Quantcast
Channel: साइबर चौतारी
Viewing all 92 articles
Browse latest View live

ठुला ईन्टरनेट कम्पनीहरुको आयस्रोत

$
0
0

बिल गेट्स, सेर्गे ब्रिन, ल्यारी पेज, मार्क जुकरबर्ग आदी यस्ता नाम हुन जो बिगत केही वर्षदेखी विश्वभरीका धनाढ्यहरुको सुची तयार गर्ने फोर्ब्स पत्रिकाको उपल्लो सुचीबाट बाहीरिएका छैनन । अझ बिगत चार वर्षदेखी दोस्रो नम्बरमा रहेका बिल गेट्स त यस वर्ष पहिलो नम्बरमा उकालो चढे । उनि पहिले पनि धनाढ्यहरुको सुचीमा पहिलो नम्बरमा थिए र फेरी त्यही स्थानमा पुगे ।  माईक्रोसफ्टका बिल गेट्सको प्रमुख आयस्रोत सफ्टवेयर हो । अर्का धनाढ्य मार्क जुकरवर्ग को सम्पतीको स्रोत फेसबुक हो ।  सेर्गे ब्रिन र ल्यारी पेजले चाँही गुगलबाट यस्तो बिघ्न सम्पती कमाएका हुन । गुगलमा सर्च गर्दा वा त्यसबाट आफुले खोजेको नतिजा हात पार्दा कुनै पनि प्रकारको शुल्क तिर्नु पर्दैन । हो त्यही सर्च ईन्जीनबाट संस्थापकहरुले आर्जन गरी  विश्वभरीका प्रमुझ १० धनाढ्यहरुको  सुचीमा परेका छन  ।



प्रयोगकर्ताको सर्च रिजल्ट पेजको उपल्लो स्थान र दाँया तर्फ बिज्ञापन राखेर मात्र गुगलले आफ्नो आम्दानीको ६२ प्रतिशत हिस्सा प्राप्त गर्ने गर्ने गर्दछ । गुगलका अतिरिक्त यस कम्पनीका अन्य वेबसाईटहरु पनि छन जसबाट गुगले आय आर्जन गर्ने गर्दछ । गुगल नेटवर्कका अन्य वेबसाईटहरु गुगल एडवर्ड, गुगल एडसेन्स ,गुगल एप्स आदी यस्ता केही गुगल उत्पादनहरु हुन जसबाट गुगलले आय आर्जन गर्ने गर्दछ । जस्तो कि गुगल एडवर्ड बाट यसका प्रयोगकर्ताहरुले आफ्नो उत्पादनको बिज्ञापन गर्न सक्दछन भने गुगल एप्सबाट गुगलको केही उत्पादनहरुलाई पर्सनलाईज्ड गरी प्रयोग गर्न दिन्छ  । यसैबाट गुगलले पैसा कमाउने गर्दछ । उदारणको लागी गुगलले सर्वसाधरण प्रयोगकर्ताहरुलाई जिमेल निशुल्क चलाउन दिए पनि ठुलाठुला कम्पनीहरुलाई उनिहरुको ईच्छाअनुसार जिमेल लगायतका उसका अन्य केही उत्पादन परिमार्जन गरी प्रयोग गर्न दिन्छ र यसै बाट पैसा कमाउने गर्दछ ।  गुगलको कुल आम्दानीमा गुगल नेटवर्कका माथी उल्लेखित लगायत अन्य वेबसाईटहरुको हिस्सा २१ प्रतिशत छ ।  हालसालमा गुगलले खरिद गरेका अन्य उत्पादनले पनि गुगललाई राम्रै आम्दानी दिईरहेको छ । उदारणको रुपमा गुगलले मोबाईल बानाउने कम्पनी मोटरोला किनेर यसैबाट आफ्नो आम्दानीको ८ प्रतिशत हिस्सा प्राप्त गरीरहेको छ ।

सफ्टवेयर बजारमा माईक्रोसफ्टको एकलौटी बजार बिल गेटसको प्रमुख सम्पतीको स्रोत हो । बिल गेटको सम्पतीको कुरा हुने बित्तिकै हामीले सम्झीने गरेको विन्डोज अपरेटिङ्ग सिस्टम र यसैमा निहित रहेर सञ्चालन हुने अन्य अफिस प्याकेज प्रयोग्रामहरु मात्र उनको सम्पतीको स्रोत हैन । यसको लाईसेन्स बिक्रीबाट प्राप्त हुने रकमले त माईक्रोसप्टको कुल आम्दानीको ४७ प्रतिशत स्थान मात्र ओगटेको छ ।  सफ्टवेयर ब्रिकी पश्चात प्रयोगकर्ताहरुलाई प्रदान गर्ने कर्पोरेट सपोर्टबाट पनि माईक्रोसप्टले आम्दानी गर्ने गर्दछ । पछिल्लो चरणमा माईक्रोसफ्टले हात हालेको हार्डवेयर सर्भिसले पनि यसलाई राम्रै मुनाफा दिईहरेको छ । माईक्रोसफ्टको एक्सबक्स गेमिङ्ग कन्सोल र नोकियाको ब्यापार केही यस्ता उदारणहरु हुन जसले यसलाई हार्डवेयरको क्षेत्रमा यसको आम्दानीको १४ प्रतिशत हिस्सा प्राप्त गरीरहेको छ ।

स्टीभ जब्सको निधन हुनुपुर्वनै यसका आलोचकहरु समेत जब्सको आयुको बारेमा यकिन गर्न सकिन्न तर एप्पलको चाही  लामो छ  भन्थे । नभन्दै जब्सको मिहनतले अदितिय स्थान ओगेटको भनिने एप्पलले अझै पनि आफ्नो स्थानबाट डगमगाउनु परेको छैन । प्रयोगकर्ताको जिवनशैलीमा एप्पलका उत्पादनहरु यसरी भिजेका छन कि कसैले यसको बजार बिश्थापन गर्ने सोच्न पनि नसकिने अवश्था छ । यसको कारणको रुपमा यसको बजार रणनितीलाई पनि लिन सकिन्छ । जस्तो कि एप्पलले न अरु कसैले बनाई दिएको हार्डवेयरमा आफ्नो सप्टवेयर ईन्सटल गर्ने अनुमती दिन्छ न आफ्नो सफ्टवेयर कसैको हार्डवेयरमा जडान हुन सक्ने बनाउछ । आईफोन, आईप्याड, आईपोड, म्याकबुक, आईट्युन एप्पलका यस्ता उत्पादनहरु हुन जसमा हार्डवेयर र सफ्टवेयर दुबै उसैका मात्र लाग्छन । एप्पलको आईफोनको बजार ठुलो र एकलौटी जस्तो छ तर पनि यसले कम्पनीलाई आम्दानीको ५५ प्रतिशत हिस्सा मात्र दिईरहेको छ । ट्याबलेट कम्प्युटरलाई एप्पलले आईप्याड नाम दिएर बिक्री गर्यो जसले कम्पनीलाई आम्दानीको १८ प्रतिशत हिस्सा दिलाई रहेको छ । 

नेपालका सर्वसाधरण प्रयोगकर्ताको पँहुच भन्दा अलि माथी रहेको म्याकबुक एप्पलले निकालेको ल्यापटप कम्युटर हो । जसलाई नेपालमा किन्दा अन्यको तुलनामा तिन चार गुना बढी मुल्य भुक्तान गर्नु प्रर्दछ यसको पनि विश्वबजारमा राम्रो स्थान छ । कम्पनीलाई यसैले मात्र १३ प्रतिशत भन्दा बढी मुनाफा दिलाई रहेको छ भनिन्छ ।
 यो लेख २०७१ जेठ २५ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । 

SLC को Result वेबसाईटमा

$
0
0
२०७० सालको SLC परिक्षाको नतिजा प्रकाशन भएको छ । यस वर्षको रेगुलर तर्फको नतिजा डाउनलोड गर्न यहाँर एक्जाम्टेड तर्फको नतिजा डाउनलोड गर्न यहाँक्लिक गर्नुहोस । प्राप्त नतिजा अनुसार यसपाली ३ लाख ९४ हजार ९ सय ३३ जनामध्ये १ लाख ७३ हजार ४ सय ३६ जना पास भएका छन् । तीमध्ये विशिष्ट श्रेणीमा १८ हजार १ सय १०, प्रथम डिभिजनमा ८३ हजार ६ सय ३७ र दोस्रो श्रेणीमा ६७ हजार ९ सय ४२ र तृतीय श्रेणीमा ३१ हजार ७ सय ४७ जना उत्तीर्ण भए । एक्जाम्टेडमा १० दशमलव ९२ प्रतिशत पास भएका छन् । तल दिएका अन्य वेबसाईटमा पनि SLC परिक्षाको नतिजा हेर्न सकिन्छ ।


वेव ठेगानावेबसाईट सञ्चालन गर्ने संस्था
www.moe.gov.npशिक्षा मन्त्रालय, नेपाल
www.doe.gov.npशिक्षा बिभाग
www.soce.gov.npपरिक्षा नियन्त्रण कार्यलय, सानोठिमी
www.educationsansar.comएडुकेशन संसार
slc.ntc.net.npनेपाल टेलिकम
www.edukhabar.comएडुखबर
www.edusanjal.comएडुसञ्जाल
www.cuidadotechnology.comस्यायुडाडो टेक्नोलोजी

अत्याधिक वेब ट्राफिकको कारणले उल्लेखीत साईटहरु चाहेको बेला नखुल्न सक्छ । अन्य तरिकाले पनि रिजल्ट थाहा पाउन सकिन्छ । जस्तो कि एसएमएस बाट नतिजा थाहा पाउनको लागी तल दिएको SMS सर्टकोडमा एसएमएस पठाउनु पर्छ । ईजी सर्भिस प्रा ली को SMS सर्टकोड ५२२५ मा एसएमएस पठाएर नतिजा थाहा पाउनको लागी SLC  0123456A लेखी ५२२५ मा एसएमएस एठाउनु पर्छ ।  विस्तृत जानकारीको लागी सम्बन्धित कम्पनीको वेबसाईट हेर्नुहोला ।

वेबसाईटसेवा प्रदान गर्ने संस्थाSMS सर्टकोड
f1soft.comएफवान सफ्ट5566
janakitech.comजानकी टेक्नोलोजी5001
thehimalayantimes.comआप्कानेपाल प्राली7722
easy.com.npईजी सर्भिस प्रा ली 4949
टेलीटक प्राली5225
ntc.net.npनेपाली टेलीकम1600
miracleinfo.com.npमिराकल ईन्फोटेन्मेन्ट प्रा ली2333
digitainment.com.npडिजीटेनमेन्ट प्रा ली5004

IVR Systemमार्फत नेपाल टेलिकमको PSTN तथा CDMA फोन बाट एसएलसी नतिजा थाहा पाउन १६०० डायल गरी त्यहाँ दिए अनुसार गर्नु पर्दछ ।

मोबाइलमा वर्ल्डकप

$
0
0

यसभन्दा अघिल्लो वर्ल्डकप फुटबल प्रतियोगितामा समेत फुर्सद पाँउदा मात्र खेल हेर्न पाउनेहरुले कति बजे कुन कुन टिमको खेल छ भनी थाहा पाउन दैनिक पत्रिकाको खेल स्तम्भ हेर्नु पर्दथ्यो । सबै खेल हेर्न चाहनेहरु प्रतियोगिता सुरु हुनु अगाडी पत्रपत्रिकाले निकाल्ने खेलतालिका जतन गरेर राख्थे भने नकआउटमा खेलको नतिजाले अब को सँग को भिड्छ भन्ने थाहा पाउन प्रत्येक दिनको खेल तालिकामा कसले कति नम्बर प्राप्त गर्‍यो टिपेर राख्नु पर्थ्यो । अझ आयोजक राष्ट्रको समय र यहाँको स्थानीय समयको अन्तरले धेरैलाई रनभुल्लमा पार्दथ्यो ।

अघिल्लो वर्ल्डकप प्रतियोगिताको चारवर्ष समय अन्तरालमा मोबाइल टेक्नोलोजीमा ठुलो परिवर्तन भईसकेको छ । अब वर्ल्डकप प्रतियोगिताको नतिजाको उतारचढाव र तालिका थाहा पाउन खेलपत्रकार बनिरहन नपर्ने भएको छ । आठ दश हजार देखी झण्डै लाख रुपयाँ सम्मको मोबाइल बोक्नेहरुले एउटा एप्लीकेशन डाउनलोड गरेको भरमा कुन खेल कहिले र कहाँ हुने देखी वर्ल्डकप प्रतियोगिताको ईतिश्री थाहा पाउन सम्भव भएको छ ।


आईफोन देखी एन्ड्रोईड अपरेटिङ्ग सिस्टम भएको मोबाइलमा ईन्सटल (जडान) गरिने मोबाइल एपहरुवाट साधरणतय खेलको तालिका, प्रतियोगितामा सामेल कुनै पनि खेलाडीले गरेको गोल सङ्ख्या देखी कुनै म्याचमा रातो अथवा पंहेलो कार्ड प्राप्त गरेको भएको त्यसको विवरण, खेलको लाईनअप देखी टिममा खेलाडीहरुको फर्मेशन सम्म थाहा पाउन सकिन्छ । अझ आफूले रोजेको टिमको लाईभस्कोर , त्यसको प्रर्दशनको विश्लेषण, त्यसै टिमको खेल नछुटोस भनी सो टिमको खेल आउने समयको नोटिफिकेशन प्रयोगकर्ताको लागी धेरै उपयोगी देखीन्छन । प्रयोगकर्तालाई प्रभावित पार्न धेरै एप्लिकेशनहरुले त यस प्रतियोगितामा सामेल खेलाडीहरुको व्यक्तिगत विवरण समेत राखेका छन् । यसले यसै प्रतियोगिता बाट चम्कने खेलाडीहरुबारे बुझ्न सजिलो पर्ने देखीन्छन । अझ स्मार्टफोनमा हुने जिपिएसमा आधारित रहेर मोबाइलमा बोकेर विश्वको जुनसुकै कुनामा पुगे पनि प्रतियोगिताको खेल स्थानीय समय अनुसार कति बजे सुरु हुन्छ भनेर त्यसै मोबाइलमा देखाई दिन्छ । त्यस्तै प्रतियोगिता अवधिमा मा भएका महत्वपुर्ण गोल तथा क्षणलाई कुनै पनि बेला हेर्न मिल्ने गरी लिङ्क राखिने हुनाले खेल हेर्न छुटाउनेले पनि पछुतो मान्नु पर्दैन ।

तर यसो भन्दैमा आईओएस तथा एप्पल स्टोरमा राखिएका ब्राजिल बर्ल्डकप फुटबल प्रतियोगिता सम्बन्धी जुनसुकै मोबाइल एप्लीकेशन डाउनलोड गर्नु पनि बुद्दिमानी हुदैन । खेल अवधिभर माथि उल्लेख गरिएका सबै विवरणहरू जुनसुकै बेला अध्यावधी भईरहनु कम्तीमा यस्ता एप सञ्जचालन गर्ने सानो समूह र ब्यक्तिबिशेशको लागी कठिन विषय हो । अझ खासै नाम नचलेका कम्पनी तथा डेभलपरहरुको एप डाउनलोड गर्ने हो भने यसै प्रतियोगिता अवधिभर प्रयोगकर्ता बटुलेर कालान्तरमा त्यस मोबाइल एप्लीकेशनलाई कुनै ब्यपारिक प्रयोगजनको लागी बेचि दिन सक्दछन । ब्यपारिक प्रयोजनको लागि जडान गरिएको एप्लीकेशन तपाईँको मोबाइलमा भए पछि मोबाइलमा अनावश्यक बिजापन आउने , तपाईँको व्यक्तिगत विवरण अन्य कार्यको लागी पनि प्रयोग हुने हुन सक्दछ । यसको लागी बेलैमा सचेत भए भरपर्दा एप्लीकेशनहरु डाउनलडो गर्न उचित हुन्छ । उदारणको रूपमा केहीलाई तल समेट्ने प्रयास गरिएको छ ।

द फिफा एप : बर्ल्डकप प्रतियोगिताको मुख्य आयोजक फेडरेशन अफ द ईन्टरनेशनल एसोसियसन (फिफा) ले प्रयोगमा ल्याएको यस एप्लीकेशनलाई आधिकारिक मान्न सकिन्छन । यस एप्लीकेशनमा फुटलबल प्रतियोगिता सम्बन्दी तात्कालिक समाचार, टिम बिशेकको राष्टिय क्रमसंख्या, खेल सुरु हुने समय, स्थान र त्यसको परिचय, टिमको खेलाडीहरुको प्रोफाईल आदी पाउन सकिन्छन । फिफाले आफै अध्यावधी गर्ने भएकोले यसमा भएका सामग्रीलाई आधिकारिक मान्न सकिन्छ । हाल यो एप्लीकेशन एन्ड्रोईड, आईओएस अपरेटिङ्ग सिस्टम जडान भएको मोबाइल तथा ट्याबलेट पिसीमा जडान गर्न सकिन्छ ।

