबर २०१३

स्मार्ट वाचएन्ड्रोईड, एप्पल, गुगल, स्मार्ट वाच

सेप्टेम्बर २०१३

अगष्ट २०१३

जुलाई २०१३

जुन २०१३

मे २०१३

याहुले किन्न लागेको टम्बलरटम्बलर, सोसल मिडीया
फायरफक्स माहात्म्यफायरफक्स, ब्राउजर

अप्रिल २०१३

मार्च २०१३

मोफसलका वेबसाईटहरुनगरपालिकाहरुको वेभसाईटको दुर्दशा
मोबाईल बाट निशुल्क ईन्टरनेट फोन VOIP, ईन्टरनेट फोन

फरवरी २०१३

जनवरी २०१३

ठुला आईटि कम्पनीहरुको अधिग्रहण

$
0
0
त्यसो त बैङ्गलोरलाई एसियाकै सिलीकन भ्याली भनिन्छ । यहाँ ईन्टरनेट बजारमा उल्लेखनीय उपस्थीती राखेका एक से एक बहुराष्ट्रीय कम्पनीका कार्यलयहरु छन । यहाँ अमेरिका तथा युरोपका कम्पनीहरुको जतीको ठुलो आईटी बजार नभए पनि बैङ्गलोरमा तिनै पश्चीमा कम्पनीहरुको लागी काम गरी अकल्पनीय आम्दानी गरी रहेका साना आकारले कम्पनीहरु मनग्यै छन भनिन्छ ।
जो आकार र लगानीको हिसाबले सानो भए पनि एक से एक कम्पनीहरुको बजार र क्षमतालाई टक्कर दिने सामर्थ्य राख्छन । गत हप्ता कै कुरा गर्दा प्रसिद्द सामाजिक सञ्जाल वेबसाईट फेसबुक डट कमले  एन्ड्रोईड अपरेटिङग् सिस्टम जडान गरिएको मोबाईलको कार्यक्षमता बिश्लेशण गरी अध्ययन गर्ने टुल्स निर्माण गर्ने एक भारतिय कम्पनीलाई एक करोड अमेरिकन डलर भन्दा ठुलो धनराशी खर्च गरी खरिद गरेको छ । झण्डै एक दर्जन पनि नपुग उपल्लो तहका कर्मचारीहरु रहेको आकारको हिसाबले धेरै नै सानो यस कम्पनी अब सम्पुर्ण रुपले फेसबुक मुख्यालयमा स्थान्तरण हुनेछ भने बैङ्गलोरमा कार्यरत कर्मचारीहरु फेसबुकका पुर्णकालीन कर्मचारी भएर अमेरिका स्थीत क्यार्लीफोनियमा कार्यलयमा कार्यरत हुनेछन ।



दक्षीण एसीयाको सुचना प्रविधी बजारमा आईपुग्दा एक करोड अमेरिकन डलर ठुलो रकम देखीए पनि पश्चीमा बजारमा यो अंकले उ बिध्न ठुलो आश्चर्य राख्दैन । फेसबुककै कुरा गर्दा यसले चर्चित फोटो सेयरिङ्ग मोबाईल एप्लीकेशन ईन्स्टाग्रामलाई एक अर्ब अमेरिकन डलरमा खरिद गरेको थियो । एक थरी बिश्लेशकहरुको यस प्रकारको सम्भावना बोकेका कम्पनीहरुलाई ठुलो धनराशी खर्च खरिद गरीनुलाई आईटी बजारका टाईकुनहरुको प्रतिश्पर्धा सिमीत गर्ने कदमको रुपमा ब्यख्या गर्छन भने अर्को थरी  बिश्लेशकहरु अधिग्रहण गरीएका एप्लीकेशनहरुमा खासै ठुलो परिमार्जन नगरी जो जुन अवश्थामा थियो त्यही अवश्थामा बजार प्रवर्दन गरीनुले साना कम्पनीहरुको अन्तर्निहीत क्षमताको पहिचान भएको मान्दछन । तर प्रयोगकर्ताको हिसाबले सोच्दा दुबै अवश्था प्रयोगकर्ताको हितमा देखीन्छ किन भने आर्थिक रुपमा सक्षम कम्पनीले अधिग्रहण गर्दा उदयिमान कम्पनीहरुको पैसाकै कारणले आफ्नो क्षमता अभिबृदी हुन बाट बिमुख हुन पर्दैन भने प्रयोगकर्ता बानी परिसकेको कुनै एउटा उत्पादनको अधिग्रहण गरीएको कम्पनीको उत्पादन समाहित हुने भएकोले एउटै उत्पादनमा फरक स्वाद अनुभव गर्न पाउदछ । उदारणको लागी माईक्रोसफ्टले स्काईप खरिद गरी एमएमएन लाई पुर्ण रुपमा बिस्थापन गरिदियो भने प्रयोगकर्ताहरु त्यही पुरानै माईक्रोसफ्ट खाताबाट स्काईप लगईन गरी भिडीयो च्याट गर्न सक्षम भए । याहु मेसेन्जर , हटमेलको एमएसएन आदी चर्चित रहदाँ ( टेक्स्ट ) च्याट मात्र सहज थियो   भिडियो कलमा त स्काईपले नै बानी पारेको हो भन्न सकिन्छ जुन अहिले पुर्ण रुपमा माईक्रोसफ्टको अधिनमा छ ।

हाल सम्म फेसबुकले झण्डै चार दर्जन कम्पनीहरुलाई अधिग्रहण गरेको छ भने पनि पछील्लो समयमा अधिग्रहण गरिएका कम्पनीहरुको बिगत हेर्दा मोबाईल एप्लीकेशनजन्य क्षेत्रमा काम गर्ने कम्पनीहरु धेरै छन । ओनाभो तथा पर्से आदी पछिल्ला उदारण हुन । वेब प्रविधीको क्षेत्रमा देखीएको परिवर्तनलाई आत्मसाथ गर्दै फेसबुकले मोबाईल एप्लीकेशनमा ध्यान दिएको हुन सक्दछ किन भने गुगले अधिग्रहण गरेका फल्टर , बम्प आदी पनि मोबाईलको क्षेत्रमा काम गर्ने कम्पनीहरु हुन । फेसबुकले हाल सम्म त्रिचालीस वटा कम्पनीहरुलाई खरिद गरी आफ्नो कम्पनीमा बिलय गरेको छ भने गुगल , याहु, एप्पल, ट्वीटर  क्रमश एक सय एकचालीस, एकानब्बे, चौवन्न, अठ्ठाईस वटा कम्पनी आफ्नो पोल्टमा पारेको छ  ।

बिकल्पका वेबसाईटहरु

$
0
0
अमेरिका स्थीत प्रिन्सटन विश्वबिध्यालयका John Cannarella   र जोसुआ स्पेकलरको एक अध्ययन अनुसार हाल देखीएको फेसबुकको प्रसिद्दी र प्रयोग  सन २०१७ सम्ममा ८० प्रतिशतले घट्नेछ।  +Joshu   मेकानिकल तथा एरोस्पेशश ईन्जीनियरीङ्गका ति शोधार्थीहरुले अनलाइन सामाजिक नेटवर्क को उदय र पतन बारे अध्ययन गर्नको लागी ईपिडीमियोलोजिकल मोडेलको प्रयोग गरेका थिए । ईपिडीमियोलोजिकल मोडलको प्रयोग मुख्यत: सरुवा रोगको
नियन्त्रण र प्रकोपको बारेमा अध्ययन गर्नको लागी गरीन्छ ।  क्यानारेला र जोसुआले आफ्नो तर्क साबित गर्नको लागी कुनै बेला फेसबुक झै चर्चाको शिखरमा रहेको माईस्पेशको उदारण दिएका छन । उनिहरुका अनुसार प्रयोगकर्ताहरुको रुची र प्रयोगबिधी पछील्ला वर्षहरुमा माईस्पेशको चर्चाको शिखरबाट ओरालो लाग्ने क्रममा जुन अनुपातमा घट्दै गईरहेको थियो अहिले फेसबुकको अवश्था पनि अहिले त्यस्तै छ ।

यदी माथी उल्लेख गरीएएको अध्ययन वास्तवमै बस्तुपरक छ भन्ने मान्ने हो भने प्रश्न उठ्न सक्छ ईन्टरनेट भन्ने बित्तीकै फेसबुक बुझ्ने प्रयोगकर्ताहरु फेसबुक चलाउन छोडेपछी के गर्लान त ? यो प्रश्नको उत्तर त्यती जटिल भने छैन किनकी सामाजिक सञ्जालका अन्य वेबसाईटहरु प्रयोगकर्ताको संख्याको हिसाबले फेसबुकका भन्दा नगण्य होलान तर पनि उल्लेखनिय छन र यसका वास्तवीक प्रयोगकर्ताहरुलाई रिझाएर राखेका छन ।  उदारणको लागी आउदाँ वर्षहरुमा ईन्टरनेटको ठुलो हिस्सामा आफ्नो कब्जा जमाएर राख्न लागेका केही वेबसाईटहरुको बारेमा चर्चा गरौ । जसलाई फेसबुकको बिकल्प भन्दा पनि फेसबुक चलाएर दिक्क भएका प्रयोगकर्ताहरुले विकल्प प्रयोग गरेका वेबसाईट भन्न सकिन्छ ।


मिडीयम डट कम :  प्रसिद्द माईक्रोब्लगिङ् वेबसाईट ट्वीटरका सहसंस्थापक ईभान विलीयम्सको यो वेबसाईटको परिचयमानै "एक सय चालिस अक्षर भन्दा बढी अक्षरमा लेखेर आफ्नो साथी सर्कल भन्दा पनि बाहीर पुर्याउन सकिने ” भनेर यो ट्विटर र फेसबुकको विकल्प हुन सक्छ भन्ने कुराको संकेत गर्न खोजेका छन ।  हाल गुगलको स्वामित्वमा रहेको प्रसिद्द ब्लगिङ्ग वेबसाईट ब्लगरका संस्थापक कम्पनीका मालिकहरु मध्ये एक विलीयम्सले यसलाई ठाडै ब्लगिङ्ग वेबसाईट भन्न नचाहे पनि यो एक प्रकारको ब्लगिङ्ग वेबसाईट नै हो तर यसको प्रश्तुतिकरण प्रसिद्द ब्लगिङ्ग वेबसाईट वर्डप्रेस , ब्लगर भन्दा पृथक छ । अनि यसका समावेश भएका सामग्रीहरुले लेखकिय क्षमताको एउटा उचाई कायम राख्न खोजेको छ भनिन्छ त्यसैले हुन सक्छ बजारमा अहिले यसको चर्चा छ ।  भोलीका दिनमा यदी ईन्टरनेट ज्ञानको लागी भन्ने शोचको बिकास भयो भने यो साईटले धेरैलाई पछाडी छोडेर अगी बढ्नेछ ।

क्वरा डट कम :  यो एक प्रश्नोत्तर वेबसाईट हो । जसमा तपाईले आफु दर्ता भएर आफुलाई मनमा लागेका जस्तो सुकै प्रकारको प्रश्न सोध्न सक्नु हुन्छ भने आफ्नो रुचीको विषयबस्तुमा प्रवेशगरी उत्तर पनि दिन सक्नु हुन्छ । सर्सर्ती हेर्दा यस प्रकारको वेबसाईट यस भन्दा पहिले याहुले सञ्चालनमा ल्याई सकेको हो तर  अहिले क्वएरा डट कम चर्चामा छ । कारण यसको असिमीतता र विषयबस्तुको प्रस्तुतीकरण पनि हो । यस वेबसाईटमा प्रश्न गर्ने तथा उत्तर दिने प्रयोगकर्ताहरुलाई यस अन्य प्रयोगकर्ताहरुले आवश्यकता अनुसार प्रस्तुतीकरण परिमार्जन लाई अभिप्रेरित गर्ने गर्दछन  जस्ले गर्दा यसमा रहेका साम्रगीहरु कुनै एक प्रयोगकर्ताको भन्दा पनि समुदायको भैदिन्छ ।

