Quantcast
Channel: साइबर चौतारी
Viewing all 92 articles
Browse latest View live

यस बर्षको आईटी बजार

$
0
0
यस बर्ष सुचना प्रबिधीको क्षेत्रमा केही उल्लेखनिय गतीबिधी देखा पर्नेछन । जसले प्रयोगकर्ताको प्रयोगबिधीलाई समेत दिशा निर्देश गर्नेछ । जस्तो कि प्रयोगकर्ताहरुले उही मुल्यमा बढी क्षमताका उपकरणहरु प्रयोग गर्न पाउनेछन भने केही बर्ष अगी हाईफाई र महङ्गा भनिएका उपकरणहरुको प्रयोग सर्वसुलभ हुनेछ । देशको बढ्दो लोडसेडिङ्ग आदीको कारणले कम्पयुटर र कम्पयुटर जन्य उपकरणमा प्रयोगकर्ताहरु संख्या उल्लेखनिय हिसाबले बढ्ला नै त भन्न सकिन्न तर धरानस्थीत अनलाईन कम्पयुटर्सका डाईरेक्टर प्रदिप दाहालका अनुसार यसले प्रयोगकर्ताको बढ्दो अनुपातमा खासै फरक पार्ने छैन ।

बजारमा उपलब्धताको आधारमा यस बर्ष प्रयोग बढ्ने अनुमान गरीएको मदरबोर्ड ले प्रयोगकर्तालाई केही राहत र समस्या सिर्जना गर्नेछ । स्याण्डीब्रिज र आइभी ब्रिज प्रविधीका भनीने यस किसीमका मदरबोर्डहरुमा ईन्धन खपत कम हुन्छ भने पर्फमेन्स गुणस्तरीय पाईन्छ । पुराना कम्प्युटरहरुमा मदरबोर्डहरुले काम गर्न छोडेमा वा केही समस्या सिर्जना भएर नयाँ मदरबोर्ड फेर्नु पर्ने भएमा यसले प्रयोगकर्ताको ढाड सेक्नेछ । किनभने यस किसिमको मदरबोर्डले अहिलेको प्रयोगमा रहेको मेमोरी सपोर्ट गरे पनि प्रोसेसर सपोर्ट गर्दैन । त्यसैले पुराना स्टक मोदरबोर्ड पाउन छोडेमा उपब्ध स्याण्डीब्रीज वा आईभीब्रीज मदरबोर्ड फेर्नु पर्ने अवश्थामा मदरबोर्ड मात्र हेन यस सँगै प्रयोससर पनि फेर्नु पर्छ ।


यस बर्ष प्रयोग बढ्ने ठानिएको युएलबी प्रोसेसरले ल्यापटपको प्रोसेसर बजार कब्जा गर्ने देखीन्छ । हाल बजारमा नाम चलेका ल्यापटप उत्पादकहरुले अल्ट्राबुक नाम दिएर निकालेको ल्यापटपमा यसै किसीमका प्रोसेसर जडान गरीएको हुन्छ । त्यती नै क्षमताको युएलबी प्रोसेसर र पुराना कोर प्रोसेसरको विच ईन्धन खपत क्षमतालाई तुलना गर्ने बित्तीकै यसलाई प्रयोगकर्ताले मन पराउनेछन । जस्तो कि अहिले छ सेल ब्याट्री भएको ल्यापटपले ३ घण्टाको हाराहारीमा पावर ब्याकअप दिन्छ भने त्यसै खालको सिष्टममा युएलबी प्रोसेसर जडान गरीएको छ भने चार घण्टाको हाराहारीमा पावर ब्याकअप दिन्छ ।

गतबर्ष तहल्ला पिट्ने अनुमान गरिएको अलईनवान पिसीले यस बर्ष सुरक्षीत अबतरण गर्ने देखीन्छ । स्क्रीनमै मदरबोर्ड , हार्ड डिस्क , प्रोसेसर र मोबाईल मा झै स्क्रीनमा टच गरेर चलाउन मिल्ने यस किसीमको कम्पयुटरलाई प्रयोगकर्ताले खासै मन पराएको देखीएन । त्यसैले यसको बजार बढ्ला भन्न सकिन्न । बरु कम ईन्धन खपत गर्ने प्रविधीका कम्पयुटहरुले बजार पिट्नेछन । ईटहरी स्थीत पबित्रम ट्राईन्सईकोनोमिक्स ल्यापटप होलसेल बिक्रेता बिशाल बास्तोलाका अनुसार ल्यापटपको दाम भने केही घट्ने छ । उनका अनुसार अहिले नै पनि लिनोभो ब्राण्ड सम्मका साधारण ल्यापटप बत्तिस तेत्तिस हजारमा पाईन्छ ।

यस बर्ष अध्ययन अध्यापन गर्ने तरिकालाई सस्तो दररेटमा पाईने पोर्टेबल प्रोजेक्टरहरुले बदल्न सक्नेछन । काठमाण्डौ स्थीत ओसिन कम्पयुटरका सुरेश कायस्थका अनुसार चालिस हजारको मुल्यमा छ्याप्पछ्याप्ती एलईडी प्रोजेक्टर पाउन सकिन्छ । यसले सरकारी वा न्युन शुलकमा अध्यापन हुने ठाँउमा त असर नदेखाउला तर महङ्गो शुल्क लिएर अध्यापन गराईने ईन्सीच्युट तथा स्कुलहरुलाई नयाँ प्रविधी आत्मसाथ गर्न सहज बनाउने छ ।

ईन्टरनेटमा मा वायरलेस प्रबिधीको प्रयोग बढीरहेको बर्तमान परिप्रेक्ष्यमा यस बर्ष वायरलेस डिभाईसले बजारको आकार निर्माण गर्ने देखीन्छ । अब प्रयोकर्ताहरु वायरलेस ईन्टरनेट सँग वायरलेस माउस, किबोर्ड , र स्पीकरको मज्जा लिनेछन । ब्रदर कम्पनीको वायरलेस प्रिन्टर बिक्री गर्ने काठमाण्डौ स्थीत सागर ईन्फोसिसका सागरदेब लाखेका अनुसार आउदाँ केही बर्षहरुमा प्रयोगकर्ताहरु झन्झटीलो तारको तानाबान बाट मुक्त हुनेछन । कम्प्युटरमा प्रिन्ट गर्ने देखी टाईप गर्ने सम्मको काम वायरलेस डिभाईस बाट नै हुनेछ ।

यो वर्ष एप्पलको आईप्याडको दाम नसस्तीएला तर नेपाली बजारमा ट्याबलेट पिसीको प्रयोग बढ्नेछन । छ सात हजारमा पाईने सस्ता ट्याबलेट पिसीहरुले प्रयोगकर्ताको लाई अलि महङ्गा र नाम चलेका ब्राण्डका ट्याबलेट पिसि बोक्न अभिप्रेरित गर्नेछ । 

फ्लपी ड्राईभलाई पुरै बिस्थापन गरी सकेको एक्सटरनेल डाटा स्टोरेज हार्ड ड्राईभले यस बर्ष पनि प्रयोगर्तालाई रिझाएर राख्ने छ । अनलाईन कम्प्युटर्सका प्रदिप दाहालका अनुसार अहिलेको बजारको ट्रेन्ड हेर्दा एक्सटरनल डाटा स्टोरेज डिभाईसको बजार मुल्य घट्ने छ भने डिभाईसको डाटा स्टोरेज क्षमता बढ्ने छ ।  गत बर्ष ८ जिबीको युएसबी पेन ड्राईभ खरीद गर्दा तिर्नु भएको मुल्यमा यस बर्ष यो भन्दा बढी क्षमताको युएसबी ड्राईभ पाउनुहुनेछ । त्यस्तै डाटा ट्रान्सफर गर्न प्रयोग हुने युएसबी डिभाइसको प्रयोग बढ्ने छ । भर्खरै नेपाली बजारमा प्रवेश पारएको युसबी थ्री प्रबिधीका डिभाआईसहरुको डाटा ट्रान्सफर रेटले प्रयोगकर्ताहरुको मन जितीरहेको छ ।  दाहाल थप्छन प्रयोगकर्ता बढे सँगै यस प्रकारको सामानको मुल्य घट्ने छ किन भने बजारमा सामानको माग बढे सँगै आपुर्ति पनि बढ्नेछन ।

+Pradeep Dahal  को सहयोगमा तयार गरीएको लेख ।

गुगलका केही उपयोगी उत्पादनहरु

$
0
0
नेपाल टेलिकम लगायत नेपालको आईपी ठेगाना बाट चल्ने ईन्टरनेटबाट गुगलमा सर्च गर्दा (जसमा गुगलको डिफल्ट वेब एड्रेस गुगल डट कम डट एनपी हुने गर्दछ ) र गुगल डट कम मा सोझै सर्च गर्दा आउने नतिजाहरुलाई कहिले नियालेर हेर्नुभएको छ ? हेर्ने गर्नु भएको छैन भेन तपाईलाई भन्दीउँ - यस्तोमा समान नतिजा नआउन सक्छ । गुगलले सर्च गरीरहेको प्रयोगकर्ताको आईपी ठेगानालाई आधार मानेर सो क्षेत्रबाट प्रयोगकर्ताहरुले के कुरा खोजीरहेका छन वा सो क्षेत्र सँग सम्बन्धी कुन नतिजा उपयुक्ता हुन्छ भनि आफै बिश्लेशण गरेर नतिजा प्रकाशित गर्ने गर्दछ ।  यस्तोमा तपाइ यदी गुगलको कुनै एक साईटमा लगईन भएर सर्च गरी रहनु भएको छ भने तपाईले झन उत्कृष्ठ नतिजा प्राप्त गर्न सक्नु हुन्छ किनभने तपाईको बिगतको सर्चलाई आधार मानेर गुगलले तपाईको रोजाई पत्ता लगाई सकेको हुन्छ । 

सर्च ईन्जीन , इमेल, स्मार्टफोनको बजारमा कब्जा जमाईरहेको मोबाईल अपरेटिङ्ग सिस्टम एन्ड्रोईड आदी त्यस्ता केही गुगल उत्पादन हुन जसले प्रयोगकर्तोक मन बाँधेर राखेको छ । यसका अतिरिक्त गुगलका त्यस्ता केही विषेश उत्पादनहरु छन जसले प्रयोकर्तालाई उसको सोचाई भन्दा बाहीरको सुबिधा दिईरहेको छ । प्रयोगकर्ताले सोच्नु भन्दा पहिले गुगलके सोच्ने र प्रयोगकर्तालाई सोच्ने मौकै नदिई गुगलले आफ्ना उत्पादनमा बानी पार्नुको कारण यसमा कार्यरत उत्साही र रचनात्मक क्षमता भएका कर्मचारीहरु पनि हुन जसले निश्चीत एउटा तह पार गरे पछी आफूले गुगलमा काम गर्ने अवधीको बिस प्रतिशत समय आफ्नो रोजाईको रचनात्मक कार्य गर्न पाउछन जसको सञ्चालन र सम्बर्धन गुगलकै आफ्नो स्रोत साधनबाट हुने गर्दछन । गुगल मोडरेटर यसको एउटा नमुना हो ।  आउनुहोस ,  भारतियस समाचार पत्र टाईम्स अफ ईण्डीयाले समेत रचनात्मक र उम्दा उत्पादनको दर्जा दिएको केही गुगल उत्पादन बारे चर्चा गरौ ।


गुगल थिङ्क ईनसाईट : यो गुगलको बिश्वबजारमा उपल्बध ग्राहकहरुको रुची , छनौट आदी बिश्लेशन गर्ने महत्वपुर्ण टुल हो । यसबाट विश्व बजारमा चर्चामा रहेका उत्पादनको भविश्य र बजार बारे बिश्लेशन गर्न सकिन्छ । जस्तो कि हाल बजारमा उपलब्ध प्रयोकर्ताहरु कस्तो मोबाईलको माग बढारहेका छन ? कुन खालको एप्सको डाउनलोड बढ्दो छ ? छनौट गर्दा प्रयोगकर्ताले कुन कुरालाई आधार मानेर छनौट गर्दछन ? आदी । हाल यसमा बिज्ञापन , अटोमोबाईल, शिक्षा, फेसन , आर्थिक सेवा आदीको बारेमा सम्बन्धी बिज्ञहरुले ब्यक्त गरेका बिचारहरु पढन पाईन्छ । 


गुगल आर्ट प्रोजेक्ट : विश्वभरीका कलाकारहरुको कला संग्रह गर्ने अभिप्रायले गुगलले शुरुवात गरेको एक महत्वपुर्ण परियोजना हो । यसमा विश्वभरीका डेढ सय भन्दा बढी म्युजिमहरुमा प्रयोकर्ताहरुले आफु स्वयं त्यहाँ छु भने झै गरी भर्चुवल अनलाईन टुर गर्न सक्दछन । यस परियोजनामा नेपालका कुने म्युजियमलाई समावेश नगरीए पनि नेपाल सम्बन्धीत केही सामग्री प्राप्त गर्न सकिन्छ । यो गुगलको अमेरिका स्थीत म्युजियम अफ मोर्डन आर्ट जस्ता केही प्रसिद्द संस्थाको सर्हकार्यमा सञ्चालित परियोजना हो । 


गुगल मार्स : एरिजोना ईन्सीच्युटमा कार्यरत नासा का अनुसन्धानकर्ता र गुगलका टिम मिलेर  यस परियोजनालाई सन २००९ देखी यसलाई सञ्चालनमा ल्याएका हुन । यस परियोजना बाट मंलग ग्रहबारे अध्यन अनुसन्धान गरीने लक्ष्य राखीएको छ ।  गुगल अर्थ पनि यस परियोजनाको एउटा भाग हो , यसमा अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले आफ्नो स्रोत साधनले संग्रह गरेका तस्वीरहरु प्रयोग गरीन्छ । सयमा अन्तरिक्षबाट लिएको पृथ्वीको तस्वीहरुको अतिरिक्त कुनै स्थानमा बिसेशको थ्रिडी म्यापहरु, तथा ३६० डिग्रीमा खिचीएका पानोरोमा म्यापहरु पाउन सकिन्छ । 


गुगल मोडरेटर : कुने प्रश्नोत्तर कार्यक्रम वा मिटिङ्गमा के कुरा सोध्ने भन्नेमा दुबिधामा पर्ने गर्नु भएको छ ? गुगल मोडरेटर तपाईको लागी सहयोगी हुन सक्छ यसमा आफ्नो रुची वा आवश्यकता कुनै पनि विषयमा खुल्ला बहस सञ्चालन गर्न सकिन्छ जसमा प्रयोगकर्ताले आफ्नो प्रश्न सोध्ने , भनाई राख्ने , आप्ना अनुभव सेयर गर्ने , सुझाव दिने आदी कार्य गर्न सक्दछन । स्मरण रहोस यसमा गएर नेपालको आन्तरिक राजनिती वा घटनाक्रमाको बारेमा बहस सञ्चालन गर्न चाहनु भयो भने सहभागी शुन्यको बराबरमा हात लाग्न सक्छन तर विश्व राजनिती वा हाल चर्चामा रहेको उत्तर र दक्षीण कोरियाको तनावको बारेमा बहस सञ्चालन गर्न चाहनु भयो भने सहभागीहरुको घुईचो लाग्न सक्दछ । 


गुगल स्कोलर : यसमा प्रयोगकर्ताले आफ्नो रुचीका विषयमा उपलब्ध आर्टिकल, थेसिस, एब्सट्र्याक्ट , विश्वका बिभीन्न देशहरुका अदालतले गरेका महत्वपुर्ण निर्णय , प्रज्ञिक अनुसन्थान आदिको बारेमा सामग्रीहरु खोज्न सक्दछ ।  यस साईटमा गुगलले प्राज्ञिक अनुसन्धानकर्ताहरुलाई आफ्ना अध्ययन अनुसन्धानलाई आधारमा मानेर कसैले कुनै शोध गरीरहेको भए सो सम्बन्धमा जानकारी दिने गर्दछ । अहिले सम्म ईन्टरनेटमा प्राप्त यस किसीमका उत्पादनहरुको चर्चा गर्दा गुगलको यो उत्पादन उत्कृष्ठ उत्पादन हो जसको बलियो प्रतिष्पर्धी कसैलाई मान्न गार्हो छ ।