ईएसइपिएन एफसि फुटबल एण्ड वर्ल्डकप कप : टेलिभिजनमा वर्ल्डकप प्रतियोगिताको लाईभ प्रसारण गर्ने अनुमति पाएको अमेरिकन च्यानल ईएसपिएनले प्रयोगमा ल्याएको यो एप्लीकेशन पनि धेरै महत्वपुर्ण छ । यस एप्लीकेशनमा प्रतियोगिता अवधिमा मा भएका महत्वपुर्ण गोल तथा क्षणलाई कुनै पनि क्षणमा हेर्न मिल्ने गरी राखिएको छ । एन्ड्रोईड र आईओएस अपरेटिङ्ग चल्ने जुनसुकै डिभाईसमा डाउनलोड गर्न मिल्ने यो एप्लीकेशनमा खेलतालिका , खेल बिज्ञहरुको विश्लेषण, टिमको विवरण आदी पनि पाउन सकिन्छ ।

फुटबल वर्ल्ड २०१४ : मोबाइलको लागी नेपाली पात्रो बनाउने शङ्कर उप्रेतीले बनाएको यो एप्लीकेशन खेलको विवरण, खेलको टाईमलाईन, लाइन-अप, समुगत विवरण, खेल सुरु हुने अन्त हुने समय का अतिरिक्त सम्बन्धित खेलको बारेमा ट्वीटरका अफिसियल ह्यास ट्याग प्रयोग गरेर गरिएका ट्वीटहरु पनि समावेश हुने गर्दछ ।

ठुला ईन्टरनेट कम्पनीहरुको आयस्रोत

$
0
0
बिल गेट्स, सेर्गे ब्रिन, ल्यारी पेज, मार्क जुकरबर्ग आदी यस्ता नाम हुन जो बिगत केही वर्षदेखी विश्वभरीका धनाढ्यहरुको सुची तयार गर्ने फोर्ब्स पत्रिकाको उपल्लो सुचीबाट बाहीरिएका छैनन । अझ बिगत चार वर्षदेखी दोस्रो नम्बरमा रहेका बिल गेट्स त यस वर्ष पहिलो नम्बरमा उकालो चढे । उनि पहिले पनि धनाढ्यहरुको सुचीमा पहिलो नम्बरमा थिए र फेरी त्यही स्थानमा पुगे ।  माईक्रोसफ्टका बिल गेट्सको प्रमुख आयस्रोत सफ्टवेयर हो । अर्का धनाढ्य मार्क जुकरवर्ग को सम्पतीको स्रोत फेसबुक हो ।  सेर्गे ब्रिन र ल्यारी पेजले चाँही गुगलबाट यस्तो बिघ्न सम्पती कमाएका हुन । गुगलमा सर्च गर्दा वा त्यसबाट आफुले खोजेको नतिजा हात पार्दा कुनै पनि प्रकारको शुल्क तिर्नु पर्दैन । हो त्यही सर्च ईन्जीनबाट संस्थापकहरुले आर्जन गरी  विश्वभरीका प्रमुझ १० धनाढ्यहरुको  सुचीमा परेका छन  ।

प्रयोगकर्ताको सर्च रिजल्ट पेजको उपल्लो स्थान र दाँया तर्फ बिज्ञापन राखेर मात्र गुगलले आफ्नो आम्दानीको ६२ प्रतिशत हिस्सा प्राप्त गर्ने गर्ने गर्दछ । गुगलका अतिरिक्त यस कम्पनीका अन्य वेबसाईटहरु पनि छन जसबाट गुगले आय आर्जन गर्ने गर्दछ । गुगल नेटवर्कका अन्य वेबसाईटहरु गुगल एडवर्ड, गुगल एडसेन्स ,गुगल एप्स आदी यस्ता केही गुगल उत्पादनहरु हुन जसबाट गुगलले आय आर्जन गर्ने गर्दछ । जस्तो कि गुगल एडवर्ड बाट यसका प्रयोगकर्ताहरुले आफ्नो उत्पादनको बिज्ञापन गर्न सक्दछन भने गुगल एप्सबाट गुगलको केही उत्पादनहरुलाई पर्सनलाईज्ड गरी प्रयोग गर्न दिन्छ  । यसैबाट गुगलले पैसा कमाउने गर्दछ । उदारणको लागी गुगलले सर्वसाधरण प्रयोगकर्ताहरुलाई जिमेल निशुल्क चलाउन दिए पनि ठुलाठुला कम्पनीहरुलाई उनिहरुको ईच्छाअनुसार जिमेल लगायतका उसका अन्य केही उत्पादन परिमार्जन गरी प्रयोग गर्न दिन्छ र यसै बाट पैसा कमाउने गर्दछ ।  गुगलको कुल आम्दानीमा गुगल नेटवर्कका माथी उल्लेखित लगायत अन्य वेबसाईटहरुको हिस्सा २१ प्रतिशत छ ।  हालसालमा गुगलले खरिद गरेका अन्य उत्पादनले पनि गुगललाई राम्रै आम्दानी दिईरहेको छ । उदारणको रुपमा गुगलले मोबाईल बानाउने कम्पनी मोटरोला किनेर यसैबाट आफ्नो आम्दानीको ८ प्रतिशत हिस्सा प्राप्त गरीरहेको छ ।

सफ्टवेयर बजारमा माईक्रोसफ्टको एकलौटी बजार बिल गेटसको प्रमुख सम्पतीको स्रोत हो । बिल गेटको सम्पतीको कुरा हुने बित्तिकै हामीले सम्झीने गरेको विन्डोज अपरेटिङ्ग सिस्टम र यसैमा निहित रहेर सञ्चालन हुने अन्य अफिस प्याकेज प्रयोग्रामहरु मात्र उनको सम्पतीको स्रोत हैन । यसको लाईसेन्स बिक्रीबाट प्राप्त हुने रकमले त माईक्रोसप्टको कुल आम्दानीको ४७ प्रतिशत स्थान मात्र ओगटेको छ ।  सफ्टवेयर ब्रिकी पश्चात प्रयोगकर्ताहरुलाई प्रदान गर्ने कर्पोरेट सपोर्टबाट पनि माईक्रोसप्टले आम्दानी गर्ने गर्दछ । पछिल्लो चरणमा माईक्रोसफ्टले हात हालेको हार्डवेयर सर्भिसले पनि यसलाई राम्रै मुनाफा दिईहरेको छ । माईक्रोसफ्टको एक्सबक्स गेमिङ्ग कन्सोल र नोकियाको ब्यापार केही यस्ता उदारणहरु हुन जसले यसलाई हार्डवेयरको क्षेत्रमा यसको आम्दानीको १४ प्रतिशत हिस्सा प्राप्त गरीरहेको छ ।

स्टीभ जब्सको निधन हुनुपुर्वनै यसका आलोचकहरु समेत जब्सको आयुको बारेमा यकिन गर्न सकिन्न तर एप्पलको चाही  लामो छ  भन्थे । नभन्दै जब्सको मिहनतले अदितिय स्थान ओगेटको भनिने एप्पलले अझै पनि आफ्नो स्थानबाट डगमगाउनु परेको छैन । प्रयोगकर्ताको जिवनशैलीमा एप्पलका उत्पादनहरु यसरी भिजेका छन कि कसैले यसको बजार बिश्थापन गर्ने सोच्न पनि नसकिने अवश्था छ । यसको कारणको रुपमा यसको बजार रणनितीलाई पनि लिन सकिन्छ । जस्तो कि एप्पलले न अरु कसैले बनाई दिएको हार्डवेयरमा आफ्नो सप्टवेयर ईन्सटल गर्ने अनुमती दिन्छ न आफ्नो सफ्टवेयर कसैको हार्डवेयरमा जडान हुन सक्ने बनाउछ । आईफोन, आईप्याड, आईपोड, म्याकबुक, आईट्युन एप्पलका यस्ता उत्पादनहरु हुन जसमा हार्डवेयर र सफ्टवेयर दुबै उसैका मात्र लाग्छन । एप्पलको आईफोनको बजार ठुलो र एकलौटी जस्तो छ तर पनि यसले कम्पनीलाई आम्दानीको ५५ प्रतिशत हिस्सा मात्र दिईरहेको छ । ट्याबलेट कम्प्युटरलाई एप्पलले आईप्याड नाम दिएर बिक्री गर्यो जसले कम्पनीलाई आम्दानीको १८ प्रतिशत हिस्सा दिलाई रहेको छ । 

नेपालका सर्वसाधरण प्रयोगकर्ताको पँहुच भन्दा अलि माथी रहेको म्याकबुक एप्पलले निकालेको ल्यापटप कम्युटर हो । जसलाई नेपालमा किन्दा अन्यको तुलनामा तिन चार गुना बढी मुल्य भुक्तान गर्नु प्रर्दछ यसको पनि विश्वबजारमा राम्रो स्थान छ । कम्पनीलाई यसैले मात्र १३ प्रतिशत भन्दा बढी मुनाफा दिलाई रहेको छ भनिन्छ ।

इन्टरनेटको सट्टाबजार

$
0
0
अप्रत्यासित नजिता ब्यहोरेर स्पेन र ईङ्गल्याण्ड चालु विश्वकप प्रतियोगिता बाट बाहिरिदै गर्दा आउने मङ्गलवार राती हुने ब्राजिल र क्यामरुनको खेलमा ब्राजिल पनि क्यारुन सँग हार्यो भने के होला ? इन्टरनेट सट्टाबजारमा क्यामरुनको तर्फबाट बाजी थाप्नेहरुले १ डलर बराबर २१ अमेरिकी डलर प्राप्त गर्छन् । क्यामरुनले हार्छ भनेर बाजी थाप्नेहरुले १० डलर बराबर १२ डलर प्राप्त गर्दछन भने दुवैको अस्तित्व स्वाकार्नेहरुले खेल बराबरीमा रोकिन्छ भनेर बाजी थाप्ने हो भने १ डलर बराबर झन्डै १० डलर प्राप्त गर्दछन । यो दरभाउ इन्टरनेटमा कुनै खेलको नतिजा पुर्वानुमान गरेर बाजी थापे बापत दिइने  रकम हो । प्लानेटअफबेट्स डट कम, बेटथ्रिसिक्सफाईभ डट कम , बिविन डट कम जस्ता वेबसाईटहरुमा अमेरिकी डलर बोलकबोल गरी बाजी थाप्नेहरुमा नेपालीहरू पनि कम छैनन् । नेपालको कानुन अनुसार ठाडै अवैध मानिएको यस प्रकारको इन्टरनेटबाट गरिने सट्टबजारीमा लगानी गर्नलाई सोझो र सजिलो बाटो छैन र पनि यसको चस्का पाईसकेका खेलप्रेमीहरुलाई यसले रोक्न सकेको छैन ।

नेपाल राष्ट्रबैकको प्रावधान अनुसार अमेरिकी डलरमा आम्दानी गर्ने कानुनी बाटो नभएकाहरुलाई इन्टरनेटबाट ट्रान्जेक्सन गर्न मिल्ने विदेशी रुपयाँको डेबिट तथा क्रेडिट कार्ड पाउन सम्भव छैन । भारतमै पनि लम्बेतान कानुनी प्रक्रिया पुरा गरेर मात्र त्यहाका नागरिकहरूले त्यसप्रकारको कार्ड प्राप्त गर्दछन । कार्ड प्राप्तगरेकाहरुको पनि त्यहाँको केन्द्रीय बैकले सूक्ष्म निगरानी गरिरहेको हुन्छ । यसो बिचार गर्दा नेपालीहरूको अनलाइन ट्रान्जेक्सनमा कुनै पहुँच नहुनु पर्ने हो । तर अहिले अवस्था त्यस्तो छैन । माथि उल्लिखित कतिपय वेबसाईटहरुले नेपालीहरूले ट्रान्सजेक्सन गर्न  सक्ने  पेपाल , स्क्रील जस्ता अनलाइन पेमेन्ट गेटवेमा सम्मानजन स्थान बनाएका वेबसाईटहरुलाई नेपालीको तर्फबाट डिपोजिट गर्न नमिल्ने बनाएको भए ता पनि तिनै वेवसाईटहरुमा लगानी रोकिएको छैन । खेल र सट्टेबाजीको नशामा डुबिसकेका हरू लगानी गरिहरहेका छन् ।

कसरी लगानी गर्छन् त नेपालीहरूले ? नेपालमा इन्टरनेटमा हुने सबै प्रकारका गतिविधीहरुलाई समेट्ने साईबर कानुन नबनिसकेको अव्श्थामा कुनै व्यक्तिले नेपालकै कुनै बैकमा रहेको रकम सोझै सट्टबजारीमा लगानी गर्न त सम्भव छैन तर नेपालमै बसेर डलर आय आर्जनगर्नेहरुको रकम बिचैमा अवैध तरिकाले यसमा लगानी भैरहेको देखिन्छ  ।  इन्टरनेट मार्फत बिदेशीहरुको लागी विभिन्न प्रकारका काम गरी दिएर डलर कमाउने कतिपयहरुनै यस प्रकारको लगानीका श्रोत हुन ।  यसबाहेक विदेशमा रहेका आफ्न्तहरुले बनाए दिएको अनलाइन ट्रान्जेक्सन गर्न मिल्ने डेबिट कार्ड होल्डरहरुले पनि नेपाल राष्ट्रबैकले तोके भन्दा बढी दररेटमा तिनीहरुबाट डलर खरिद किनबेच गर्ने गर्दछन । यसरी किनएको डलरलाई ओकेपे, फर्फेक्टमनि , ईगोपे जस्ता अनलाइन पेमेन्ट गेटवेको माध्यमबाट बेटिङ्ग वेबसाईटहरुमा लगानी गर्ने गरीन्छन ।  कसैले कुनै खेलमा जितेपछि हौसिएर गरिएको थप लगानीले सबै रकम गुमाउछन भने कसैले तिनै पेमेन्ट गेटवेबाट एक खाताबाट अर्को खातामा फण्ड ट्रान्सफर गरी नेपाली रुपयाँमा भुक्तानी लिने गर्दछन ।

कहाँ कहाँ लगानी भैरहेको छ ? बेटथ्रिसिक्सफाईभ, बिविन, प्लानेटअपबेट्स, कोरल, स्काईबेट, विलियम हिल, बोभाडा आदी अनलानई बेटिङ्ग को लागि विश्वभरिमा नाम कमाएका वेबसाईटहरु हुन । जसमध्येमा कतिपय इन्टरनेटबाट गरिने यस प्रकारका कारोबारहरुलाइ कानुनी मान्यता दिएका देशहरुबाट सञ्चालन भैरहेका छन् ।  दर्ता भएको स्थानको स्थानीय कानुनको पूर्ण पालना गरी सञ्चालन भएका बेटथ्रिसिक्सफाईभ , बिविन डट कम जस्ता वेबसाईटहरुमा नेपालमा यस प्रकारको गतिविधि अवैध हो भन्न स्वीकार्दै नेपालीहरूलाई सोझो हिसाबले दर्ता भएर बाजी थाप्न दिदैन । प्लानेटअफबेट्सजस्ता विभिन्न देशका स्थानीय नियम कानुनको तुलनात्मक रूपले कम ख्याल गर्ने बेवसाईटहरु नेपालीहरूको अनलाइन बेटिङ्ग गन्तब्य स्थान हो ।

नेपालको अवस्था के छ ? कानुनको अभावमा इन्टरनेटबाट विदेशमा भुक्तानी गर्न मात्र हैन इन्टरनेटबाट बिदेशीहरुको विभिन्न काम गरी भुक्तानी लिनको लागी सरकारले सजिलो उपया नसुझाएकोले नेपालमा बसेर बिदेशीहरुको काम गरी कमाएको रकम यस प्रकारले अवैध कामकाजमा खर्च हुने गरेको हो । वर्तमान कानुन अनुसार अनलाइन पेमेन्ट त सम्भवव छैन छैन कमाएको पैसालाई पनि वायर ट्रान्सफर गरी बैकमा झिकाउने कानुन लिएर बसेका हामीहरुलाई बिदेशीहरु त्यस प्रकारको झन्झट ब्यहोरेर भुक्तान गर्न तयार छैनन् र अनलाइन पेमेन्ट गेटवे मार्फत हुने भुक्तानीहरुलाई केहीले चलनचल्तीको रेटमा केही बढाएर यस्तै कामको लागी बिक्री गर्ने गर्दछन ।

र अन्तमा , नेपालमा यसप्रकारको अनलाइन सट्टेबाजी रोक्ने हो भने सबभन्दा पहिले कानुन बनाएर वर्तमान विश्वपरिप्रेक्ष्यको ख्याल गर्दै नेपालमा इन्टरनेटबाट गरिने ट्रान्जेक्सनलाई ब्यब्श्थीत गर्नु जरुरी छ । मनि लाउन्ड्रीको बाहानमा पुरा विश्वनै आर्थिक गतिविधिमा चनाखो बन्दै गरेको अवस्थामा ह्वात्तै इन्टरनेट मार्फत गरिएका बैध कामहरुमा बापत हुने  अनलाइन ट्रान्जेक्सन खुल्ला छोड्न त सम्भव नहोला तर निश्चित कानुनी प्रक्रिया पुर्याएर एउटा सीमा सम्मा छुट दिने हो भने यसकारले यसबाटै उल्टै राजश्व उठाउन सक्छ । नेपालमै पनि इन्टरनेटबाट काम गरी महिनाको हजारौँ कमाउनेहरु उल्लेखनीय छन् ।