पिन्टरेष्ट डट कम :  भलै फेसबुकले इन्स्टाग्रामलाई खरिद गरीसकेको होस , हाल सम्म पनि यसको मौलिकता कायमनै
छ ।  पिन्टरेष्ट डट कमलाई पनि ईन्स्टाग्राम जस्तै फोटो वेब सेयरिङ्ग वेबसाईटको बर्गमा राखीए पनि प्रयोगको हिसाबले यो अलि फरक छ । यसमा आफुले खिचेका फोटो मात्र हैन आफुले सिर्जना गरेका डिजिटल ईमेज ,  ईन्फोग्राफिक्स (ग्राफ तथा बिभिन्न प्रकारका चित्रहरुको प्रयोग गरी तथ्याङ्ग प्रस्तुतिकरण गर्ने बिधी) मेटेरियल आदी पनि सेयर गरिन्छ । सोसोल सेयरिङ्ग वेबसाईटहरुमा राम्रो पहिचान बनाउदै गरेको यस वेबसाईटमा फोटोलाई पिन , लाईक गर्ने सुविधाको कारणले गर्दा यस साईटको प्रयोग गुणात्मक रुपमा बृदी हुदै गरेको छ ।  याहुको फिल्कर , गुगलको पिकसा, फेसबुकको ईन्स्टाग्राम जस्तै यो यसलाई पनि फोटो सेयरिङ्ग वेबसाईट भनिए पनि प्रयोगकर्ताहरु किन पनि यसको पछी लागेका छन भने यसमा आफु वा आफ्ना परिचितले खिचेका ब्यक्तीगत फोटो मात्र हैन रमाईला उपयोगी फोटो पनि भेटिन्छन ।

फोरस्क्वायर डट कम : यो मोबाईल उपकरणहरुमा चल्ने लोकेसन बेस्ड सोसल नेटवर्किङ्ग वेबसाईट हो । यसमा कुनै स्थान विसेशमा पुगेर प्रयोगकर्ताले "चेक ईन"  गर्ने गर्दछ । ओपनस्ट्रिट म्यापको साहायताले चल्ने यो एप्लीकेशनले प्रयोगकताहरुलाई प्रयोगमा उत्साहित गर्नको लागी बिभिन्न ब्याजहरु दिने गर्दछ ।  धेरै प्रयोगकर्ताहरु हुने हो भने यसै एप्लीकेशको साहायताले कुनै पनि शहरमा धेरै नामचलेको स्थानहरुको बारेमा जानकारि प्राप्त हुन सक्दछ । मोबाईलको प्रयोग बढे सँगै बिदेशमा यस उपयोगिता साथै प्रयोग उल्लेखनिय रुपमा बढेको पाईन्छ  र यो स्थान बिशेशको जानकारिको लागि उपयोगी पनि छ । तर  तत्कालको कुरा गर्नु हुन्छ भने  नेपाली प्रयोगकर्ताहरुले यसबाट पुर्ण फाईदा लिने भन्ने कुरा गार्हो छ ।  

११बिप

$
0
0
अमेरिका स्थीत प्रिन्सटन विश्वबिध्यालयका दुई शोधकर्ता जोन क्यानरेला र जोसुआ स्पेकलरले एक अध्ययनमा सन २०१७ सम्ममा फेसबुक प्रयोगकर्ताहरुको संख्यामा भारी कटौती हुने निशकर्ष निकालेका छन  । हाम्रो देशको कुरा गर्दा ईन्टरनेटको पर्याय झै बनिसकेको नेपालमा फेसबुकका प्रयोगकर्ताहरु अबको तिन वर्षमा असी प्रतिशतले कम होलान भन्ने कुरा पत्याउन हामीलाई गार्हो पर्न सक्छ तर विश्वब्यापी प्रयोगकर्ताहरुको संख्यामा उल्खनिय कटौती हुने अनुमान गरिएको छ । एकातिर फेसबुक , ट्वीटर लगायतका सामाजिक सञ्जालले प्रयोगकर्ताहरुलाई पुराना र नयाँ साथीसंङ्गी तथा टाढा टाढा रहेका नातागोता तथा आफ्न्तको को संगतमा राखी राख्न सहयोग पुर्याएको छ भने अर्को तिर तिनै समाजिक सञ्जालमा त्यसलाई प्रयोग गर्ने अदुरदर्शी ब्यबहारले प्रयोगकर्ताहरु स्वयं अपठ्यारोमा पार्न थालेको छ । आजभोली बैबाहीक सम्बन्ध देखी  बैदेशिक अध्ययन प्रकृयामा कुनै पनि ब्यक्तीको बारेमा निर्णय लिनु पर्दा सामाजिक सञ्जालमा निजको गतिविधीलाई आधार मानेर निर्णय लिन थाली सकिएको छ ।

फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटको उदार गोपनियता निती भविष्यको लागि टाउको दुखाईको बिषय हुन सक्छ भनेर बहस मात्र भैरहेको छैन सरोकारवालाहरु गोपनियताको अधिकारलाई सम्मान गर्दै त्यसको विकल्पमा के गर्न सकिन्छ भनेर लागी परेका समेत छन । नेपालकै +bimal maharjan  र उनका साथी ‌+Vivek Bhusal  त्यस्तै एक उदारण हुन । उनिहरुले  "११बिप "भन्ने एउटा एन्ड्रोईड अपरेटिङ्ग सिस्टम भएको मोबाईलमा चल्ने एप्लीकेशको निर्माण गरेका छन । हाललाई एन्ड्रोईड सिस्टममा मात्र चल्ने गरी सञ्चालनमा ल्याईएको यो एप्लीकेशन क्रमश: अन्य अपरेटिङ्ग सिस्टम भएको मोबाईलमा पनि चल्ने गरी निर्माण गरीने बताईएको छ । एसीयाली राष्ट्रहरुमा भए गरेका सुचना प्रविधी सम्बन्धी घटनाक्रम लाई नजिकबाट नियाल्ने टेकईनएसीया डट कम वेबसाईटले "११बिप” भन्ने वेबसाईटलाई प्रसिद्द (स्मार्टफोन) मोबाईल एप्लीकेशन "स्नापच्याट "बाट प्रभावित एप्लीकेशन भनेको छ भने यो एप निर्माण गर्ने ११बिप का सिईओ बिमल मर्हजनले चाही यसलाई स्नापच्याटमा लगायतका अन्य सामाजिक सञ्जाल वेबसाईटहरुले सम्बोधन गर्न नसकीरहेको ब्यक्तिको गोपनियताको अधिकार सुनिस्चीत गर्ने एप्लीकेशन भनेका छन ।


अमेरिका स्थीत स्टाण्डफोर्ड युनिभर्सिटीका बिधार्थीहरु समेत लागी परेर निर्माण गरीएको स्नापच्याट एक फोटो मेसेजिङ्ग एप्लीकेशन हो । झन्डै अढाई वर्ष अगि निर्माणमा भई प्रयोगमा आएको यो एप्लीकेशन प्रयोगकर्ताहरुले राम्रै रुचाईएको पाईएको छ । यसैको सिको गरेर भारतिय डेभलपरहरुले क्याण्डीडली नामक एप्लीकेशनको निर्माण गरेका छन भने थाईल्याण्डमा यस्तै खालको "बिटक"भन्ने अर्को एप्लीकेशन प्रयोगमा छ ।

११बिप मा अपडेट गरिएका स्टाटसहरु, फोटो तथा दुईजना बिच गरीएका दोहोरो वार्तालाप निश्चीत समय पछी आफै मेटिदै जान्छन कुनै अपडेटलाई अलि लामो समय सम्म राखेर आफै मेटिने होस भन्ने चाहने हो भने सो समेत गर्न सकिन्छ । बेटा भर्सनमा रहेको यो एप्लीकेशनमा दर्ता भैसके पछी ११ बिपमा आफ्नै छुट्टै सर्कल निर्माण गर्नको लागी ट्वीटर , फेसबुक , भाईबर, ह्वाट्सएप तथा गुगल प्लसबाटई साथीहरु निम्त्याउन सकिन्छ । यदी फेसबुक, ट्वीटरकै साथीहरु सँग भेला पारेर कुराकानी गर्ने हो भने ११बिप किन चलाउने त भन्ने प्रश्नको जवाफमा बिमल भन्छन "११बिप पनि फेसबुकहरु जस्तै सामाजिक सञ्जाल मोबाईल एप्लीकेशन हो तर यसले तपाईले बिगतमा गर्नु भएका कुराकानी तथा गतिवीधीलाई भविष्यको लागी नजिर बनाएर राख्दैन जसले तपाईलाई अपठ्यारो समेत पार्न सक्छ । ” एप्लीकेशको नाम  महत्वबारे प्रष्ट्याउदै महर्जन भन्छन – टेलिभिजन हेर्दा खेरि यदी केहि कुरा सेन्सर गर्नु पर्यो भने “बीप-बीप” आवाज दिए जस्तै यो एप्लीकेशको साहायताले एक अर्का संग गरिएका कुराकानीहरु (One-to-one conversation) गोप्य  राखिने हुनाले यो एप्लीकेशको नाम ११बिप राखीएको हो । "
यो लेख मिती 2070 माघ २५ गतेको धरानबाट निष्कने ब्लाष्ट दैनिकमा प्रकाशित भएको छ ।

एउटा चराको अवसान

$
0
0
मासिक पचास हजार डलर आम्दानी गरिरहेको भनिएको फ्लापी बर्ड नामक मोबाईल गेमका सर्जकले एकएक सधैको लागी त्यसको बितरण बन्द गरीदिदाँ बिश्वभरीका टेकपण्डीतहरु आश्चर्यमा परे । सिएनएन देखि रोयटर्स सम्मका पत्रकारहरुले समेत त्यसको कारण पत्ता लगाउनु त परको कुरा त्यस गेमका सर्जक सँग अन्तर्वाता सम्म लिन सकेनन ।  अडकलबाजीका समाचारहरु आईरहे । फोर्ब्स पत्रिकाको स्थानिय सम्बाददाता भनिएकी  लान आन न्युगेनले  भेटेरै लिएको भनिएको अन्तरवार्ता सार्वजनिक भयो तर कुनै ठोस तथ्य बाहीर आउन सकेन ।

उनानन्तीस वर्षिय भियतनामी युवक दोङ्ग न्युगेनले सिर्जना गरेको त्यस फ्लापी बर्ड नामक मोबाईल गेमलाई एप स्टरोबाट मात्र पाँच करोड पटक डाउनलोड गरीएको थियो भने लगभग पचास हजारको हाराहारिमा त्यसैमा त्यसको रिभ्यु गरीएको छ । एन्ड्रोईड तथा आईओएस अपरेटिङ्ग सिस्सटम भएको मोबाईलमा चल्ने यो गेम यस वर्षको  शुरु देखीनै गुगलको प्ले स्टोरमा निशुल्क डाउनलोड गर्न मिल्ने गेमहरुको सुचीमा माथी नै थियो भने अमेरिका र चाईना बाट डाउनलोड गरीएका गेमहरुको सुचीमा एक नम्बरमा थियो । गत फेब्रुवरी ९ मा डाउनलोड गर्न बन्द गरीएको यो गेम बेलायतबाट डाउनलोड गरीने एप्लीकेशनहरुको सुचीमा उकालो चढ्दै थियो ।  मोबाईल गेमका पारखीहरु यसलाई "नयाँ एङ्ग्री बर्ड (बिश्वब्यापी चर्चा कमाउन सफल अर्को मोबाईल गेम ) ”  रुपमा रुचाएका थिए । हाम्रो देशकै प्रयोगकर्ताहरुको कुरा गर्दा फेसबुक देखि ट्वीटर सम्म फ्लापीबर्डको आफ्नो उच्च स्कोरको सक्रिनसट अपलोड गर्न थालिएको छ । 