फायरफक्स माहात्म्य

$
0
0
झण्डै चार वर्ष अगाडी जतिखेर वेब ब्राउजिङ्ग एप्लीकेशनको रुपमा माईक्रोसफ्ट निर्मित ईन्टेनेट एक्सप्लोररको दबदबा थियो त्यतीबेला मोजिल्ला फाईयफक्सको तिन दशमलव छ को परिमार्जित संस्करण प्रचलनमा थियो । अहिले फायरफक्सको आधिकारिक वेबसाईटमा एक्काईसौ संस्करण डाउनलोड गर्न सकिन्छ  ।  यति मात्र हैन  यस बिच फायरफक्सले सबभन्दा छोटोसमयमा सबभन्दा धेरै पटक डाउनलोड हुने सफ्टवेयरको किर्तिमान पनि कायम गर्यो  । यसका केही अद्यावधिक बिसेशताहरु बाट प्रभावित भएर  टेक पण्डीतहरुले ईन्टरनेट एक्स्पलोरर  फायरफक्स डाउनलोड गर्नेको लागी (मात्र) नभई नहुने ब्राउजर भने खिल्ली उडाई दिए । अहिले ईन्टरनेट एक्सप्लोरर ले पनि धेरै फड्को मारिसकेको छ तर पनि क्रस प्लेटफर्म कम्प्याबिलीटी (भिन्न भिन्न अपरेटिङ्ग सिस्ट्ममा उही गती र क्षमतामा चल्ने विषेशता) र नयाँ नयाँ वेब टेक्नोलोजी लाई आत्मसात गर्ने अलि पछी परे झै देखीन्छ  । फायरफक्स यि सबै घटनाक्रम पछ्याउदै अगी बढीरहेको छ । यसैले त चार वर्षमै यसको बिकासक्रम एक्काईसौ सस्करणमा पुगेको छ ।

कसरी गरीन्छ सफ्टवेयरको भर्सन नम्बरीङ्ग ।

यस बारे वीकीपेडीयामा हेर्नु भयो भने बिस्तृतमा पाउनु हुन्छ ।तर संक्षेपमा भन्दा साधारणतया सफ्टवेयरको भर्सन नम्बर X.Y.Z लेखेर गरीन्छ । यहाँ X भन्नाले सफ्टवेयरमा मेजर चेन्ज भएको भन्ने बुझिन्छ भने X पछी आउने Y ले माईनर चेन्ज भन्ने बुझीन्छ । त्यस्तै Y पछी आउने Z ले चाही सफ्टवेयरमा भएका सानातिना बगफिक्स वा सफ्टवेयरको प्याच भर्सन भन्ने बुझीन्छ । उदारणको लागि Software Version 3.5.2 भनियो भने Software भन्ने प्रोग्राममा बनाए देखी ३ वटा मेजर चेन्ज भै सकेका छन । त्यसमा ३ वटा मेजर चेन्ज गरे पछी पनि त्यसमा सानातिना ५ वटा माईनर चेन्ज गरिएछ भन्ने बुझीन्छ । त्यस्तै Software Version 3.5.2 मा लाष्टको 2 ले चाँही त्यस प्याकेजको स्टेबल रिलीजको लागि (उदारणको रुपमा भन्नु पर्दा) दुई पटक प्याच भर्सन निकाली सकेछ भन्ने बुझीन्छ । सफ्टवेयरको भर्सन नम्बरिङ्ग गर्ने कतिपयको आ-आफ्नो तरिका पनि हुन्छ । उदारणको लागी युबुुन्तु (लिनक्स अपरेटिङ्ग सिस्टम) ले जुन महिनामा नयाँ भर्सन आउने त्यो महिनाको वर्ष र महिनालाई आधार मानेर गर्छ । जस्तो युबुन्तु १३.०४ भन्नाले सन २०१३ को अप्रिल महिनामा रिलीज भएको संस्करण भन्ने बुझीन्छ भने माईक्रोसफ्टले आफ्नो सफ्टवेयरको [major].[minor].[revision].[build] भन्ने आधारमा भर्सन नम्बरीङ्ग गर्छ । अर्थात सफ्टवेयर भर्सन नम्बरीङ्ग यसरी नै गर्नु पर्छ  हार्ड एण्ड फाष्ट रुल छैन । साधारणतय माथी उल्लेख गरे अनुसार गरिन्छ ।


फायरफक्समा यस्ता केही गुणहरु अर्न्तरनिहित छन जसले प्रयोगकर्ताको मन बाँधेर राख्ने गरेको छ । जस्तो कि यसलाई एक गैरनाफा मुखी परियोजना अन्तर्गत बिकास गरिएको छ । तेस्रो संस्करणमा हुदाँ फायरफक्स को ईन्सटलेशन फाईल साईज पाँच मेगा बाईट भन्दा पनि कम थियो अहिल लगभग बिस मेगाबाईट को भै सकेको छ । फाईलसाईजकै बिचार गरेर सोझो हिसाबले सोच्ने हो भने पनि नयाँ संस्करणको बिकास सँगै यसको क्षमता र फिचहरुमा पनि स्तरोन्नती भैरहेको छ ।  बजारमा आफ्नो विकास क्रमलाई स्थीर राख्नको लागी यसले आफ्नो सफ्टवेयरको स्तरोन्नती मात्र गरेको छैन प्रयोगकर्ताको वेब ब्राउज गर्ने शैली र रुचीलाई  पनि उत्तिकैआत्मसात गरेको छ । जस्तो कि अहिले तपाई फायफक्सलाई आफ्नो पर्सनल कम्प्युटरमा मात्र हैन मोबाईल फोनमा पनि ईन्सटल गर्न सक्नु हुन्छ । यसको बिशेशताहरु अध्यावधिक गर्न यसलाई निर्माण गर्ने कम्पनी सँगै खुल्ला तथा स्वतन्त्र सफ्टवेयरका पक्षधरहरु स्वत:स्फुर्त रुपमा आफ्नो योगदान पुर्याउदै आईरहेका छन । जसले गर्दा विश्वभरका कयौ रचनात्मक शोचहरु यसलाई कसरी प्रयोगकर्ताको  वा सुबिधामा प्रयोग गर्ने भनेर लागी परेका हुन्छन ।  उदारणको लागि फायफक्स ईन्सटल गर्नु भए पछी युट्युब भिडीयो डाउनलोडर , वान क्लीक भिडीयो डाउनलोड जस्ता  केही साहायक टुल्स (जसलाई फायरफक्स मा एड-अन्स भनिन्छ । ) हरु ईन्सटल गर्न सकिन्छ जसको साहायताले ईन्टरनेट इक्सप्लोरर जस्ता अन्य वेब ब्राउजरहरुमा  सजिलै गर्न नसकिने कामहरु गर्न सकिन्छ ।  त्यस्तै डाउनदेम अल जस्ता केही डाउनलोड मेनेजर एड- अन्स ईन्सटल गर्नु भयो भने तपाईले ब्राउजर भित्रै सिङ्गो ईन्टरनेट डाउनलोड मेनेजरको सुबिधा प्रयोग गर्न सक्नु हुन्छ । जसमा ठुला ठुला फाईल डाउनलोड रिज्युम , पज स्टप आदी गरेर पुन्: डाउनलोड गर्न सक्नु हुन्छ

फायरफक्समा अतिरिक्त एडअन्स इन्सटल गरेर आफ्नो रुची अनुसारको वेब ब्राउजर बनाउनका अतिरिक्त यसको निमार्ण प्रकृयामा त्यस्ता केही फिचर समावेस गरीएका छन जस्तो प्रयोगकर्ताको मन लोभ्याउछ । जस्तो कि प्राईभेट ब्राउजिङ्ग यसको गतिलो उदारण हो । कसैको कम्प्युटरमा गएर फायरफक्स मार्फत वेब सर्फ गर्नु भो भने मैले हेरेका सबै साईटहरुमा पो अरुले थाहा पाउने हो कि वा मेरो पासवर्ड पो कसैले पत्तो पाउने हो भनेर डर मान्नु पर्दैन । यसको प्रिफरेन्स भन्ने मेनुमा गएर व्राउजिङ्ग हिस्ट्री सेभ नहुने बनाउन सकिन्छ । हेरी सकेका वा सेभ भएका हिष्ट्रीलाई पनि डिलिट गर्न सकिन्छ । फायफक्समा यो भन्दा रमाईलो र उपयोगी फिचरमा रुपमा यसमा रहेको सिङ्क भन्ने फिचरलाई लिन सकिन्छ । खासमा सिङ्क भनेको बुकमार्क फिचरको उपयोगी सुबिधा हो । जस्तो कि मानिलिनुस – तपाई अफिसमा र घरमा दुबै तिर ईन्टरनेट चलाउनु हुन्छ । नेट सर्फ गर्दै जाँदा तपाईले केही उपयोगी साईट बुकमार्क  गर्नु भयो भने कालान्तरमा प्रयोग गर्ने गरी यसको सेभ गर्न सकिन्छ  । बुकमार्क अहिले सोसल बुकमार्क साईटमा पनि गर्न सकिन्छ तर फायरफक्सको बुकमार्क सोसल बुकमार्क भन्दा अलि सजिलो छ । यसमा एकै युजरनेम (जसलाई फायरफक्समा मुलत: बुकमार्क सिन्क्रोनाईज गर्न प्रयोग गरिन्छ ।) बाट चलाईएका ब्राउजरमा कुनै एकमा बुकमार्क गर्नु भयो भने अर्को त्यही युजरनेम बाट चलेको ब्राउजर मा सो बुकमार्क सिन्क्रोनाईज भएर रहन्छ । त्यस्तै अपरेटिङ्ग सिस्टम रि-ईन्सटल गर्दा ब्राउजरमा सेभ गरेको रहेको बुकमार्क पुन: स्थापित गर्न सकिन्छ ।

याहुले किन्न लागेको टम्बलर

$
0
0
ईन्टरनेट जायन्ट कमप्नी याहुले टम्बलरलाई खरिद गर्ने भएको छ । अमेरिकाको न्युयोर्कबाट ब्लगिंग साइट सञ्चलान गरीरहेको टम्बलरलाई याहुले १.१ अर्ब डलरमा किन्ने भएको हो । फरक प्रकारको ब्लगिङ्ग प्लेटफर्मको लागी टम्बलर प्रसिद्द छ । बिगतमा पनि डेलिसियत जस्ता सोसल बुकमार्किक अधिग्रहण गरेपछी त्यसको ख्यातीमा कमी आएको परिप्रेक्ष्यमा याहुका कार्यकारी अधिकारी मेरिसा मेयरले टम्बलरलाई याहुले किनेपनि त्यो स्वतन्त्ररुपमा नै सञ्चालन हुने बताएकी छिन । चलनचल्तीको ब्लगिङ्ग वेबसाईटले नजरअन्दाज गरेका फिचरहरु लाई सम्बोधन गरी केही फरक प्रकारको ब्लगीङ्ग प्लेटफर्मको रुपमा सन २००७ मा २६ डेबिट कार्प तथा मार्को अर्मेट मिली संयुक्त रुपमा टम्बलरको  बिकास गरेका थिए । अहिले टम्बलरमा कार्पको २५ प्रतिशत हिस्सेदारी छ भने उनि अहिले प्रमुख कार्यकारीको रुपमा कार्यरत छन । याहुले खरिद गरे पछी पनि कार्प सो पदमा नै काम गरीरहने बताइएका छन ।

के छ टम्बलरमा ? : चलनचल्तीको ब्लगीङ्ग वेबसाइटमा ब्लगपोष्ट तयार गरीदा सो पोष्टको शिर्षक तथा केही फोटाहरु
सहित त्यसको लम्बेतान ब्यखान उल्लेख गर्ने गरीन्छ । वर्डप्रेस, ब्लगर जस्ता यस प्रकारका फिचर भएका ब्लगिङ्ग प्लेटफर्महरुलाई कन्टेन्ट मेनेजमेन्ट सिस्टमको रुपमा प्रयोग गरीन थालेको छ । टम्बलर मा तपाई यस प्रकारको परम्परागत ढाँचाको ब्लगिङ्ग मात्र हैन अलि फरक प्रकारको पोष्ट पनि तयार गर्न सक्नु हुन्छ । जस्तो कि टम्बलरको बुझाइमा कुनै महान दार्शनिकले भनेको एक लाईनको महानबाणी पनि ब्लगपोष्ट हुन सक्छ । यसको शिर्षक हुन पर्दैन र डिस्प्ले पनि परम्परागत ब्लगिङ्ग पोष्टको ढाँचा भन्दा अलि फरक प्रकारले हुन्छ । त्यस्तै यस वेबसाइटमा तपाई एउटा फोटोलाई पनि एउटा ब्लगपोष्टको रुपमा पोष्ट गर्न सक्नु हुन्छ । यसको शिर्षक राख्ने ठाँउ तपाई भेट्नु नै हुन्न बरु एउटै ब्लगगपोष्टमा एक भन्दा बढी फोटो अपलोड गर्न सक्नु हुन्छ र प्रत्येकका क्याप्सन राख्न सक्नु हुन्छ । एउटा मात्र फोटो हुदाँ त्यसलाई फेसबुकमा हाईलाईट गरेर राखीए जस्तो पुरा पेज ढाक्ने गरी आर्कषक शैलिमा डिस्प्ले हुन्छ ।

त्यस्तै अन्य ब्लगिङ्ग प्लेटफर्म धेरै झन्झटिलो प्रकृया पुरा गरी अपलोड गर्न सकिने अडियो तथा भिडीयो पोष्ट फिचरलाई टम्बलरले केही क्लीकको भरमा हुने बनाई दिएको छ । टम्बलरको बुझाईमा तपाईको केही लेख्ने मुड नहुदाँ तपाईको मन पर्ने गित पनि त्यो क्षण ब्लगपोष्टको रुपमा पब्लीस हुन सक्छ । १० मेगा बाईट भन्दा सानो अडियो फाइललाइ तपाई टम्बलरमै स्टोर गरेर राख्न सक्नु हुन्छ भने त्यो भन्दा ठुला फाइललाई साउण्ड क्लाउड जस्ता साइटमा होष्ट गरेर टम्बलर साइटमा इम्बेड गर्न सकीन्छ । भिडीयो फाईललाई तपाई ब्लग पोष्ट बनाएर राख्न चाहुनु हुन्छ भने १ सय मेगाबाइट सम्मको फाईल अपलोड गर्न सक्नु हुन्छ त्यो भन्दा ठुला र ५ मिनेट भन्दा लामा फाइल ब्लगपोष्टको रुपमा पब्लीस गर्नु पर्दा अन्य साईटमा होष्ट गरेर ईम्बेड गर्ने तपाई स्वतन्त्र हुनु हुन्छ । टम्बलरले तपाईलाई यसको कार्य गर्नको लागी सजिला सजिला फिचर उपलब्ध गराएर प्रोत्साहित पनि गर्दछ ।

यति मात्र हैन, कुनै दुइजना ब्यक्तीको संवाद लाई तपाई ब्लगपोष्टको रुपमा राख्न सक्नु हुन्छ जसको डिस्प्ले च्याट गर्ने वेबसाइटमा जस्तो कुन लाईन कसले भनेको हो भन्ने गरी छुट्याएर देखाई दिन्छ । त्यस्तै यसमा भएको अर्को रमाईलो फिचर भनेको यसमा लिङ्कलाई पोष्टको रुपमा पब्लिस गर्ने फिचर हो । मानि लिनुस - तपाईलाई कुनै वेबसाइटमा भएको कन्टेन्ट मन पर्यो वा तपाई त्यसमा आफ्नो केही ओपिनियन दिएर शेयर गर्न चाहनु हुन्छ । यस्तोमा तपाईलाई टम्बलरले तपाईलाई तपाईको काम सजिलो पारि दिन्छ । यसको लागि तपाईले त्यहा दिएका तिन वटा फिल्ड मा आफुले शेयर गर्न चाहेको कन्टेन्ट , त्यसको युआरएल (लिङ्क) र त्यसमा तपाईको केही टिप्पणी भए त्यस देखी तल तिर राख्न सक्नु हुन्छ । अब तपाईले यसलाई पब्लीस गरी सके पछी सो पेजको टाइटलमा क्लीक गर्दा अटोमेटिक रुपमा तपाईले शेयर गर्न चाहेको साइट खुल्छ । परम्परागत ब्लगिङ्ग साइट भन्दा यसको निर्माण प्रयोग किन पनि छ भने अन्यमा जस्तो यसले प्रत्येक पोष्टको शिर्षक अनिवार्य रुपमा हुनु पर्छ भन्ने ठान्दैन ।  विना शिर्षक तपाई ब्लगपोष्ट तयार गर्न सक्नु हुन्छ ।