गुगल एडसेन्सको हिसाब किताब

$
0
0
वेबसाईटमा गुगलको विज्ञापन राखेर कति सम्म कमाउन सकिन्छन ? ब्लगिङ्गको सन्दर्भमा मैले सबै भन्दा बढी सुन्ने गरेको प्रश्न यही हो । उत्तरमा म ५ वर्षमा गुगलले पेआउट गर्ने १०० डलर नहुन पनि सक्छ र १ दिनमा १०० डलर भन्दा बढी पनि हुन सक्छ भन्ने गर्छु  ।  धेरैले मेरो उत्तरको पहिलो उदारणमा ध्यान दिदैनन अनि दोस्रो उदारणमा यो कसरी हुन्छ भन्ने सोध्दैनन । गुगल एडसेन्सबाट कसरी पैसा कमाउने कुरा बुझ्नको लागी सबभन्दा पहिले गुगल एडसेन्स पोलिसिबुझ्नु जरुरी छ । गुगलमा एडसेन्स पोलिसिमा सिटिआर , सिपिएम , सिपिसि जस्ता शब्दहरू बाराम्बर प्रयोग हुने गर्दछन । आउनुहोस सबभन्दा पहिले यसबारे चर्चा गरौ  अनि दैनिक १०० डलर कसरी कमाउने त्यसबारे चर्चा गरौला।

सिटिआर : सिटिआर (क्लिक थ्रु रेट) भन्नाले प्रयोगकर्ताले कुनै वेबसाईटमा क्लिक गरेको सङ्ख्यालाई त्यो साइटमा देखिएको विज्ञापनको सख्याले भाग गर्दा आउने सङ्ख्या बुझिन्छ । यसलाई प्रतिसयमा नापिन्छ ।   उदारणको लागी तिन पटक क्लिक भएको विज्ञापन रहेको पेजमा तिन वटा विज्ञापन छ र १०० पटक पेज हिट भएको छ सिटिआर १ प्रतिशत हुन्छ ।  (सिटिआर = क्लिक / देखिएको विज्ञापन सङ्ख्या अर्थात् CTR = 3/300 * 100 )

सिपिसि : सिपिसि (कष्ट पर क्लिक)  भन्नाले प्रयोगकर्ताले कुनै वेबसाईटमा रहेको विज्ञापनमा क्लिक गरे बापत एडसेन्स प्रयोगकर्ताले प्राप्त गर्ने रकम भन्ने बुझीन्छ । कुनै पनि विज्ञापनको सिपिसि कति हो भन्ने कुरा चाही बिज्ञापनकर्तामा निर्भर रहन्छ । उदारणको लागी गुगलले फाईनान्स , मार्केटिङ्ग  आदीलाई धेरै पैसा दिन्छ ।

सिपिएम : सिपिएमभन्नाले एक हजार पटक कुनै विज्ञापन देखाए बापत प्राप्त हुने रकम भन्ने बुझीन्छ ।

आरपिएम : आरपिएम (रेभेन्यु पर थाउजेण्ड ईम्प्रेसन) भन्नाले एक हजार पटक बिज्ञापन देखाउदा प्राप्त हुने आम्दानी भन्ने बुझाउछ । उदारणको लागी २५ पटक विज्ञापन देखाउदा ०१५ डलर आम्दानी भएको भए त्यसको आरपिएम ६ छ भन्ने बुझीन्छ । (पेज आरपिएम = आम्दानी / पेज भ्यु * १०००)

कहिलेकाँही कुनै बिज्ञापनकर्ताले आफ्नो विज्ञापनको सिपिसि को सट्टमा सिपिएम निर्धारण गरेको हुन्छ । जस्ले गर्दा विज्ञापनमा क्लिक नै नभए पनि वेबसाईटको हिटीङ्ग को आधारमा पैसा कमाउन सक्छ । उदारणको लागी १ दिनमा १०० डलर कुन अवस्थामा कमाउन सकिन्छ यसबारे कुरा गरौ ।

मानिलिनुस तपाईँको वेबसाईटमा रहेको विज्ञापनको  सिटिआर (वेबसाईटमा क्लिक गरेको सङ्ख्यालाई त्यो साइटमा देखिएको विज्ञापनको सख्याले भाग गर्दा आउने सङ्ख्या) १ प्रतिशत छर सिपिसि (कुनै वेबसाईटमा रहेको विज्ञापनमा क्लिक गरे बापत एडसेन्स प्रयोकर्ताले प्राप्त गर्ने रकम) ०.२५ डलर छ भने तपाईँले दिनमा १ सय डलर कमाउन तपाईँको पेज ४० हजार पटक हिट हुनु पर्दछ । अथवा वेबसाईटमा रहेको विज्ञापनको सिटिआर १ प्रतिशत र ०.२५ सिपिसि छ भने सो विज्ञापनमा ४ सय पटक क्लिक हुनु पर्दछ । बिज्ञापनदाताले आफ्नो विज्ञापनको सिपिसि सट्टा सिपिएम पनि तोकेको हुन सक्छ । माथि उल्लेख गरे झैँ दैनिक ४० हजार पटक हिट हुने बेबसाईटमा राखेको विज्ञापनको सिपिएम एक देखि डेढ डलर छ भने ४० देखि ६० डलर आम्दानी हुन सक्छ । यहाँ याद राख्नु पर्ने कुरा के छ भने  दैनिक ४० हजार पटक पेज हिट हुनको लागी ५०० वटा पेजभएको वेबसाईटमा प्रत्येक पेज कम्तीमा ८० पटक हिट भएको हुनु पर्छ । 

माथीको उदारण पढेर तपाईँले मनमनै दैनिक १०० डलर कमाउने सोचीसक्नु भएको भए म तपाईँलाई त्यति सजिलो नभए पनि असम्भव चाँही छैन भन्न चाहन्छु । यदि तपाईँको अङ्ग्रेजीमा लेख्ने बानी छ भने तपाईँले अन्तराष्ट्रीय पाठक पाउन सक्नु हुन्छ नत्र नेपालीमा लेखेर यती कमाउनको लागी धेरै नै पापड बेल्नु पर्छ । माथि भनिहाले नि १ प्रतिशत सिटिआर भएको विज्ञापनको सिपिसि ०.२५ डलर छ भने सो पेज ४० हजार पटक हिट हुनु पदर्छ । आजकलगुगलले नेपाली भाषामा भएका वेबसाईटहरुको एडसेन्स एप्लीकेशन नै स्वीकृत गर्दैनभने गुगलले नेपाली भाषा नबुझ्ने हुनाले सिपिसि ०.२५ डलर र सिटिआर १ प्रतिशत भएको विज्ञापन नै आफ्नो साइटमा पाउन मुस्किल हुन्छ ।  एउटै आर्टिकलको पेजभ्यु ८० भन्दा पाउनु भनेको तपाईँको आफ्नो वेबसाईटमा ५०० वटा भन्दा बढी आर्टिकल रहनु भन्दा गार्हो हो । तपाईँको वेबसाईटमा ५ सय भन्दा बढी आर्टिकल हुन सक्छन् तर प्रत्येक आर्टिकल कम्तीमा ८० जना भन्दा बढी हेर्ने गरिको स्तरिय हुनु अर्कै कुरा हो । नेपाली भाषामा लेखिने तपाईँको वेबसाईटको दैनिक ४० हजार भन्दा बढी हिट हुनथाले पछि त्यसलाई गुगल बाट बचाई राख्न झनै गार्हो हुन्छ । गुगलले नेपाली भाषाको वेबसाईट विज्ञापन नदिने नीति लिएकोले महिनाको २९ औ दिन गुगल एडसेन्स बन्द हुन सक्छ । जस्तो कि , कसैले मेरो वेबसाईटमा गुगलको विज्ञापन राखेको कुरा देखि नसहेर गुगललाई पोल लगाई दिएको हुनाले मेरो बेबसाईटलाई गुगलले प्रतिबन्ध लगाएको छ ।

गुगलबाट दैनिक १०० डलर कमाउन सकिन्छ तर सजिलो छैन । तर जब तपाईँ गुगलबाटै दैनिक १०० डलर कामउन थाल्नु हुन्छ त्यही वेबसाईटमा अन्य विज्ञापन राखेर त्यसलाई डब्ल्याउन सक्नुहुन्छ ।

यदी तपाईले साच्चीकै वेबसाईटबाट पैसा कमाउने सोची सक्नु भएको भए यि किताबहरु डाउलोड गरी पढ्नु उपयुक्त हुन्छ ।

E-Book - Affiliate Marketer’s Handbook
GoogleCash - Make Money with Online Affiliate Programs
Investing uncertain economy Dummies
Jeremy Palmer - High Performance Affiliate Marketing
Make $500 Per Day Online Gambling Secrets
Make Money Online with Foolproof Adwords Campaigning
The Crash Course To Affiliate Marketing

मृत्युपर्यन्त सामाजिक सञ्जाल वेबसाईटका खाता

$
0
0
विश्वकै जीवित व्यक्तिहरूको विद्यमान औसत आयु र मृत्युदरलाई आधार मानेर वेबपेजएफएक्स डट कम नामक वेबसाइटले गरेको अनुसन्धान अनुसार चर्चित सामाजिक सञ्जाल वेबसाइट फेसबुकका प्रयोगकर्ताहरूको यही अनुपातमा बढ्दै जाने हो भने सन 2130 मा आई पुग्दा त्यसमा जीवित र मृतक प्रयोगकर्ताहरूको सङ्ख्या बराबर हुनेछ । प्रयोगकर्ताहरूको फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुको प्रतिको मोहभङ्ग र यसका बैकल्पीक वेबसाइटहरूको आगमनलाई मनन गरेर यसको बृदीदर घट्ने अनुमान गर्ने हो भने पनि अबको ५० वर्ष पछि यसका जीवित र मृतक प्रयोगकर्ताहरूको सङ्ख्या बराबर हुनेछ । यो तथ्य सार्वजनिक भैरहदाँ मृत्युपर्यन्त ट्वीटर, गुगल, फेसबुक आदी चर्चित सामाजिक सञ्जाल वेबसाईटहरुमा भएको मृतकको खाता के होला भन्ने चासो सुरु भएको छ ।

माथि उल्लिखित वेबसाईटहरुको खाता मृत्युपर्यन्त के होला भन्ने बहस गर्नु भन्दा पहिले ती वेबसाइटहरूमा कुन अवस्थामा खाता निस्कृय हुन्छ भन्ने बुझ्नु जरुरी छ । जस्तो कि तपाइले ट्वीटरमा खाता खोलेर ६ महिना सम्म एक पटक पनि लगईन गर्नु भएन भने ट्वीटरले त्यसलाई आफै निस्कृय गरिदिन्छ र त्यसलाई पुन सक्रिय पार्न त्यसका केही प्रक्रियाहरू पुरा गर्नु पर्दछ । ९ महिना सम्म गुगल खाता एक पटक पनि चलाएन भने त्यो पनि निस्क्रीय हुन्छ भने यता फेसबुक खाता आफै निस्कृय त हुदैन तर लामो समय सम्म नचलाएको खाता कसैले मृतक भनी रिपोर्ट गरी दिए त्यो खाता निस्कृयताको प्रक्रियामा जान्छ ।


तर यसो भन्दै मा मृतकको फेसबुक खाता प्रयोगमा आउनै सक्दैन भन्ने चाही हैन । यदि कुनै प्रयोगकर्ताले मृतकको नजिकको नातेदार भएको प्रमाण पेस गरेमा वा प्रयोगकर्ताले जीवित छदै आफ्नो खाताको हकवाला तोकेको खण्डमा उसको खातामा रहेका सामाजिक गतिविधिमा अरूले पहुँच पाउछ तर अन्य साधारण खातामा भएको जस्तो सबै सुविधा प्रयोग गर्न सक्दैन । मृतकको फेसबुक खाताको प्राईभेसी सेटिङ्ग अपरिवर्तनीय हुन्छ भने त्यसमा भएका फ्रेण्डका सङ्ख्या घटाउन तथा बढाउन सकिदैन । खासमा जीवित व्यक्तिकै पनि फेसबुक खाता पेज र प्रोफाईल भनेर बर्गिकरण गरी त्यसका फिचरहरुमा केही फरक गरीएझै मृतकको खातालाई मेमोरियल भन्ने नाम दिई त्यसमा भित्रका फिचरहरुको पँहुचमा सिमितता प्रदान गरिन्छ ।

फेसबुक र ट्वीटरको नीति मृत्युपर्यन्त त्यसमा भएका सामाग्री हस्तान्तर गर्ने प्रक्रिया लगभग समान नै छ तर गुगलले चाही सबै अवस्थामा यसै गर्छौ भनेर ठोकुवा गरेको छैन । धेरै कम अवस्थामा मात्र हामी हाम्रा प्रयोगकर्ताहरूको खातामा भएका सामग्रीहरू आधिकारिकताको प्रमाण हेरी निजको हकवालालाई हस्तान्तरण गर्दछौ - गुगलले आफ्नो नीति मा प्रस्ट लेखेको छ । यद्दपी गुगलले मात्र कुन कुन  अवशथामा आफ्नो खाता निस्कृय भएको मान्ने भने प्रयोगकर्ता स्वयंमले घोषणा गर्ने गरी “ईन्एक्टीभ अकाउन्ट मेनेजर” भन्ने सेवा प्रयोगमा ल्याएको जुन काम अरू कसैले गरेको छैन ।

गुगलले जस्तै माईक्रोसफ्टले आफ्नो इमेल सेवामा आधिकारिकता प्रमाणित भएर उचित सम्झेको अवस्थामा मृतकको हकवालालाइ उसको खातामा पँहुच दिन्छ तर याहुले यो व्यवस्था अङ्गीकार  गरेको छैन । यद्दपी सन २००५ मा एक अमेरिकन अदालतले याहुलाई एक मृतकको खाता निजको हकवालालाई हस्तान्तरण गर्न आदेश दिएको खबर आएको थियो तर उसले यस सम्बन्धी नीति हालसम्म परिमार्जन गरेको छैन । ड्रपबक्स डटकम ले पनि याहुले जस्तै उसको वेबसाईटमा भएको कुनै मृतकको सामग्रीमा अरूलाई पहुँच दिदैन ।

अन्य सामाजिक सञ्जाल वेबसाईटहरुको भन्दा विकिपिडियाको मृतकको खाता सम्बन्धी नीति रमाइलो छ । विकिपेडियाको कुनै प्रयोगकर्ताले सयौको सङ्ख्यामा विकिपेजहरुको निर्माण गरेको छ वा कुनै विषयको विज्ञ भनेर विकिपिडियाको नीति अनुसार सार्वजनिक परिचय पाएको छ भने निजले निर्माण गरेको विकिपेज सधैको लागी सम्पादन गर्न नसकिने बनाईन्छ । विकिपेजको बिसेशताने कुनै पनि पेजलाई सम्पादन गर्न सक्ने बनाईनु भए ता पनि लेखकको सम्मानमा विकिले यसो गर्ने गरेको भनिन्छ ।

माथि उल्लिखित वेबसाईटहरुको बिध्यमान नीति अनुसार मृतकको खातामा दिए अनुसारको व्यवस्था भए ता पनि व्यक्तिको अधिकारको संवेदनशील मानिएका राष्ट्रहरूको अदालतले गरेको आदेशले त्यसमा समयानुकुल परिमार्जन हुने गरेका छन् । 

एउटा चाईनिज मोबाइलको सफलताको कथा

$
0
0
गत सप्ताह भारतमा नाम चलेका ब्रोडिसट दैनिकका प्रविधि स्तम्भ एक चाईनिज मोबाइल कम्पनीले भारतमा गरेको ब्यपारको चर्चा गर्दैमा बित्यो । भलै यसअघि 'ईण्डीया डोमिनेटेड'  दक्षिण एसियाली बजारमा उक्त कम्पनीको यस्तो बिघ्न चर्चा पहिले नभएको होस , टाइम फोर्ब्स जस्ता अन्तराष्ट्रीय सञ्चार माध्यमले जिओमी नाम गरेको उक्त चाईनिज मोबाइल कम्पनीको खुलेरै प्रंशशा गरेको थिए । एप्पलको चाईनिज प्रतिश्पर्थी भनिने उक्त मोबाइल कम्पनीले आफ्नो बजार भारत, सिङ्गापुर, चिन, मलेसिया, ताईवान लगायत हङ्गकङ्गमा मात्र सीमित गरेको भए पनि बिश्वबजारमा स्थापित कम्पनीहरू सँग प्रतिश्पर्था गर्न आतुर देखिन्छ । धेरैले यस कम्पनीले सामसुङ्ग तथा एप्पलको मोबाइल बजारको ठुलो हिस्सा कब्जा गर्न सक्ने अनुमान गरेका छन् ।