आलोचकहरुले यस गेमलाई प्रसिद्द कम्प्युटर गेम हेलिकप्टर (Helicopter Game) तथा  पिओ पिओ भर्सेस क्याकटक (Piou Piou vs. Cactus ) को नक्कल गरी बनाईएको मोबाईल गेम भनि आलोचना गर्ने गरेका छन भने सुपर मारियोका मालिकले आफ्नो गेमको धुन चोरेर प्रयोग गरेकोले तिनको कानुनी चेतावनी देखी डराएर दोङ्गले फ्लापीबर्डलाई बन्द गरेको समेत अनुमान गरेका छन ।  उदारणीय सफलता पाईरहेको गेमलाई बिना कुनै कारण अचानक बन्द गरीदिदाँ दोङ्ग लाई शंकास्पद नजरले हेर्न थालीएकोमा उनले फ्लापी बर्ड आफ्नो मैलिक सिर्जना भएको र अत्याधिक प्रयोग बढेर गएकोले आफ्नो गेम बन्द गरेको जनाएका छन । हुनलाई दोङ्ग मोबाईल गेम सिर्जना गर्नको लागी सिद्दहस्त नै हुन । उनैले बनाएको सुपर बल जगलिङ्ग तथा सुरकिन ब्लक फ्लापीबर्डको चर्चा चल्न थाले देखि एप्पल एप स्टोरको टप ट्वावन्टीमा रहेको छ । फ्लापीबर्डको अवसान पछी यसको सफलताको फाईदा लिदै यस्तै यसैको नक्कल गरी बनाईएका फ्लापी प्लेन, फ्लापी व्हील, फ्लापी पेग्वीन, फ्लापी एन्ग्रीबर्ड नाम गरेका मोबाईल गेमहरु एप्पलको आईओएस स्टरोमा उकालो लाग्दैछन ।

दोङ्गको सफलता र त्यसको कारकको चाही रहस्यमयी अन्त्य भए पनि भियतनामी सरकार दोङ्ग प्रति सकारात्मक छ ।  स्थीनिय भिएनएक्सप्रेसका अनुसार त्यहाँको अर्थ मन्त्रालयले दोङ्गले फ्लपीबर्ड बाट कमाएको पैसाको अनुसन्धान  गरी त्यसमा कानुनत: लाग्ने करलाई यस प्रकाको सफ्टवेयर निर्माण गर्ने ब्यक्ति तथा संस्थाको लागी प्रयोग गर्ने बताएका छन । हुनलाई दभर्ज डट कम ले भने जस्तै फ्लापी बर्डले मासिक पचासहजार डलर आम्दानी गरेको मान्ने हो भने यो गेम रिलीजभएको नौ महिनाको बिचमा दोङ्ग यसै गेमको पैसाले त्यहाँको करोडपती बनिसकेका छन जुन भियतनाम मात्र हैन बिकासोन्मुख एसीयाली देशकायुवाहरुको लागि उदारण नै हो ।

ह्वाट्स अप फेसबुक !

$
0
0
कुनै पनि कुराको उत्कर्षमा पुगेपछी के ? भन्ने प्रश्न बढो दार्शनिक लाग्न सक्छ ।  सामाजिक सञ्जाल वेबसाईटमा सफल फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पनि यो प्रश्नले चिमोटेको हुनु पर्छ । तर उनि निरुत्तर देखीएका छैनन । कम्तीमा उनको गतिविधीले यो झल्को दिन थालेको छ । विश्वका एक से एक सामाजिक सञ्जाल विश्लेशकहरु फेसबुक ओरालो लाग्दै गरेको निस्कर्ष निकाल्दैछन भन्ने जुकरबर्ग त्यही फेसबुकले कमाएको पैसा लगानी गर्दैछन । यसलाई भविष्यको लागी लगानी गरेको भन्न सकिएला । अघिल्लो वर्ष एक बिलीयन डलरमा (हालको विनिमय दर अनुसार उनान्सय करोड नेपाली रुपयाँ) ईन्स्टाग्राम खरिद गरेका उनले यसपाली विश्वलाई चकित पार्दै उन्नाईस बिलियन अमेरिकन डलर (हालको बिनिमय दर अनुसार उन्नाईस खर्ब नेपाली रुपयाँ ) मा प्रसिद्द मोबाईल म्यासेजिङ्ग (तथा ईन्टरनेटको साहायताले फोन गर्न मिल्ने ) एप्लीकेशन ह्वाट्स एप खरीद गरेका छन । दुनिया चकित परेको यो रकम चालु आर्थीक वर्षको नेपालको बजेट सँग तुलना गर्ने हो भने यो झण्डै पाँच वर्षको नेपाल बार्षिक बजेट हो । यो आंकडाले नेपालको बजेटलाई मात्र हैन विश्वका नेपाल जस्तै आर्थिक अवश्था भएका करिव पन्ध्रवटा देशको वार्षिक बजेटलाई पछी पारेको छ ।

फेसबुकले यती ठुलो रकम खर्चेर खरिद गर्न लागेको ह्वाट्स एप आफैमा त्यती ठुलो नविनतम उत्पादन चाँही हैन । विश्वभरीमा पैतालिस करोड प्रयोगकर्ता रहेको भनिएको यस एप्लीकेशनको काम धेरै हद सम्म प्रसिद्द मोबाईल एप्लीकेशन भाईबर सँग मिल्न जान्छ । जसलाई भर्खरै एक जानपनिक कम्पनीले ह्वाट्स एपको भन्दा झण्डै २१ गुना कम्ती पैसामा खरिद गरेको छ । भाईबर जस्तै ह्वाट्स एप पनि आईओएस, एनड्रोईड, ब्लाकबेरी, नोकिया देखी विन्डोज अपरेटिङ्ग सिस्टम जडान गरीएको मोबाईलमा काम गर्ने गर्दछ । करिव चार वर्ष अगाडी स्थापन भएको एस कम्पनीका संस्थापक मध्ये एकले यो एप्लीकेशन बनाउनु भन्दा पहिले फेसबुकमै जागिर माग्न जाँदा रित्तो हात फर्किनु परेको बताईन्छ भने त्यही कम्पनीले उनिहरुलाई उन्नाईस बिलीयन बराबरको चल अचल सम्पती भुक्तानी गर्दैछ ।

प्रारम्भीक चरणको सम्झौता सम्पन्न गरी सकेको फेसबुकले पछी यो एप्लीकेशन खरिद नगर्ने निर्णय गरेमा एक बिलीयन नगद र एक बिलीयन बराबरको फेसबुकको शेयर हर्जाना स्वारुप ह्वाट्स एपलाई भुक्तानी गर्नु पर्ने छ भने फेसबुकको उप्पल्लो निकायले बिना कुनै अबरोध खरिद गर्ने भएमा ४ बिलियन डलर नगद र १२ बिलियन डलर बराबरको फेसबुक सेयर दिनेछ भने ३ बिलियन डलर आगामी ४ वर्षमा व्हाट्सएपका संस्थापक र कर्मचारीहरुलाई फेसबुकको स्टकको रुपमा दिनेछ । जे होस उन्नाईस बिलीयनमा उन्नाईस बिलीयन नगदनै फेसबुकले ह्वाट्स एपका संस्थापकहरुलाई भुक्तानी नगरे पनि सो बराबरको सम्पती फेसबुकको चल अचल सम्पतीबाट घट्ने छ भने बदलामा एउटा मोबाईल एप्लीकेशन प्राप्त गर्ने छ ।

प्रयोगकर्ताको संख्या फरक हुन सक्दछ तर बिभिन्न नाममा ह्वाट्स एप जस्तै थुप्रै एप्लीकेशन छ्यास्छ्यास्ति आईरहेको परिप्रेक्ष्यमा विश्वका भरिका टेक पण्डीतहरु फेसबुकले खरिद गरेको उत्पादन भन्दा पनि त्यसलाई भुक्तानी गर्न लागेकाको रकमका बारे आश्चर्यमा परेका छन । वास्तबमै नयाँ पुस्ताका किशोर किशोरीहरु फेसबुक भन्दा पनि मोबाईलजन्य उत्पादनमा (एप्लीकेशनमा) उत्सुक भएको तथ्यलाई आत्मसाथ गरेर फेसबुक पछी के भन्ने हिसाबले रणनैतिक रुपमा फेसबुकले ह्वाट्स एपलाई त्यती ठुलो रकम लगानी गरेर खरिद गरेको हुन सक्दछन तर दुनिया त्यसलाई खरीद गरेको रकमा आश्चर्य मानी रहेको छ । वास्तबमै फेसबुकले ह्वाट्स एपको लागी ठुलो लगानी गरेको छ । ह्वाट्स एप खरिद गर्दा लागेको रकम माईक्रोसफ्टले स्काइप खरिद गर्दा तिरेको रकम भन्दा दोब्बर याहुले टम्लर खरिद गर्दा तिरेको रकम भन्दा अठार गुना बढी फेसबुकले नै किनेको इन्स्टाग्राम भन्दा उन्नाईस गुना बढी छ । यहाँ सबभन्दा रमाईलो कुरा त के छ भन्ने ठ्याक्क ह्वाट्स एप जस्तै काम गर्ने भाईबरलाई भन्दा एक्काईस गुणा बढी तिरेर फेसबुकले ह्वाट्स एप खरिद गर्न लागेको छ ।
यो लेख मिती २०७० फागुन ११ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको छ ।

भारतियहरुको अनलाईन सपिङ्ग

$
0
0
छिमेकी भारतमा पश्चीमाहरुले क्रिसमस खरिदारीको लागी लक्ष्यीत गरेर चलाएको ब्लाक फ्राईडे वा साईबर मन्डे जस्ता उत्सवहरु त औपचारीक रुपमा मनाईदैन तर त्यहाँको दिपावलीको किनमेलले त्यसलाई बिर्साई दिन्छ । अझ अनलाईन खरिदारीलाई लक्ष्यीत गरी शुरु गरीएको साईबर मन्डेको झल्को कुनै कुनै भारतिय वेबसाईटमा बार्हैमास देख्न सकिन्छ । नेपालमा जस्तै भारतमा पनि कम्प्युटर साक्षर र निरक्षर बिचको ठुलो खाडल हुदाँ हुदै पनि त्यहाँ कम्प्युटरजन्य कामकाज र कारोबारको प्रयोग दिनप्रतिदिन बढ्दै गईरहेको छ ।  त्यता नेपालको जस्तो ट्राभल एजेन्सीहरु हवाईजहाजको टिकट मात्र बेचेर बसीरहेको पाईदैन । बहुसंख्यक भारतियहरुले ईन्टरनेटको माध्ययम बाट रेल तथा हवाईजहाको टिकट आफै खरिद गर्ने हुनाले त्यहाँका ट्राभल एजेन्टहरु  टुर अपरेटरको काम गर्न रुचाउछन । यसो हुनुमा त्यहाँको केन्द्रीय बैकले अङ्गालेको उदार अनलाईन कारोबारको निती प्रमुख कारण रहेको मानिन्छ । त्यहाँको कुनै पनि नागरीकले निजी तथा सरकारी बैकमा बैकखाता खोल्ने बित्तिकै अनलाईन कारोबार गर्न मिल्ने डेबिट कार्ड देखि ईन्टरनेट बैकिङ्गको सुबिधा साधरणतय निशुल्क प्राप्त गर्दछ । नेपाल अझ पनि सरकारी तवरबाट अनलाईन कारोबारलाई सोझो शब्दमा मान्यता दिईएको छैन । निजी क्षेत्रका  केही अनलाईन कारोबार सुरक्षीत छ भन्ने मान्यता बोकेका युवाहरुले भए गरेको नियम कानुनका सजिला नियमहरुलाई समातेर शुरु गरेको ईन्टरनेट बैकिङ्ग पनि स्पष्ट नितिको अभावमा अगाडि बढ्न सकेको छैन । तर हाम्रै छिमेकी भारतमा नुन देखी सुन सम्म ईन्टरनेटबाट भुक्तानी गरी निशुल्क होमडेलीभरी भई रहेको छ ।