यसमा प्लेटफर्म बाट तयार गरीएका वेबसाईटका पोष्टहरुलाई फेसबुकमा जस्तो लाईक गरेर शेयर गर्न सकिन्छ । रिब्लग यसको फरक खालको फिचर हो । यसको काम झण्डै फेसबुकको शेयर जस्तो हुन्छ तर ब्लगीङ्गमा कुनै पोष्ट मन पर्दा आफ्ना केही टिप्पणी सहित रिब्लग गरेर शेयर गर्न सकिन्छ । आफ्नो रोजाईको डिजाईनमा साइट चलाउनको लागी निशुल्क रुपमा टेम्लेटहरु पाइनु , आफ्नै नामको डोमेन डिएनएस म्यापिङ्ग गर्न सकिनु , एउटै टम्बलर खाताबाट एक भन्दा बढी ब्लग साईट होष्ट गर्न सकिनु आदी यसका अतिरिक्त बिशेशता हुन । जसले यसको सेवालाइ सुनमा सुगन्ध थपि दिएको छ । जसलाई धेरैले रुचाएका छन । टम्बलर होमपेजकै कुरा गर्ने हो भने यो लेख तयार पार्दा सम्म टम्बलरमा १ सय १० अर्ब बल्ग र ५१ दशमलब ३ अर्ब पोष्ट भईसकेको छ ।  यस साइटको एन्ड्रोइड तथा आइफोन मोबाइल बाट चलाउन मिल्ने गरी बनाइएको मोबाइल एप्लीकेशनहरु पनि उपबल्ध छ ।


गरीरहेको टम्बलरलाई याहुले १.१ अर्ब डलरमा किन्ने भएको हो । फरक प्रकारको ब्लगिङ्ग प्लेटफर्मको लागी टम्बलर प्रसिद्द छ । बिगतमा पनि डेलिसियत जस्ता सोसल बुकमार्किक अधिग्रहण गरेपछी त्यसको ख्यातीमा कमी आएको परिप्रेक्ष्यमा याहुका कार्यकारी अधिकारी मेरिसा मेयरले टम्बलरलाई याहुले किनेपनि त्यो स्वतन्त्ररुपमा नै सञ्चालन हुने बताएकी छिन । चलनचल्तीको ब्लगिङ्ग वेबसाईटले नजरअन्दाज गरेका फिचरहरु लाई सम्बोधन गरी केही फरक प्रकारको ब्लगीङ्ग प्लेटफर्मको रुपमा सन २००७ मा २६ डेबिट कार्प तथा मार्को अर्मेट मिली संयुक्त रुपमा टम्बलरको  बिकास गरेका थिए । अहिले टम्बलरमा कार्पको २५ प्रतिशत हिस्सेदारी छ भने उनि अहिले प्रमुख कार्यकारीको रुपमा कार्यरत छन । याहुले खरिद गरे पछी पनि कार्प सो पदमा नै काम गरीरहने बताइएका छन ।

मेरो टम्बलर साईट हेर्ने भए यहाँ क्लीक गर्नुहोस

अनलाईन फोटो स्टोरेज

$
0
0
आजभोली अलि गतिला स्मार्टफोन देखी डिजीटल क्यामरा सम्मले जो कोहीलाई फोटोग्राफर बनाई दिएको छ । फोटोग्रीफीमा साधारण ज्ञान भएकाहरु पनि साधरण अवश्थालाई असाधरण तरिकाले क्यामरामा कैद गरेर आफ्नो क्रियटीभिटीको परिक्षण गर्दछन । केही वर्ष अगाडी सम्म म्यानुवल क्यामरा चलाउदा मान्छेहरु रोजेर र सोचेर फोटो खिच्थे किनभने त्यसले क्यमराको रिल मात्र नाश गर्दैन थियो त्यसलाई धुलाएर फोटो निकाल्न पनि फेरी पैसा खर्च गर्नु पर्दथ्यो । तर अहिलेको डिजीटल फोटोग्राफीको जमानामा ठ्याक्कै त्यस्तो अवश्था छैन । मन लागेको अवश्थामा फोटो जती पनि खिच्न सकिन्छ तर यसको भण्डारण ठुलो चुनौती भएर रहेको छ । हुनलाई यो चुनौती तपाई हाम्रो मात्र हैन विश्वब्यापी समस्या हो । गत हप्ता मात्र याहु को फोटो भण्डारण गर्ने वेबसाईट फिल्करले १ हजार गिगाबाईट सम्मको फोटो निशुल्क भण्डारण गर्ने सुबिधा दिएको छ । याहुको फिल्कर मात्र हैन गुगलको पिकासा पनि फोटो भण्डारणको लागी कहलिएको वेबसाईट हो । आउनुसहोस यि र यस्तै केही अन्य वेबसाईट बारे चर्चा गरौ ।


फिल्कर  : विश्व प्रसिद्द ईन्टरनेट कम्पनी याहुको स्वामित्वमा रहेको यस वेबसाईटले गत हप्ता देखी १ टेराबाईट सम्मको फोटो निशुल्क भण्डारण गर्ने सुबिधा दिन थालेको छ । यसमा हाल प्रचलनमा रहेको सात मेगापिक्सल क्षमताको स्मार्टफोन वा डिजीटल क्यामराले खिचेका झण्डै पाँच लाख फोटो भण्डारण गर्न सकिन्छ । सर्वसाधरणको लागी यती फोटो खिचेर अपलोड गर्नु अलि अलि अस्वभाविक देखीन्छ तर ब्यबसायीक फोटोग्राफरहरुले याहु आईडी प्रयोग गरेर यसको उचित उपयोग गर्न सक्दछन । फिल्करको उल्लेखनिय अन्य बिशेशतामा स्मार्टफोनको लागी तयार गरीएको एप्लीकेशनको साहायताले वेबमा सोझै अपलोड गर्ने मिल्ने सुबिधा र यसमा भण्डारण गरेका फोटोहरुको गोपनियता हो । यसमा तपाईले साना साना भिडीयो पनि अपलोड गरेर राख्न सक्नु हुन्छ

पिकासा  : डेक्सटप कम्प्युटरमा एप्लीकेशन ईन्सटल गरेर समेत वेबमा फोटो अपलोड गर्न मिल्ने यस
साईटको स्वामित्व गुगलमा रहेको छ । फिल्करको जस्तै यसको पनि स्मार्टफोनमा प्रयोग गर्न मिल्ने एपलीकेशन हरु छन । यसमा १ गिगाबाईट सम्मका फोटोहरु निशुल्क अपलोड गर्न सकिन्छ । फिल्करको तुलनमा यसको भण्डारण क्षमता ज्यादै न्युन देखीए पनि पिकासको लागी गुगलले १ गिगाबाईट क्षमताको ईमेल सेवा शुरु गर्दा हटमेल, याहु जस्ता कम्पनीलाई जस्तो मनोबैज्ञानिक दबाब परेको थियो त्यस्तै अवश्था हो । यसै पनि फिल्करले आफ्नो भण्डारण क्षमता बृदी गरेको धेरे भएको छैन ।

स्मगमग  : अनलाईन भुक्तानी गर्ने समस्या वा निशुल्क उपलब्ध बिकल्पहरुले चित्त बुझाई रहेकोले हुन सक्छ यसलाई नेपाली प्रयोगकर्ताहरुले साखै प्रयोग गरेको देखीदैन तर विश्व बजारमा ब्यबसायीक फोटग्राफरहरुले आफ्नो फोटो भण्डारण गर्न रुचाएको वेबसाईटहरु मध्ये यो पनि अग्रपङ्गतीमा पर्दछन । यसमा ग्राहक बन्नको लागि कम्तीमा बार्षिक चालिस अमेरिकी डलर भुक्तान गर्नु पर्दछ तर जती पनि फोटो भण्डारण गर्न सकिन्छ । यस साईटमा उल्लेख भए अनुसार यसका तिनलाख भन्दा बढी प्रयोगकर्ता छन ।

फोटोबकेट : यस साईटमा विश्वभरीका प्रयोगकर्ताहरुले दश अर्ब भन्दा फोटो भण्डारण भण्डारण गरेको छ
भनिन्छ । यस तथ्यलाई आधारमान्दा पनि यसको लोकप्रियता आंकलन गर्न सकिन्छ । यसमा निश्चीत क्षमताका असंख्या फोटो भण्डारण गर्न सकिन्छ भने यसलाई फेसबुक जस्ता सामाजिक सञ्जाल  वेबसाईटहरुमा पनि जडान गरेर प्रयोग गर्न सकिन्छ । यस वेबसाईटमा अनलाईन फोटो एडिटिंङ्ग गर्ने सुबिधा समेत रहेको छ ।

माथीको लिष्टमाईन्टाग्राम, फेसबुकजस्ता वेबसाईटहरुलाई समावेश नगरिनुका कारण मुलत: यि साईटहरु फोटो स्टोरेज गरेर राख्ने अभिप्रायले सञ्चालनमा रहेका हैनन भनिन्छ । यि  साईटहरुलाई फोटो शेयरीङ्ग गर्ने सामाजिक सञ्जाल वेबसाईट भन्न सकिन्छ  तर नेपली प्रयोगकर्ताहरुको बानी हेर्ने हो भने फोटो स्टोरेज गर्ने वेसाईटहरुमा फेसबुक १ नम्बरमा देखीन्छ ।  फेसबुकमा अपलोड गरीएका फोटोहरु अपलोड भै सक्दा यसको गुणस्तरमा कमी आई सकेको हुन्छ र यसमा अपलोड गरीएका फोटो कसलाई हेर्न दिने कसलाई हेर्न नदिने भन्ने सेटिङ्ग नमिलाउने हो भने यसको दुरुपयोग हुने सम्भावना प्रवल रहन्छ तर माथी उल्लेख गरीएका वेबसाईटहरु मुलत: फोटो स्टोरेज गर्नकै लागी निर्माण गरीएका हुनाले यी साईटहरु युजरफ्रेण्डली र गोपनियता र गुणस्तरको हकमा अगाडी छन ।  यसैले तपाई आफुले रोजेर माथीको कुनै पनि वेबसाइटमा फोटो भण्डारण गरेर राख्न सक्नु हुन्छ ।
यो लेख मिती २०७० जेठ १९ गतेको ब्लाष्टमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।

SLC को नतिजा वेबसाइट र मोबाईलमा मात्र

$
0
0
सुचना प्रविधीको बिकास र बढ्दो पँहुच सँगै फलामे ढोका मानिने SLC को नतिजा प्रकाशन गर्ने परम्परागत ढाँचा फेरिदो छ । केही वर्ष अगाडी गोरखापत्रमा छापीएको एसएलसीको नतिजा हेर्ने घण्टौ हिडेर सदरमुकाम जानेहरुलाई अचम्म लाग्न सक्छ यस पटक देखी परिक्षा नियन्त्रण कार्यलय सानोठिमीले कुनै पनि पत्रिकामा SLC को नतिजा प्रकाशन गर्ने छैन । बिकल्पमा सरोकारवालाहरुले वेबसाईटमा हेरेर तथा एसएमएस गरेर नतिजा थाहा पाउने छन । पत्रिकाको संख्या बढे पनि यसको प्रभाव र पँहुँच दुर्गम गाँउको तुलनामा शहरी क्षेत्रमा मात्र बढेकोले पत्रिकामा  नतिजा प्रकाशन नगर्दा सरोकारवालाहरुालाई खासै अप्ठ्यारो नपर्ने बताईएको छ ।

पनिकाले नतिजा सार्वजनिक गर्ने बित्तिकै शिक्षा बिभागको वेबसाईट www.doe.gov.np , एडुसञ्जाल को वेबसाईट www.edusanjal.comमा नतिजा थाहा पाउन सकिन्छ भने www.soce.gov.np, slc.ntc.net.np , www.educationsansar.comआदीमा नतिजा र प्राप्ताङ्क दुबै थाहा पाउन सकिने बताईएको छ ।

मोबाईल टेक्नोलोजीको बिकास सँगै यसको प्रबर्दन र बिकासमा लागीपरेका सँघ संस्था आदीले SLC नतिजाको प्रकाशन र प्रशारणलाई सेवाग्राहीको आवश्यकता अनुरुप परिमार्जन गर्दै लगेका छन । जस्तो कि Prima It Solutions Pvt Ltdले नतिजा शुरु हुनु पहिल्यै  त्यसले बिकास गरेको प्रणालीमा SMS गरी आफ्नो सिम्बोल नम्बर दर्ता गराए नजिजा प्रकाशन हुने बित्तिकै नतिजा सम्बन्धीतको मोबाईलमा पठाईदिने बताएको छ  ।   त्यस्तै मोबाईल टेक्नोलोजीमा कहलिएको  स्पारो एमएमएसका +Amit Agrawal  का अनुसार परिक्षा नियन्त्रण कार्यालय, सानोठिमीबाट नतिजा प्रकाशन भएपछि, एस् एम एस् बाट एस्एलसी को नतिजा हेर्नलाई आफ्नो मोबाइलको मेसेज बक्समा गएर slc पर्दछ अनि एउटा स्पेस दिएर आफ्नो एसएलसीको सिम्बल न. लेखेर ५००१ मा पठाउनु पर्दछ  त्यसपछी सो सिम्बोल नम्बरको बिध्यार्थी कुन डिभीजनमा पास वा फेल के भएको हो सो नतिजा आफ्नो मोबाईलको ईनबक्समा देखा पर्दछ ।
औपचारिक रुपमा सधैझै परिक्षा नियन्त्रण कार्यलयले SLC को नतिजा असार पहिलो हप्ता प्रकाशित हुने बताए पनि नतिजा प्रकासन र प्रशारणमा संलग्न श्रोतका अनुसार यही बुधबार नतिजा प्रकाशन हुनेछ ।

मैले घुस दिए

$
0
0
आजभोली चियापसल देखी पाँच तारे होटल सम्म घुस खुवाएको खाएको कुरा हुन्छ तर यसको कारण र सो कार्यमा संलग्नहरुलाई सजाय वा मनौबैज्ञानिक दबाब दिएर हतोत्साही गर्न कसैको ध्यान गएको छैन । साधरणतया घुस खाने र ख्वाउने काम कुनै लेखापढी वा टिपोट गरेर नगरिने हुनाले मर्कामा परेको ब्यक्तीहरु पनि कानुनको साहारामा जान सक्दैनन । कानुनले खोज्ने प्रमाण तिनीहरु सँग हुदैन । प्रमाण राखेर घुस दिनेहरु दोहोरो मारमा पर्ने गरेका छन ।