भारतमा त्यस्तो बिघ्न चर्चा हुनुको कारण हेर्दैमा चित्ताकर्षक  देखिने आईफोनको जस्तो जिओमीको एमआईथ्री नाम गरेको एन्ड्रोईड मोबाइल फोन थियो । जसको बिक्री अकल्पनीय रूपले सफल रहयो । धेरैले यसलाई कम्पनीको बजार रणनिती पनि भने । तर २.४ चार सेकेन्डमा बिस हजार मोबाइल फोन बिक्री हुनु चानचुने कुरा थिएन ।  फिल्पकार्ट डट कम भनिने भारतको एक नाम चलेको अनलाइन सपिङ्ग वेबसाईटमा यस अघि २ पटक पनि यसरी नै हारालुछ भएको थियो । फिल्पकार्ट बाट नै पहिलो पटक लगभग चालिस मिनेटमा दश हजार फोन बिक्री भएको थियो भने दोस्रो पटक पाँच सेकेन्डमा १५ हजार फोन सकिएको थियो । पछिल्लो पटक २० हजार फोन दोस्रो पटकको भन्दा आधा समयमा बिक्री भएको थियो ।  यही आँउदो बुधवार २० हजार मोबाइल फोन वेबसाईटमा राखिने बताइएको छ भने यसलाई वेबसाईटमा बिक्री हुने बित्तिकै खरिद गर्न पचहत्तर हजार भन्दा बढीले उक्त वेबसाईटमा  आफूलाई दर्ता गरीसकेका छन् । फिल्पकार्ट भारतमा जिओमी मोबाइल अनलाइन बिक्री गर्ने आधिकारिक वेबसाईट हो

यती कुरा गरीरहदाँ धेरैलाई लाग्न सक्छ । यती धेरै प्रयोगकर्ताले उक्त फोन रुचाउनुको कारणके हो त ? सबभन्दा पहिले त यसको मूल्य नै भन्न सकिन्छ । भारतीय बजारमा तेर्ह हजार नौ सय उन्नासय भारतीय रुपयाँ मूल्य राखिएको उक्त फोन त्यति नै मूल्य र विशेषता भएको अर्को कम्पनीको त्यस्तै मोबाइल फोन पाउन मुस्किल देखिन्छ । निश्चय पनि नयाँ एन्ड्रोईड संस्सकरणको अपरेटिङ्ग सिस्टम भएको तेर्ह मेगा पिक्सल क्यामरा , दुई दशमलब तिन गिगाहर्ज क्वाडकोर प्रोसेसर , सोर्ह गिगाबाईट फ्लास मेमोरी , पाँच इन्चको एचडी स्क्रीन र सबभन्दा लोभलाग्ने कुरा तिनहजार पचास एमएएच लिथिनियम आएन ब्याट्री भएको मोबाइल फोन त्यो मूल्यमा पाईदैन । एन्ड्रोईड अपरेटिङ्ग सिस्सटम भएको यस मोबाइलमा अन्य एन्ड्रोईड भएका जस्ता सफ्टवेयर फिचर त छदैछन । यसमा जडान गरिएको हार्यवेयर चाँही यसको विशेषता हो । एसमा एप्पलको आईफोनमा जस्तै कहीँ कतै उक्त फोन हराएमा बेबसाईटबाट नै लक तथा ट्रेस गर्न सकिन्छ । कम्पनीले आफ्नो प्रयोगर्ताहरुलाई अन्य एन्ड्रोईड मोबाइल उत्पादक भन्दा फरक तरिकाले सन्तुष्टी दिनको लागी बिचबिचमा सफ्टवेयर फिचरहरु अपडेट गर्ने गर्दछ । त्यही कुरालाई केही भारतीय मिडियाले जिओमीले आफ्ना ग्राहकहरुको डाटा चाईना लाग्छ यो सुरक्षित छैन भनेर हल्ला गरिरहेका छन् । आधिकारिक रूपमा पुष्टीहुन नसकेको यो आरोपलाई प्रतिश्पर्थी कम्पनीहरूको बजार रणनितिको रूपमा ब्यख्या गर्नेहरु पनि कम छैनन् ।

र अन्तमा , नेपालमा बजारमा आधिकारिक बिक्री सुरु भै नसकेको यो फोन मोबाइल उत्पादन र बिक्रीको क्षेत्रमा एक किसिमले सफलताको कथा हो । झण्डै आधालाख पर्ने सामसुङ्गको ग्यालेक्सी एस फोरको जस्तै विशेषता र कतिपय कुरामा उम्दा देखिएको मोबाइल फोन त्यसको भन्दा आधा भन्दा कम दाममा पाउन थाले पछि प्रयोकर्ताहरु लोभिनु त स्वभाविकनै हो । यसले प्रयोगकर्ताको रुचिलाई पनि आत्मसात गर्छ । त्यसमा माथि बजारको माग भन्दा उत्पादन र आपुर्ति कम गरे पछि प्रयोगकर्ताउहरुको कौतुलता उत्पन्न हुनै नै भयो । यही रणनितको साथ यो चाईनिज कम्पनी उकालो लाग्दै गरेको देखिन्छ ।
यो लेख २०७१ भाद्र गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

लाइन बसेर गर्नु पर्ने भुक्तानीका विकल्पहरू

$
0
0
आर्थिक वर्ष २०७१/७२ को बजेट भाषणमा अर्थमन्त्री रामशरण महतले इन्टरनेटमार्फत वार्षिक बिस हजार अमेरिकी डलर सम्मको भुक्तानी गर्न मिल्ने व्यवस्था गरिने बताएका थिए ।  सरकारको उक्त कार्यक्रमको पूर्ण कार्यन्वयबाट इन्टरनेटमै बसी बसी विदेशको कम्प्युटर सम्बन्धी काम गर्ने तथा इन्टरनेटबाट आफूलाई आवश्यक पर्ने सफ्टवेयर खरिद गर्न चाहनेहरूलाई सबभन्दा बढी फाइदा पुग्ने देखिन्छ । धेरैले सरकारको यस नीतिले अनलाइन भुक्तानीको झन्झटीलो र अव्यवहारिक विद्यमान प्रक्रियालाई खुकुलो पार्ने अनुमान गरेका छन् । यद्यपि हाल सम्म कुनै पनि बैकहरूले सो सेवा सुरु गरी सकेका भए आफ्ना ग्राहकहरूलाई त्यसको बारेमा जानकारी गराएका छैनन् । त्यसैले सरकारको सो कार्यक्रम कार्यान्वयनको तयारीकै चरणमा होला भन्न सकिन्छ ।



यसै पनि सरकारले यस किसिमको कार्यक्रम ल्याउनु अगावै निजी क्षेत्रका कम्पनीहरूले यस्तै खालको सेवा दिइरहेका छन् । मुन्चा डट कम,  भाटभटेनि डिपार्टमेन्टल स्टोर , हरिलो डट कम, ई-सेवा आदी यसको उदारण हो । मुन्चा डटकम तथा भाटभटेनी डिपार्टमेन्टल स्टोरको अनलाइन पोर्टलमा गएर तपाईँले विदेशमा झैँ इन्टरनेट मार्फत दैनिक उपभोग्य सामान देखी उपहार लगायतका समानहरु खरिद गर्न सक्नुहुन्छ । भुक्तानीको लागी नेपालका इन्टरनेट बैङ्किङ्ग सेवा उपलब्ध गराई रहेका बैकहरुको ईबैङ्कीग खाता प्रयोग गर्न सकिन्छ भने अनलाइन ट्रान्सजेक्सन गर्न मिल्ने भिसा, माष्टरकार्डको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्न सकिन्छ । नेपालमा रहेकका नेपालीहरूको लागी भने कार्ड मार्फत भुक्तानी गर्न सहज छैन । यसपालिको बजेट भाषणले सोही समस्या सामाधान गर्ने आशा देखाएको हो ।  इन्टरनेटबाट भुक्तानी गर्ने सम्बन्धमा ईसेवा, ईपे, पेनेप, हेल्लो पैसा जस्ता वेबसाईटहरुले उपलब्ध गराएको सेवा विकल्पको रूपमा प्रयोग गर्न सकिन्छ ।

अहिले माथि उल्लिखित वेबसाइटहरूले नेपाल टेलिकमको सबै जस्तो सेवाहरुको भुक्तानी गर्ने , प्रमुख एयरलाईन्सहरुको हवाई टिकट खरिद गर्ने, केही प्रमुख दैनिक पत्रिकाहरूको ग्राहक बन्ने, केही कलेज तथा स्कुलको फि तिर्ने , काठमाण्डौ उपत्यकाको हकमा बिजुली तथा पानीको पैसा तिर्न मिल्ने सेवा उपलब्ध गराई रहेका छन् ।  स्मरण रहोस् , सबै सरकारी निकायहरूको कम्प्युटराईज भै रहेको अवस्थामा माथि उल्लिखित सेवा गर्नु भएन भने पनि बिजुली पानीको पैसा एकमुस्ठ अग्रिम भुक्तानी गर्न सकिन्छ । यस किसिमको सेवा धेरै जस्तो शाखाहरुले अङ्गिकार गरेका छन् । घण्टौ लाइनमा बसेर बिजुली पानीको पैसा तिर्नुको विकल्प एकमुष्ट अग्रिम भुक्तानी गरी महिनै पिच्छे सो पैसा काटिदै जानु पनि एक हो । सरकारले अनलाइनको भुक्तानी व्यवस्थित गरी दिएमा यस किसिमका सेवाहरू अझ प्रभावकारी हुँदै जाने देखीन्छन ।

प्रविधिको उच्चतम प्रयोग बढ्दै गइरहेको परिप्रेक्ष्यमा इन्टरनेट मात्र हैन टेलिफोन आकारका पिओएस (Point of Sell) मेसिन पनि विकल्पको रूपमा देखिन थालेका छन् । पिओएस मेसिनको साहायताले तपाईँ अनलाइन पेमेन्ट गर्ने मिल्ने सबै जस्तो भुक्तीहरु गर्न सकिन्छ । डिजिटेक रेमिन्ट्यान्स भन्ने काठमाण्डौको एक कम्पनीले नेपालमा बिक्री प्रर्वदन गरी रहेको यो मेसिनमा एनसेलको एउटा सिमको साहायताले एनसेलको टावर समात्ने जस्तो सुकै स्थानबाट पनि भुक्तानी गर्न मिल्छ । कम्पनीले जनाए अनुसार नेपाल टेलिकमको कुनै पनि सेवा बापतको भुक्तानी बापत प्रयोगकर्ताले उल्टै केही रकम बोनस पाउछन भने अन्यको हकमा जहाँसुकै बाट बिना कुनै शुल्क भुक्तानी गर्न सक्दछन ।

अवश्य पनि , घण्टै लाइन बसेर गर्नु पर्ने भुक्तानी आफूलाई पायक पर्ने स्थान र समयमा भुक्तानी गर्न पाउनु ठुलो सुविधा हो । नेपाली प्रयोगकर्ताहरुलाई सेवा दिइरहेका वेबसाईट तथा डिजिटेकले ल्याएको पिओएस मेसिन प्रयोगकर्ताको सुविधाको लागी सञ्चालित छन् । यसैले पनि भन्न सकिन्छ प्रविधिको प्रयोग हिसाबले सरकारको मुख ताक्नु पर्छ भन्ने छैन तर यसलाई व्यवस्थित गर्ने निकाय भनेको सरकार नै हो ।
यो लेख २०७१ भाद्र ८ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

आफ्नो इमेल जोगाउनुहोस ।

$
0
0
झण्डै 5 लाख गुगल प्रयोगकर्ताको युजरनेम र पासवर्ड ह्याक गरिएको भन्दै गत सप्ताह एक रसियन वेबसाइटमा प्रकाशित गरिएको छ । अन्तरराष्ट्रिय बिजनेश टाईम्स भन्ने एक वेबसाइटले जनाए अनुसार युजरनेम र पासर्वड ह्याक गरिएका प्रयोगकर्ताहरूमा अधिकांश रसियन, स्पानिस र अङ्ग्रेजी भाषा प्रयोग गर्ने प्रयोगकर्ताहरू छन् । जसमध्ये धेरै जस्तो नियमित रूपमा जिमेलको प्रयोग गरी रहने प्रयोगकर्ताहरू रहेका छन् । अन्तरराष्ट्रिय समाचारपत्र टाईम्स ईन्टरनेशनलको अनलाइन संस्करणले गुगलको हवाला दिँदै कसैले गुगलको प्रणालीमा प्रवेश गरेको प्रमाण नभएको बताइएको छ भने रसियन समाचार संस्था आरआईए नोभोस्तीले गुगलको मात्र हैन अन्य रसियन ईमल सेवा प्रदायकको युजरनेम र पासवर्ड पनि लाखौँको सङ्ख्यामा चोरी भएको समाचार दिएको छ ।

ह्याकिङ्ग गर्ने पक्षले ह्याकिङ्ग भएका इमेल ठेगाना र त्यसको पासवर्ड सार्वजनिक गर्दा पनि गुगलले आफ्नो सिस्टम कसैको नियन्त्रणमा गएको स्वीकार नगरी रहेको अवस्थामा प्रविधि विज्ञहरू जोकोहीलाई पनि एक पटक आफ्नो ईमलेको पासवर्ड परिवर्तन गर्न सुझाई रहेका छन् । वास्तवमा गुगल , याहु , माईक्रोसफ्ट जस्ता इमेल सेवा प्रदायकहरूले आफ्ना प्रयोगकर्ताको सूचना चोरी नहोस् भन्नाको खातिर पछिल्लो समयमा टु स्टेप अथेन्टीकेशन जस्ता अनेकौ दोहोरो सुरक्षा प्रणालीका उपयाहरु अवलम्बन गरी रहेका छन् । यस्तोमा प्रयोगकर्ताहरू अलिकति मात्र पनि सजग भए यस्ता प्रकारका घटनाले ठुलो नोक्सानी हुन पाउदैन ।

के हो त टु स्टेप अथेन्टीकेशन : तपाइको पासवर्ड कसैलाई थाहा भएकै अवस्थामा पनि यसको प्रयोगले कुनै दोस्रो व्यक्तिले तपाइको ईनब्कसमा पहुँच पाउन सक्दैन । गुगलको कुरा गर्दा यो सुरक्षा प्राणाली एक्टिभेट गर्न सबैभन्दा पहिले आफ्नो जिमेल अकाउन्ट लगइन गर्नुपर्छ। त्यसपछि सबभन्दा दायाँ किनारामा दिइएको आईकन (यो आईकन तपाईँको डिस्प्ले पिक्चर पनि हुन सक्दछ । ) एकाउन्ट अप्सन क्लिक गर्नुपर्छ । एकाउन्ट अप्सन छानेपछि सेक्युरिटी अप्सन छानेर टु स्टेप भेरिफिकेशन भन्ने लिङ्कको छेउमा रहेको सेटअप भन्ने अप्सन क्लिक गर्नु पर्छ अनि तपाईँलाई क्लिक क्लिक गर्दा गर्दै गुगलले तपाईँको मोबाइल नम्बर राख्ने स्थान सम्म पुर्याउछ । तपाईँले हाल सञ्चालनमा रहेको मोबाइलको नम्बर हाले पछि  तपाईँको मोबाइलमा एउट म्यासेज आउछ ।  त्यसमा रहेको नम्बर हाले पछि मात्र तपाईँको खाता सक्रिय हुन्छ । मोबाइलमा म्यासेज नआएको अवस्था फोन गरेर म्याज देऊ भन्ने अप्सन पनि छान्न सकिन्छ । त्यसपछि गुगलको स्वचालित प्रणालीबाट तपाइलाई नम्बर उपलब्ध गराउन फोनकल आउछ ।

हाल सबै जस्तो नाम चलेका इमेल सेवा प्रदायक तथा सेक्युरिटी कम्पनीहरूले यो सेवा सुचारु गरेका छन् । सेवा प्रदायकअनुसार मोबाइल नेटवर्क डाउन रहेको अवस्थामा खाता खोल्न सकिने वैकल्पिक उपाय रहेका हुन्छन् । देशबाहिर जानु पर्दा यस प्रकारको दोहोरो सुरक्षा प्रणालीबाट आफ्नो खाता सञ्चालन गर्न झन्झटिलो हुने भए ता पनि सुरक्षाको दृष्टिकोणले यो प्रणाली उपयुक्त हुन्छ ।

आफ्नो इमेल खाता जोगाउने अरू पनि उपायाहरु छन् । जस्तोकी तपाइको इमेल खाता खोल्दा उपलब्ध गराईएको तपाइको व्यक्तिगत सूचनाहरू सही भएमा कथकदाचित तपाइको खाता ह्याक भएमा पनि लगईन गर्न सक्नु हुन्छ ।  तर साधारणतया ह्याकरहरुले कसैको इमेल खाता आफ्नो नियन्त्रणमा लिईसके पछि त्यही जानकारी परिवर्तन गर्ने हुनाले तपाईँको बैकल्पीक इमेल (अल्टरनेट इमेल खाता) र मोबाइल नम्बर सही राख्नु उपयुक्त हुन्छ ।