भारतमा विश्वप्रसिद्द अनलाईन सपिङ्ग वेबसाईट अमेजन डट कमको भारतिय संस्सकरण देखी पत्रिका प्रकाशन गृह टाईम्स अफ ईण्डीयाको सम्म अनलाईन सपिङ्ग वेबसाईटहरु छन । जसमा तपाई दैनिक प्रयोगका भाँडाकुडा देखी  लुगाफाटो सम्म किन्न सक्नु हुन्छ । ईन्टरनेट मार्फत गरीने मोबाईल तथा डिजीटल डिभाईसहरुको खरिदबिक्री सामान्य हो जसको बारेमा एक अध्ययनले शहरी क्षेत्रकाको युवापुस्ता ईन्टरनेट बाट अनलाईन अर्डर गरेर मोबाईल किनेनन भने पनि  त्यसको बारेमा पहिलो पटक सुन्ने र अरु प्रयोगकर्ताहरुको यसबारेको धारणा चाही यसैबाट लिने तथ्य सार्वजनिक गरेको थियो  । क्यासकरो डट कम भन्ने एक भारतिय सोसल सपिङ्ग वेबसाईटले गरेको एक अध्ययन अनुसार साधरणतय भारतियहरुको ईन्टरनेटबाट लुगाफाट , मोबाईल र अन्य ईलेक्ट्रोनिक्स उपकरणहरु किन्न रुचाउछन ।
भारतमा नर्डस्ट्रोम, अमेजन , ओभरस्टक, सियर्स, जेसीपेन्नी , जस्ता अन्तराष्ट्रिय अनलाईन सपिङ्ग साईटहरुले आफ्ना सामानहरु भारतिय ग्राहकको ठेगानामा पठाई दिन्छ जुन कुरा नेपाली प्रयोगकर्ताहरुको हकमा पनि लागु गर्नको लागी ति वेबसाईटहरु राजी नै भए पनि नेपालको बैकमा भएको ईन्टरनेट खाता र एटीएम कार्डबाट सम्भव हुदैन ।

फ्रेस एन पिटल्स, प्रिङ्गो , सोसलहार्ट आदी आफ्ना नजिक मान्छेहरुलाई गिफ्ट तथा ग्रिटिङ्ग पठाउनको लागि कहलिएका भारतिय अनलाईन सपिङ्ग वेबसाईटहरु हुन भने ब्लुटोन, क्यारेटलेन जुभालिया नाम गरेका वेबसाईटहरुमा ज्वलेरी पाउन सइएकिन्छ  ।  मन्त्र , जोभी , जबोङ्ग, येभी, ईङ्कफ्रुट, फेसनएरा आदी लत्तकपडा खरिदबिक्रीको लागि कहलिएको वेबसाईट हो  ।  अझ ईन्कफ्रुट जस्ता वेबसाईटहरुमा तपाईलाई कस्ता डिजाईनका लुगा मन पर्ने हो आफै डिजाईन गरेर बनाउन समेत लगाउन सक्नु हुन्छ ।  फिल्पकार्ट, बाईदप्राईस, ईन्डीयाटाईम्स सपिङ्ग, ईबे , होमसपएट्टीन आदी ईलेक्ट्रोनिक्स उपकरणहरुको बिक्रीको लागी कहलिएका वेबसाईटहरु हुन । जुनमा जुनसुकै बेला पनि तपाईले लगईन गर्नु भो भने कतिपय सामानहरु बजारमुल्य भन्दा सस्तोमा बेचीरहेको भेट्न सकिन्छ ।  डेक्काथोलन,  प्लेग्राउन्डअलाईन आदी खेलकुदका सामान पाईने भारतिय ववेबसाईटहरु हुन भने फ्याबफर्निस, जासार, उर्बानडेकोर आदिमा फर्निचर तथा सजावटका सामान पाउने वेबसाईटहरु हुन  । बिगबास्केट, आरामसप, जपनाउ मा तपाईले खुद्राकिनमेलको सामान पाउन सक्नुहुन्छ भने क्राफ्टभिला , चुम्बक, अप्रुभ आदिमा हस्तकलाको सामान पाउन सकिन्छ ।

भारतमा जस्तो सुकै अनलाईन सपिङ्ग गर्नको लागी पनि प्रसस्त बिकल्पहरु छन जस्ले गर्दा प्रयोगरकर्ताहरु कुनै सामान  किन्नु अगाडी कुन बिक्रेताले कति मुल्यमा कुन सामान बेचीरहेको छ भनेर बिश्लेषण गर्न सक्दछ । जस्ले गर्दा प्रयोकर्ताहरु    जहिले सुकै उपयुक्त बिकल्प छनौट गर्ने सामर्थ्य राख्दछन भने बिक्रेताहरुको अरु भन्दा भरपर्दो र सस्तो हुनमा लागी परेका हुन्छन ।

बिटक्वाईनको प्रयोग

$
0
0
क्रिप्टोकरेन्सी भनिने बिटक्वाईन भैतिक रुपमा कुनै सिक्का (क्वाईन) वा कागजी नोट चाँही हैन तर पनि हिजोआज
यसलाई बैकल्पीक मुद्राको रुपमा प्रयोग गर्न थालिएको छ । ओपनसोर्स सफ्टवेयरको रुपमा बिकास भएको यो  मुद्राले ईन्टरनेटमा गेम खेल्न देखी लिएर केही अनलाईन स्टोरहरुमा खरिदारी सम्म गर्न सकिन्छ । यस मुद्राको प्रयोगमा अबलम्बन भएको प्रविधी र यसको स्वनियन्त्रीत मैद्रिक बिनिमय प्रणाली देखी सन्तुष्ट नभएका अमेरिका, चिन र केही युरोपियन देशहरुले यसको प्रयोगमा प्रतिबन्ध लगाएको भए पनि यसको प्रयोग बढ्दो छ । यसो हुनुको मुख्यकारण यसको सहज प्रयोगविधी र हाल चलनचल्तीमा रहेका क्रेडिट तथा डेबिट कार्ड कम्पनीहरुले अनलाईन ट्रान्जेक्सन गर्दा लिने तुलनात्मक रुपले महङ्गो शुल्क रहेको छ ।

के हो बिटक्वाईन ?

यो एक प्रकारको ईलेक्ट्रोनिक मुद्रा हो । जसको नियन्त्रण कुनै एक ब्यक्ती, संस्था वा सरकारले नगरी ओपनसोर्स सफ्टवेयरको माध्यम बाट स्वनियन्त्रीत रुपमा भैरहेको हुन्छ । एक तथ्याङ्ग अनुसार हाल यसको प्रयोग  एकलाख भन्दा बढी प्रयोगकर्ता छन भने दैनिक लाखौको कारोबार भईरहेको हुन्छ ।  यसको बिकास ईन्टरनेटमा दुई पक्ष बिच आर्थिक लेनदेन  गरीदा मध्यस्तकर्ताको रुपमा रहेको कुनै बैक वा क्रेडिट / डेबिट कार्ड  कम्पनीले लिने महङ्गो शुल्कको बिकल्पमा रुपमा भएको हो । यसको प्रयोगबाट दुई प्रयोगकर्ताहरुले केही सेन्टको न्युनतम भुक्तानीमा हजारौ रुपयाँ आदान प्रदान गर्न सक्दछन । यसले पुरानोको ढर्राको तथ्याङ्क भण्डारण पद्दतीलाई कम्प्युटरले जसरी बिश्थापन गरेको थियो त्यही रुपमा परम्पतागत रुपमा हुने आर्थिक बिनिमयको शैलिलाई प्रतिस्थापन गर्ने बिकल्पको रुपमा लिईएको छ । यसलाई ओपनसोर्स सफ्टवेयरको रुपमा बिकास गरिएकोले ईन्टरनेटबाट कारोबार गर्ने जो कोहीलाई यसको प्रयोग गर्न सक्दछन । यसको बिकेन्द्रीत मैद्रिक निती अङ्गिकार गरेको छ । ईन्टरनेटमा यसको प्रयोगको बलियो पक्ष भनेको यसले अङ्गीकार गरेको क्रिप्टोग्राफ्री पद्दती हो । यसो गर्दा प्रयोगकर्ताले अनलाईन डाटा (मुद्राको कारोबार) ट्रान्सफर गर्दा सुरक्षीत रहने गर्दछ ।

कसरी हुन्छ यस मुद्राको निश्कासन ?

परम्परागतरुपमा गरीने मुद्राको निश्कासन भन्दा यसको तरिका फरक छ ।  यो मुद्रा निस्कासन गर्ने पद्दतीलाई माईनिङ्ग भनिन्छ । जसमा ईन्टरनेटको माध्यमबाट कठिन भन्दा कठिन गणितीय पजलहरु   समाधान गर्नुपर्ने हुन्छ । सुनखानी उत्खनन गरे जस्तै मेहनत कम्प्युटर प्रोग्रामको प्रयोग गरी बिट्क्वाईन उत्पान गर्नु पर्ने हुनाले यसलाई माईनिङ्ग भनिएको हो भनिन्छ ।  सिएनएनको वेबसाईटमा उलपब्ध एक रिपोर्टमा अनुसार औसत १० मिनेटमा २५ वटा बिटक्वाइन तयार गर्न सकिन्छ । माईनिङ्ग गरेर बिटक्वाईनको उत्पादन गरे पछी यसलाई वालेट भनिने डिटिजल स्टोरमा राखिन्छ भने बिभिन्न खरिदबिक्री वा आर्थिक बिनिमयको लागी एक अर्कामा ट्रान्सफर गरी यसको प्रयोग गरिन्छ ।

कहाँ पाईन्छ यो मुद्रा  ?

सोझो हिसाबले भन्नु पर्दा माईनिङ्ग गरेर नै बिटक्वाईन पाउन सकिन्छ तर सबैमा जटिल म्याथम्याटिलक पजल हल गर्ने सामर्थ्य नहुन सक्छ । यस्तोमा जसले माईनिङ्ग गरेर आफ्नो वालेटमा बिट्क्वाईन जम्मा गरेको छ त्यही सँग बिटक्वाईन लिन सकिन्छ । पेपाल , भिसा माष्टरकार्ड जस्ता वेबसाईटहरुले यसको बिश्वास्नीयता अस्तीत्व स्वीकार नगरी हालेकोले सोझै पेपाल वा क्रेडिट / डेबिट कार्ड बाट भुक्तानी गरी यसको खरिद गर्न सकिदैन । कुने तेस्रो बस्तुको खरिदबिक्रीको बाहानामा यसको लेनदेन गर्न सकिन्छ ।  ईन्टरनेमा बाई बिटक्वाईन भनेर सर्च गर्नु भयो  भने मनग्यौ बिकल्पहरु भेट्नु हुन्छ । नेपालमा यसको प्रयोग र बिनिमय भएको उतिसारो देखिदैन ।

यसको प्रयोगमा के समस्या छ त ?

नेपालमा आर्थिक कारोबार गर्ने बैकहरुले आफ्ना ग्राहकहरुको पहिचारको लागी तिनपुस्ते बिबरण माग्ने र विश्वभरीमा लगभग यस्तै किसिमको कडाई रहीरहेको अवश्थमा बिटक्वाईनले प्रयोगकर्ताको बैयक्तिक बिबरण संकलन गरी चाहेको बखत जो कोहीलाई उपलब्ध गराउनुको सट्ट छद्म नाम बाट पनि कारोबार गर्न सक्ने अवश्था रहनु नै यसको कानुनी प्रयोगमा देखिएको ब्यबधान हो । नेपाल राष्ट्रबैकले जारी गरेको आर्थिक बिनियम अनुसार यसको प्रयोग नेपालको कानुन प्रतिकुल छ । तर केही देशहरुले कानुनि रुपमा यसको प्रयोग अस्वीकार गरेको भएता पनि यसको बिटक्वाईन बिरुद्दनै कुनै पनि किसीमका कानुनी कारवाही अगाडी बढाएका छैनन । यसैले बिटक्वाईनका पक्षमा रहेका बिश्लेशकहरु नितीनिर्माता तहमा रहेका ब्यक्तीहरुले बिटक्वाईनको उपदयेता नबुझेका हुन नत्र यसमा केही समस्या छैन भन्ने गरेका छन ।