हाम्रो देश नेपाल मात्र हैन नेपाल जस्ता अल्पविकसित र बिकासोन्मुख देशहरुको पनि मुख्य समस्या भनेको भ्रष्ट्रचार पनि एक हो । अझ सरकारी , अर्धसरकारी कर्मचारीहरु स्वयको कार्यशैलिको कारणले जनमानसमा होससेलमा अलोकप्रिय हुने गरेका छन ।  ब्यक्तीगत कुण्ठा र आक्रोश पनि समस्त कर्मचारीतन्त्रलाई एउटै बाकसमा हालेर बदनाम गर्नको लागी एउटा कारण हुन सक्छ तर सर्वसाधरणले प्रत्यक्ष काम लिनु पर्ने अड्डाका कर्मचारीहरु भन्ने बित्तिकै घुस्याहा सोच्ने समाजको बिकास हुन लागेको छ । यस्तो अवश्थामा सर्वसाधरणको यस किसीमको नकारात्मक धारणा परिवर्तन गर्नको लागी न स्वयं कर्मचारीतन्त्र अग्रसर छन न समन्धीत निकायले सरोकारवालाहरुलाई आश्वस्त पार्न सकेको छ ।
यसै परिप्रेक्ष्यमा काठमाण्डौमा रहेर सुचना प्रविधीको क्षेत्रमा काम गरी रहेका +Vivek Bhusal  ‌ र +Suman Humagain  लगायत केही युवाहरुले सामुहिक रुपमा एक वेबसाईटको निर्माण गरेका छन । अनौपचारिक रुपमा “मुभमेन्ट नेपाल” नाम दिएर समाजमा ब्याप्त बिकृती बिसंगती कम गर्न लागी परेका ति युवाहरुको आईपेडअब्राईबनामको वेबसाईट स्वंय आफैले भोगेको विसंगतीको परिणती पनि हो ।  उक्त वेवसाईटमा उनिहहरुले तपाईले कहिले , कहाँ , कुन कार्यलयमा कसरी घुस ख्वाउनु भो रिपोर्ट गर्न सक्ने ब्यबश्था गरेका छन । यस वेबसाईटलाई तपाई एन्ड्रोईड मोबाईलमा एन्ड्रोईड एप्लीकेशनको रुपमा पनि जडान गर्न सक्नु हुन्छ । यस वेबसाईट निर्माण गर्ने समुहका अगुवा बिशाल भुसालका अनुसार वेबसाईटमा राखेकै भरमा भ्रष्ट्रचार कम हुन्छ भन्ने हैन तर यसले सरोकारवालाहरुलाई जिम्मेवार र सजग चाही बनाउछ भन्ने चाँही हो । उनका अनुसार उक्त वेबसाईटमा तपाई आफुले घुस दिनु पर्नाको कारण लाई एउटा घटानाको रुपमा उल्लेख गरेर रिपोर्ट गर्न सक्नु हुन्छ । जुन सोही किसमीको काम गराउनु पर्नेहरुको लागि मार्गदर्शन हुन सक्दछ ।

परिक्षणको रुपमा रहेको यस वेबसाईटमा अहिले तपाई आफूले घुस ख्वाउनु भएको कारण रकम,  कार्यलय र सो कार्यलय रहेको जिल्ला सम्म तोक्न सक्नुहुन्छ बाँकी कुरा ब्यबहार घटनाले बताउछ । एउटै संस्था भित्रपनि घुस खाने र नखाने कर्मचारी हुन्छन कार्यलयको नाम तोकिदा बाँकी रहेका ईमान्दार कर्मचारीको पुग्ने चोटको बारेमा भने भुसालको धारण यस्तो छ – ब्यक्तीमा आफ्नो दायित्व र ईमान्दारीताको अंश जिवीत रहोस भन्ने हाम्रो कामना हो । रिपोर्ट गर्नेहरुले पनि समाजमा ब्याप्त बिकृतीलाई कम गर्ने अभियानमा साथ पुगोस भन्ने अभिप्रायले गलत कुरा रिपोर्टिङ्ग गर्दैन र रिपोर्टिङ्ग भएका कार्यलयका ईमान्दार कर्मचारीले पनि भ्रष्ट्राचार हुने गरेकै भए सो रोक्न आ आफ्नो तहबाट पहल गरुन भन्ने हाम्रो धारणा हो । घुस खानु , खुवाउनु मात्र हैन खाएको देखी देखी सो रोक्न पहल नगर्नु पनि एक किसीमको सजायको भागीदार हुनु हो । र मुख्य कुरा कसैल रिपोर्ट गरेकै भरमा सोझै सो कुरा पब्लिस हुदैन । आवशयकता अनुसार सो को अध्ययन पनि हुन्छ । घटना संवेदनशिल भएको खण्डमा रिपोर्ट गर्ने ब्यक्तीलाई सोझै सम्पर्क पनि गरिन्छ ।

त्यसो त घुस ख्वाएको बिबरण पर्दाफास गर्ने यो वेबसाईट र यसको कन्सेप्ट कँही कतै नभएको कन्सेप्ट भने हैन । छिमेकी भारतमै पनि आईपेडब्राईब डट कमभन्ने वेबसाईट छ जसमा तपाई घुस ख्वाएको कुरा मात्र हैन घुस खुवाउने कर्माचारीकै सर्कलमा कसैले गरेको उदारणिय काम , सहयोग शेयर गर्न सक्नु हुन्छ । अंकमा भन्दा नेपालमा भन्दा भारतमा भ्रष्ट्रचार ठुलो हुने गरेको छ । त्यसैले त्यहाँ आईपेडब्राईब लगायतका कन्जुमर कम्लेनका वेबसाइटहरु प्रसस्त छन । हामीकहा घुसा खाने लाई उजुरि गर्ने भरपर्दो निकाय नभएको कारणले ख्वाउनेहरु पनि दुईचार दिन गनगन गर्ने बाहेक केही हुन्न तर यस वेबसाईटले यस किसीमको प्रवृती हतोत्साही गर्ने अनुमान गरिएको छ । 
यो लेख मिती २०७० असार २ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस

फेसबुकको नयाँ काम

$
0
0
त्यसो त फेसबुक र यसका संस्थापक ‌ मार्क जुकरबर्ग   लाई प्रयोगकर्ताले जे गर्दा सजिलो र रुचीकर हुन्छ त्यो गर्ने खालको मान्छे मानिदैन । यिनी प्रयोगकर्तालाई जे सजिलो हुन्छ त्यसो गर्न भन्दा आफुले गरेको काममा प्रायोगकर्तालाई बानी पार्न खप्पीस छन । त्यसैले फेसबुकमा सानातिना जे फेरबदल हुन्छ पहिले योसको नकारात्मक चर्चा शुरु हुन्छ , अनि प्रयोगकर्ता बानी पर्छन त्यस पछी अरु वेबसाईटहरु पनि त्यसको सिको गर्छन । यसै हप्ता पनि फेसबुकले आफ्नो मातहतका एप्लीकेशनहरुमा केही परिमार्जन गरेको छ जस्तो फेसबुक स्टाटसमा ह्यासट्याग राख्न पाईने , कमेन्टमा पनि फोटो राख्न पाईने र ईन्सटाग्राममा भिडीयो सेयर गर्न पाईने आदी ।


ह्यासट्याग :  चर्चित माईक्रो ब्लगिङ्ग वेबसाईट ट्वीटरको सिको गर्दै फेसबुकले पनि ह्यासट्यास सर्चको सुबिधा प्रयोगमा ल्याएको छ । त्यसो त यसको प्रयोग ट्वीटरमा मात्र हैन ईन्स्टाग्राम, लिङ्कदिन, पिन्टरेष्ट आदीमा पनि गरीन्छ  तर फेसबुकले यसको प्रयोग शुरु गरे सँगै प्रयोगकर्ताहरु बिच यसको प्रयोग बहुआयमिक र अन्तर्कृयात्मक रुपले गरीने अनुमान गरीएको छ ।  जस्तो कि कसैले कुनै चर्चामा रहेको बिषयको बारेमा ह्यास ट्याग दिए स्टाटस अपडेट गर्यो भने सो स्टाटस ह्यासट्याग सर्च गर्नेहरुले भेटन सक्नेछन र सो विषयको बारेमा उनिहरुले आफ्नो धारणा राख्न सक्नेछन । यस्तोमा समान बिचार भएका प्रयोगकर्ताहरु बिच मित्रताको अवसर सिर्जना हुनेछ भने आफ्नै सर्कलमा भएका साथीहरु बिच कुनै बिषयमा गरमागरम बहस हुन सक्छ । यसको सबभन्दा रमाईलो प्रयोग चाही म यहाँ छु त्यहाँ छु भनेर स्टाटस अपडेट गर्नेहरुले ह्यासट्याग दिएर स्टाटस अपडेट गरेको खण्डमा आफ्नो सर्कलमा रहेका फेसबुक साथीहरुलाई सो स्थानमा भेट्न सक्नेछन । स्मरण रहोस , ह्यासट्याग बाट स्टाटस अपडेट गर्दा सो स्टाटस सर्च गर्न मिले पनि युजरको प्राईभेसी सेटिङ्गमा कुनै असर पर्दैन । तपाईको स्टाटस जस जसलाई हेर्न मिल्ने बनाउनु भएको छ तिनीहरुले मात्र हेर्न सक्छ । यही फिचरकै कारणले नयाँ मान्छेले हेर्न पाउछ भन्ने हैन ।

फोटो कमेन्ट : अब तपाईले कसैको स्टाटसमा फोटो अपलोड गरेर कमेन्ट गर्न सक्नु हुन्छ । यसको लागी तपाईले कमेन्ट लेख्ने ठाँउको दाहिने तर्फ एउटा क्यामराको आईकन देख्न सक्नु हुन्छ जहाँ क्लीक गरेर कमेन्टमा फोटो अपलोड गर्न सकिन्छ । हाल सबै फेसबुक प्रयोकर्ताको वालमा यो सुबिधा नदेखीएको भए पनि प्रयोगकर्ताहरुको लागी यो फिचर उपयोगी हुने अनुमान गरीएको छ । साधरणतय स्टाटसमा र कमेन्टमा सिलसिलेवार अन्तर्कृया हुने गरेको भए पनि कुराकानीको क्रममा कसैले तस्वीर सहित आफ्नो धारण राख्न चाहेको खण्डमा यो सुबिधा प्रयोगमा आऊनु अगाडी सो सम्भव थिएन । यसको प्रयोग त्यस प्रकारको अवश्थामा प्रयोगकर्ताहरुको लागी उपयोगी हुने अनुमान गरीएको छ ।

भिडीयो सेयरिङ्ग : फेसबुकले विश्वप्रसिद्द फोटो सेयरिङ्ग एप्लीकेशन ईन्स्टाग्राम खरिद गरेको लगत्तै जस्तो  ट्वीटरले इन्स्टाग्रामको फोटोहरु त्यसको टाईमलाईनमा ईम्बेड भएर नआउने बनाएको थियो । प्रयोकर्ताले ट्वीटरको यो कदम खासै रुचाएका थिएनन तर पनि अझै ट्वीटरमा ईन्सटाग्रामका फोटो एक्सटरनल लिङ्कको रुपमा देखा पर्दछ । फेसबुक र ट्वीटर प्रयोगकर्ताको संख्याको आधारमा सोझो प्रतिष्टपर्धी नभए पनि यसको किसीमको टकराव घरीघरी देखीने गर्दछ । जस्तो कि तपाई ट्वीटरमा भिडीयो सेयरिङ्ग गर्न सक्नुन्छ जुन फेसबुकमा धेरै पहिले गर्न सक्नुहुन्थयो तर अहिले फेसबुकले यस काममा बाजी मारेको छ । फेसबुक प्रयोगकर्ताहरुले ईन्सटाग्राममा १५ सेकेन्ड सम्मको भिडीञो सेयरिङ्ग गर्न सक्दछन । ईन्स्टाग्राममा फोटोमा जस्तै तपाई भिडियोमा पनि कलर ईफेक्ट हाल्न सक्नु हुन्छ । त्यसैले पनि भनिरहन पर्दैन ईन्स्टाग्रामको फोटो मन पराउने प्रयोगर्ताहरुको लागि यो सुबिधा अन्य बैकल्पीक एप्लीकेनको प्रयोग बन्द गर्ने अवसर हो ।
 यो लेख २०७० असार ९ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस

सन्दर्भ : सोसल मिडीया दिवस - २०१३

$
0
0
आज जुन ३० तारिखमा विश्वभर सोसल मिडीया दिवस मनाईदै गर्दा यसले सर्वसाधरणको दैनिक जिवनमा पार्ने प्रभाव बारे बहस छलफल हुदै गरेको देखीन्छ ।   इन्टरनेटमा आधारित विभिन्न वेब एप्लिकेसनहरूको माध्यमबाट गरिने सञ्चार पद्धति अर्थात सोसल मिडिया (Social media) ले धेरैको जिवनमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पारेको छ ।  सोसल मिडीयाको बढ्दो प्रयोग र प्रभावको कारणले टाढा टाढा रहेका नाता गोता ईष्टमित्र को सन्चो बिसन्चो सोध्न महङ्गो दररेटको अन्तराष्ट्रीय टेलिफोन कल र चिठ्ठीपत्रको प्रयोग ह्वात्तै घटेको छ । हाम्रै देशमा पनि  संचारको सुबिधा पुगेको धेरै स्थानमा स्काइप, गुगल आदी बाट जति नै टाढा रहेको मान्छेसँग पनि प्रत्यक्ष भिडियो कुराकानी गर्न सकिन्छ  भने फ्लिकर, पिकासा आदिमा आफ्नो साथी सङगी हरुको अनगिन्ती फोटो हेर्न सकिन्छ ।  यो फोटो शेयर गर्ने प्रचलनले जो कोहीलाई आफु ब्यस्त भएर कुनै पनि कार्यक्रम छुटाई रहेको जस्तो लाग्न छोडेको छ ।  ट्विटर , फोरस्कावर, फेसबुक जस्ता वेब एप्लीकेशनले अहिले कहाँ हुनु हुन्छ के गर्दैहुनु हुन्छ वा के सोचीरहनु भएको छ भन्ने जाकारी तपाईको साथी सर्कलमा प्रवाह गर्दछ । आजभोली यही सोसल मिडीयाको बढ्दो  प्रयोगको कारणले गर्दा नै बर्षै नदेखेको नभेटेको मान्छेको प्रत्येक क्षण नियाल्न पाईन थालेको छ ।   मुलत: ईन्टरनेमा सोसल मिडीया गतीबिधीलाई बिभिन्न समुहमा बर्गीकरण गरेर यसका कार्यहरु बिभाजन गरीन्छ जस्तो कि :  जस्तो स्टाटस अपडेट गर्न, ब्लगमा लेख्न, भिडियो बजाउन तथा सेयर गर्ने आदी । सोसल मिडियाको स्वभाव, विशेषता र प्रचलनका आधारमा बिभिन्न समुहमा बर्गिकरण गरिएको छ । जस्तो 

ब्लगिङ : ब्लग भनेको ईन्टरनेटमा तयार गरिने अनलाईन डायरी हो । यसमा तपाईले आफ्नो अनुभव र अनुभूतिलाई क्रमबद्ध्ररुपमा राख्न सक्नुहुन्छ । यसमा प्रसारण भएका सामग्रिहरुलाई माथी प्रतिक्रीया जनाएर प्रयोगकर्ताहरु पनि ब्यक्तीगत रुपमा सो कन्टेन्ट माथीको ब्लगीङग्मा सहभागी हुने गर्दछन । वर्डप्रेस , ब्लगस्पट, टम्ब्लर ब्लग को उदारण हुन । ट्वीटरको एक सय चालिस शब्दमा आफ्नो कुरा भन्नु पर्ने माईक्रोब्लगिङ्ग बेबसाईटको रुपमा बिकाश  भएको हो । यसमा लेखकले विभिन्न शीर्षकमा आफ्ना सोच, विचार वा ज्ञान प्रकाशित गर्दछ । कुनै व्यक्ति वा सामूहिक रुपमा समेत लेख्न सकिन्छ । अचेल कतिपय ब्लगले मूलधारका सञ्चारमाध्यमलाई प्रभावमा पारेको ठानिन्छ । 

अध्यावधीक ब्यक्तीगत जानकारी  : छिनछिनमा वस्तुस्थितिबारे जानकारी गराउने सुविधा भएका सोसल मिडिया यो समूहमा पर्दछन् । परम्परागत ब्लगहरूको तुलनामा थोरै मात्र विषयवस्तु एक पटकमा पोस्ट गर्न मिल्ने भएकाले यी वेबसाइटहरूलाई माइक्रोब्लग पनि भनिन्छ । छरिता वाक्यमा सूचना तथा विचार, तस्बिरहरू वा अन्य वेबसाइटको लिङ्क पठाउन यो सेवा महत्वपूर्ण मानिन्छ । ट्विटर, वेबो, टम्ब्लर लगायतका वेबसाइटहरू यसका उदाहरण हुन् । माईक्रोब्लग भनेर ब्लगिङ्ग समुहमा रहेको ट्वीटरको प्रयोग आजभोली फेसबुक जस्तो स्टाटस अपडेट वेबसाईटको रुपमा गणना गरीन्छ ।

सोसल नलेज : यस बर्गमा विकीपेडीया जस्ता समुदायमा  आधारित वेबसाइट राखिन्छ । जसको कुनै पनि पृष्ठमा भएको विषयवस्तुलाई कुनै पनि प्रयोगकर्ताले निश्चीत प्रकृया पुरा गरेर सम्पादन वा परिमार्जन गर्न वा कुनै नयाँ विषयमा नयाँ पृष्ठ सिर्जना गर्न सदक्छ । प्रयोगकर्ताहरूको सामूहिक ज्ञान र सक्रिया सहभागीताबाट यस किसीमका वेबसाईटहरु सञ्चालन हुने गर्दछन । 