बदलिँदो सुरक्षा अवस्थासँगै गुगल , याहु र माईक्रोसफ्ट जस्ता इमेल सेवा प्रदायकहरुले तपाईँलाई घरी घरी तपाइको मोबाइल नम्बर अपडेट गर्न उक्साई रहेका हुन्छन् । अहिलेको धेरै आईटी कम्पनीहरूले अंगालेको सुरक्षाप्रणालीको प्रकृति अनुसार कम्तीमा आफूले प्रयोग गरिरहेको वेबसाईटमा आफ्नो आफ्नो मोबाइल नम्बर भेरीफाई गराउनु  उपयुक्त हुन्छ  । यसका अलवा जो कोहीले सजिलै थापा पाउन नसक्ने पासवर्ड प्रयोग गर्नु पनि आफ्नो इमेल खाता जोगाउने सजिलो उपाय हो । पासवर्डको सम्बन्धमा हामी नेपालहरूको दैनिक प्रयोगको लागी दुईवटा लिपी भएकोले झनै सजिलो छ ।  कम्तीमा कुनै नेपाली शब्दलाई अङ्ग्रेजी फन्टमा टाइप गर्दामा पनि धेरै बलियो पासवर्ड तयार हुन्छ ।

यो लेख २०७१ भाद्र २८ गतेको पुर्वाञ्चलबाट निस्कने ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

तरकारी देखी म:म सम्म इन्टरनेटबाट

$
0
0
सूचना प्रविधिको विश्वब्यापी विकास सँगै नेपालमा पनि पछिल्लो समयमा आएर उल्लेखनीय प्रगति भएको देखिन्छ । जस्तो कि बिध्युत र ढुक्कको इन्टरनेट सेवाको अभाव बिच पनि इन्टरनेटमै केही यस्ता वेबसाईटहरु सञ्चालन भैरहेका छन् जसले तपाईँ हामीले सुने अनुसारको विदेशमा पाइने सेवा उपलब्ध गराई रहेका छन् ।  मेट्रोतकारी डट कम, फुडमाण्डु डट कम, बससेवा डट कम, सस्तोडिल डट कम आदी यस्ता वेब प्रोडक्टहरु हुन जसले काठमान्डौमा तरकारी देखी रेष्ट्रुरेण्टको खाना तपाईँको घरदैलोमा पुर्याई दिन्छ । अहिलेसम्म काठमाण्डौ रिङ्गरोड भित्र सीमित यी वेबसाईटहरुले भविष्यमा उपत्यका बाहिर सम्म पुग्ने लक्ष्य राखेका छन् ।  केही समय अघिको नेपालको ई-कमर्सबजारलाई मध्यनजर गर्ने हो भने त्यो दिन धेरे टाढा छ जस्तो लाग्दैन । आउनुहोस तिनै वेबसाईटहरुले कसरी काम गरिरहेका छन् हेरौ ।


मेट्रोतरकारि डट कम : झुक्कीएर तपाईँले यो साइट खोल्दा तरकारी डटकम मात्र टाइप गर्नु भयो भने तरकारी बानउने तरिका सिकाउने एउटा भारतीय रेसिपी साइट खुल्छ । जो धेरैको चासोको विषय नहुन सक्छ । तर मेट्रोतरकारी डटकमको सेवा प्रत्येक भान्साको आवश्यकता हो ।  सिजन अनुसार बजारमा उपलब्ध हुने फर्सीको मुन्दा देखी अकबरे खोर्सानी सम्म तपाईँ यसै वेबसाईटबाट खरिद गर्न सक्नु हुन्छ कामकाजी र बजार गएर तरकारी खरिद गर्न नसक्नेहरुलाई निकै उपयोगी देखिने यस वेबसाईटमा राखिएका सामानहरुको मूल्य पनि बजार मूल्यभन्दा खासै फरक छैन । कुनै आईटम बजारको भन्दा दुईचार रुपया महङ्गो देखिए कुनै सस्तो पर्न सक्दछन । यस वेबसाईट पाइने रायोको साग पचास रुपयाँ किलो  काठमाण्डौको बजार मूल्य अनुसार खासै फरक हैन । यस वेबसाईटको सबभन्दा राम्रो पक्ष तपाईँले इन्टरनेटबाट अर्डर गरे पनि सामान पाए पछीमात्र भुक्तानी गर्न सक्नु हुन्छ ।

फुडमाण्डु डटकम : घरमा साथीभाईको जमघट छ तर तपाईँलाई बाहिर निस्कन मन छैन भने खानैको लागी अब धेरै दुख गर्नु पर्दैन ।  फुडमाण्डौ डटकमले काठमाण्डौ रिङ्गरोड भित्रका एकसय बार्ह रेष्ट्रुरेण्टमध्यै कुनै पनि रेष्ट्रुरेण्टको खाना तपाईँले भनेकै स्थानमा डेलिभरी दिन्छ । ढुवानी गर्ने स्थानको दुरिको आधारमा केही अतिरिक्त मूल्य भने भुक्तान गर्नु परे पनि खानाको मूल्य उक्त रेष्ट्रुरेण्टको टेबल मूल्य सरहनै हुन्छ । यस वेबसाईटमा उल्लेख भए अनुसार  राजधानीका ११२ भन्दा धेरै रेस्टुरेन्टको मेनुबाट खानेकुराको अर्डर गर्न सकिन्छ भने अर्डर गरेको एक घन्टाभित्र खानेकुरा पुर्याटउने तपाईँले भनेको स्थानमा आईपुग्न सक्छ ।  अझ तपाईँ रेष्ट्रुरेण्ट नजिके हुनुहुन्छ तर त्यहाँ गएर आफ्नो अर्डर कुर्न भ्याउनुहुन्न भने आफ्नो सुविधा अनुसार कहिकतै बाट अनलाइन अर्डर गरेर लिएर जान सक्नु हुन्छ ।

बससेवा डट कम :  काउण्टर खुल्ने समयमा पालो पर्खेर बसको टिकट काट्नु पर्ने समस्याको समाधान बससेवा डट कम जस्ता वेबसाईटहरुले गरिरहेका छन् । यसबाट काठमाण्डौबाट मनकामना देखि काकडभित्ता सम्म जाने आउने टिकट यस वेबसाईट बाट खरिद गर्न सकिन्छ । वेबसाईटमा उल्लेख भए अनुसार आफ्नो गन्तब्यसम्म पुग्नको लागी कहाँ बाट बस चढ्ने हो देखी कुन सिटमा बस्ने हो भन्ने पनि वेबसाईटबाट नै रोज्न सकिन्छ । यस वेबसाईटको सबभन्दा राम्रो पक्ष भनेको कस्तो खालको बसमा कुन मूल्यमा यात्रा गर्ने हो रोज्न सकिन्छ ।

सस्तोडिल डट कम : मोबाइल देखि लुगाफाटा सम्म तपाईँले यसवेबसाईट बाट खरिद गर्न सक्नु हुन्छ । यस वेबसाईटले बजारमुल्य भन्दा तुलनात्मक रूपमा केही सस्तोमा आफ्ना सामानहरू उपलब्ध गराउने दाबी गरीएकेको छ । यसमा उल्लेख गरिए अनुसार कुनै पनि सामान खरिद गर्नको लागी सुरुमा भुक्तान गर्नु पर्छ भन्ने पनि छैन । आफूले कुन सामान किन्न खोजेको सो सामान रोजेर आफ्नो इमेल र मोबाइल नम्बर सहित अर्डर कन्फर्मेशन गरेपछी सम्बन्धित बिक्रेताले सम्पर्क गर्ने गर्दछन ।

माथी उल्लेखीत सबै जस्तो वेबसाईटहरुले भुक्तानीको लागी ईसेवा, पेनेप तथा केही बैकहरुको इन्टरनेट ब्याङ्कीग सेवा स्वीकार गर्ने गर्दछन । पेपाल तथा भिसा माष्टरकारका अप्सनहरु पनि उपलब्ध नहुने हैन तर यो विकल्प नेपालीहरूको लागी सहज छैन । क्यास अन डेलिभरी सेवा समेत उपलब्ध भएकाले भुक्तानी माध्ययकै कारणले माथि उल्लिखित सेवा प्रयोग नगर्नु पर्ने भन्न देखीदैन । 

नयाँ नामका इन्टरनेट ठेगाना

$
0
0

इन्टरनेट ठेगाना वा वेबसाईट भन्ने बित्तिकै डट कम भन्ने जमाना अब रहेन ।  डटकम झुण्डीएर रहने इन्टरनेटको ठेगाना अर्थात् डोमेन नेमको अनुपलब्धता सँगै त्यही डट कम भन्ने डोमेन एक्सटेन्सन (डोमेननेममा डट पछि आउने शब्द) लाई नै प्रतिश्थापन गर्ने शब्दहरू प्रशस्त मात्रमा प्रयोगमा आउन थालेका छन् । त्यसैले अब कसैले आफ्नो वेबसाईट ठेगाना बताउदाँ अन्तमा डटकम भन्ने शब्द बताएन भने खासै अनौठो नमाने हुन्छ । किनभने त्यो संम्भवत तपाईँले नसुनेको डोमेन एक्सटेन्सन हुन सक्छ ।

हाम्रो देशकै कन्ट्रीकोड डोमेन एक्सटेन्सन (वेबसाईट ठेगानाको अन्तमा डट एनपी आउने डोमेन) को कुरा गर्दा केही पहिले डट कम डट एनपी , डट ओआरजी डट एनपी , डट जिओभी डट एनपी आदी प्रयोगमा थिए भने त्यसपछि  डट ट्राभल डट एनपी , डट ईन्फो डट एनपी जस्ता केही थप डोमेनहरु प्रयोगमा आए। आजभोली नयाँ डोमेन दर्ता गर्न चाहने हो भने डट एजेन्सी डट एनपी देखी डट एक्सवाईजेड डट एनपी सम्मका डोमेन नेम एक्सटेन्सनहरु उपलब्ध छन् । मर्कन्टायल कम्युनिकेशन प्रालि मार्फत निःशुल्क दर्ता हुने हाम्रो देशको कन्ट्रीकोड टपलेभल डोमेन जे जति छन् ती सबै अङ्ग्रेजी अक्षरमा टाइप गर्नु पर्ने  खालका छन् । छिमेकी देश चिन र भारतको कुरा गर्ने हो भने अहिले त्यता स्थानीय भाषामा वेबठेगाना उपलब्ध हुन थाली सकेको छ । आजभोली भारतियहरुले डट भारत , डट सङ्गठन आदी एक्सटेन्सन भएका डोमेनहरु प्रयोग गर्न थाली सकेका छन् ।



किन यती धेरै डोमेन एक्सटेन्सनहरु प्रयोगमा ल्याईयो त ?
केही वर्ष पहिले देखीनै विश्वब्यापी ब्राण्ड भ्यालु बोकेर बसेका प्रयोगकर्ताहरुले आफ्नो ब्राण्ड नेम सुहाँउदो डोमेन नेम पाउन छोडे पछि यसको बिकल्पहरुको बारेमा चर्चा चल्न थालेको थियो । कोकोकोला , एप्पल , नाईक, टोयटा जस्ता विश्वभरीमा नाम कमाएका ठुला ठुला कम्पनीहरूले तत्कालीन अवस्थामा चलनचल्तीमा रहेका डोमेन एक्सटेन्सनको सट्टामा आफ्नो कम्पनीको नाम राख्न पाउनु पर्ने माग डोमेन नेमसम्बन्धी व्यवस्था हेर्ने संस्था आइक्यान समक्ष गरेका थिए । कालान्तर त्यही व्यवस्था सर्वसाधरणको लागी खुल्ला गरियो । आजभोली प्रत्येक हप्ता जस्तो नयाँ नयाँ डोमेन नेमहरु प्रयोगमा आइरहेका छन् । नयाँ डोमेन एक्सटेन्सन खरिद गर्ने प्रक्रिया अलि महङ्गो छ तर उपलब्ध भए सम्म आफूले रोजेकै डोमेन एक्सटेन्सन पाउन सकिन्छ ।

सर्वसाधरणको लागी नयाँ डोमेन एक्सटेन्सन मा डोमेन दर्ता गर्ने प्रावधान के छ ?
साधरणतय ईन्टेनेटमा तोकिएको शुल्क तिरेपछी आफूले चाहेको डोमेन खरिद गर्न सकिन्छ तर केही विशेष प्रकारका  पेसा वा ब्राण्ड बताउने डोमेन एक्सटेन्सनमा दर्ता गर्नको लागि आफू सो सँग सम्बन्धित रहेको प्रमाण पेस गर्नु पर्दछ । उदारणको लागी नेपालको कुनै कम्पनी वा व्यक्तिले डट युएस डोमेन एक्सटेन्सन निवार्ध प्रयोग गर्न सम्भव छैन । यस प्रकारको डोमेन प्रयोग गर्नको लागि आफू वा आफ्नोकम्पनी अमेरिकन भएको प्रमाण पेस गर्नु पर्छ । झुक्यार दर्ता गरेको खण्डमा पनि कुनै झोसपोल हुने बित्तिकै सो नाम गुमाउनु पर्ने खतरा हुन्छ । नेपलाकै कन्ट्रिकोड डोमेन एक्सटेन्सनको कुरा गर्ने हो भने पनि दर्ता गर्नको लागि पक्का कागजपत्र हुन जरुरी छ । डट लयर डट एनपी डोमेन दर्ता गर्नको लागि आफू नेपाली नागरिक र वकिल रहेको प्रमाण पेस गर्नु पर्दछ

यती धेरै प्रकारका डोमेन नेमहरु हुँदा के फाइदा छ त ?
धेरै प्रकारको डोमेन नेम एक्सटेन्सनको उपललब्धताले प्रयोगकर्ताहरुकको ब्राण्ड भ्यालु जोगाई राख्न मद्दत गर्दछ । साथसाथै जस्तो सुकै विषयवस्तुको वेबसाईटको ठेगानामा डट कम झुण्डीदा यसलाई व्यवस्थापन गर्न केही कठिनाइ थियो सो समस्या सामाथान हुन्छबिस्तारे हल हुँदै जान्छ । जस्तो कि इन्टरनेटमा अश्लील सामग्रीहरू प्रवाह गर्नको लाई प्रयोगमा रहेको डट एक्सएक्सएक्स जस्ता वेबसाईटहरुलाई स्कुल , कलेज हरुमा ठाडै प्रतिबन्ध लगाउन सकिन्छ भने यारिस डट टोयटा भन्ने डोमेननेम सुन्ने बित्तिके यारिस भन्ने टोयटाको कम्पनीको कुनै सवारी साधनको ब्राण्डनेम रहेछ भन्ने अनुमान गर्न सकिन्छ ।
यो लेख मिति २०७१ आश्वीन २६ आईतवारको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

विश्वब्यापी रूपमा स्मार्टफोनले क्यामरालाई बिश्थापन गर्दै

$
0
0
झण्डै एक दशक अघिको कुरा गर्ने हो भने दसैँ सकिएर तिहार लाग्नु अघिको समय भनेको फोटो स्टुडियोहरूमा भीडभाड हुने बेला हो । यो बेला धेरैलाई परम्परागत एनालग क्यामराबाट खिचिएका फोटोहरू धुलाउने चटारो हुन्थ्यो । चाडबाडको बेला परिवारका सबै सदस्यहरू भेला भएर खिचिएका फोटोहरू कतिपयले फ्रेमिङ्ग गरी भित्तामा झुण्याउथे । प्रविधिको विकास सँगै समयले कोल्टे फेरिसकेको छ । एनालगबाट फड्को मारी सकेका डिजिटल फोटो स्टुडियोहरू बन्द त भइसकेको छैनन् तर त्यहाँ उस बेलाको जस्तो भीडभाड देखिँदैन । शहरबजारमा धेरैको हातमा डिजिटल क्यामरा छ । डिजिटल क्यामरा नहुने सँग सस्तोमस्तो भए पनि स्मार्टफोन भए पनि छ । सबभन्दा मुख्यकुरा त फेसबुक , इन्स्टाग्राम जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुमा छन् जस्का भित्ताहरु (वाल) मा अपलोड भएका फोटोहरूले फोटो स्टुडियोको भीडलाई बिर्साई दिन्छन् ।