सामाजिक सञ्जाल वेबसाईटहरु माथी प्रतिबन्धको जालो

$
0
0
देशको आधा भाग एसिया र आधा भाग युरोपमा परेकोले युरोसियन भनिने टर्कीमा गत बिहीबार प्रसिद्द भिडीयो सेयरिङ्ग
वेबसाईट युट्युब माथी प्रतिबन्ध लगाईयो । त्यहाँ सामाजिक सञ्जाल वेबसाईटहरु माथी नियन्त्रणको प्रयास गरीएको यो पहिलो पटकको घटना भने थिएन । युट्युब माथी प्रतिबन्ध लगाउनु एक हप्ता अगाडी त्यहाँ ट्वीटर माथी प्रतिबन्ध लगाईएको थियो । ट्वीटरको प्रयोग गरी कुनै एक प्रयोगकर्ताले त्यहाँका प्रधानमन्त्रीले भ्रष्ट्रचार गरेको आरोप लगाउनु र युट्युबमा बरिष्ठ सरकारी कर्मचारीहरुले छिमेकी सिरीया बिरुद्दको बार्तालापलाई भिडीयो मार्फत फैलिनुलाई प्रतिबन्धको कारण बताईएको छ । भलै , ति सामग्री ट्वीटर र युट्युब आफैले उत्पाउन गरेका आधिकारीक सामग्री भन्दा पनि ती वेबसाईटहरुको सर्तनामा मञ्जुर गरी दर्ता भएका प्रयोगकर्ताले प्रसारण गरेका थिए । उता त्यहाँका बरिष्ठ सरकारी अधिकारीहरुले आसन्न निर्वाचन लाई मध्यनजर गर्दै यस किसीमको कदम उठाईएको बताएका छन भने बिश्वभरी यसलाई “अभिब्यक्ती स्वतान्त्रको बिरुद्दको कदम” भनेर आलोचना गरिएको छ ।

ईन्टरनेट वा समाजिक सञ्जाल वेबसाईटमा प्रसारण भएको सामग्री आफ्नो देशको निती प्रतिकुल भएको भनेर यस किसीमको प्रतिबन्ध लगाउने टर्की एक मात्र देश भने हैन । यस अगाडी नै चिन, पाकिस्तान, ईरान, उत्तर कोरीया, भियतनाम र ईरेटिया आदि देशहरुले फेसबुक , युट्युब , ट्वीटर आदी माथी प्रतिबन्ध लगाएका छन । यसै बाहेक कुनै राष्ट्रले उल्लेखीत वेबसाईटहरुबाट कुनै पनि सामग्री हेर्न नमिल्ने गरी पुरा वेबसाईट नै प्रतिबन्ध लगाएका छन भने केहीले आंशिक सामग्रीमाथी प्रतिबन्ध लगाएका छन ।

गत वर्ष चिनिया सरकारले सामाजिक सञ्जालले सांघाईमा बिदेशी वेबसाईटहरु माथीको सेन्सरसिप हटाउने बताएको भए ता पनि देशका अधिकांस भागमा नाम चलेका सामाजिक सञ्जाल वेबसाईटहरु चल्दैनन । केहीले गैरकानुनी रुपमा थर्डपार्टी सफ्टवेयर प्रयोग गरेर यस्ता वेबसाईटहरु एक्सेस गर्ने गरेको भए ता पनि सन २००९ नै देखिनै चिनमा फेसबुक, ट्वीटर , युट्युब प्रतिबन्धीत छ ।

उत्तर कोरीयामा ईन्टरनेट सेन्सरसिपमा कडाई गरीएको छ भने ईरानमा फेसबुक र ट्वीटरलाई सन २००९ देखी नै प्रतिबन्ध लगाउन थालिएको हो भने युट्युबको पनि यहाँ नियमित रुपमा चल्दैन । ईस्लाम बिरोधी सामग्री हटाउन बाराम्बार गरिएको प्रयासलाई युट्युबले आनाकानी गरे पछी २०१२ देखी अर्को मुस्लीमराष्ट्र पाकीस्तानमा पनि युट्युब माथी प्रतिबन्ध लगाईएको छ । गुगलको ट्रान्परेन्सी रिपोर्ट अनुसार सन २०१२ सेप्टेम्बर १२ देखि हालसम्म पनि पाकिस्तानबाट कुनै ईन्टरनेट ट्राफिक नोट गरीएको छैन । गुगलले आफ्ना उत्पादनहरु माथी प्रतिबन्ध लगाउने देशहरुमा टर्की , पाकीस्तान, चिन र ईरान रहेको बताएको छ । सबभन्दा रमाईलो कुरा त के छ भने हम्मेसी नेपाली प्रयोगकर्ताहरुले प्रयोग नगर्ने गुगल साईटस भन्ने गुगलको एक उत्पादनलाई टर्कि र चिनमा बर्षै देखी प्रतिबन्ध लगाईएको छ । भियतनाममा पनि बिगत केही वर्ष देखी निर्वाध फेसबुक चलाउन पाईदैन । यहाँको सरकारले गत वर्ष सरकार बिरोधी सामग्री राख्ने सामाजिक सञ्जाल वेबसाईटहरु माथी प्रतिबन्ध लगाउन सकिने कानुन नै पारित गरेको थियो ।

माथी उल्लेखीत देशहरु हाकाहाकी राज्यको निती प्रतिकुलको सामग्री भनेर सामाजिक सञ्जाल माथी प्रतिबन्ध लगाउने वेबसाईटहरु हुन । केही समय वा केही निश्चीत सामग्रीमाथी नियन्त्रण राख्न खोज्ने देशहरु धेरैछन । हाम्रो देश नेपालकै कुरा गर्ने हो भने केही समयका लागी भए पनि झण्डै एक दशक अगाडीको शाही शासन कालमा ईन्टरनेट तथा छापा मा राज्यको अंकुश थियो । बंगलादेशले पहिलो पटक सन २००९ मा चार दिनको लागी सुरक्षा सँग सरकारी अधिकारीहरुबारे भ्रम फैलाउने सामग्री राखेको भन्दै युट्युबमा प्रतिबन्ध लगाएको थियो भने सन २०१२ र २०१३ ईस्लाम बिरोधी रामग्री राखेको बाहानामा अलि लामै समय त्यसमाथी माथी प्रतिबन्ध लगाईएको थियो । तान्जनियाका राष्ट्रपतिले नाचेको भिडीयो नहटाएको बाहानामा तान्जनियामा पनि युट्युब झण्डै एक बर्ष प्रतिदन्ध भएको थियो । झण्डै दुई बर्ष लिबीयाले युट्युब माथी सर्वसाधरणलाई भड्काउने सामग्री राखेको बाहानमा प्रतिबन्द लगाएको थियो । सिरीयाले फेसबुक र युट्युबलाई झण्डै तिन बर्ष प्रतिबन्ध लगाएको थियो । सामाजिक सञ्जाल वेबसाईट नियन्त्रण गर्ने सबै जस्तो देशहरुको बाहाना एकै हुने गरेको छ – आफ्नो देशका निती प्रतिकुल तथा आफ्ना जनताहरुलाई उत्तेजित तथा दिगभ्रमीत पार्ने सामग्री राखेको ! यो यही बाहानामा अफगाननिस्तानले पनि युट्युब बन्द गरेको थियो ।

हार्टब्लीड बग

$
0
0
सुचना प्रविधी सम्बन्धी ब्लगिङ्ग र समाचारपत्रहरुमा लेखलेख्ने टेक पण्डीतहरुको गत सप्ताह हार्टब्लीड बग नाम
गरेको ईन्टरनेट सर्भरमा देखीने गम्भीर त्रुटिको चर्चामा गर्दैमा बित्यो भन्दा खासै फरक पर्दैन । वेबसाईट होष्ट गर्ने सर्भरहरुमा हुन सक्ने भनिएको यस किसिमको सेक्युरिटी बग (सुरक्षा त्रुटी) कै कारणले भएको क्षतीको कुनै बिबरण बाहीर आईसकेको नभएता पनि इन्टरनेट सुरक्षा बिज्ञहरुको बुझाईमा यो अहिले सम्मकै सबै भन्दा ठुलो सुरक्षा त्रुटि हो र यसबाट प्रसिद्द ईन्टरनेट जायन्ट कम्पनी याहु लगायत विकिपेडियाको सर्भर समेत प्रभावित भएका थिए । वेबसर्भरहरुमा जडान गरीने ओपन एसएसएल नाम गरेको खुल्ला तथा स्वतन्त्र सफ्टवेयरको प्रयोगबाट हुने भनिएको यो सुरक्षा त्रुटीलाई प्रारम्भमा नै अमेरिकी सुरक्षा निकायहरुले पत्तो लगाएको र त्यही सुरक्षा त्रुटिको प्रयोग गरेर बिभिन्न सर्भरबाट डाटा चोरेको आरोप समेत लगाईएको छ भने त्यसको कतैबाट पुष्टी भने हुन सकेको छैन । बरु ह्वाईट हाउसले एक बिज्ञप्ती जारी गर्दै हल्ला निराधार रहेको बताएको छ ।
गुगलमा कार्यरत प्रविधीसम्बन्धी सुरक्षा विषेशज्ञ निल मेहता र कोडेनोमिकन नाम गरेको एक फ्रान्सेली कम्पनीले झण्डै एकै साथ यस त्रुटी बारेमा समाचार बाहीर ल्याएको थिए । कोडोनोमिकन बिगत १३ वर्ष देखी यसै क्षेत्रमा काम गरिरहेको कम्पनी हो भने मेहता बिगत ११ वर्ष देखि यस क्षेत्रमा छन ।  गुगलमा जागीर खानु ६ वर्ष अगाडी मेहता आईबिएममा गुगलमा जस्तै प्रविधी सम्बन्धी सुरक्षाको बारेमा अध्ययन अनुसन्धान गर्ने गर्दथे ।


के हो त हार्टब्लीड बग ?

- यो एक ओपनएसएसएल नाम गरेको खुल्ला तथा स्वतन्त्र सफ्टवेयरमा देखीएको सुरक्षा त्रुटी हो ।  यस किसीमको सुरक्षा त्रुटिको गलत फाईदा उठाएर ह्याकरहरुले यस्तो बग देखिएको सर्भरबाट जो कोहीको जस्तोसुकै डाटाहरु हात पार्न सक्दछन । यस्तो बग देखा परेको सर्भरले त्यसको मेमोरीमा रहेको डाटालाई पढ्न दिने गर्दछ । एकपटकमा ६४ किलोबिट डाटा सम्म एक्सेस दिने बताईएको यो बगको निरन्तरको प्रयोगले एउटा सर्भरमा भण्डारण भएर रहेको युजरनेम र पासवर्डलाई  गलत ब्यक्तिको हात पर्ने सक्ने चिन्ता ब्यक्त गरीएको छ ।  अमेजन वेब सरर्भिस , टम्बलर, याहु, विकीपेडिया , साउन्डक्लाउड, गिटहब , अकामाई आदी जस्ता ईन्टरनेट बजारमा ठुलो हिस्सा ओगटेका सर्भरहरुमा समेत यस किसीमको सुरक्षा त्रुटि रहेको बताईएको छ । भने यि मध्ये केहीले यो कुरालाई पुष्टी गर्दै प्रयोगकर्ताहरुलाई आफ्नो पासवर्ड परिवर्तन गर्न भनिरहेका छन ।

हार्टब्लीड बगको मुख्य समस्या के हो  ?

-  ट्रान्सपोर्ट लेयर सेक्युरिटी तथा सेक्योर सकेट्स लेयर (एसएसएल) भनेका एक प्रकारको क्रिप्टोग्राफिक प्रोटोकल हो । ईन्टरनेटमा सर्भर र क्लाईन्ट कम्प्युटर बिच संवाद हुदाँ क्लाईन्टबाट सर्भरमा डाटा नपुञ्जेल कुनै तेस्रोपक्षले डाटालाई अधिग्रहण नगरोस भनेर यसको प्रयोग गरीन्छ । कुनै पनि ईमेल सेवाप्रदायक वेबसाईट लगाएत नाम चलेका वेबसाईटहरुको ईन्टरनेट ठेगानामा http को सट्टामा देखिने https यसैको उदारण हो । धेरै प्रकारका एसएसएल मध्ये ओपनएसएसएल पनि एक हो । यसै ओपनएसएसएल जडान गरिएको कम्प्युटरमा रहेको मेमोरिमा रहेको डाटालाई यससम्बन्धी जानकार ब्यक्तीले सजिलै पढ्न सक्छन भन्ने कुरा नै बगको मुख्य समस्या हो ।

के छ त हार्टब्लीड बगको अहिलेको अवश्था  ?