सोसल नेटवर्किङ : यसमा समान पृष्ठभुमी वा रुची भएका ब्यक्तीहरु एक अर्कामा परिचीत भई अन्तर्कृया गर्ने गर्दछन । परिचयको लागी यस प्रकारको वेबसाईटहरुमा प्रयोगकर्ताको ब्यक्तीगत प्रोफाईल रहने गर्दछ । फेसबुक , माई स्पेश, गुगल प्लस आदी सामाजिक सञ्जाल वेबसाईटहरुको उदारण हुन । यस किसीमका वेबसाईटहरुमा  सीमाभित्र रहेर व्यक्तिलाई सार्वजनिक छवि निर्माण गर्न, सम्पर्कमा भएका अन्य प्रयोगकर्ताहरूसँग आफ्नो विचार अभिव्यक्त गर्न, एवम् सम्पर्क सूचिमा भएका अन्य व्यक्तिहरूका विचार, तस्बिर, गतिविधि तथा अन्य विवरण हेर्न वा मद्दत पुग्दछ । 

मल्टि–मिडिया सेयरिङ : यस समुह अन्तर्गत भिडियो तथा तस्बिरहरू आदानप्रदान गर्ने वेबसाइटहरू पर्दछन्, जसमा जो कोही प्रयोगकर्ताले आफ्नो रुची अनुसार मल्टीमिडिया कन्टेन्ट राख्न र हटाउन सक्दछ  । प्रसिद्द ईन्टरनेट कम्पनी गुगलको युट्युब र पिकासा , याहुको  फ्लिकर यसका उदाहरणहरू हुन् ।

गुगलको आरोह अबरोह

$
0
0

चिटिक्क परेका सस्ता मोबाईलमा मोबाईलपुस्ताका प्रयोगकर्ताहरुको दैनिकीलाई गुगलले नजानिदो पाराले मार्गनिर्देश गरेको छ । निशुल्क पाईने अपरेटिङ्ग सिस्टम एन्ड्रोईडमा समाहित भएका सामाजिक सञ्जालका वेब एप्लीकेशन देखी ईन्टरनेट फोन, भिडीयो च्याट, गेम सबै त्यसमा पाईन्छ । भलै एन्ड्रोईडको बिकास गुगलले गरेको नहोस तर  त्यसलाई आफु मातहतमा ल्याएर आफ्ना प्रतिष्पर्धी कम्पनीहरुलाई हायलकायल पार्दै यसको प्रबर्दन गरीरहेको छ । आजको मितीमा एन्ड्रोईड  मोबाईल अपरेटिङ्ग सिस्टम गुगलको स्वामित्वमा रहेको छ । एन्ड्रोईड मात्र हैन गुगल सँग सर्च ईन्जीनको पर्यायबाची गुगल , प्रयोगमा आउदाँ चर्चामा रहेका हटमेल याहुमेलको बजार अधिग्रहण गर्दै एकाधिकार जमाउन अग्रसर जिमेल आदी पनि छ  ।  हुनलाई सामाजिक सञ्जालका अन्य उल्लेख गर्नै पर्ने वेबसाईटहरुको युजरबेस ठुलो छ तर पनि भनिन्छ आजभोली मान्छे सर्च हैन गुगल गर्छन - ईमेल हैन जिमेल चेक गर्छन । यसैबाट यसको ख्याती अनुमान लगाउन सकिन्छ ।


गुगल सँग यसरी प्रयोगकर्तालाई एकोहोर्याउने उत्पादन मात्र हैन प्रयोगकर्ताले बेवास्ता गरेका उत्पादन पनि छन जसको प्रयोग चटक्कै छोडिनु अगाडी तामझामका साथ गुगल आफै उत्पादनको बन्द गरेको ब्रेकीङ्ग न्युज प्रवाह गर्छ । यसै हप्ता पनि गुगलले बिभिन्न वेबसाईटका कन्टेन्टहरुलाई आरएसएस फिड मार्फत एकै पेजबाट हेर्न मिल्ने गुगल रिडरको सेवा बन्द गरेको छ ।  तर रिडर गुगलले बन्द गरेको पहिलो सेवा हैन । वर्षेनी जस्तो यो सुचीमा एउटा न एउटा परि रहेका हुन्छन । जस्तो कि गत वर्ष गुगलले नोल भन्ने  वेबसाईट बन्द गरेको थियो । गत वर्षको मात्र के कुरा - यसै वर्ष पनि रिडर बन्द गरीनु अगाडी आईगुगल , गुगल टक , गुगल हेल्थ आदीको सेवा बन्द गरेको थियो ।  टेक पण्डीतहरुले जस्तो सुकै बिष्लेशण गरुन तर गुगलको आधिकारिक ब्लग हेरियो भने लगभग सबै जस्तो उत्पादन बन्द गरीनुको कारण ति उत्पादनमा प्रयोगकर्ताको संख्या कम रहेको तथ्य लुक्दैन । तर यसो भनीरहदाँ  गुगलले बन्द गरेका सबै सेवाहरु अस्तित्व नै नरहने गरी बन्द भएको भन्ने पनि हैन । जस्तो कि केही अगाडी गुगलले बन्द गरेको बज भन्ने उत्पादनलाई अहिले गुगल प्लसमा नयाँ ढङ्गले प्रस्तुत गरीएको छ । हटमेल , याहु मेसेन्जरको बजार तहस नहस पार्ने मध्येको एक जिटक अहिले अझ परिमार्जित रुपमा गुगल ह्याङ्गआउट भएको छ । जसमा तपाई ग्रुप भिडीयो च्याट गर्न सक्नु हुन्छ ।  गुगल डक्स अहिले अझ बिशेशताले भरिपुर्ण गुगल ड्राईभ भएको छ ।  बढो तामझामले प्रस्तुत भएको गुगल वेभका कतिपय फीचरहरु अहिले तपाई गुगल प्लस र ह्याङ्गआउटमा देख्न सक्नु हुन्छ ।  जुन सुकै देशबाट गरीने सर्च को वार्षिक रिपोर्टलाई अहिले गुगल ट्रेन्डस भनिन्छ ।

अहिले सम्म गुगलले बन्दगरेका सेवाहरुको विशेशतालाई विश्लेशण गर्ने हो भने अधिकाँश प्रसिद्द अरु साईटलाई चुनौती दिन तयार गरीएका वेबसाईटहरु नै छन । जस्तो कि याहुको चर्चित उत्पादन गुगल एन्सरलाई  चुनौती दिनै अगाडी आएको गुगल एन्सर्स लामो समय टिक्न नसकी सन २००६ मा बन्द भएको थियो । निशुल्क होष्ट गर्न मिल्ने स्टाटिक वेभ साईटहरुको बजारमा टिक्न नसकी गुगल पेज क्रियटर सन २००८ मा बन्द भएको थियो जो अहिले गुगल साईटको रुपमा आफ्नो अस्तीत्व जोगाउन लागी परेको छ । थ्रिडी एनीमेटेड च्याट प्रोग्राम गुगल लाईभ ६ महिना मात्र टिक्न सक्यो जुन त्यतीबेलाको मेसेन्जर सेवालाई थप सुबिधा सहीत टक्कर दिनको लागी बिकास गरीएको थियो ।  गुगल जाईकुलाई भ्रुण हत्या भएको मानिन्छ किन भने यसको पुर्ण प्रयोग नहुदै डेभलपमेन्ट फेजमै सन २००९ मा बन्द गरिएको थियो । जुन धेरै हिसाबले अहिले सोच्दा ट्वीटर र फोरस्कायर जस्तो थियो । गुगल ल्याटीच्युडको घोषणा गरी बन्द गरीएको गुगल डजबल सन २००९ मा बन्द गरिएका थियो । जस्का सस्थापक तथा मुख्य परिकल्पनाकारले गुगल छोडेर त्यही कन्सेप्टले सञ्चालनमा ल्याएको फोरस्काएर अहिले चर्चामा छ ।  फेसबुकले बजार तताई रहेको बेला घोषणा भएको गुगल वेभ लामो समय टिक्न सकेन जुन प्रिभ्यु रिलिजमै  सन २०१० मा बन्द भयो । यसमा एकै पेजमा स्टाटस अपडेट , ईमेल , विकी , सोसलल नेटवर्किङ्ग कन्टेन्ट एक्सेस गर्ने योजना थियो ।  हुनलाई अझै पनि तपाई गुगलका अप्ठयारा अंग्रेजी शब्दका अर्थ खोज्न सक्नु हुन्छ तर गुगलले यसैको लागी भने तयार गरेको गुगल डिक्सनेरी सन २०११ मै बन्द भएको थियो । सन २०११ अगाडी तपाई गुगल नोटबुक भने जिमेलको साईडबाटमा आउने सानो बक्समा आफ्नो टिपोट टाईप गरेर सेभ गर्न सक्नु हुन्थयो तर अहिले गुगल नोट छैन तर गुगल किप ले गुगल नोटलाई प्रतिस्थापन गरेको मानिन्छ ।  विकीपेडियाले सोसल कन्टेन्टको बजार कब्जा गर्न लागे पछी हत्त न पत्त गुगले प्रयोगमा ल्याएको गुगल नोल लामो समय टिक्न सकेन यसलाई पनि २०११ मा बन्द गरीयो ।

माथि दिएका उदारणहरु केहि नमुना मात्र हुन । एक नम्बरमा आउन तछाड मछाड गर्नै आक्रमक तयारी गरीरहेका आफ्ना प्रतिष्पर्थीहरुलाई  पछी पार्न गुगलले धेरै कुराको त्याग गरेको छ । त्यसैले त भनिन्न छ नि गुगलले जे बनाउछ त्यो तपाईको लागी बनाउछ र जे बन्द गर्छ त्यो पनि तपाईले प्रयोग गरीरहेको कुरा बन्द गरीन्छ किनभने एक नम्बरमा रहेको गुगलाई प्रयोगकर्ताको संख्या सँग ठुलो मतलब छ ।

वरिष्ठ : एट्टीच्युड, स्टाईल र एसेप्टेन्स

$
0
0
भाव हैन अर्थ पट्टी लाग्ने हो भने वरिष्ठ भन्नाले "(तत्स.) [<वर+इष्ठ] वि. १. उच्च तहको, विशिष्ठ, उत्कृष्ट । २. ज्ञान, अध्ययन, अनुभव, उमेर आदिले अग्रणी वा ज्येष्ठ; वरीय (उदा. वरिष्ठ अधिवक्ता, वरिष्ठ प्राध्यापक, वरिष्ठ व्यक्तित्व)"  (स्रोत : लेनिन बञ्जाडे ) बुझीन्छ तर नेपाली ट्विटर प्रयोगकर्ताहरुलाई यसको अर्थ सोध्ने हो भने कतिले यस शब्दलाई आफु अनुकुल वा आफ्नो सोचाई बिपरित धारणा प्रस्तुत गर्नेहरुलाई लिएका छन जस्तो कि :
  • आफु चै बरबराउने अरुले केही भने कि ब्लक ठोक्ने वा वास्तै नगरे जस्तो गर्ने !
  • प्रत्येक मेन्सनलाई गम खाएर रिप्लाई दिने, रिप्लाई दिदा म जती जान्ने सुन्ने कोही छैन, म संग धेरै ख्यास ख्यास नगर भन्ने आसय दिने...
  • कुनै बिषय बस्तुको ज्ञान हुदाँ हुदै पनि अरुलाई त्यो बारेमा कत्तिको ज्ञान छ भनेर तौलिने हिसाबले प्रस्तुत हुनेहरु
  • मनमा खोट भएता पनी आदर्शबान टुइटहरु गर्ने
  • आफ्नो कुरो मात्र सहि ठान्ने, अरुलाई उपदेश दिने तर आफु भुत्लो पनि नउखेल्ने, कसैले राम्रै कुरो गरेमा पनि जानी जानी उल्टो खेद्ने प्रवृती भएकाहरु
  • ठुलो हुनेहरु । चाहे त्यो फलोअरको धाक होस वा रिट्विटको, ज्ञानको धाक होस कि अग्रेजीको, र मुख्यत अरुलाई जज गर्नेहरु नै हुन 
  • बरिस्ठ भनेका ति हुन् जसले टुइटरमा आफ्ना आसेपासे को झुण्ड जम्मा पारेर अघोसित साम्राज्य स्थापना गरेका छन् , हामीले तिनका बकम्फुसे कुरामा हो मा हो थप्नु पर्छ , तिनका तोर्पे जोक हरुमा निच्च पारेर हाँसदिनु पर्छ भन्ठान्नेहरु
  • आफ्नो छुट्टै सर्कल भएका,जुनमा तिनीहरु रमाउनछन र अरुको कुरा त्यति वास्ता गर्दैनन, आफ्नै ठिक हो र आफु नै सहि भन्ने ठान्नेहरु
  • राजनितिका कुरामा इमोश्नल कुरा घुसाएर लेख्ने, रीट्विट र फेभ कति खेर बढि आउछ भनेर सहि मोकामा ट्विट्ने यस्ता खालका पनि वरिष्ठै हुन् तर कोहि साच्चिकै वरिष्ठ भन् जसका कुरामा लजिक छ ।
माथीका केही नेपाली ट्वीटर प्रयोगकर्ताहरुको ब्यक्तीगत परिभाषा अनुसार आफु अनुकुल वा आफ्नो सोचाई र मान्यता बिपरित धारणा प्रस्तुत गर्नेहरु वरिष्ठहुन । तर सबैले वरिष्ठ भन्नालाे एट्टीच्युडको रुपमा ग्रहण गरेको पाईदैन केही नेपाली ट्वीटर प्रयोगकर्ताहरुको प्रयोगकर्ताको ट्वीटर प्रयोग गर्ने शैलीलाई नै वरिष्ठको रुपमा ब्यख्या गर्दछन जस्तो कि

  • फलोईङ्ग भन्दा फलोवर दोब्बर भएका अर्थात जम्मा फलोवरको आधालाई मात्र फलो गरेकाहरु
  • कसैले कुनै ट्वीटको बारेमा मेन्सन गरेर  रिप्लाइ गर्दा पनि रिप्लाई नगर्नेहरु
  • फलो ब्याक दिन अन्कनाउने (धेरै ढिलो वा लामो कुराकानी पछी मात्र ), दिई हाले पनी मेन्सनको रिप्लाई हम्मेसी नदिनेहरु
  • फलोब्याक नदिने र मेन्सनलाई फेबेर छोडिदीनेहरु ।
  • मेन्सन रिप्लाई नगर्ने , फलोब्याक नदिने , धेरै फलोवर भएका , धेरै ट्वीट गरेका
  • सुरुमा फलो गर्ने पछि टन्न फलोवर पाएसी अनफलो हान्ने विशेष गरि सामन्ती परिवारमा हुर्केका
  • धेरै ट्वीट गर्ने, फ्लोअर टन्न भएका तर अरुलाई फ्लोब्याक नदिने ।
  • अरुको ट्वीट गहन नै भए पनि सितिमिति RT को बटन नथिच्ने, सकेसम्म फेवले नै टार्ने, अरुले मेन्सन गर्दा पनि लहड अनुसार मात्र रेस्पोन्स गर्ने तर आफुले अरुलाई कुनै कुरो सोधेमा त्यसको रेस्पोन्स आएमा झटारो हानेर तेजोबध गर्न पटक्कै नहिक्कीचाउनेहरु
निकै ठुलो जमातले ट्वीटरमा वरिष्ठ भन्नाले ब्यक्तिको " ट्वीट गर्ने तरिकालाई " वरिष्ठ को संज्ञा दिएको देखीन्छ जसलाई शब्दको अर्थको रुपमा भन्दा पनि भाव वा शैली को रुपमा ग्रहण गर्नु सान्दर्भिक देखीन्छन । सबैले वरिष्ठ शब्दलाई नकारात्मक रुपमा लिएका हुन्छन भन्ने पनि रहेन किन भने कतिपयले वरिष्ठको अर्थको यसरी प्रष्ट्याएको पाईयो ।
  • रमाईला गफ गर्ने, मेन्सनको जबाफ फर्काउने, अरुको राम्रा विचारको सम्मान गर्ने तथा आरटी गर्ने तथा बहसहरुमा सहभागी हुने
  • वरिष्ठ र कनिष्ठ भनि मान्छेलाइ वर्गिय रुपमा तुलना गर्नु मलाई ठिक लाग्दैन । सबै समान हुन । आफु जस्तै उनि पनि " समान " हुन भन्ने अर्थमा यसको प्रयोग भएको हुन सक्छ ।
  • यो बरिष्ठ भन्ने शब्द बच्चाहरुले खेल्ने play dough जस्तै हो जसलाई जे जे shape मा ढालेर अर्थ निकाल्न मन लाग्यो आआफ्नो सुबिधानुसार त्यही त्यही मान्न मिल्ने
डिस्क्लेमर : माथी उल्लेखित वरिष्ठ शब्दको  अर्थ एक अनौपचारीक वा सर्वेक्षणमा आधारीत रहेर तयार गरीएको हो । सो कार्यमा प्रयोग गरीएको सर्वेक्षण फारम जो सुकैले जतिसुकै पटक विना कुनै सुरक्षा घेरा (साधरणतय अनलाईन फारम भराउदा अपनाईने सुरक्षाका उपायाहरु ) प्रवेश गरी भर्न सक्ने भएकोले केही प्रयोगकर्ताले नियतवस जथाभावी रेसपोन्स गरेको पाईएकोले सर्वेमा प्रष्तुत प्रश्नको उत्तरहरुलाई संख्यात्मक रुपले प्रस्तुत गर्ने सम्भव भएन र यसमा सर्वेक्षणकर्ताको ब्यक्तिगत धारणा / निचोड जोड्नु पनि उचित देखिएन ।माथी दिएका वरिष्ठ शब्दको परिभाषाहरु विना सम्पादन प्रस्तुत गरिएका हुन । 