एक अध्ययन अनुसार  डिजिटल क्यमराबाट खिचिएको फोटोहरू मध्ये लगभग पैतिस प्रतिशत प्रयोगकर्ताहरुले उक्तफोटो कम्प्युटरमा सेभ गरेर मात्र राख्दछन भने सत्र प्रतिशत प्रयोगकर्ताहरू मात्र स्टुडियो सम्म पुगी फोटो धुलाउने गर्दछन । सबभन्दा चाख लाग्दो तथ्य त के छ भने त स्टुडियो सम्म पुगी फोटो धुलाउने भन्दा पनि बढी लगभग तेइस प्रतिशत प्रयोगकर्ताहरु उक्त फोटो सामाजिक सञ्जाल वेबसाईटसाईटमा अपलोड गरी त्यसैमा चित्त बुझाउने गर्दछन । बिबिसी, आएस्टकफोटो, सिनेट, मेकयुजअफ जस्ता अनलाइन पोर्टलहरुमा छापिएका समाचारहरुलाई आधार मानी उक्त तथ्याङ्ग सार्वजनिक गर्ने ट्रिट डट कम भन्ने बेबसाईटले गरेको अध्ययन अनुसार अहिले विश्वको कुल जनसङ्ख्याको लगभग बहत्तर प्रतिशत जनसङ्ख्याले मोबाइल फोन प्रयोग गर्ने गर्दछन् ।
मोबाइल फोन बोक्नेहरु मध्येपनि झण्डै पचासी प्रतिशत प्रयोगकर्ताहरू क्यामरा भएको मोबाइल फोन बोक्ने गर्दछन । तुलनात्मक रूपमा ल्याटिन अमेरिकन तथा केही अफ्रिकन देशका जनताहरू सँग मोबाइल फोनको पहुँच कम छ भने युरोप तथा अमेरिकीमुलका मानिसहरू सँग मोबाइलको पँहुच सहज छ । दक्षिण एसियाली देशका सर्वसाधारणहरू सँग मोबाइलको पहुँच मध्ययम छ । यो तथ्याङ्क विश्वको कुल जनसङ्ख्यालाई आधार मानेर लिइएको हुनाले कुनै पनि देशको वास्तविक अवस्थालाई चित्रण त गर्दैन तर व्यवशब्यापी ट्रेण्ड अनुमान गर्न सकिन्छ । हाम्रो देशको तथ्याङ्क यो भन्दा बढी हुन सक्दछन किनभने रोजगारी तथा अध्ययनको लागी बिदेशिएका नेपालीहरूले घरपरिवारलाई ल्याई दिने कोसेली तथा पारिवारिक आग्रहको धेरैको रोजाइमा मोबाइल फोन जस्ता ग्याजेटहरु नै धेरै हुने गर्दछन ।

ट्रिट डट कमले सार्वजनिक गरेको उक्त अध्ययन अनुसार लगभग फेसबुक जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुका लगभग पचहत्तर प्रतिशत गतिविधिहरू फोटोसँग सम्बन्धित हुने गर्दछ । विश्वका जुनसुकै स्थानका भएपनि अधिकांश प्रयोगकर्ताको फेसबुक गतिविधि फोटोअपलोड गर्न, फोटो ट्याग गर्ने र फोटो कमेन्ट गर्ने कार्य सँग सम्बन्धित हुने गर्दछन । चिनेजानेकाम मान्छेहरू फेसबुकमा फोटो सेयर गर्ने मात्र हैन आफूले खिचेका फोटो जोकोहीले हेर्न मिल्ने गरी इन्स्टाग्राममा तथा टम्बलर जस्ता वेबसाईटमा फोटो राख्नेहरु पनि प्रसस्तै छन् ।

विश्वप्रसिद्द इन्टरनेट जायन्ट कम्पनी याहुको फोटो सेयरिङ्ग सोसोल नेटवर्किङ्ग वेबसाइट फ्लीकरमा अपलोड गरिएका फोटोहरूमा गरिएको एक अध्ययन अनुसार त्यसमा अपलोड भएका अधिकांश फोटोहरू आइफोन तथा निकोन क्यमरा बाट खिचिएका भेटिएका छन् ।  कुनैपनि फोटोलाई डिजिटल्ली इनह्यान्स नगरुञ्जेक इन्टरनेटका केही अनलाइन टुल्स तथा  सफ्टवेयरबाट उक्त फोटो कुन क्यामराबट कहिले खिचिएको हो भनेर थाहा पाउन सकिन्छ । अझ आईफोनबाट खिचिएको फोटोहरूको तथा कुन स्थानबाट खिचिएको हो भन्ने समेत पत्तो पाउन सकिन्छ ।

हालसम्म उपलब्ध मोबाईलफोनहरु मध्ये नोकियाको लुमिया सिरिजको मोबाइलमा सबभन्दा बढी अर्थात् एकचालिस मेगापिक्सेलको लेन्स जडान गरिएको छ । यिनै तथ्याङ्कहरुले के देखाउछ भने विश्वब्यापी रूपमा एनालग क्यामरालऐ डिजिटल क्यामरा र डिजिटल क्यामरलाई स्मार्टफोनहरुले बिस्थापन गर्दैछन । त्यसैले आजकल भन्ने गरिन्छ फोटो एल्बममा राख्न हैन फेसबुक प्रोफाईल पिक्चर बनाउनको लागी खिच्ने गरिन्छ ।

एडसेन्स खाता बन्द हुन बाट बच्ने १२ काईदा

$
0
0
गुगल एडसेन्सको हिसाब किताबगर्ने हो भने भन्नै पर्छ यसको बारेमा अलिअलि बुझेर पनि मैले कमाउन चाही सकिन । हुनलाई मैले गुगलबाट पैसा कमाउछु भनेर ब्लगिङ्ग शुरु गरेको चाही हैनतर ब्लगिङ्ग गरेरै कसैले कमाई रहेको छ भन्ने थाहा पाए पछी भने लोभ लाग्दो रहेछ । अब कमाउनको लागी म सँग कुनै ब्लग छैन । अलिअलि कमाई हुने गरेको ब्लगलाई कसैले रिपोर्ट गरी दिएकोले मेरो लगभग सबै जस्तो साईटहरु एडसेन्सले ब्लक गरेका छन । शत्रुलागे पछि कति सम्म हुन्छ भने blog.anish.com.npजस्तो औसत नेपाली  वेवसाईटको भन्दा कम भिजिट हुने साईटमा पनि एडसेन्स बन्द भएको छ । कमाउनु नसक्नुको अर्को मुख्य कारण चाँही मेरो अल्छी बानि ब्यहोरा र नेपाली भाषामा सञ्चालनमा रहेका ब्लगहरु हुन ।

आजभोली गुगल एडसेन्स बाट पैसा कमाउनकै लागि खोलीएका साईटहरुको (made for adsense) विज्ञापन फेसबुकमा खुबै देखिन थालेका छन् । सिरियस ब्लगरहरुले त्यसरी पैसा कमाउदैनन भन्ने लाग्छ मलाई । तर त्यसरी पैसा नकमिने भने हैन । यो चाही एक डेढ महिना पैसा कमायो साइट बन्द गर्‍यो । अनि फेरी त्यस्तै नयाँ साइटको धन्दा सुरु गर्‍यो भने जस्तो हो । किनभने गुगल हामीले सोचे भन्दा कयौ गुणा बाठो छ । यसले सित्तै कसैलाई पनि पैसा दिदैन । यसले थोरै पैसा कमाउनेहरुलाई नजरअन्दाज गरी दिदाँ केहीले कमाउने मात्र हो ।  गुगलबाट पैसा कमाउन सजिलो छैन । पैसा कमिन थाल्यो भने पनि धेरै कुरा बिचार गर्नु पर्दछ , जस्तो कि

  1. झुक्केर पनि आफ्नो एड आफै क्लिक नगर्नुहोला । यदि क्लिक भैहाल्यो भने यो फर्मभरेको राम्रो ।
  2. गुगल एडसेन्स ले जेनेरेट गरेको कोडलाई मोडिफाई नगर्नु होला । (आजभोली यो समस्या छैन तर केही पहिले नेपाली कन्टेन्ट भएको साइटमा कसैगरी पनि एड देखाउदैन थियो त्यसैले धेरै डेभलपरहरु गुगल एडसेन्सको कोडमा google_langage = "en"; थपेर एड देखिने बनाउथे । खासमा यो गर्न नहुने कुरा हो । गुगलले एडसेसन् ब्यान्ड गर्नको लागि यही एउटा गल्ती काफी छ । )
  3. गुगल पोलिसि अनुसार , पपअप, सफ्टवेयर डाउनलोड गर्ने पेज, आईफ्रेम आदिमा एडसेन्स राख्न पाइदैन ।
  4. कन्टेन्ट नभएको वा एकदमै थोरै कन्टेन्ट भएको थ्याङ्कयुज , वेलकम पेज, स्पाल्स पेज आदीमा एडसेन्स राख्न पाईदैन ।
  5. एडल्ट कन्टेन्ट, जातीय सदभाव भड्काउने सामग्री भएको कन्टेन्ट, टोरेन्ट लिङ्ग भएको पेज, आदीमा झुक्केर पनि एडसेन्स राख्न हुदैन । ह्या के था पाउला भन्नुहोला मैले यो पोस्टमा केही टोरेन्ट लिङ्गहरु राखेर पब्लीस गरेको ७२ घण्टाभित्रमा यो कन्टेन्ट हटाऊ भनेर गुगल बाट इमेल आएको थियो ।
  6. तपाईँको साइटमा वा अझ भनौ सर्भरमा कसै गरी मालवेयर आदी ईन्सटल भए नभएको निक्यौल गर्नुहोस ।
  7. एउटा नाम चलेको ब्लगले पहिले पहिले राम्रो गुगल एडसेन्स देखीयोस भने राम्रो राम्रो किवर्ड हाईड गरेर राखेको थियो रे पछि गुगल ब्यान्ड गर्देछ । राम्रो एडसेन्स देखियोस भने झुक्केर पनि किवर्डहरु हाईड गरेर राख्न हुदैन ।
  8. भिडियो वा कुनै लिङ्कको छेउमा प्रयोगकर्तालाई झुक्काउने गरी एडसेन्स राख्न हुदैन । आजभोली देखिने गरेको ब्याकग्राउन्डमा युट्युबको स्क्रिनसट भएको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस भनेर गुगल एडसेन्समा क्लिक गराउने काइदा एकदमै गलत हो ।
  9. अरूको साइटबाट कन्टेन्ट चोरेर एडसेन्स बाट पैसा कमाउछु भनेर सोच्नु गलत हो । कन्टेन्ट चोरेको पत्ता लगाउने copyscape.com जस्ता साईटहरु मनग्यै छन् । कन्टेन्ट चोरेको प्रमाण सहित गुगललाई रिपोर्ट गर्दिनु भनेको पनि तपाईँको एडसेन्स बन्द हुन सक्ने एउटा कारण हो ।
  10. एडसेन्सको पोलिसि अनुसार एडसेन्सको माथि तल क्लिक गर्नुहोला । डाउनलोड गर्न / भिडियो हेर्न तल क्लिक गर्नुहोला जस्ता प्रयोगकर्तालाई झुक्याउने शब्द राख्न पाईदैन । स्पोन्सर लिङ्क आदी लेख्नलाई गुगलले रोक्दैन ।
  11. एउटा पेजमा बढीमा ३ वटा एड युनिट , ३ वटा लिङ्क युनिट वा २ वटा भन्दा बढी सर्च बक्स राख्न पाईदैन ।
  12. आफ्नो साइटको ड्रपडाउन मेनुको मुनि पट्टी गुगल एडसेन्स राख्न पाइदैन ।
एडसेन्स सँग सम्बन्धीत अन्यब्लगहरु
गुगल एडसेन्सको हिसाब किताब
अनलाईन काम र आम्दानी
ठुला ईन्टरनेट कम्पनीहरुको आयस्रोत 
  

कम्प्युटर चलाइ रहदाँ हुनसक्ने स्वास्थ्य समस्या

$
0
0
Computer Vision Syndrome
विज्ञहरुका अनुसार कम्प्युटर किबोर्ड, माउसलाई गलत ढङ्गले प्रयोग गर्नाले हातको नाडीमा रहेको स्नायुमा दबाब परि नाडी,  हातका औंला दुख्ने तथा सुनिने समस्या उत्पन्न हुन्छ । यद्दपी लामो समय सम्म कम्प्युटरमा काम गर्न थाले पछि आफसे आफ किबोर्ड तथा माउसलाई सही तरिकाले आफूलाई असहज महसुस नहुने गरी चलाईने हुनाले एकाधमा मात्र यस किसिमको समस्या आउन सक्दछ । साधरणतय कम्प्युटर नियमित चलाउनेहरुको हात तथा नाडीमा यस किसिमको समस्या आउनु अगावै धेरैमा कम्प्युटरकै कारणले आँखाको समस्या देखिन थाल्दछ । जसलाई बिज्ञहरुको भाषामा कम्प्युटर भिजन सिन्ड्रोम तथा साधारण बोलीचालीको भाषामा आँखा सुक्ने रोग भनिन्छ ।

कम्प्युटरमा काम गर्दा मोनिटरमा एकहोेरो हेरी रहने हुनाले आँखामा एक किसिमको थकाइ उत्पन्न हुनुको साथै आँखालाई ओसिलो बनाइराख्ने आँसुको सतह बन्न छाड्छ र  आँखा सुखा हुन्छ  । यसले गर्दा आँखा पोल्ने समस्या हुन्छ । बिज्ञहरुका अनुसार यसका साथै आँखा रातो हुने,  टाउको दुख्ने, घाँटी दुख्ने, कम्मर दुख्ने, रङ पहिचान गर्ने क्षमतामा पनि ह्रास आउछ  । यदि कुनै व्यक्ति प्रतिदिन तीन घन्टाभन्दा ज्यादा कम्प्युटरमा काम गर्छ भने त्यस्ता व्यक्तिमा यस किसिमको समस्या देखा पर्ने खतरा रहन्छ ।



स्वास्थ्य संस्थामा गएर नेत्र रोग बिषेशज्ञहरुलाई यस रोगको बारेमा परामर्श लिदाँ औषधीका अतिरिक्त कम्प्युटर चलाउने शैली सुधार्न सल्लाह दिने गरेका छन् । साधरणत आँखा सुख्खा हुने समस्या भएका बिरामीहरुलाई आँखा ओसिलो राख्नको लागी विभिन्न प्रकारका लुब्रिकेटिङ्ग आई ड्रपहरु दिने गरिन्छ । तर आई ड्रप प्रयोग गरेर कम्प्युटर चलाउनु पर्ने अवस्था आउनु पुर्वनै केही सावधानीका उपायाहरु अवलम्बन गरेमा यस किसिमका समस्याहरूबाट बच्न सकिन्छ ।  जस्तो कि  यस्तो अवश्थमा आफूले काम गर्ने कम्प्युटरको मोनिटर सीआरटीको सट्टा एलसीडी  राख्नेले पनि आँखाले केही राहत पाँउछ । मोनिटर परिवर्तन गर्न नसक्नेले कम्तीमा एन्टि ग्लेयर स्क्रिनको प्रयोग मात्र गरेको अवस्थामा पनि केही राहत हुने गर्दछ । किनभने एन्टि ग्लेयर स्क्रिनले कम्प्युटरको मोनिटरबाट निस्कने किरण तथा विकिरणको मात्रालाई नियन्त्रण गर्ने हुनाले आँखामा पर्न जाने नकरात्मक प्रभावलाई कम गरी आँखा दूख्ने वा थाक्ने समस्यालाई कम गर्छ ।

सकेसम्म  अध्यारो स्थानमा बसेर चलकिलो प्रकाश आउने गरी कम्प्युटर चलाउन उचित हुदैन । यसरी त कम्प्युटर मात्र हैन लामो समय सम्म  टेलिभिजन पनि हेर्नु हुदैन भन्ने गरिन्छ । बिज्ञहरुले आफ्नो कम्प्युटरको वा ल्यापटपको मोनिटर २० देखी २४ इन्चको फरकमा राखेर मात्र काम गर्न उचित हुने बताउने गर्दछन । आँखा र मोनिटरको समान्तर स्थानमा हुनु हुन्दा आँखाको तहबाट ५, १० डिग्री तल हुने गरी राख्नु उपयुक्त मानिन्छ  ।  कम्प्युटर भिजन सिन्ड्रोम बाट पिडीतहरुलाई डाक्टरहरुले प्रत्येक २० मिनेटमा २० फिट टाढा हेरेर २० पटक आँखा झिम्क्याउने सल्लाह दिने गरेका गर्दछन ।  यो एकदमै प्रभावकारी तरिका भएकोले हुन सक्दछ विभिन्न अपरेटिङ्गमा सिस्टम जडान गरिएका सबै जस्तो कम्प्युटरहरुमा प्रत्येक २० मिनेमा आराम लिने गरी कम्प्युटर लक वा हाईबरनेशनमा जाने सफ्टवेयरहरु  पाउन सकिन्छ । एकहोरो भए नियमित रूपमा यस तरिकाले काम गर्दा आराम लिने प्रक्रिया झन्झटिलो भएको ठान्नेहरुलाई पनि बिज्ञहरुले प्रत्येक १ घण्टामा ५ मिनेट आराम लिने सल्लाह दिने गर्दछन ।

प्रविधिको विकास सँगै यसले मानव जीवनमा सहजता मात्र हैन केही चुनौतीहरू पनि सिर्जना गरेको छ । यद्दपी निचोडमा के भन्न सकिन्छ भने आँखा दुख्छ भनेर कम्प्युटर नचलाउने हैन बरु सावधानीका उपायाहरु अवलम्बन गरेर यसको प्रयोग गर्ने हो भने आफैमा यो समस्या हैन यसले प्रयोगकर्ताको कामलाई सजिलो नै बनाई दिन्छ ।

( ब्यक्तीगत अनुभवमा आधारित यो लेख मिति २०७१ कार्तिक २३ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।  )