  – प्रारम्भमा जुनजुन ठुला कम्पनीहरुका सर्भरहरुमा पनि यस प्रकारको समस्या छ र यसले भयाभह रुप लिन सक्छ भन्ने हिसाबले चर्चा भएको थियो अहिले त्यो बिस्तारै मत्थर हुदै जाँदैछ । प्रभावित ठुला कम्पनीका सर्भरहरु रिकभर भैसेकेका देखीन्छन भने केही कम्पनीहरु आफ्ना ग्राहकहरुलाई यसबारे सजग गराई रहेका छन । अमेजन जस्ता सर्भर भाडामा दिने कम्पनीहरु आफ्ना ग्राहकहरुलाई यस समस्याबारे जानकारि गराउदै गराउदैछन भने याहु जस्ता आफ्नो सर्भरमा प्रयोगकर्ताको डाटा राखेर बसेका कम्पनीहरु प्रयोगकर्तालाई आफ्नो पासवर्ड परिवर्तन गर्न अभिप्रेरित गरीरहेका छन ।

नेपालमा हार्टब्लीड बगको अवश्था

-  नेपालबाट सञ्चालनमा रहेका केही वेबसाईटहरु अझै पनि यस किसीमको सुरक्षात्रुटीका बाबजुद सञ्चालन भै हेका छन भने यस लेख तपार पार्नु १२ घण्टा अगाडीदेखि गरिएको अनुगमनमा केही वेबसाईटहरुको त्यही समय बिच समस्या सामाधान गरीएको देखीएको छ । समस्या विश्वब्यापी भएको र सरकारी निकायका छोडेर अधिकांश नेपालबाट सञ्चालनमा रहेका वेबसाईटहरु अमेरिका लगायतका बिदेशमा रहेका सर्भरहरुमा होष्ट गरीएको तथा यो समस्याको चिन्ता  गर्न पनि त्यतैबाट गर्न शुरु गरीएकोले नेपालमा यसले खासै केही फरक पार्छ जस्तो देखिदैन ।
यो लेख २०७० साल चैत ३० गते आइतबारको ब्लाष्ट टाइम्स दैनिकमा प्रकाशित भएको थियो ।

गुगल प्लसको भविष्य

$
0
0
फेसबुकलाई टक्कर दिने अभिप्रायले गुगलले सञ्चालनमा ल्याएको सोसल नेटवर्किङ्ग वेबसाईट गुगल प्लस बन्द हुदैछ । भन्ने हल्लाले गत सप्ताह ठुलै चर्चा पायो । गुगलले आधिकारिक रूपमा यसबारे कुनै जानकारी सार्वजनिक नगरेको भएता पनि गुगलबाट गुगल प्लसका प्रमुखले बिदा लिनु , गुगलको मुख्यालयमा गुगल प्लसको सञ्चालनमा कार्यरत कर्मचारीहरू सरुवा गरेर अन्य उत्पादन शाखामा सरुवा गरिन लागेको कुराले यस हल्लालाई बल पुगेको थियो । हल्लाले विश्वासको रूप लिन लागे पछि मात्र गुगलका प्रबक्ताले घुमाएर गुगलमा प्लसमा रहेका कतिपय फिचरहरुलाई प्रयोगकर्ताहरुले रुचाएको कुरा गरेर घटनालाई थामथुम पार्न खोजेका छन्  । अब गुगलले गुगल प्लसको बन्द गरेर त्यसमा रहेका र मन पराईएका कतिपय फिचरलाई गुगलका अन्य उत्पादन वेबसाईटहरुमा समाहित गर्ने लागेको अनुमान गर्ने थालिएको छ ।

सन २०११ जुन २२ तारिख देखि सञ्चालनमा रहेको यस वेबसाईटमा सुरुवातको पहिलो छ महिनामा १५० मिलियन प्रयोगकर्ता थिए भने त्यसको झण्डै दुई वर्षमा जम्मा ३९० मिलियन प्रयोगकर्ताहरु मात्र थपिएका छन् । यसले यसका प्रयोगकर्ताहरु उत्साहित छैनन् भन्ने कुराको पनि सङ्केत गर्दछ । जस्तो कि प्रारम्भमा गुगल प्लसमा खाता खोल्नको लागी गुगलबाट सोझै वा गुगल प्लसकै कुनै प्रयोगकर्तहरुले निमन्त्रणा पठाउनु पर्ने प्रावधान थियो । यसै कारणले पनि प्रयोगकर्ताहरु माझ यसको प्रयोगमा कौतुहलता सिर्जना गरेको हुनसक्छ । आशा गरे अनुरूप खासै केही नभेटिएकोले त्यतिबेलै देखी धेरैले चलाउन छोडे र यसको प्रभाव नयाँ प्रयोकर्ताहरुमा पनि पर्‍यो । वास्तवमा गुगलले दाबी गरेको ५४० मिलियन प्रयोगकर्तहरुमा गुगल खाताको प्रयोग गरेर गुगल प्लस एक्टीभेट गरी  फेरी कहिले गुगल प्लस नखोल्ने प्रयोगकर्तहरु पनि पर्छन ।  हुनलाई फेसबुकमै पनि निस्क्रीय प्रयोगकर्ताहरु मनग्यै छन् तर पनि फेसबुकमा खाता खोली सकेको प्रयोगकर्ताहरुको सङ्ख्या ७५० मिलियन छ । विकीपेडियाका  अनुसार  विश्वभरीमै एक औसत प्रयोगकर्ताले एक महिनामा साढे सात घण्टा फेसबुकमा समय बिताउछ भने गुगल प्लसमा जम्मा सालाखाला साढे तिन मिनेट  ।

फेसबुकको जस्तो साथी सर्कलमा आफ्नो स्टाटस अपडेट गर्ने मिल्ने , फ्लीकरमा जस्तो फोटो स्टोर गर्ने मिल्ने, स्काईपमा जस्तो ग्रुप च्याट गर्न मिल्ने बिशेशताहरुलाई गुगलले आफ्नो शैलीमा अतिरिक्त सुविधाहरू थपेर सामाजिक सञ्जालको वेबसाईटको रूपमा गुगल प्लसलाई प्रयोगमा ल्याएको थियो । यसको अवसानले गुगलको महत्वाकांक्षी योजना मात्र समाप्त भएको छैन , प्रयोगकर्ताहरुको रोजाई लाई पनि प्रतिबिम्बित गरेको छ । यसै पनि गुगल प्लसलाई गुगलका इन्जिनियर तथा गुगलका डाई हार्ट फ्यानहरुले प्रयोग गर्ने सोसल नेटवर्किङ्ग वेबसाईट भनेर ब्यङ्गय गर्ने गरिन्छ  गुगलको आफ्नै उत्पादनहरुको ठेली र त्यसलाई  उसकै शैलीमा एकै वेबसाईटहरुमा मिलाएर राख्न खोज्ने प्रयासलाई कतिपयले त्यसको  भविष्य सँग जोडेर हेर्ने गरेका छन् ।

जिमेल खाता खोल्नेहरुले स्वतः: प्राप्त गर्ने गुगल प्लसको खाता पछि त्यसै कारणले आलोचित हुँदै गरेको थियो ।  गुगलले अन्य इमेल ठेगाना हुनेहरुलाई सोझै गुगल खाता खोल्न दिएन भने प्रयोगकर्ताहरुले   एउटा सोसल नेटवर्क वेबसाईट प्रयोग गर्नकै लागी आफ्नो इमेल ठेगाना परिवर्तन गर्ने वा एक भन्दा बढी व्यक्तिगत इमेल बनाउने झन्झट गर्न चाहेनन । आफ्नो डोमेनबाट गुगलका उत्पादन प्रयोग गर्ने मिल्ने गुगल एप्सका प्रयोगकर्ताहरुलाई पनि गुगलले धेरै पछि मात्र गुगल प्लस चलाउन दिएको थियो ।  प्रारम्भमै सबै सेवाहरू आफ्नो कम्पनीको मात्र प्रयोग गरुन भन्ने गुगलको सोचलाई प्रर्योगकर्ताहरुले मन पराएको देखिएको थिएन । गुगलले आफ्ना प्रतिष्पर्थीहरुको प्रयोगकर्ताहरुलाई नजरअन्दाज गर्नु नै गुगल प्लसको असफलताको कारण मान्ने गरेका छन् ।

फेसबुक , ट्वीटर जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुले आफ्नो साम्राज्य खडा गरी रहदाँ गुगललाई वास्तवमै ठुलो पिर परेको छ । सामाजिक सञ्जाल वेबसाईटको बजार आफूतिर आकर्षित गर्नको लागि गुगलको त्यस्तै खालको वेबसाईटको रूपमा प्रयोगमा ल्याएको वेबसाईट यो पहिलो भने हैन । यस भन्दा पहिले  गुगल वेभ,  गुगल बज,  गुगल फ्रेण्ड कनेक्ट , अर्कुट जस्ता वेबसाईटहरुको असफल परीक्षण गरीसकेको थियो ।

विकिपिडिया जिरोको बारेमा

$
0
0
गत सप्ताह नेपालको निजीक्षेत्रको टेलिफोन सेवा प्रदायक एनसेलले उसको आफ्नो नेटवर्क प्रयोग गरेर 
विश्वको सबैभन्दा ठुलो अनलाइन पुस्तकालय भनिने विकिपीडिया प्रयोग गर्दा लाग्ने शुल्कमा शतप्रतिशत छुट दिने बताएको  छ ।  विकिपेडिया जिरो नाम दिइएको सो सेवा गत वैशाख २४ गते देखी लागु भएको हो । विकिपिडिया जिरो नाम दिएर एनसेलको नेटवर्कबाट जिरो पैसामा विकिपिडिया प्रयोग गर्न दिने बताए पनि  ओपेरा मिनी, व्ल्याकवेरी तथा अन्य प्रोक्सी ब्राउजर रहेका मोबाइल सेटमा प्रयोग गर्दा भने उसले प्रयोगकर्ताको ब्यालेन्टबाट नियमित डेटा शुल्क काट्नेछ । साथै यसमा रहेका बाह्य लिंकमा क्लिक गरी अर्को वेबसाईट प्रयोग गरे बापत पनि नियमित शुल्ने लाग्नेछ ।


के हो त विकिपीडिया ?

विकिपेडिया एक खुला विश्वकोष हो । विकि प्रविधिमा आधारित भएर यसको निर्माण गरिएको हुदाँ यस वेबसाईटमा रहेका सामग्रीहरू जोसुकैले सम्पादन वा सिर्जना गर्न सक्दछन् । अझ विस्तृत रूपमा भन्नु पर्दा विकिपिडिया एक बहुभाषिक, इन्टरनेटमा आधारित,  खुला विश्वकोष हो जसलाई विकिमिडिया नाम गरेको एक गैर नाफामुलक संस्थाले सञ्चालन गरिरहेको  छ ।  अहिले सम्म विकिपेडियामा विभिन्न  २८२ भाषाहरूमा गरी करिब ३ करोड भन्दा बढी लेखहरू रहेका छन् जसमध्ये करिब  ४५ लाख लेखहरू अङ्ग्रेजीमा रहेका छन् । यसमा रहेका विषयवस्तुहरु विश्वभर रहेका प्रयोगकर्ताहरुले लेखेका वा सम्पादन गरेका हुन् । जोसुकैले सम्पादन तथा सिर्जना गर्ने सक्ने हुदाँ आलोचकहरु यसमा रहेका सामग्रीहरुको बिश्वासनियता प्रति शङ्का व्यक्त गर्ने गर्दछन । तर महत्वपुर्णकुरा के छ भने विकिपिडियामा धेरै लामो समय सम्म कुनै पनि झुट टिक्न सक्दैन । कसै न कसैले त्यसमा राखिएको गलत तथ्य सच्याई दिन्छ ।

नेपाली भाषामा संञ्चालनमा रहेको विकी को कुरा गर्ने हो हाल यसमा २५ हजार भन्दा बढी सानाठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको सङ्ख्या भनेँ ४२ हजार भन्दा बढी छन् । यसै साइटमा उल्लेख भए अनुसार नेपाली विकीमा हालसम्ममा १२ हजार प्रयोगकर्ता दर्ता भएका छन् जसमध्ये सरदर ८० जना सक्रिय रहन्छन्। विकिपीडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषाहरु नेपाल भाषा, भोजपुरी भाषा, पाली भाषा मा पनि पेजहरू उपलब्ध छन्।