बिश्वब्यापी ईन्टरनेट सेवा बिस्तारका प्रयासहरु

$
0
0
विश्व ईन्टरनेट बजारको आधा भन्दा बढी हिस्सा ओगटेका गुगल, फेसबुक , अमेजन जस्ता ईन्टरनेट कम्पनीहरु प्रयोगकर्ता बढाउन आफै ईन्टरनेट बाढ्न लागी परेका छन ।  ईन्टरनेटमा रमाईरहेका विश्वको कुल जनसंख्याको एक तिहाई जनसंख्या र गाँस बाँस कपासको लागी संघर्ष गरी रहेका दुई तिहाई जनसंख्या बिचको प्रविधी पहुँचको खाडल पुर्न केही सघाउ पुगोस भनेर लागी परेका ति कम्पनीहरुको योजना भने केही महत्वाकांक्षी देखीन्छ ।  स्वाभावैले नाफाको लागी सञ्चालनमा रहेका ति वेबसाईटहरुको पहिलो प्राथमिकता नेपाल जस्ता बिकासोन्मुख देशहरु भने हैनन । भलै यो परियोजनामा अल्पबिकसीत देशहरुमा रहेका केही संम्भावित प्रयोगकर्ताको सम्भावना प्रति लक्ष्यीत देखाईएको होस तर  प्रारम्भैमा बिकसीत देशका पोटेन्सीयल युजर जहाँ ईन्टरसनेट बिस्तार गर्न खासै ठुलो लगानी र पुर्वाधारको निर्माण गर्नु पर्दैन त्यता तिर तिनीहरुले ध्यान बढाएको पाईन्छ ।

गुगल लुन परियोजना

विश्वप्रसिद्द ईन्टरनेट जायन्ट कम्पनी गुगलले गुगल लुन परियोजना अन्तर्गत  करिब २० किलोमिटर उचाई सम्म हावाको दिशामा उड्न सक्ने  सोलार एनर्जी जडान गरीएको बेलुन न्युजिल्यान्डको साउथ आइल्यान्डस्थित क्राइस्टचर्च बाट परिक्षणको लागी छोडेको छ । यसले  पृथ्वीमा रहेको बेस स्टेसनमा जोडिएर पश्चिमबाट पूर्वतिरको दिशामा उड्दै आफ्नो वरिपरि इन्टरनेट सेवा उपलब्ध गराउँछ जसलाई प्रयोगकर्ताले घरको एन्टिनामार्फत डिभाइसमा कनेक्सन गरेर प्रयोग गर्न सक्दछन । बेलुनमा जोडिएको जीपीएस सिस्टमले यसको सही स्थिति बताउने जानकारी दिईएको छ । परिक्षणको लागी बिभिन्न ठाँउबाट करिब ३० वटा बेलुन छोडीएको छ भने गुगलले यसको प्रभाव मुल्याङ्क गरेर थप स्थानमा सेवा बिस्तार गर्ने जनाएको छ । गुगलको यस परियोजनाले नेपाल जस्तो बिकासोन्मुख देशका प्रयोगकर्ताहरुलाई के सहयोग पुग्छ त भन्ने हो भने परियोजना पुर्ण सफल भयो भने नाम्चे देखी केचनाकलन सम्म ईन्टरनेट  छ्यासछ्यास्ती हुन सक्दछ । पुर्ण सफल हुन नसकेको अवश्थामा गुगल लुन पनि नेपाली ईन्टरनेट प्रयोगकर्ताहरुको लागगी गुगलको अन्य असफल परियोजना जस्तै एक हुनेछ ।

ईन्टरनेट डट ओआरजी

सिलीकन भ्यालीका सेलीब्रेटी गिक मार्क जुकरबर्गले नेतृत्व गरेको यस परियोजनामा नोकिया, सामसुङ, क्वालकम, एरिक्सन, ओपेरा  जस्ता ठुला ठुला कम्पनीहरुले पनि साथ दिएका छन तर यसको परियोजना महत्वाकांक्षी देखीन्छ । ईन्टरनेट चलाउन नपाएका विश्वको कुल जनसंख्याको ४ अर्ब सम्भावीत प्रयोगकर्तालाई ईन्टरनेट सञ्जालमा समावेश गराउन लक्ष्य छ ।  परियोजनाको आधिकारीक वेबसाईटमा यसलाई प्रविधीको क्षेत्रमा काम गरी रहेका स्थानीय बिज्ञहरु संगको सहकार्यमा काम अगाडी बढाईने बताईएको छ । यसमा गुगलले जस्तो बेलुन उडाएर ईन्टरनेट दिन वा अमेजनले जस्तो ईन्टरनेटको वायरलेस सिग्नल छोडि दिएर ईन्टरनेट चलाउने कुरा त छैन तर पनि गाँस बाँस र कपास सँग जुधिरहेका विश्वका एक तिहाई जनसंख्यालाई कसरी कमप्युटर वा ईन्टरनेट चलाउने स्मार्टफोनट बानी पार्ने त्यो ठुलो समस्या हो । नेपालको कुरा गर्ने हो भने यही परियोजना को नाममा आँउदा केही वर्षमा साना तिना गतीविधीका समाचार सुन्नु होला । तर जुकरवर्गले भने जस्तो नेपालीहरु पनि कनेक्टिभिटी इज अ ह्युमन राइट भन्दै ईन्टरनेट चलाएर बस्लान भन्न सकिन्न  किन भने यसको लागी अझ धेरै गर्नु छ ।

अमेजन वायरलेस

गुगल लुन र ईन्टरनेट डट ओआरजी प्रोजेक्टको चर्चा चलीरहेको बेला प्रसिद्द ई-कमर्स वेबसाईट अमेजनले पनि आफ्नै वायरलेस नेटवर्क फैलाउने कुरा अगाडी आएको छ । ब्लुमबर्ग डट कम का अनुसार अमेजनले गोप्य रुपमा ग्लोबल स्टार नामक सेटलाईट कम्पनी सँगको मिलेर आफ्नै अमेजन वायरलेस नेटवर्कको परिक्षण गरेको छ । कम्पनीले आधीकारीक रुपमा गुगल लुन वा ईन्टरनेट डट ओआरजी जस्तो ईन्टरनेट सेवा बिस्तार गर्ने परियोजनाको रुपमा यसलाई प्रष्ट्याएका नभए पनि यसै क्षेत्रमा काम गरीरहेका बिज्ञहरुले त्यसको सम्भावान प्रचुर देखेका छन । यसै पनि अमेजन ईकमर्स साईट भै कन पनि प्रविधीको क्षेत्रमा किन्डल जस्ता ईबुक रिडरहरुलाई बेचेर प्रविधी को क्षेत्रमा केही गर्न लागी परेको कम्पनी हो ।

तर नेपालको लागी अमेजनको वेबसाईटमा राखीएको प्रोडक्ट होस वा वायरलेस सिग्नलको पहुँच धेरै टाढाको कुरा हो किनभने ईन्टरनेट डट ओआरजीका केही प्रोजेक्टहरु ईन्टरनेटको क्षेत्रमा लागी परेका केही ब्यक्तिहरुले हात पार्लान , केही काम पनि गर्लान तर गुगल (बे)लुन नेपाली आकाशमा उड्नको लागी गुगलको यो परियोजना सफल हुनु पर्दछ भने नेपालमा अनलाईन ट्रान्जेक्सनको सुबिधाको नभएको हुनाले नेपाल बाट धेरै न्युन प्रयोग कर्ता रहेको अमेजनले नेपालमा कुनै दिन वायरलेस नेटवर्क बिस्तार गर्छ  भनेर अमेजन आफैले पनि सोचेको छैन होला

भारतको सरकारी ईमेल र नेपालको चासो

$
0
0
भलै उत्तम कि खत्तम भन्ने प्रश्न अनुत्तरित रहला तर निर्वतमान प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकाल धेरै हिसाबले सम्झना योग्य रहेको छ । लहडको हिसाबले होस वा प्रभावको हिसाबले उनले गरेका कतिपय कामहरु देशको निती नियममा दुरगामी प्रभाव पार्ने खालका मानिनन्छ । सुचना प्रविधीको कुरा गर्दा नेपाल सरकारको नियन्त्रणमा रहेका सरकारी कार्यलयको वेबसाईट सरकारी नियन्त्रणमै सञ्चालन गर्नु पर्ने , ठेक्का पट्टाको लागी (क्रमिक रुपले)  ईटेन्डर नै गर्नु पर्ने नियम यिनकै पालामा शुरु भएको थियो । कार्यक्रमको प्रभावकारिता  सोचनिय बिषय हुन सक्दछ तर उपमहानगरपालीका, नगरपालीका जस्ता स्थानिय निकायका कार्यलयहरुले अनिवार्य रुपमा वेबसाईट सञ्चालन गर्नु पर्ने नियम पनि यिनकै पालामा लागु भएको थियो ।

राज्यको सबै सार्वजनिक निकायको सुचना सम्प्रेषण गर्नेको लागी राज्यकै तर्फबाट एउटा वेब सर्भर रहनु र त्यसै मार्फत सरोकारवालाहरुलाई सुसुचित गर्नु अवश्य पनि नराम्रो काम थिएन । यसले एका तर्फ राज्यका ति अङ्गहरुको लागी आर्थिक भार कम पर्न जान्थयो भने त्यसमा राखीने सुचना संसारको कुनै पनि कुनाबाट एक्सेस गर्न सकिए पनि सार्वजनिक गर्न नमिल्ने नागरीकका गोप्य सुचना राज्यकै कुनै एक अङ्गले पुर्णरुपमा आफ्नो नियन्त्रणमा राखेको छ भन्न सकिन्थयो । हुनलाई राज्यले गर्नु पर्ने पनि त्यही हो तर समस्या जसलाई यती ठुलो जिम्मा लगाईएको थियो त्यो अङ्ग सो काम गर्नको लागि ब्यबसायिक रुपमा कति सक्षम छ भन्ने प्रश्न महत्वपुर्ण हो । बाबुराम भट्टराईको पालामा उनको प्रत्यक्ष्य निर्देशनमा भएको सो कार्य अहिले सम्भवत उनको त्यो काम प्रति सकारात्मक सोच राख्नेहरुले सोचे जस्तो उत्साहबर्दक छैन । कुनै सरकारी कार्यकालयको ईन्टरनेट ठेगाना (डोमेन) दर्ता गर्नु परे पहिले भन्दा बढी झमेला ब्यहोर्नु पर्दछ । बिचमा प्राविधीक कारणले सर्भर परिवर्तन गर्नु परे झनै ठुलो झमेला छ। त्यही काम सरकारी वाहेकका अन्य संघ सस्थाको गर्नु पर्दा निजी क्षेत्रको कम्पनीबाट सहज रुपमा गर्न सकिन्छ ।  राज्यको सरकारी कर्मचारिको कार्यशैली नै यस्तो छ यस्ता सानातिना घटना स्वाभावीक हुन भन्ने ठान्ने हो भने पनि हामी सँग सरकारि नियन्त्रणमा रहेकै सर्भरमा रहेको वेब साईट ह्याक भएको घटना छ । त्यसैले अहिलेको जल्लो बल्दो प्रश्न भनेको सरकारले आफै सबथोक चलाएर बस्ने हो कि त्यसलाई निती नियमले बाँधेर राख्ने भन्ने हो ।

माथी उल्लेख गरिएको नेपालको त्यस घटनाको सार सँग मिल्दो गरी गत शुक्रबार भारत सरकारले त्यहाँको सरकारी कार्यलयमा प्रयोग गरिने ईमेलको सन्दर्भमा एक निर्णय गरेको छ । सरकारको नयाँ निर्णय पछी अब भारतका सरकारी कार्यलयबाट हटमेल , याहु र जिमेल सेवाहरु बिस्थापित हुनेछन अनि त्यहाँको राष्ट्रिय सूचना प्रविधि केन्द्र एनआइसीको इमेल सेवालाई आधिकारिक रुपमा प्रयोग गरिनेछ।  अनलाईनहरुमा बढो महत्वले छाएको यो समाचारमा भारत सरकारको यो निर्णय लागू गराउनको लागि कतिको पुर्व तयारि गरिएको थियो सो नबताईए पनि अमेरिकी सरकारले गुगल, फेसबुक तथा एप्पल जस्ता इन्टरनेट सेवा प्रदायकका प्रयोगकर्ताहरुका व्यक्तिगत डाटाहरु चोर्ने गरेको विषयमा एकजना अमेरिकी पूर्व सुरक्षा कर्मचारी एडबर्ड स्नोडेनले खुलासा गरेपछि भारत सरकारले बाह्य देशमा सर्भर रहेका वेभसाईटलाई  सरकारको औपचारिक सूचना आदानप्रदानको माध्यम नबनाउने निर्णयमा गरेको बताईएको छ ।

त्यसो त भारतको बैङ्लोरलाई सिलीकन भ्याली अफ एसिया भनिन्छ । सुचना प्रविधीको क्षेत्रमा ज्ञान हासिल गरेका भारतिय बिज्ञहरुको माग सात समुन्द्र पारि सम्म उस्तै छ । त्यसैले भारतमा यो कार्यक्रमको सफलताको बारेमा शंका गरीरहन जरुरी देखीदैन तर भारतमा यसो कार्यकम्र पुर्ण सफल भए नेपालमा यसको अन्धाधुन्ध नक्कल नगरीएला भन्न सकिन्न  र नेपालमा यो सब गर्नको लागी के कस्तो पुर्वाधार र जनशक्ती छ भन्ने प्रश्न महत्वपुर्ण हो । धेरै नेपालीहरुले फेसबुक चलाएर नेपाल टेलिकमको ब्याण्डविथ त्यसैमा धेरे खपत भयो भनेर फेसबुकको बिकल्पमा ब्लगलाई तोडमोड गरेर यही हो फेसबुकको बिकल्पभन्ने सरकारी सरचना अपग्रेड नभए सम्म यस्ता निर्णय गरिनु प्रत्युत्पादक हुने देखीन्छ । त्यसैले सरकारले सबै काम आफै गर्नु भन्दा निजीक्षेत्रलाई यसमा सहभागी हुन दिएर त्यसको अनुगमन र प्रचलित नितीनियमको बाध्यकारी कार्यन्वयन महत्वपुर्ण कुरा हो ।  
यो लेख मिती २०७० भाद्र १६ गतेको ब्लाष्ट दैनिकमा प्रकाशिक भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस

माईक्रोसफ्टले नोकियाको मोबाईल ब्यापार खरिद गर्ने

$
0
0
गत सप्ताह सुचना प्रविधीको बारेका अध्यावधिक जानकारी राख्ने सबैलाई झट्का दिने गरी माईक्रोसफ्टले नोकियालाई खरिद गर्ने खबर एकाएक बाहीर आयो । कुनै जमानामा मोबाईल फोनको पर्याय झै भै सकेको नोकिया फोन कम्प्युटर अपरेटिङ्ग सिष्टमको बजारमा झण्डै एकछत्र राज गरीरहेको अर्को सफ्टवेयर कम्पनीमा बिलय हुने कुरालाई धेरैले आश्चर्यका साथ बिभिन्न दृष्टीकोणले ब्याख्या गरे । कसैले नोकियालाई अब माईक्रोसफ्टले आक्रमक रुपमा सामसुङ्ग लगायतका एन्ड्रोईड अपरेटिङ्ग सिष्टम चलाई रहेका मोबाईल फोन उत्पादक कम्पनीहरुलाई लाई टक्कर दिने गरी सुधार गरेर ल्याउछ भने भने कसैले यो फगत ब्यपारीक लेनदेनको बिषयमात्र हो उत्पादन र बितरणमा यसले सर्वसाधारणलाई अनुभुती हुने गरी केही फरक पार्दैन भने । माईक्रोसफ्टले नोकयाको मोबाईल ब्यपार खरिद गर्ने खबरबाट उत्साहीत भएका प्रयोगकर्ताहरुलाई पहिले पनि गुगलले मोबाईल बनाउने कम्पनी मोटोरोला अधिग्रहण गरेकै हो तर त्यसले सर्वसाधरणलाई के फरक पार्यो त भन्ने बिश्लेशकहरुको प्रश्न बिचारणीय छ  ।


माईक्रोसफ्टले नोकियालाई चौवन्न अर्व चालीस करोड युरोमा खरिद गर्न लागेको होजसमा सढतिस अर्ब नब्बे करोड युरो उपकरण नोकियाले उत्पादन र यसको प्रबद्न गर्ने संरचना को लागी भुक्तानी गर्ने भनेको छ भने सोर्ह अर्ब पचास करोड युरो चाही दश वर्ष सम्मको लागि नोकियाको पेटेन्ट लाइसेन्सको लागी भुक्तानी गर्न लागेको हो ।यस अघि माईक्रोसफ्टले चौसठ्ठी अर्ब युरोमा ईन्टरनेट बाट फोन गर्न मिल्ने सफ्टवेयर स्काईप खरिद गरेको थियो । हालसालै माईक्रोसफ्टले खरिद गरेका नोकिया र स्काईपको मुल्य तुलना गर्दा नोकियाको मोबाईल बजार धरासायी भैसकेकोले यसका अशीयारहरुले आफ्नो लगानीलाई सेफ ल्याण्डीङ्ग दिन माईक्रोसफ्टलाई बिक्री गर्न चाहेको चर्चा पनि चलेको छ । यता माईक्रोसफ्टले नोकियालाई खरिद गर्ने पक्कापक्की भै सकेको भए पनि ति दुई कम्पनी बिच हस्ताक्षर हुन बाँकी छ ।  नोकियाले त्यसका अशियारहरुको बिशेश साधरणसभा मार्फत यस निर्णयलाई अनुमोदन गरे पछी सन २०१४ को फ्रेब्रवरी महिना बाट मात्र माईक्रोसफ्टले यसको स्वामित्व लिने छ ।

माईक्रोसफ्ट र नोकिया बिच हुने सम्झौतामा माईक्रोसफ्टले नोकियाको सबै मोबाईल ब्यापार अधिग्रहण गर्ने र यसको डिजाईन सम्बन्धी पेटेन्ट अधिकार १० वर्षको लागी लिजमा लिने बताईएको छ ।  यस सम्झौता पश्चात नोकियाको मोबाईल फोन उत्पादन कारखाना र यसका उत्पादनहरुको प्रबर्दन गर्ने  जनशक्तीमा माईक्रोसप्टको प्रत्यक्ष नियन्त्रण हुनेछ । नोकियाको मोबाईल उत्पादन कारखाना बन्द हुदाँ यसमा काम गर्ने लगभग बत्तिस हजार कर्मचारी माईक्रोसफ्टमा स्थान्तरण हुने बताईएको छ जसमा नोकियाको मुख्यालयमा काम गर्ने सढचालि सय र यसको उत्पादनमा काम गर्ने अठारहजार तिन सय कर्मचारी पनि रहने बताईएको छ । माईक्रोसफ्टले नोकियाको कर्मचारी र मोबाईल उत्पादन प्रणाली सँगै लगभग पन्ध्र बिलियन युरो को ब्यपार पनि सँगै लाने छ जसलाई पुर्ण स्वामित्वमा रहेपछी आफ्नै निती र रणनिती अनुसार बजार प्रबर्दन गर्ने सक्नेछ ।

मोबाईल बजारलाई आक्रमक रुपमा बिस्थापीत गर्ने एप्पल र सामसुङ्गको उपस्थीती हुनु पुर्व नोकियाको ब्यापार मध्यनजर गर्दा अहिले माईक्रोसफ्टले धेरै ने सस्तमा नोकियलाई खरिद गरेको मान्न सकिन्छ । अझै पनि नोकिया सँग आफ्नो पुरानो साखको कारणले बजारमा आफ्नो छुट्टै स्थान छ । गत वर्षको दोस्रो त्रैमासिकमा यसले त्रिपन्न दशमलव सात मिलीयन वटा मोबाईल सेट बिक्री गरेको थियो  । स्मार्टफोनको बजारमा प्रतिश्पर्धीहरुलाई झट्का दिने गरी नोकियाले बजारमा ल्याएको लुमिया सेट मात्रै गत वर्षको त्यही अवधीमा झण्डै साढेसात मिलीयन विक्री भएको थियो ।

ईन्टरनेटमा नेपाली नेताहरु

$
0
0
केन्द्रीय समितीले नेकपा - एमाले चुनावमा होमिने घोषणा गर्दा उसले चुनाव प्रचार प्रसारको लागी सामाजिक सञ्जालका वेबसाईटहरु अत्याधिक प्रयोग गर्ने बताएको थियो ।  भलै नेपालको कुल जनसंख्याको तिन प्रतिशत जनताले ईन्टरनेट चलाउदाँ हुन तर युवा र शहर बजारका भोटब्यांक लाई प्रभावित पार्ने उधेश्यले सञ्चालित राजनैतिक दलहरुको सामाजिक सञ्जाल रणनिती अचम्म लाग्दो छ ।गएको चुनावमै पनि नेपाली काँग्रेसका नेता नरहरी आचार्यले चुनावी प्रयोजनको लागी ब्यक्तीगत वेबसाईट निर्माण गरे । बाबुराम भट्टराईले प्रधानमन्त्री हुने बित्तिकै प्रधानमन्त्री कार्यलयको आधिकारीक सरकारी वेबपेज भन्दा आफ्नो नामको वेबसाईटलाई धेरै अफिसियल बनाई दिए ।
रामचन्द्र पौडेल ले पनि आधिकारीक फेसबुक पेज खोले । भलै उनले उनको वालमा गरीका उनि प्रतिकुल टिप्पणी पचाउन नसकेर फेसबुक नै बन्द गरेका हुन तर उनको सामाजिक सञ्जाल मोह उल्लेखनिय देखीन्छ । यो लहरमा एमालेका नेता रबिन्द्र अधिकारी , प्रदिप नेपाल पनि पर्दछन । काँग्रेस नेता मिनेन्द्र रिजाल , गगन थापा पनि फेसबुकमा सक्रिय रहेका नेताहरु मध्येमा पर्दछन ।  अधिकांश नेताहरुको फेसबुक खाता नियाल्यदा उनिहरु फेसबुकको प्राईभेसी पोलिसीमा मार खाईरहेका देखीन्छन । कयौले आफ्नो ईन्टरनेट अस्तित्व बचाई राख्न फ्रेण्ड रिक्वेष्ट एसेप्ट गर्दै बसी रहेका भैटिन्छन यसो हुनुको मुख्या कारण आफ्नो फेसबुकको वालमा लेखेको स्टाटसमा कस कसले कमेन्ट गर्न सक्ने भन्ने कुरामा उचित ब्यबश्थापन गर्न नसक्दा देशको विध्यमान राजनैतिक अवश्थाबाट निरास केही प्रयोकर्ताको आक्रोस को शिकार भै दिनु हो । यस्तोमा धेरैको अन्तिम बिकल्प आफ्नो खाता डिएक्टीभेट गर्नु भई रहेको छ ।

काँग्रेस नेता नरहरी आचार्य देखि माओवादी अध्यक्ष्य प्रचण्ड सम्मको वेबसाईटको अवश्था मुल्याङ्क गर्दा के देखिन्छ भने राजनैतिक नेताहरु साच्चै ने सुचना प्रविधीको छलाङ्ग देखि उत्साही भएर यसको प्रयोग गरेका हैनन ।  यसवाट ईन्टरनेटमा झुण्डीएर बस्ने शहर बजारकै भए पनि केही सिमीत वर्गलाई प्रभावित पार्न चाहन्छन ।  हुनत सबै नेतहरुमा कम्प्युटर र ईन्टरनेटको राम्रो ज्ञान नहुन पनि सक्छ ।  भएकाहरु सँग समयको ब्यबश्थापन गरेर यसको प्रयोग गर्न यसको ब्यबहारिक अनुकुलता पनि नमिल्दो हो । वेबसाईट निर्माण र यसको उचित सञ्चालन नितान्त प्राबिधिक क्षमता भएकोले त्यसको ज्ञान सबैमा बराबरी नहुन सक्छ ।

फेसबुकमा कसैको (फेसबुक) स्टाटस माथी कसैले कमेन्ट गर्दा त्यो लामो समय सम्म पनि टाईमलाईनको अग्र भागमा देखीन सक्ने भएकोले कुनै स्टाटस माथिको प्रतिकुल टिप्पणी धेरै राजनैतिक ब्यबक्तित्वहरुलाई आफ्नो राजनैतिक मर्यदा जोगाई राख्न अप्ठ्यारो परेको देखीन्छ । यस्तोमा बिकल्प कि सो टिप्पणी मेटाउनु पर्ने वा खाता डिएक्टीभेट गर्नु पर्ने भैदिन्छ  । यती भन्दा पनि फेसबुकको कुरा सकिन्न किन भने अहिले केही राजनैतिक  ब्यक्तित्वहरु एक सय चालिस शब्दमा समेट्नु पर्ने फेसबुकको वाल जस्तो तर फोटोको लिङ्कमा क्लीक नगरुञ्जेल अक्षरमा मात्र देखीने टाईमलाईन जसलाई ट्वीटर भनिन्छ , त्यसमा लागेका छन । ट्वीटरमा अहिले काँग्रेसका रामशरण महत, माओवादीका नेता बाबुराम भट्टराई , नेपाल सदभावना पार्टिका नेतृ सरिता गिरी , राप्रपा नेपालका कमल थापा, नेकपा एमालेका रबिन्द्र अधिकारीआदी सक्रिय छन ।  यि मध्येमा पनि रबिन्द्र अधिकारी लगभग आफ्नो कुरा भन्ने देखि बाहेक दोहोरो सम्बाद गर्दैनन र नियमीत पनि छैनन ।

सरिता गिरीले भगवान गौतम बुद्दको बारेमा गरेको टि्वीटलाई धेरैले स्वीकार गर्न नसक्दा उनि प्रतिकुल गरिएको टिप्पणीबाट आजित भएर यो लेख तयार गर्दाको अवश्था सम्ममा आफ्नो खाता प्रोटेक्ट (फलो नगरी उनको टाईमलाईन हेर्न नमिल्ने गरी राखीएको अवश्था) राखेकी छिन । प्रम हुदाकै ताका पनि बाबुराम भट्टराई आक्कल झुक्कल ट्वीट गरीरहन्थे , उनको जती फलोवर अरुको नेताहरुको थिएन तर पनि उनले ट्वीट आलोचना खप्न सकेनन । आजभोली आफ्नो सोचाई प्रतिकुल टिप्पणी देख्न नपरोस भनी धमाधम ब्लक (आफ्नो टाईमलाईन हेर्न नमिल्ने) गर्न थालेका छन । ट्वीटर चलाउने धेरैलाई थाहा छ एउटा मात्र ट्वीट गरेको मान्छेले समेत बाबुराम भट्टराईलाई फलो गरेको छ ।

नेताहरुको ट्विटर र तिनीहरु सँग पर्ने सर्वसाधरण ट्वीटेको जुहारीको बारेमा थाईल्याण्ड स्थीत ईन्सीच्युट अफ ईन्फर्मेशन टेक्नोलोजीमा पिएडी गर्दै गरेका एकेन्द्र लम्साल भन्छन - ट्वीटर भनेको जङ्गल हो तपाई त्यहाँ ठुलो स्वरले चि्याउने कि अरुको कुरा सुन्ने त्यसमा भर पर्छ । धेरै नेताहरुको सामाजिक सञ्जाल प्रयोग गर्ने शैलि पनि एकेन्द्रले भने झै देखीन्छ - केही नेताहरु दोहोरो सम्वादमा विस्वास राख्छन कोही एकहोरो भाषण छाटेर अलप हुन्छन । आलोचना बाट त अलप हुनेहरु पनि बच्दैनन किन भने ट्विटरको रमाईलो पक्ष के पनि हो भने तपाईको टाईमलाईनमा तपाईले लेखेको देखीन्छ । तपाई सँग गरीने सम्वाद वा तपाईको ट्विट माथीको टिप्पणी देखिन्न र धेरैलाई सर्च गरी गरी कसले कसको बारेमा के भन्यो भनि हेर्ने ईच्छा पनि नहुदो हो । नत्र फेसबुक भन्दा ट्वीटर असहिष्णु देखीन्छ । नेताले चाँही दाँया वाया केही लेख्न हुन्न ट्वीट रिट्वीट हुदै फैलिहाल्छ । अनि शुरु हुन्छ १४० चालिस शब्दको ब्यङ्ग बाण !
यो लेख मिती २०७० भाद्र ३० गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

ईन्टरनेटमा नेपालका राजनैतिक पार्टिहरु

$
0
0
चुनावको चटारो सँगै सबै जसो राजनैतिक पार्टिहरुमा प्रचार प्रसारको लहर शुरु भएको छ । निर्वाचन आचार सहिंताले केही अगाडीका चुनावमा जस्तो पोष्टर पम्प्लेटिङ्ग , भित्ते लेखन गरेर माहोल पुरै आफ्नो पक्षमा पारेको देखाउने अवस्था निस्तेज पारी दिएको छ । आफु केन्द्रममै बसे पनि मोफसलमा आफ्नो पार्टिको हैसियत  पत्तो पाई सकेका नेताहरु जनलहर कसरी आफ्नो पक्षमा पार्ने भनेर रणनिती बनाउन ब्यस्त छन त्यसैले प्रचार प्रसारको लागी कहिले सामाजिक सञ्जाल वेबसाईटहरुको ब्यापक प्रयोग गर्ने कुरा गर्छन भने कहिले दाताहरु बाट प्राप्त चन्दा ईन्टरनेटमार्फत लिने र त्यसलाई पारदर्शी तरिकाले प्रयोग गर्न कुरा बताउछन । यसले के देखाउछ भने कुल जनसंख्याको धेरै कम जनसंख्याले ईन्टरनेट प्रयोग गर्ने भएता पनि सुचना सम्प्रेषणको लागी अहिलेको अवश्थामा यही उत्तम उपाया हो र हाम्रै देशमा पनि यसको प्रयोग न्युन प्रतिसतले गर्ने गरेका भए पनि यसका अप्रत्यक्ष प्रयोगकर्ता र प्रभाव समुह यो भन्दा निकै ठुलो छ ।