नेपालमा टेलिमेडिसिन

$
0
0
सूचना प्रविधिको द्रुततर विकासले स्वास्थ्य क्षेत्रलाई पनि अक्षुतो छोडेको छैन । झण्डै एक दशक अगाडी सम्म तत्कालीन अवस्थामा उपलब्ध सञ्चारको माध्यमबाट सञ्चालन गरिएको टेलिमेडिसिन सेवा, मोबाइलको माध्यमबाट प्रवाह गरिने स्वास्थ्य सेवा एमहेल्थ हुँदै ई-हेल्थको स्वरूपमा देखा परिसकेको छ । नेपालको बिध्यमान अवस्थामा स्वास्थसेवा बिध्युतिय सञ्चारका माध्ययम बाट लक्ष्यीत वर्ग सम्म पुग्न नसकी रहेको भएता पनि राजधानीका केही नाम चलेका अस्पतालहरुले टेलिमेडिसिनको माध्यमबाट विदेशी बिशेशज्ञता सुविधा स्थानियस्तरमा दिइरहेका छन् । सेवा लिने र दिने व्यवहारलाई परै छोडेर कार्यक्रमको प्रभावकारिता वाहेकको कुरा गर्ने हो भने नेपाल सरकार अन्तर्गत ग्रामीण टेलिमेडिसिन कार्यक्रम अन्तर्गत तीस वटा जिल्लाका स्वास्थकेन्द्रहरु टेलिमेडिसन कार्यक्रम मार्फत जोडिएका छन् ।

बिरामीभएर ओछ्यान नपरुञ्जेल नटेर्ने र डाक्टरको नजिक पर्ने बित्तिकै निको भैहाल्नु पर्ने मानसिकता नेपाल जस्तो ठाँउमा टेलिमेडिसिन कार्यक्रमको लागी ठुलो चुनौती रहेको छ । सेवाग्राहीको सोच विपरीत टेलिमेडिसिन कार्यक्रममा बिरामीको उपाचार उक्त केन्द्रभन्दा धेरै टाढा रहेको स्थानमा सम्बन्धित रोगका बिशेशज्ञको परामर्श लिएर उपचार गरिने गरिन्छ । यसो भन्दैमा टेलिमेडिसिन कार्यक्रममा रियलटाईममा बिरामीको उपचार गर्न नसकिने भने हैन ।टेलीमेडिसिन सेवालाई त्यसको प्रकृतिको आधारमा दुई भागमा वर्गिकरण गरिएको हुन्छ ।

रियलटाईम टेलिमेडिसिन : यस प्रकारको टेलिमेडिसिन सेवामा इन्टरनेटको माध्ययमा अनुहार हेरेर कुरा गर्नमिल्ने स्काईप देखी जटिल प्रकारका सफ्टवेयरहरुको जडान गरी दुई वा दुईभन्दा बढी स्थानका स्वास्थ्यकर्मीहरु कुनै रोगको बारेमा छलफल गरेर उपचार गर्ने गर्दछन । यस प्रकारको टेलिमेडिसन सेवामा साधारण किसिमका कम्प्युटर पेरीफेरल डिभाईस देखी भिडियो कन्फेरेसिङ्ग उपकरणको साहायताले बिरामीको ईन्टरयाक्टिभ एक्जामिनेसन गरिन्छ । यस प्रकारको टेलिमेडिसिन सेवाको मद्दतले जटिल भन्दा जटिल प्रकारको सर्जरी समेत गर्न सकिन्छ । विकसित देशहरूमा यसैको साहायताले रोबोटिक सर्जरी समेत गर्ने गरिन्छ । यसै प्रकारको टेलिमेडिसिन सेवालाई लक्ष्यीत गरी टेली ओटोस्कोप , टेलिस्टेथोस्कोप जस्ता उपकरणको विकास गरिएको छ । टेलिओटोस्कोपको साहताले बिरामीको कानको भित्री भाग हेर्न सकिन्छ भने टेलिस्टेथोपस्कोपको साहाताले बिरामको मुटुको चाल नाप्ने गरिन्छ । मानसिक, मुटु, बालरोग, स्त्रीरोग, न्युरो , सर्जरी सम्बन्धी विभिन्न स्वास्थ समस्या सामाधान गर्नको लागि रियलटाईम टेलिमेडिसन सेवा प्रभावकारी हुन्छ ।

स्टोर एण्ड फर्वाड टेलीमेडिसिन सेवा : यस प्रकारको टेलिमेडिसिन सेवामा आवश्यक स्वास्थ्य जानकारी सम्बन्धित दक्ष विशेशज्ञ लाई पायक पर्ने समयमा अध्ययन को लागी सम्प्रेशण गरी प्राप्त सल्लाहको आधारमा बिरामीको उपचार गर्ने गरिन्छ । यसम एकै सयमा दुवै तर्फका मेडिकल विशेशज्ञ उपस्थित रहनु पर्ने आवश्यकता पर्दैन । रियलटाईम टेलिमेडिसन सेवाको तुलमा यस अलि सस्तो भएकोले नेपाल जस्तो बिकासोउन्मुख देशहरूमा यस प्रकारको धेरै प्रयोगमा आएको छ । ललितपुर स्थित पाटन अस्पतालले यसै प्रकारको टेलिमेडिसिन सेवाको प्रयोग गरी स्थानीय स्तरमा सेवा पुर्याई रहेको थियो । डर्माटोलोजी , रेडियोलोजी , प्याथोलोजी जस्ता विषयका स्वास्थ्य सल्लाहरु यस प्रकारको टेलिमेडिसिन सेवा प्राप्त गर्न सकिन्छ ।

टे

पासवर्डका विकल्पहरू

$
0
0
सामाजिक सञ्जाल लगायतका वेबसाईटहरुको बढ्दो प्रयोग सँगै प्रयोगकर्ताहरुमा त्यसको व्यवस्थापन सम्बन्धी कठिनाइ थपिदो छ । सम्झीन सजिलो हुने वा सबैमा एकै किसिमको पासवर्ड प्रयोग गर्दा त्यसलाई अरूले थाहा पाएर आफ्नो गोप्यता भङ्ग गर्देलान भने समस्या हुन्छ भने एकचोटी सुनेकै भरमा सम्झन गार्हो हुने कम्प्युटर सुरक्षाविज्ञहरुले भने जस्तो अङ्क , अक्षर र स्पेशल क्यारेक्टहरु समावेश भएको पासवर्ड प्रयोग गर्ने हो आफैले दोस्रो पटक सम्झीन नसकौला भन्ने डर रहन्छ । हुनलाई यस किसिमको समस्या तपाईँ हाम्रो मात्र हैन । ग्राफिक डिजानिङ्गको क्षेत्रमा नाम कहलिएको कम्पनी एडोबको सिस्टमबाट चोरी गरी सार्वजनिक गरिएको पासवर्डलाई कम्प्युटर सुरक्षा विषेशज्ञहरुले अनुसन्धान गरी निकालेको निचोडमा गतिलो पासवर्ड कम्प्युटर प्रयोकर्ताहरुको लागी आफैमा एउटा ठुलै समस्या रहेको देखिएको थियो । त्यस अध्ययनमा धेरैले “123456” र “password” भन्ने फ्रेलाई पासवर्डको रूपमा प्रयोग गरेको देखिएको थियो ।

पासवर्ड र इन्टरनेट सुरक्षाचिन्ता सर्वसाधरण प्रयोगकर्ता माझ मात्र हैन विश्वब्यापी रूपमा नाम कमाएका ठुला कम्पनीहरू बिच पनि उत्तिकै रहेको देखिएको छ ।  गुगलले भर्खरैमात्र आफ्नो टु फ्याक्टर अथेन्टीकेशनलाई निकट भविष्यमा अनिवार्य गर्ने बताएको छ । टु फ्याक्टर अथेन्टीकेशन अनिवार्य हुने बित्तिकै प्रयोगकर्ताको पहुँचमा मोबाइल फोन नहुने हो भने गुगल खाता खोल्न सम्भव हुदैन ।  टु फ्याक्टर अथेन्टीकेशनमा प्रयोगकर्ताले आफ्नो पासवर्डको अतिरिक्त आफ्नो मोबाइल डिभाईसमा सम्बन्धित वेबसाईट वा एप्लीकेशनबाट प्राप्त हुने सेक्युटरिटी कि को प्रयोग गर्नु पर्दछ । त्यस्ता कम्पनीहरूले मोबाइलमा अङ्क मात्र  वा अङ्क र अक्षर मिलरे बनेको फ्रेजलाई एसएमएसको रूपमा पठाउने गर्दछन ।

डिजिटल ईन्फ्रास्ट्क्चर सेक्युरिटिलाई आफ्नो मुख्य कार्यक्षेत्र बनाएर काम गर्दैरहेको होयोस ल्याब नाम गरेको एक अमेरिकन कम्पनीले होयोसआईडी नाम गरेको एक प्रोडक्ट बजारमा ल्याएको छ । होयोसआईडीले प्रयोगकर्ताको अनुहार र त्यसमा देखिने सूक्ष्म हाउभाउलाई एक बायोमेट्रिक सेक्युरिटि कि को रूपमा काम गर्ने गर्दछ । कुनै पनि व्यक्तिको अनुहारको मांसपेशीको बनोट, आँखा, छालाको रङ्आदीको समिश्रणबाट तयार हुने बायोमेट्रिक्स एक व्यक्तिबाट अर्को व्यक्तिमा मिल्दैन भन्नेमा त्यस कार्यमा लागेका बिज्ञहरुको बुझाई रहेको देखिन्छ  । दुरुस्त अनुसार मिल्ने जुम्यल्याहा हरुमा पनि आँखामा चाँही असमानता हुन्छ भन्ने तथ्यमा यो होयोसआईडीले काम गरी रहेको देखिन्छ ।  हुनलाई बायोमेट्रिक कि लाई पासवर्डको रूपमा प्रयोग गर्ने प्रयास एप्पलले पनि पछिल्लो संस्करणको आईफोनमा नगरेको हैन । तर एप्पलको सो सेक्युरिटिवाल लाई चाओस कम्प्युनिटि क्लब नाम गरेको जर्मन ह्याकहरुको एक समूहले तोडेको समाचार प्रसिद्ध फोर्ब्स पत्रिकाको अनलाइन संस्करण प्रकाशित भएको थियो ।

कम्प्युटर र इन्टरनेटको दुनियाँमा काम गरिरहेका टेक पण्डीतहरु टु फ्याक्टर अथेन्टीकेशन , बायोमेट्रिक्स बाट समेत सन्तुन्ष्ट हुन सकेका छैनन् भन्ने कुरा पासवर्डको रूपमा माथि बाहेकका विकल्पमा भइरहेको प्रयोगबाट थाहा पाउन सकिन्छ । उदारणको लागी ईलिरी डट कम नाम गरेको वेबसाईटले टु फ्याक्टर अथेन्टीकेशनको रूपमा मोबाइलमा साउण्ड क्लिप पठाउने गर्दछ । जसलाई प्रयोकर्ताले अथेन्टीकेशन लगईनको रूपमा कम्प्युटरमा बजाएर काम चलाउने गर्दछ । क्लेफ डट कम नाम गरेको वेबसाईटले प्रयोगर्ताको मोबाइलमा ईमेज क्लीप पठाउने गर्दछ जसलाई प्रयोगर्ताले वेबक्याम मार्फत मोबाइलमा आएको ईमेज क्लिप भेरीफाई गरेर लगईन गर्न सक्दछन ।

र अन्तमा, युजर अथेन्टीकेशनको लागी परम्पतागत शैलिको युजरनेम र पासवर्ड मात्र पर्याप्त छैन भन्ने कुरा माथि उल्लेख गरिएका विविध प्रकारका अथेन्टीकेशन मेथडबाट प्रस्ट हुन सकिन्छ । परम्परागत रूपमा चलीआएको युजरनेम र पार्सवर्डको विकल्पमा बायोमेट्रिक, टु फ्याक्टर अथेन्टीकेशन वा टोकन प्रविधिको मोबाइलमा ईमेज पठाएर वेब क्यामबाट भेरीफाई गराउनु पर्ने कुन चाही प्रविधि उपयुक्त हुन्छ भन्ने कुरा चाही प्रयोकर्ताले सहजरुपमा कुन प्रक्रियालाई आत्मसाथ गर्न सक्दछन भन्ने कुरामा भर पर्दछन । धेरैलाई पासवर्ड सम्झीने कामनै झन्झटिलो भैरहेको बेला लगईन गर्नकै लागि मोबाइल बोकेर हिड्नु पर्ने कुरा पनि सजिलो चाँही नलाग्न सक्दछन । तर बहुसङ्ख्यकले जुन रुचाउछन बाँकीले पनि त्यसलाई अङ्गिकार गर्नुको विकल्प हुदैन ।
यो लेख मिति २०७१ मंङ्गसिर २१ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

यो पनि पढ्नुहोस ।

बलियो पासवर्ड लेख्ने काईदा

नेपालमा एसएमएस क्रान्ति

$
0
0
तोकिएको समयमा संविधान निर्माण गर्ने दबाब दिने अभिप्रायले अनेरास्ववियुका बिध्यार्थी नेताहरूले एसएएमएस मार्फत खबरदारी सुरु गरेका छन् । गत शुक्रवार देखी जारी उक्त अभियान अन्तर्गत केही दिन सम्मको लागी दैनिक तिनवटाका दरले सम्भव भए सम्म सबैसभासदहरुलाई एसएमएस पठाएर खबरदारी गरिने बताइएको छ । आफ्नै माउ पार्टीका सभासदहरुलाई समेत झक्झकाउन नछोड्ने भनेर सुरु गरिएको उक्त कार्यक्रमलाई धेरैले रचनात्मक सोच भनेर सर्हाना गरेका छन् । हुनलाई ठ्याक्कै यस्तै खालको कार्यक्रम केही समय पहिले गैरराजनैतिक समूहका तर्फबाट भनी धरानबाट पनि सञ्चालन गरिएको थियो । क्षेत्रीय रङ्गशाला धरानमा निर्माण गर्न दबाब दिने अभिप्रायले आयोजना गरिएको उक्त कार्यक्रमले आफ्नो उधेश्य प्राप्त गर्न नसके पनि रचनात्मक आन्दोलनको कार्यक्रम भनेर धेरैको मन जितेको थियो ।

नेपालको कुल जनसङ्ख्याको ८३ प्रतिशत जनसङ्ख्या सँग मोबाइलको पँहुच रहेको सरकारी आँकडाको अगाडी यस्ता एसएमएम आन्दोलनका कार्यक्रमहरूको खासै अकल्पनीय भने लाग्दैनन । सरकारी र निजी क्षेत्रका मोबाइल सेवा प्रदायकहरुले मोबाइलको सिमकार्ड बेचेको तथ्याङ्कमा आधारित यस तथ्यले बहुसङ्ख्यक नेपालीको एकाघरमा एक भन्दा बढी मोबाइल रहेको भन्ने देखाउछ । मोबाइलमा सर्वसाधरणको पहुँच बढे सँगै यसको उपयोग पनि बढेको छ । अहिले झगडियाहरुको लागी मुद्दाको पेशी कहिले छ भन्ने देखी विदेश जानभनेर तम्तयार युवायुवतीहरुको एमआरपी पासपोर्ट जिल्ला प्रशासन कार्यलयमा कहिले आयो भन्ने कुरा जानकारी एमएमएस बाट प्राप्त हुन थालेको छ ।


वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका नाममा हुने विभिन्न प्रकारका ठगीका घटनालाई नियन्त्रण गर्न भनी एसएमएस सेवा सुरु गरेको छ । विभागका अनुसार म्यानपावरले भनेको काम, सेवासुविधा, तलब, कम्पनीका साथै म्यानपावरले मागेको कोटा पूरा भएको वा नभएको जानकारी विभागले तोकेको नम्बर एसएमएस गरी जानकारी प्राप्त गर्न सकिन्छ । जिल्ला प्रशासन कार्यालय पाल्पाले एमआरपी बुझ्न आउन आवेदकहरुलाई मोबाइलमार्फत एसएमएस सन्देश पठाउन थालेको छ ।  राहदानीका लागि आवेदन दिएपछि ३५ दिनमा पाइने भनिए पनि विभिन्न कारणबाट तोकिएको समयमा जिल्ला आइपुग्न नसक्ने तर पटकपटक सोध्न आइरहनुपर्ने बाध्यतालाई हटाउन यो व्यवस्था गरिएको उक्त कार्यलयले जनाएको छ ।


सर्वोच्च अदालतले घरमै बसेर सर्वोच्च अदालतमा रहेको मुद्दाको अवस्था जानकारी लिन सक्ने व्यवस्था गरेको छ । सेवाग्राहीले अदालत नआइकन आफूलाई पायक पर्ने नजिकको जिल्ला तथा पूनरावेदन अदालतबाट समेत अनलाइन तारेख लिन सक्नेछन् । यातायात व्यवस्था विभागको वेबसाईटमा दिइएको जानकारी अनुसार एसएमएस मार्फत जो सुकैले आफ्नो मोटरसाइकल, कार, बस, ट्याक्सी लगायत सबै सवारीको कर तिरेको विवरण प्राप्त गर्न सक्दछन । नेपालका धेरै जस्तो बाणिज्यबैकहरुले आफ्नो बैकखाता मार्फत भएको कुनै पनि कारोबारको जानकारी तत्काल ग्राहकको मोबाइलमा पठाउने काम गर्दछन ।

ईन्टरनेको पँहुच बढेसँगै गोर्खापत्रमा छापीने एसएलसी नजिताले मोबाइलको म्यासेजबक्समा राम्रै सँग कब्जा जमाएको छ । सर्टकोड भनिने चारअंकका नम्बरबाट पठाउने एसएमएसको कारोबार गर्नेहरुको लागी प्रवेशिका र बिश्वबिध्यालको नतिजा राम्रै सँग आम्दानी गर्ने अवसर पनि हो । सेवाप्रदायकले लिने शुल्क र ग्राहकसँग उठाईने शुल्कलाई राम्रोसँग नियमन नगरीएर सर्वसाधरण ठगिईरहेको भएता पनि एसएमएस सेवाले धेरैलाई सुविधा पनि दिइरहेको छ । साधरणतय प्रयोगकर्ताहरुले जानकारी प्राप्त गर्ने भन्दा पनि जानकारी माग्ने क्रममा चलनचल्तीको भन्दा बढी शुल्क तिर्नु परेर ठगिने गरेका छन् यद्दपी नेपालमा धेरैले एसएमएस बाट सूचना प्रवाह गर्ने गरेको देखिन्छ ।
यो लेख २०७१ मंङ्गसीर २८ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । 

नेपाल टेलिकमको ADSL इन्टरनेट सम्बन्धी केही जानकारी

$
0
0
नेपाल टेलिकमले सञ्चालनमा ल्याएको ADSL इन्टरनेट सेवा आफैमा भरपर्दो छैन तर पनि कतिपय अवश्थामा सम्बन्धीत निकायले ग्राहकका गुनासो राम्रो सँग नसुनिदा ग्राहकलाई झनै हैरानी हुन्छ । सर्वसाधरणको जानकारिको लागी केही सुझावहरु प्रश्नोत्तरको रुपमा यहाँ दिईएको छ ।

ADSL भनेको के हो ?