विकिपेडिया जिरो को कतिको प्रभावकारी छ त ?
एनसेलले विकिमेडिया सँग सहकार्य गरी एनसेलले यो सेवा प्रयोगमा ल्याएको बताइएको भएता पनि वास्तवमा विकिपिडिया जिरो विकमिडिया फाउन्डेशनको आफ्नो कार्यक्रम हो । जुन कार्यक्रम नेपाल, बंङ्गलादेश, म्यानमार, कम्बोडिया, ईन्डोनेसिया जस्ता विकासोन्मुख देशहरूमा सञ्चालन भइरहेको छ । भारतमै पनि एयरसेल नाम गरेको मोबाइल सेवा प्रदायकले विकिपेडिया जिरो सञ्चालन गरिरहेको छ । विकिमेडियाको आधिकारिक वेबसाईटहरुमा उल्लेख भए अनुसार विकिपिडिया मा प्रकाशित सामग्री निःशुल्क रूपमा प्रवाह गर्नेको लागी यस कार्यक्रमको आयोजना गरिएको हो ।

आफ्नो विज्ञप्तिमा एनसेलले मौनता साधेको भएता पनि यो सेवा स्मार्टफोन प्रयोगकर्ताहरुलाई लक्ष्यीत गरी ल्याएको हो । एनसेलको नेटवर्कबाट सित्तैमा विकिपिडिया चलाउनको लागी गुगल प्ले स्टोर वा एप्पलको एप स्टोर बाट विकिपिडियाको मोबाइल एप्लीकेशन डाउनलोड गरी त्यसैबाट मात्र विकिपिडिया चलाउनु उपयुक्त हुन्छ  । सबभन्दा महत्वपुर्णकुरा के छ भने विकि एप बाट विकिपिडिया चलाइरहेको बेला पैसा नकाटोस भन्ने चाहने हो भने झुक्केर पनि त्यसमा रहेको एक्सटरनल लिङ्क क्लिक गर्नु हुदैन ।

विकिपिडिया आफैमा इन्टरनेटबाट ज्ञानको प्रवाह गर्ने अभिप्रायले स्थापन गरिएको वेबसाईट हो । यसको  प्रचार तथा प्रवर्दनले  सुसुप्त अवस्थामा रहेका प्रयोगकर्ताहरुलाई फाइदा नै पुग्छ । तर नेपालमा यसका प्रयोगकर्ताहरु असाथ्यै थोरै छन् । कम्पनीले विकिपिडियाको प्रयोगविधि स्पष्ट नगरेकोले सिधा सोझा ग्राहकहरु चर्चा गरिए जस्तो लाभान्वीत हुने देखीदैन ।  यद्दपी सित्तैमा विकिपिडिया चलाउन पाउनु राम्रै कुरा हो ।

सर्चट्रेन्ड को प्रभाव

$
0
0
हिजो भारतियहरु भर्खरै सम्पन्न आम निर्वाचनको नतिजा बुझ्नको लागी एनडिटिभी, टाईम्स अफ ईन्डीया , एबिपि न्युज, टाईम्स नाउ लगायतका भारतीय  टेलिभिजनका अफिसियल वेबसाईटहरुको इन्टरनेटमा सर्च गरी रहदाँ जर्मनहरु ईङ्गलीस प्रिमियर लिगको रेलिगेसनमा पर्ने टिमहरुको इन्टरनेटमा सर्च गरिरहेका थिए । त्यतीनै बेला अफ्रिकन राष्ट्र नाईजेरियनहरुले फेसबुकको फोटो एडिटिङ्ग एप्लीकेशन ईन्ष्ट्राग्राम बारेमा सर्च गरिरहेको देखियो भने हेर्दा हेर्दै उत्तर अमेरिकन राष्ट्रहरूमा युट्युबलाई गुगलमा खोजी गरिएको देखियो ।



प्रसिद्ध सर्च ईन्जीन गुगलमा तपाईँले केही सर्च गर्नु पर्दा मात्र एउटा किवर्ड प्रयोग गर्नु हुन्छ तर गुगलले तपाईँको कम्प्युटरबाट अन्य कतिपय कुराहरूको सङ्कलन गरीसकेको हुन्छ । यसो भन्नाले तपाइका कम्पयुटरमा सङ्ग्रह भएर रहेका फाईलहरु पनि पर्दछन भन्ने चाही हैन । तपाईँले प्रयोग गर्ने इन्टरनेटको माध्यमबाट तपाईँ रहेको 'स्थान'तपाईँले सर्च गरिरहेका किवर्डहरुको आधारमा तपाईँको 'रुचि'आदी कुरालाई गुगलले आफ्नो डाटाबेसमा भण्डारण गर्ने गर्दछ ।   व्यक्तिगत सुरक्षाको बारेमा सङ्कुचित भएर सोच्ने हो भने तपाईँलाई यो निको नलाग्न सक्छ तर यस्तै किसिमको तथ्याङ्गको आधारमा विश्वब्यापी जनमत र प्रभावक्षेत्रको विश्लेषण गरिन्छ ।  जसको प्रभाव रणनैतिक रूपमा इन्टरनेटबाट खरिद बिक्री गरिने ईकमर्स वेबसाईटहरुमा पनि पदर्छ । तुलनात्मक रूपमा नगण्य भएकोले हुन सक्छ हाम्रो देशका इन्टरनेट प्रयोगकर्ताहरुको खोजलाई गुगलले महत्वका साथ गणना गर्दैन तर अमेरिका , चिन लगायतका देशहरूको प्रयोगकर्ताहरुको खोजले अमेरिकी शेयरबजारमा समेत प्रभाव पारिरहेको हुन्छ ।

गुगल ट्रेन्ड : गुगलमा खोजी गरिएका शब्दहरूलाई कुनै निश्चित स्थानबाट त्यस अवधिमा खोज गरिएका अन्य शब्दहरुसँग तुलना गरेर गुगल ट्रेन्ड निर्धारण गरिन्छ । उदारणको लागी सन २०१३ मा नेपालबाट खोजी गरिएका कुनै किवर्डहरुलाई यसै अवधि र क्षेत्रबाट सर्च गरिने अन्य किवर्डको प्रतिशतको तुलना गरी यहाँको गुगल सर्च ट्रेन्ड निर्धारण गरिन्छ । गुगल ट्रेन्ड जस्ता सर्च एनालाजर सर्भिसहरुले सानो सङ्ख्यामा खोजी गरिएका अन्य महत्वपुर्ण विषयवस्तुलाई ओझेलमा पार्ने गर्दछ । विशेशत: गुगलले सर्च ट्रेन्ड विश्लेषण गर्ने क्रममा एकै स्थान र समयमा एकै प्रयोगकर्ताले गरेका डुप्लीकेट सर्चहरुलाई गणना गर्दैन । जसको कारणले नियतबस गरिने सर्चहरुले सर्च ट्रेन्डलाई असर गर्दैन । यसै कारणले पनि इन्टरनेट बजारमा गुगल ट्रेन्डलाई विश्वासको साथ ग्रहण गरिन्छ ।

गाँस बास र कपासको लागी सघर्ष गरिरहेका सर्वसाधरणलाई इन्टरनेटमा के भइरहेको छ भन्ने खासै मतलब हुने कुरा हुदैन तर बिलासिताको सामान प्रयोग गर्ने प्रयोगकर्ताहरुले रुचाएको विषय बस्तुले विश्वब्यापी रूपमा अर्थशास्त्रीय प्रभाव पारिरहेको हुन्छ । त्यस्ता वस्तुहरूको बिश्वब्यापी माग त्यतै बाट निर्धारण हुने गर्दछ भने आपुर्तिकर्ताले त्यहीकुरालाई मध्यनजर गरेर आफ्नो बस्तुको बजार मूल्य निर्धारण गरिरहेको हुन्छ । उदारणको लागी एप्पलको आईफोन होस वा सामसुङ्गको ग्यालेक्सी ब्राण्डका मोबाइल हुन । त्यसको बजार एक किसिमले ईन्टरनेटमानै निर्धारण भैरहेको हुन्छ । जसको प्रभाव इन्टरनेटको प्रयोग खासै नगर्ने प्रयोगकर्ताहरुमा समेत पर्दछ ।

युरोप अमेरिका लगायत कतिपय विकसित देशहरूमा हुने अनलाइन सपिङ्गले समेत त्यहाँको अर्थतन्त्रमा ठुलो हिस्सा ओगटेको छ । अझ आजभोली अनलाइन सपिङ्गको प्रयोगहुने देशहरूमा बस्तुलाई छोएर हैन हेरेर खरिद गर्ने गरिन्छ । इन्टरनेटमा नै सामान खरिद गर्ने बानी परेका प्रयोगकर्ताहरुको बस्तुलाई छोएर खरिद गर्ने निर्णय नगर्न नपाउदा पिडा गुगल , याहु, विङ्ग जस्ता चलन चल्तीका वेबसाईटहरुमा ती वस्तुहरूको बारेमा सर्च गरेर अन्य उपभोक्ताहरुको राय बुझ्ने गर्दछन ।  दैनिक उपभोगका सामग्रीहरुमा त इन्टरनेट ईन्ट्रेस्टको सोझो प्रभाव देखिएको पाईन्न तर बिलासिताको समानहरुको बजार जहाँ निर्धारणहुन्छ आपुर्तिकर्ताले मुल्यपनि त्यसैलाई आधार मानेर गरिरहेको देखिन्छ ।
यो लेख मिति २०७१ जेठ ४ गते आईतबारको ब्लाष्ट टाईम्समा प्रकाशित भएको थियो ।

राष्ट्रप्रमुखको सामाजिक सञ्जाल खाता

$
0
0
कारण जे पनि हुन सक्छ । निर्वाचनताकाको समयलाई छोडेर सर्वसाधरणलाई आफ्ना नीति तथा कार्यक्रमबारे सुसुचित गर्ने तथा समसामयिक राजनैतिक अवस्थाबारे आफ्नो बिचार सम्प्रेषण गर्ने बाहानामा मान्छेहरूलाई भेलापारी आमसभा गर्ने चलन कम्तीमा नेपाल जस्ता अस्थिर राजनीति भएका देशहरूमा कमी हुँदै गइरहेको छ । केही समय पहिले सम्म कुनै पनि नेताहरूको पहिलो प्रतिक्रिया रेडियो टेलिभिजनहरुमा सुनिने गरेकोमा अहिले त्यसको स्थान इन्टरनेटबाट प्रवाह हुने सञ्चारका माथ्यमहरुले लिन थालेको छ । त्यसमाथि पनि फेसबुक, ट्वीटर  जस्ता आफैले सञ्चालन गर्ने मिल्ने सामाजिक सञ्जालका वेबसाईटहरु भए बाट प्रत्रकारहरु पनि कुनै नेताको बिचार बुझ्न तिनका सामाजिक सञ्जालका वेबसाटहरुलाई फलो गर्न थालेका छन् । यद्दपी भारत लगायत अन्य विकसित मुलुकहरूमा यस किसिमको अवस्थाको तुलनामा नेपालमा यसको चलन न्यून छ ।

हुनलाई पछिल्लो संविधान सभाको निर्वाचनताका नेपालमा पनि सामाजिक सञ्जालका वेबसाईटहरुको भरमग्दुर प्रयोग गरियो ।  नेपाली प्रयोगकर्ता लक्ष्यीत गरी गुगल देखी फेसबुक सम्ममा भोट मागेको देखियो । भलै नेपालमा यस किसिमको प्रयास नौलो देखियो । अन्य देशको कुरा गर्ने हो भने वास्तवमा इन्टरनेटबाट आफ्ना मतदाताहरुलाई आकर्षित गर्न खोजिएको यो कार्यक्रम कुनै नौलो थिएन । विकसित देशहरूमा निर्णायक मतदाताहरुलाई यस्तै किसिमका कार्यक्रमहरुबाट आकर्षित गर्ने गरिन्छ ।  भर्खरै सम्पन्न निर्वाचनमा भारतमा पनि सामाजिक सञ्जाल वेबसाईटहरुको राम्रै सँग प्रयोग गरियो । बिबिसिले समेत यसलाई इन्टरनेट युद्ध भनेको छ । यसै निर्वाचनबाट आधुनिक भारतका नयाँ प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीलाई ट्वीटरमा ४३ लाख प्रयोगकर्ताहरुले फलो गरेका छन् । ट्वीटरमा मोदीलाई ४३ लाखले फलो गर्नुमा निर्वाचन केन्द्रित उनको सोसल मिडिया क्याम्पेन पनि एक हो । तर यसो भन्दैमा सामाजिक सञ्जालको  प्रयोगले मात्र मतदाता आकर्षित हुने हुन भन्ने चाही हैन ।

नेपालमा भुतपुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई सामाजिक सञ्जालको उपयोग गरेर इन्टरनेट पुस्ताबिच आफूलाई प्रस्तुत गराउने नेताको रूपमा लिन सकिन्छ । प्रधानमन्त्री नहुदैको अवस्थामा  उनले फेसबुक प्रयोग गरेको समाचारले नेपालमा धेरैलाई फेसबुक प्रयोगकर्ता बनाएको थियो ।  प्रधानमन्त्री बनेपछी पनि उनी ट्वीटरमा राम्रै सँग छाएका थिए । यद्दपी उनले प्रधानमन्त्रीको रूपमा प्रयोग गरेका सामाजिक सञ्जालका साधनहरुलाई सस्थागत गर्न भने सकेको देखिएन । राष्ट्रिय पदमा आसिन व्यक्तिले प्रयोग गरेका सामाजिक सञ्जालका वेबसाईका खाताहरुको स्वामित्व अहिलेको चासोको विषय बनेको हो ।  हाल नेपालका प्रधानमन्त्री  कुनै पनि सामाजिक सञ्जालका वेबसाईटहरुमा सक्रिय छैनन् ।

भारतमा नरेन्द्रमोदी प्रधानमन्त्री हुने पक्का पक्की भए सँगै सन २०१६ मा बाराक ओबामाले राष्ट्रपतिको पद त्यागे पछि उनको समूहले अमेरिकी राष्ट्रपतिको आधिकारिक सामाजिक सञ्जालका वेबसाईटहरुका खाताहरुलाई के गर्लान भन्ने मात्र हैन निवर्तमान भारतीय प्रधानमन्त्रीले चलाई रहेको ट्वीटर खाता अब के होला भनेर ठुलो बहस चल्यो ।  यसै बहस बिच विपक्षी नेतालाई सत्ता सुम्पीने बेलामा भारतीय प्रधानमन्त्री मात्र हैन उनको सल्लाहकार समूह पनि नराम्रो सँग चुक्यो । नयाँ प्रधानमन्त्री शपथ नलिदै निवर्तमान प्रधानमन्त्रीले चलाई रहेको ट्वीटर खाता एक किशोरको हातमा पुग्यो भने त्यसको व्यवस्थापन गर्नको लागि राज्यकै कुटनैतिक समूह सक्रिय हुन पर्‍यो ।  अहिलेलाई भारतीय प्रधानमन्त्री कार्यलयको ट्वीटर खाता त बच्यो तर अर्को शङ्का सुरु भएको छ । नरेन्द्र मोदीले त्रिचालिस लाख फलोवर रेको उनको ट्वीटर खाता छोडेर निर्वतमान प्रधानमन्त्रीले आफूसँगै लगेको फलोवरहरुलाई छोडेर प्रधानमन्त्रीको कार्यलयको आधाकारिक ट्वीटर खाता चलाउनलान त ? यदि मोदीले प्रधानमन्त्री कार्यलयको आधिकारिक ट्वीटर खाता चलाए भने मोदीको भेरिफाईड ट्वीटर  खाता के होला ?  कि मोदीले समानान्तर रूपमा दुवै खाता चलाउलान त ?

सतही रूपमा हेर्दा यो सामाजिक सञ्जालको प्रयोगको कुरा मात्र हो जस्तो लाग्न सक्छ तर टेकपण्डीतहरु यसलाई 'डिजीटल एसेस्ट'को स्वामित्वको रूपमा यो मुद्दालाई अगाडी सार्ने थालेका छन्  ।  संस्थागत रूपमा सामाजिक सञ्जालको प्रयोग गर्दा त्यसको स्वामित्व र राष्ट्रिय व्यक्तित्वले प्रयोग गरेको यसप्रकारको डिजीटल एसेस्टको राष्ट्रीयकरण अहिले उठेको बहसको मुख्य विषय हो ।

फेसबुक पेज

$
0
0
अष्ट्रेलियाको एउटा रेष्टुरेण्टले नेपालमा रहेका फेसबुक प्रयोगकर्ताहरुलाई लक्ष्यीत गरी विज्ञापन दिए पछि सामाजिक सञ्जाल विज्ञ+Aakar Anil  ले "पैसाको नाश” भनेर ट्वीटगरे । वास्तवमा आकारको कुरा सही थियो । अष्ट्रेलियामा रहेको रेष्टुरेण्टका सम्भावित ग्राहक नेपाली हुन सक्थे तर तिनीहरू नैपालमै बसिरहेका नेपाली चाही हुन सक्दैन थिए । वास्तवमा ती रेष्टुरेण्ट सञ्चालकले त्यसरी फेसबुकमा विज्ञापन गर्दा अस्ट्रेलिया अझ त्यो रेष्टुरेण्टमा रहेको स्थान वरपर रहेका नेपालीहरूलाई मात्र देखाउन मिल्ने गरी विज्ञापन गरेको भए उनको सन्देश लक्ष्यीतवर्ग सम्म पुग्ने थियो  ।  अनि विज्ञापन गरे बापत उनले फेसबुकलाई तिरेको पैसाको सदुपयोग हुने थियो तर उनले जानी जानी वा अनजानमा त्यसो गरेनन । फेसबुकले आफ्ना बिज्ञापनकर्ताहरुलाई प्रयोगकर्ताको स्थान र रुचिलाई आधारमा मानेर विज्ञापन गर्ने सुविधा दिन्छ । जसले गर्दा विज्ञापनमा रहेको सन्देश लक्ष्यीत प्रयोगकर्ता सम्म सहजै पुग्ने गर्दछ ।

प्रविधिको विकास सँगसँगै एनसेल र नेपाल टेलिकमले नेपालीहरूको हातहात रहेको मोबाइलमा थ्रिजि सेवा उपलब्ध गराए पछि इन्टरनेट अझ धेरैको पँहुचको विषय भएको छ । ब्यपार व्यवसाय गर्नेहरु पनि यसै कुरालाई मध्यनजर गर्दै छापा र टेलिभिजनमा मात्र हैन अनलाइन सञ्चार माध्ययमा पनि विज्ञापन गर्न थालेका छन् । याद गर्नु भएको हुन सक्छ आफूले मतलब नराखेको भए पनि तपाईँको फेसबुक वालको वरिपरि र बिचमा विभिन्न किसिमका विज्ञापन आइरहेको हुन्छ । ती विज्ञापनमा तपाईँले बिना कुनै आग्रह पूर्वाग्रह एक पटक क्लिक मात्र गरी दिनु भयो भने त्यसपछि त्यस विज्ञापन सँग सम्बन्धित सामग्री स्वतः: तापईको टाईमलाईनमा देखा पर्न थाल्छन । आफ्ना कुनै पनि उत्पादनलाई प्रमोट गर्ने हिसाबले सामाजिक सञ्जालमा मुलत: दुई प्रकारले उपस्थिति दर्शाईन्छ । एक आफ्नो उत्पादनबारे जानकारी रहेको पेज बनाईएर स्वतः: स्फुर्त मनपराउने प्रयोगकर्ताले लाईक गर्ने पेज बनाएर अर्को तिनै पेजहरुलाई धेरै लाईक बढाउने हिसाबले फेसबुकलाई पैसा तिरी सम्पूर्ण लक्ष्यीत प्रयोगकर्ताको वालमा देखिने गरी । विज्ञापन गरेर लाईक गराएको कुनै फेसबुक पेजमा एक पटक लाईक गरेपछी अनलाईक नगरुञ्जेल फेरी फेरी उसको पेजमा गरेको अपडेटहरु स्वतः आउने गर्दछ ।

त्यसो त नेपालमा पैसा तिरेर फेसबुक पेजमा लाईक बढाउनेहरुको सङ्ख्या कमै छ  ।  सर्वाधिक लाईक भएका नेपाली फेसबुक पेजहरुमा ब्यपारीक भन्दा पनि समाचार संस्था ,  कलाकार, गैरनाफामुलक संस्था धेरै छन् ।  उदारणको लागी बिबिसी नेपालीसेवाको फेसबुकपेजलाई नौ लाख सत्तरीहजार प्रयोगकर्ताहरुले लाईक गरेका छन् भने नेपाल प्रहरी मुख्यालयको आधिकारिक फेसबुकपेजलाई २ लाख सन्ताउन्न हजार प्रयोगकर्ताले लाईक गरेका छन् । बिबिसी नेपाली सेवा र नेपाल प्रहरी दुवैको पेज फेसबुकबाट सम्बन्धितको आधिकारिक पेज हो भन्ने मान्यता पाएका  'भेरिफाईड फेसबुक पेज'हुन । त्यसो त बिबिसिकै पत्रकार रबिन्द्र मिश्रको फेसबुक पेजपनि 'भेरिफाईड'पेज छ । नेपालबाट सञ्चालित भेरिफाईड फेसबुक पेजहरु अत्यतन्त नगन्य छन् । भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री हुनु अगावै उनी लगायत सामाजिक सञ्जालमा छाएका कतिपय नेताहरूको फेसबुक पेजलाई फेसबुकले भेरिफाईड गरीदिएको थियो भने नेपालमा प्रधानमन्त्री हुदाँ पनि फेसबुक चलाउने गरेका बाबुराम भट्टराईको पेजलाई अहिले सम्म फेसबुकले भेरिफाई गरेको छैन । 

नेपालको प्रमुख प्रकाशनगृह मध्ये एक कान्तिपुरको फेसबुकपेजलाई यो लेख तयारपार्दा सम्म ८ लाख नब्बे हजारले लाईक गरेका थिए भने अर्को प्रकाशन गृह नागरिकको अफिसियल फेसबुक पेजलाई पाँचलाख बार्हहजारले लाईक गरेका छन् । छापामाध्ययम नआईसकेको अनलाइन खबर भन्ने अर्को चर्चित अनलाइन वेबपोर्टलको आधिकारिक फेसबुक पेजलाई पनि सवा तिन लाख प्रयोगकर्ताले लाईक गरेका छन् । यी तथ्याङ्कहरुमा सबभन्दा चाखलाग्दो कुरा त यमबुद्द भनिने खासै नाम नचलेका नेपालका एक र्यापर (गायक) लाई छ लाख त्रिसठ्ठीहजार प्रयोगकर्ताले लाईक गरेका छन् जुन सङ्ख्या इन्टरनेटमा छाएका सेलिब्रेटि मानिने हरिबंश आचार्य, डा बाबुराम भट्टराई गगन थापाको भन्दा पनि धेरै हो । सोसलबेकर नाम गरेको फेसबुक प्रयोगकर्ताको तथ्याङ्क निकाल्ने गरेको एक वेबसाईटका अनुसारमा नेपालमा १८ देखी २४ वर्ष समूहका फेसबुक प्रयोगकर्ताहरु धेरै छन् । यस कुराको पुष्टि फेसबुकमा यमोबुद्दको प्रख्याती र अष्ट्रेलिया उच्च अध्ययन सम्बन्धी परामर्श दिने एक संस्था र अमेरिकन एम्बेसीको फेसबुक पेज मनपराउनेहरुको सङ्ख्याले पनि पुष्टि गर्दछ ।
ब्राण्डलाईक
बिबिसी नेपाली सेवा970864
इ-कान्तीपुर890783
यमबुद्द अफिसियल663682
नागरीन्युज राष्ट्रीय दैनिक512151
डा बाबुराम भट्टराई487518
एनसेल442553
हरीबंश आचार्य438356
एस ट्राभल्स332964
अनलाईन खबर328769
एसट्राभल्स261631
नेपाल प्रहरी प्रधान कार्यलय257854
स्पारो एसएमएस212922
204617
रबिन्द्र मिश्र201671
अमेरिकन एम्मेसी , नेपाल178967
यती यएरलाईन्स174876
युनिटिङ्गनेपाल123726
गिफ्टमाण्डु86871
सेतोपाटी77102
Viewing all 92 articles
Browse latest View live