ADSL (Asymmetric Digital Subscriber Line) PSTN टेलिफोन सेवा अन्तर्गत Copper wire मा आधारित इन्टरनेट सेवा हो । यसमार्फत एकैपटक इन्टरनेट र टेलिफोन (Data & Voice) सेवा उपभोग गर्न सकिन्छ । नेपाल टेलिकमले वि.सं. २०६५ साल बैशाख महिनादेखि काठमाडौं उपत्यकाबाट यो सेवा आरम्भ गरेको थियो । हाल यो सेवा नेपालका सबै जिल्लाहरुमा चालु रहेको बताईन्छ ।

नेपाल टेलिकमसँग हाल कस्ता कस्ता ADSL Package हरु छन ?

हाल कम्पनीले दइु पक्रारका प्याकजेबाट इन्टरनेट सेवा उपलब्ध गराइरहेको छ ।

1) Volume based यो सेवा अन्तर्गत पहिल देखी नै निधार्रण गरिएका Data package खरिद गरी ताेकएको समयसम्म प्रयोग गर्न सकिन्छ । उक्त समयसम्म निश्चित गरिएको Data package पुरै उपभोग नभए पनि समय सकिए पछि सेवा स्वतः: समाप्त हुन्छ । Volume Based Package अन्तर्गत 512 kbps को क्षमतामा 15 GB डाटा प्रयोग गर्न सकिन्छ भने Data volume अनुसार 15 GB को कर बाहेक रु. १,९८०।–, 30 GB को रु. ३,१८०।– लाग्छ भने यसको अवधि ३ महिनासम्म कायम रहन्छ । उल्लिखित प्याकेजहरु २०७० बैशाखदेखी ३ महिना वा सो भन्दा बढी अवधिको प्याकेजकलो ग्राहक लिएमा सो बापत ग्राहकले खरिद गरेको डाटा को ४० प्रतिशत डाटा बोसन रूपमा उपलब्ध गराउँछ ।

2) Unlimited Monthly Plan : यो सेवा अन्तर्गत Home User ग्राहकले 192, 384, 512 Kbps तथा संस्थागत ग्राहकले अधिकतम २ Mbps क्षमता सम्मको सेवा खरिद गर्न सक्छ । तोकिएको मासिक महसुल भुक्तानी गरेपछि महिना दिन (३० दिन) सम्म सेवा प्रयोग गर्न सकिनेछ । यसमा Data Volume को कुनै सीमा तोकिएको छैन । यो सेवा बापत लाग्ने मासिक महसुलदर खरिद गरिएको Package अनुसार फरक–फरक रहेको छ । जसअनुसार 192 Kbps क्षमतामा मासिक कर बाहेक रु. ९००।– लाग्छ भने 384 Kbps र 512 Kbps क्षमतामा मासिक कर बाहेक क्रमश: रु. १,५००।– र रु. २७००।– लाग्छ । त्यसैगरी संस्थागत ग्राहकलाई 2 Mbps को मासिक शुल्क रु. ९,३००।– लाग्छ ।

ADSL सेवा लिन के गर्नुपर्छ ?

ग्राहकले सर्वप्रथम आफ्नो टेलिफोन लाइन लिएको कार्यलयमा ADSL सेवाको लागि निवेदन दिनुपर्छ । यसका लागी टेलिफोन जसको नाममा रहेको छ उक्त व्यक्तिले आफ्नो नागरिकताको फोटोकपि समेत उपलब्ध गराउनु पर्छ । फारम भरेर निवेदन दिईसकेपछि आवश्यक पोर्ट रहेछ भने छिटै नै यो सेवा उपलब्ध हुन्छ । यदि पोर्ट नभएमा प्राथमिकतामा राखी क्रमश सेवा उपलब्द गराईन्छ ।

ADSL सेवा सुचारु भैसकेपछी त्यसको Validity कसरी थापा पाउन सकिन्छ ?

मोबाइलको म्यासेज बक्समा गएर ADSL स्पेश अनि एरिया कोड सहितको ADSL टेलिफोन नम्बर राखी १४०० मा SMS गर्दा यसको Validity फेरिोद थाहा हुन्छ । जस्तै ADSL 015544333 लेखेर 1400 मा SMS पठाउन सकिन्छ ।

ADSL Router कसरी setting गर्न सकिन्छ ?

Router निर्माता कम्पनी अनुसार यसको setting पनि फरक हुन्छ । यसमा नेपाल टेलिकमले लिएको USername र Password प्रयोग गरी setting गर्न सकिन्छ । अन्य अनिवार्य सेटिङ्ग डिटेल्समा देहाय अनुसार हुन्छ । VPI => 8 VCI => 8 Channel Mode => PPoE

ADSL मा कस्ता समस्या आऊन सक्छन ?

ADSL मोडेम का कारण पनि ADSL मा विभिन्न प्रकारका समस्या आउछन । ती समस्या यस्ता हुन सक्छन् ।
DSL लिङ्कको LED नबल्ने
Splitter मा तार जोड्दा उल्टो जोडिने । धेरै जस्तो ग्राहकमा यो समस्या देखिन्छ । Splitter खो ओुतपुर मा २ वटा प्वाईन्ट मध्ये टेलिफोन जोड्ने प्वाईन्ट र ADSL जोड्ने प्वाईन्ट फरक हुन्छ । तार उल्लटो जोडीमा ADSL / DSL मोडेममा बत्ती बल्दैन ।
ग्राहकहरुले Splitter मा लेखिएको सङ्केत अनुसार ADSL र टेलिफोन जोड्नुपर्छ ।
ADSL Modem को Setting नमिलेमा पनि समस्या आउछ ।

ADSL मार्फत ईन्टरनेट नचलेमा के गर्ने ?

ADSL Modem र फोन जोड्ने तार Splitter तरिकाले जोडेको छ कि छैन , चेक गर्ने ।
ADSL सेवाको समायावधि सकिएको छ कि छैन जाँच गर्नु पर्छ ।
घरमा रहेको तार कुनै ठाँउमा नाङ्गो भाग छ कि हे्रनु पर्छ । नाङ्गो तारको कारणले पनि इन्टरनेट नचल्ने हुन सक्छ ।
केही गरी पनि इन्टरनेट नचलेमा 198 मा नम्बर डायल गरी ADSL कम्प्लेन गर्नु पर्दछ ।

ADSL कहिलेकाँही मात्र चल्ने वा बेला बेलामा डिस्कनेक्ट हुने समस्या के कारणले हुन्छ ?

प्राय निम्न कारणले यस्ता समस्या आउन सक्छ ।
घरमा ल्याएको मेन लाइनमा स्पीटर भन्दा अगाडी नै फोन जोडिएको भए फोन चलाउनदा इन्टरनेट डिस्कनेक्ट हुन्छ ।
इन्टरनेट चलाउदा प्रयोग गरिने मोडेम को कारणलेल पनि यो समस्या उत्पन्न हुन्छ । बजारमा पाइने मोडेम को गुणस्तरको कारण पनि समस्या हुन सक्दछ।
उपलब्ध बिध्युत लाइनमा भोल्टेज अति फल्चुएट हुने अर्थात् कम बढी भोल्टेज आउने र मोडेमको कमअसल एडेप्टरको कारणले राउटर आफै रिस्टार्ट हुन्छ र इन्टरनेट घरीघरी डिस्कनेक्ट हुन्छ ।

ADSL सम्बन्धमा थप केही गुनासो भए कहाँ सम्पर्क गर्ने?

थप जानकारीको लागी ADSL Maintenance Center को ०१ ४२४४४००, पुल्चोकस्थीत साझा भवन रहेको ADSL Support Center को ०१ ५०१००७२२ वा ५०१०७२६ मा सम्पर्क गर्न सकिन्छ । मोफसलको हकमा सम्बन्धित क्षेत्रको टेलिकम अफिसको ADSL शाखामा सम्पर्क गर्न सकिन्छ ।

नेपाल टेलिकमले प्रकाशन गर्ने न्युजलेटरमा आधारित सामग्री

फेसबुकमा भारतीय सेलिब्रेटीहरु

$
0
0
पछिल्लो समयका चर्चित भारतीय गायक हनि सिंहपुराना जमानाका जानेमानेका सबै हस्तीहरुलाई पछि पार्दै फेसबकुमा सबैभन्दा बढी फ्यान फलोवलर भएका भारतीय सेलिब्रेटीहरुको सुचीमा एक नम्बरमा परेका छन् । योयो हनि सिहं भनेर चिनिने यी गायकको फेसबुक पेजलाई लगभग पौने तिन करोड फेसबुक प्रयोगकर्ताहरुले लाईक गरेका छन् । यिनको फेसबुक पेजलाई लाईक गर्नेहरुमा भारतियहरु पछि पाकिस्तानी , बङ्गलादेशी अनि त्यसपछि नेपालीहरू छन् । यिनका कुल फलोवरहरुको सात प्रतिशत प्रयोगकर्ताहरु नेपाली छन् ।

सामाजिक सञ्जाल वेबसाईट प्रयोगकर्ताहरुको हिसाबकिताब राख्ने वेबसाईट सोसलबेकर डट कमको अनुसार फेसबुकमा हनि सिंह पछि रुचाईएका भारतीय सेलिब्रेटिहरुमा नायिका दिपिका पादकुकोन,  क्रिकेटरसचिन तेण्डुलकर , गायिका श्रेया घोसल , नायक सलमान खान , संगितकार एआर रहमान, क्रिकेटर बिराट कोहली , महानायक अमिताभ बच्चन, गायक सोनु निगमर कमेडियन कपिल शर्मापर्दछन ।
फेसबुकमा भएका फ्यान फलोवरलाई आधार मानेर माथि उल्लिखित सेलिब्रेटीहरुको प्रसिद्दीको कुरा गर्ने हो भने एआर रहमानलाई छोडेर लगभग सबैको नेपाल सबभन्दा बढी फलोवर भएको देशहरूको क्रममा चौथो स्थानमा पर्छ । उक्त साइटमा उपलब्ध  तथ्याङ्क विश्लेषण गर्ने हो भने अधिकांश भारतीय सेलिब्रेटीहरुका भारत पछि पाकिस्तान , पाकिस्तान पछि बङ्गलादेश र त्यसपछि नेपालमा नै सबैभन्दा फ्यान फलोवर छन् । कन्ट्रोभर्सी वा जुनसुकै कारणले होस  कमेडियन कपिल शर्माको लागी नेपाल उनका सबैभन्दा बढी फ्यान फलोवर भएको देशमा नेपाल तेस्रो नम्बरमा पर्छ । अन्यको हकमा नेपाल चौथो वा त्यो भन्दा अलि तल पर्छ । संगितकार एआर रहमानलाई नेपालमा भन्दा बढी श्रीलंकामा रुचाईन्छ ।

क्रिकेटर सचिन तेण्डुलकरको फ्यान फलोवरहरुमा नेपालीहरूको स्थान निकै तल छ । उनका फेसबुक फ्यान फलोवरहरुको देशको कुरा गर्दा सबभन्दा पहिले भारत त्यसपछि बङ्गलादेश, पाकिस्तान , युएई, अमेरिका र त्यसपछि मात्र नेपाल आउछ । दुई करोड भन्दा बढी फ्यान फलोवर भएका सचिनका फ्यानहरुमा नेपालीहरू एक प्रतिशत भन्दा अलिकति मात्र बढी छन् ।

चलचित्र क्षेत्रका भारतीय सेलिब्रेटिहरुमा नायक सलमान खानलाई नेपालमा सबभन्दा बढी रुचाइएका कलाकार भन्दा फरक पर्दैन । उनका कुल फ्यान फलोवरहरुमा ३ प्रतिशत अर्थात् सात लाख भन्दा बढी फ्यान फलोवर नेपाली छन् । सलमान खान पछि रुचाईएका भारतीय कलाकारहरुमा महानायक अमिताभ बच्चन हुन । उनका कुल फेसबुक फ्यान फलोवरमा झण्डै साढे चारलाख नेपाली छन् । त्यसो त अमिताभ बच्चनका फ्यान फलोवरहरुमा छिमेकी देशका सर्वसाधरण मात्र हैन प्यालेष्टाईन देखी ईथोपिया सम्मका हिन्दी चलचित्र हेर्ने सर्वसाधरणहरु पर्छन ।

यसो भनिरहदा भारतीय सेलिब्रेटीहरु लोकप्रियताको कसि भन्नु नै फेसबुक फ्यान फलोवर हुन भन्ने चाही हैन । जस्तो कि फेसबुक जस्तै अर्को लोकप्रिय सामाजिक सञ्जाल वेबसाईट ट्वीटरमा माथि उल्लिखित सेलिब्रेटीहरुको उपस्थिति नै मिल्दोजुल्दो छैन । ट्वीटरमा सवा एक करोड फलोवर भएका अमिताभ बच्चनको उपस्थिति फेसबुकमा टप सेलिब्रेटिहरुको क्रमाङ्कमा आठौ नम्बरमा पर्छ । अमिताभ बच्चन भन्दा ठ्याक्क आधा भन्दा कम फलोवर भएर पनि ट्वीटरका टप सेलिब्रेटहरुको दोस्रो स्थानमा रहेका नायक शाहरुख खानको उपस्थिति फेसबुकमा रहेका सेलिब्रेटिहरुको सुचीको टप टेनमा पर्दैन । फेसबुक ट्वीटरका कुनै पनि सामाजिक सञ्जाल वेबसाईटमा नरहेका तर लोकप्रियताको  उचाँईमा रहेका कलाकारहरू पनि मनग्यै छन् जस्तो कि इमरान खान, कङ्गना रानावत, ऐश्वर्या रायबच्चन , बिध्या बालन , केटरिना कैफ, सैफ अलि खान , करिन कपुर, काजोल , रणबिर कपुर आदी ।

सामाजिक सञ्जाल वेबसाईटहरुमा सक्रिय नदेखिका तर पनि चर्चामारहेका सेलिब्रेटिहरुको सोसल मिडिया सँगको सम्बन्धमा पनि कम रोचक छैन । राम्रो सँग कम्प्युटर वा मोबाइल चलाउन नजानेर आफूलाई सोसल मिडिया देखी टाढै राखेका सेलिब्रेटिहरु पनि मनग्यै छन् । ऐश्वार्या राय , बिध्याबाल आदी उदारण हुन । ऐश्वार्या रायले सार्वजनिक रूपमा आफू कम्प्युटरमा पोख्त नरहेको बताई सकेकीछिन भने बिध्या बालन सोसल नेटवर्किङ्क साइटमा लगानी गर्नु पर्ने सम परिवारलाई दिन उचित सम्झीन्छन । काजोलको सोसल नेटवर्किङ्ग साइट सँगको सम्बन्ध झनै रोचक छ । कुनै पनि सामाजिक सञ्जाल वेबसाईटमा प्रवेश नगरीसकेको काजोलको जब ट्विटरमा खाता खुल्यो तब उनको नामको खाताबाट सहकर्मी नायक शाहरुख खानको चलचित्र माईनेम ईज खानको बारेमा गरिएको टिप्पणीबारेमा उनले सफाई नै दिन पर्‍यो । यस्तोमा अब फेरी उनले सोसल नेटवर्किङ्ग वेबसाईट के चलाउथिन होला र ?

Viewing all 92 articles
Browse latest View live