संविधान सभाको दोस्रो निर्वाचन हुनै लाग्दाको अवश्थामा नेपालका प्रमुख पार्टिहरुको वेबसाईट हेर्ने हो भने लगभग सबै जसो एक से एक अपडेटेड छन । कसैले आफ्नो वेबसाईठको लेआउट नै परिवर्तन गरेर आकर्षक रुपमा प्रस्तुती देखाइएका छन भने कुनैले पुरानै भए पनि जानकारी र सुचना अध्यावधिक राख्ने गरेका छन । शनिवार यो लेख तयार पार्दाको अवश्थामा नेपाली काँग्रेसको वेबसाईटमा तिन दिन पहीले अध्यावधीक सामग्री प्रमुख थियो भने नेकपा एमालेको वेबसाईटमा एमालेको प्रचार अभियान सुरु शिर्षकमा एक दिन अगाडीको सामग्री प्रमुख थियो ।  त्यस्तै एकिकृत माओवादीको वेबसाईटमा एक दिन अगाडी वैदेशिक रोजगार व्यवसायीहरुको आन्दोलनप्रति एकीकृत ने.क.पा. (माओवादी)को बिग्यप्ती भनेर प्रमुख सामग्री थियो । यस्तै चुनावको दोधारमा रहेको ड्यास माओवादीको वेबसाईट पनि अध्यावधिक नै देखीन्छ । यसमा भाद्र २८ गते अध्यावधिक सामग्रीको रुपमा उक्त पार्टिले सर्वदलीय बैठकमा प्रस्तुत गरेका भनिएका प्रस्तावहरू राखीएको थियो ।

तुलनात्मक रुपमा मधेशी जनाधिकार फोरम, नेपाल, मधेशी जनअधिकार फोरम प्रजातान्त्रीक, तराई – मधेश लोकतान्त्रीक पार्टि लाई ईन्टरनेटमा भेट्न गार्हो छ । उल्लेखीत पार्टिका नेताहरुको सदभावमा सञ्चालीत भनिएका कतिपय हिन्दी र नेपालीमा नेपालका समाचार पस्कने वेबसाईट भेट्न सकिन्छ तर पार्टिले नै आधिकारीक रुपमा सक्रीय अनलाईन गतिविधी देखाएका छैन । यसो भन्दैमा मधेशी पार्टिको वेबसाईट नै छैन भन्ने हैन । राजेन्द्र महतोको सदभावना पार्टीलाई ईन्टरनेटमा भेट्न सकिन्छ तर त्यस साईटमा उपलब्द सामग्री बिचार गर्दा यो साईट अध्यावधीक नभएको वर्षौ भएको देखीन्छ । बरु सुर्यबहादुर थापाको राष्ट्रिय प्रजातन्त्र पार्टिको वेबसाईट राम्रै सँग अपडेट भैरहेको देखीन्छ ।  कुन ठाँउमा कुन उम्मेदवार चयन भए देखी कान्तीपुर टेलिभिजनबाट प्रसारित हुने बिजय कुमार पाण्डेको दिशा निर्देश कार्यक्रमा अध्यक्ष थापाले दिएको अन्तर्वातालाई बढो प्राथमितकता साथ स्थान दिईएको छ ।

नेपाल सदभावना पार्टि कि अध्यक्ष सरिता गिरी ईन्टरनेटमा सक्रीय नेताहरुमा एक पर्छिन । विवादस्पद अभिब्यक्ती दिएर नेपाल सामाजिक सञ्जाल प्रयोगकर्ताहरु माझ चर्चामा रहने गिरीको आफ्नो पार्टिको आधिकारीक वेबसाईट भने छैन तर उनि ब्लग लेख्छीन। माथी उल्लेखीत पार्टिका वेबसाईटहरु मध्ये राष्ट्रीय जनमुक्ती पार्टिको वेबसाईट अलि पृथक छ । यसमा कुनै बिषयमा भोटिङ्ग गर्ने देखी सर्वसाधरणको अभिमत , प्रतिकृया र पार्टि सम्बन्ध गतिविधीको जानकारी  आदी समावेश गरीएको छ । अन्य पार्टिको वेबसाईटमा प्रस्तुत सामग्रीलाई बिचार गर्दा यो साईट अलि समावेशी देखीन्छ । यसको निर्माण धरानका  सुधिर लिम्बु  ले गरेका हुन ।

सबै जस्तो राजनैतिक पार्टिहरुले आफ्नो राजनैतिक बिचार प्रवाह गर्न हिसाबले वेबसाईटको सञ्चालन गरेको भए पनि धेरैले पार्टिका प्रमुख नेताले गरेका भाषण , केन्द्रीय समितीको बिज्ञ्यप्ती आदीमा अल्मल्ली रहेको भेटिन्छ । उदारणको लागी नयाँ बन्ने सम्बीधान कस्तो हुनु पर्छ भन्ने बिषयमा सदभावना पार्टी बाहेक कुनै पनि पार्टीको वेबसाईटको सो कुरा उल्लेख भएको देखिन्न ।
यो लेख मिती २०७० असोज ६ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकाको छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस

स्मार्ट वाच

$
0
0
अंग्रेजी सिनेमा हेर्ने बानी भए तपाईले कहिले न कहिले जेम्स बण्डका तिलस्मी सिनेमा हेर्नु भएको हुन सक्छ । उनले अभिनय गरेका केही सिनेमामा अकल्पनीय तवरले कैयौ मुस्कील कामहरु उनले लगाएको नाडी घडीले हल गरी दिएको देखाईएको हुन्छ । सिनेमा देखाईएको जस्तो जादु गर्न नसक्ने भए पनि यस्तै प्रकारको बहुआयमिक घडीहरु अहिले मोबाईल कम्पनीदेखी सवारी साधन निर्माता कम्पनी हुदै खेलकुदका सामान उत्पादन गर्ने कम्पनीहरु उत्पादन गर्न लागी परेका छन ।  सोनी, सामसुङ, एप्पल मात्र हैन गुगल पनि स्मार्ट वाच बनाउनेको कम्पनीको लाईनमा लागेको छ ।  खेलकुदका सामान बनाउने एडीडास , नाईक आदी कम्पनीहरुले पनि यस प्रकारको घडी बजारमा ल्याईसकेका छन भने  कार निर्माण गर्ने कम्पनी निसानले पनि यस्तै प्रकारको स्मार्ट घडी बजारमा ल्याएको छ । केही समय अगाडी भारतमै पनि एक सत्र वर्षिय किशोरले यस्तै खालको घडी बनाएका थिए जुन मोबाईलमा चल्ने एन्ड्रोईड अपरेटिङ्ग सिस्टम चल्ने गर्दथ्यो । त्यसले फोनबाट नै ल्यापटप कम्प्युटर अन गर्ने देखी घडीबाटै ईमेल ईन्टेनेट चलाउने आदी काम गर्न सकिन्थो । एन्ड्रोइडली नाम दिइएको उक्त घडीमा ब्लु टुथ, जिपिएस, वाइफाइ तथा क्यामरा लगायतका सुविधा रहेको बताइएको थियो ।
निसान कम्पनीले बताए अनुसार उसले उत्पादन गरेको स्मार्ट घडीले कारचालकको स्वास्थ्य अवस्था ख्याल राख्ने गर्दछ । झट्ट हेर्दा अन्य  स्मार्ट घडी जस्तै  देखिने उक्त ‘निसान निस्मो’ नामको स्मार्ट वाचले  सवारी चलाई रहेको ब्यक्तिको  मुटुको धड्कन र शरीरसँग जोडिएका अन्य गतिविधिमाथि निगरानी राख्ने बताईएको छ ।  सो घडी लगाएर सवारी चालक गाडी भित्र पसे पछी त्यसभित्रको तापमानको सूचना दिने तथा स्थानीय मौसमबारे जानकारी प्रदान गर्ने गर्दछ । गाडीको औसत गति र इन्धन खपतका विषयमा पनि चालकलाई सचेत गर्ने बताईएको उक्त स्मार्ट घडीले  कारको कनेक्टिभिटी बढाउनमा महत्त्वपूर्ण भूमिका खेल्ने कम्पनीले दाबी गरेको छ । निसानले निर्माण गरेको स्मार्ट वाच सवारीचालकलाई मध्यनजर गरेर निर्माण गरीए झै एडीडास , नाईक आदीले निर्माण गरेको स्मार्ट घडिले खेलाडीहरुको दैनिकीलाई सहयोग पुर्याउने बताईएको छ । एडीडास कम्पनीले उत्पादन गरेको स्मार्ट घडीले खेलाडीको मुटुको घडकन नाप्ने लगायत कुन दिशमा दौडिरहेको आदी जानकारी दिने जिपीएस सिस्टम जडान गरिएको बताईएको छ ।  कम्पनीले यसलाई खेलाडीको पर्सनल ट्रेनरको रुपमा बिकास गर्ने बताएको छ ।  खेलाडीहरुलाई अभ्यासको क्रममा मनोरञ्जन दिन उक्त घडीबाट ब्लुटुथ डिभाईसको साहायताले संगित सुन्न सकिने बताईएको छ । 

सोनि, सामसुङ्ग, गुगलले निर्माण गरेको स्मार्ट घडीमा मोबाईलमा संचालन गरीने एन्ड्रोईड अपरेटिङ्ग सिस्टममा जडान गरिएको छ ।  ब्लुटुथ लगायत अन्य वायलेस डिभाईस कनेक्ट गर्ने माध्यम मार्फत सम्पर्क  स्थापीत गराएर  क्यालेन्डर, इमेल, फेसबुक, टि्वटर मोबाइलबाट डाउनलोड गरी त्यसमा इन्स्टल गरेर टच स्क्रीन मोबाईल चलाए झै घडीमा उक्त एप्लीकेशनहरु चलाउन सकिन्छ । सोनीको स्मार्ट घडीको कुरा गर्ने हो भने त्यसमा पावर वटन मात्र भेटिन्छ बाँकी सबै कुरा टच गरेर चलाउनु पर्दछ ।  ट्याबलेट पिसिको आकारमा रुपान्तरीत हुदै गरेका मोबाईलहरु हेर्दा प्रयोगकर्ताहरुले नाडी लगाउने यस्ता स्मार्ट घडीहरुलाई रुचाएर आत्मसाथ गरी हाल्छन होला भन्न सकिन्न तर पनि समिक्षकहरु कालान्तरमा यसले बजार लिने बताएका छन ।  एप्पलको आईवाच र  यसै महिनबाट बाट बिक्री शुरु हुने बताईएको गुगलको स्मार्टवाच बजारमा आए पछी  यसको बजार बृदी हुने बिश्वास गरीएको छ ।

नेपाली बजारमा औपचारीक बिक्री बितरण शुरु नभै सकेको यस प्रकार घडीहरुको मुल्य भने अन्य साधरण नाडी घडीको तुलनामा अलि बढी नै छ ।  बिदेशमा रहेका आफ्ना नातागोतालाई यस प्रकारको घडि ल्याईदिन भन्नु भयो भने सस्तो मानीएको पेबल ब्राण्डको स्मार्टवाचको  १५० डलर पर्छ भने मेटावाच नाम गरेको अर्को स्मार्ट वाचको तिन सय डलर पर्दछ । सामासुङ्गले पनि ग्यालेक्सी गियर नाम गरेको स्मार्ट वाच बजारमा ल्याएको छ जसको बजार मुल्य दुई सय उनान्सय अमेरिकन डलर पर्दछ भने भारतिय बजारमा यही घडी किन्न तेईस हजार भारतीय रुपयाँ तिर्नु पर्दछ ।  सोनी कम्पनीले उत्पादन गरेको स्मार्टवाच भारतमा आठहजार भारतिय रुपयाँमाको हाराहारीमा खरिद गर्न सकिन्छ  ।

एडोब सिस्टम

$
0
0

 कम्प्युटरमा आधारित कुनै पनि काम गर्ने ब्यवशायीक ब्यक्तीलाई नभई नहुने सफ्टवेयरमा एडोब सिस्टमबाट उत्पादित केही उत्पादनहरु पर्दछन । जस्तो कि एडोब रिडर, फोटोसप, फ्रिह्याण्ड , एडोब अफ्टर ईफेक्ट , एडोब प्रिमीयर यस्ता केही सफ्टवेयरहरु हुन जसको गतिलो बिकल्प भेट्न हम्मे हम्मे पर्दछ । अझ कुनै पनि डिजीटल मिडीयामा कार्यरत पुर्ण ब्यबशायीक ब्यक्ती सोध्ने हो यसको बिकल्पको प्रति उति बिघ्न बिस्वस्त भएको पाईदैन । उदारणको लागी फोटो एडीटिङ्ग सफ्टवेयरको रुपमा कहलिएको एडोब फोटोसपलाई माईक्रोसफ्टको तथा एप्पलको अपरेटिङ्ग सिष्टम जडान गरिएको कम्पयुटरमा चलाउन सकिन्छ जुन लिनक्स अपरेटिङ्ग सिस्सटममा सोझै चल्दैन । तेस्रो सफ्टवेयरको साहायताले लिनक्समा फोटोसप ईन्सटल गरी चलाउन सकिन्छ तर यसको समस्या के छ भने नयाँ नयाँ फिचर थप भएको नयाँ सस्करणको प्रोग्राम नचल्न सक्दछ यस्तोमा लिनक्स अपरेटिङ्ग सिस्टम चलाउने ब्यक्तीले अपरेटिङ्ग सिस्टम परिवर्तन गरेर फोटोसप चलाउन थाल्दछ तर यसको बिकल्पको रुपमा खुल्ला तथा स्वतन्त्र सफ्टवेयर रुपमा बिकास गरिएको लिनक्समा चल्ने फोटो एडीटिङ्ग सफ्टवेयर गिम्प बिश्वस्त भएको पाईदैन । जबकी फोटोसप र गिम्पका धेरै फिचरहरु समान छन । यसो हुनुको कारण एउटा के पनि हुन सक्दछ भने केही समस्या परे वा नयाँ कुरा सिक्नको लागी फोटोसपका जती गिम्पका प्रयोगकर्ता नभेटीदा हुन र प्रयोगकर्तालाई आफ्नो सिप अध्यावधीक गर्न गार्हो भएको महशुश हुदो हो ।

कम्प्युटरमा प्रयोगकर्ताहरुलाई अत्यावश्यक पर्ने केही उत्पादन एडोबकै भएता पनि मिडीयामा यसको अन्य कम्पनीको जस्तो चर्चा भएको पाईदैन । यसो नहुनुको कारण कम्पनीको आफ्नो बजारनिती पनि हुन सक्दछ त्यसलै एप्पल, गुगल तथा माईक्रोसफ्टका उत्पादनहरु बजारमा आउनु भन्दा धेरै अगाडी देखी बजारमा बिभीन्न खाले अडकलबाजी आउने गरेको भएता पनि एडोबका उत्पादनले प्रयोगकर्ताको रुचीमा डेरा जमाई सक्दा पनि यसको  चर्चा हुदैन । एडोबको बजार निती कुरामा भन्दा काममा आधारित रहेको देखीन्छ उदारणको लागी यसले डेक्सटप एप्लीकेशन देखि भिडीयो एडीटिङ्ग तथा भिजुवल ईफेक्ट सफ्टवेयर सम्मको निर्माण गरेको छ । यसमा केहीलाई धेरैले निर्वीकल्प मानेका छन । जस्तो उदारणको लागी प्रोर्टेबल डकुमेन्ट फर्माट भएका फाईलहरु अझै केहि वर्ष उत्तिकै प्रयोगमा रही रहन्छन । लिनक्स देखी म्याक र विन्डोज सिस्टममा पनि चल्ने यस फाईललाई गुगलले पनि आफ्नो अनलाईन एप्लीकेशनमा उत्तिनै महत्व दिएको छ

एडोब फोटोसप, ईनडिजाईन, ईलुष्ट्रेटर , फायरवर्क्स, एक्रोब्याट आदी एडोब सिस्टम निर्मीत डेक्सटप सफ्टवेयर जुन धेरै मात्रमा ग्राफिक्समा काम गर्ने प्रयोगकर्ताहरुले प्रयोग गर्ने गर्दछन । माईक्रोसफ्टले फ्रन्टपेजको उत्पादन बन्द गरेर धेरैको स्मृतीवाट हराई सकेको भएता पनि वेब डिजाईनिङ्ग सिक्नेहरु अझै पनि यस कम्पनीको वेब डिजाईनिङ्ग टुल्स ड्रिमवेयरको कुरा गर्दछन । हुनलाई ड्रिमवेयर मात्र हैन एडोब सँग वेब डिजाईनरहरुलाई उपयोगी देखीने एडोब कन्ट्रीब्युट, म्युज, फ्लास बिल्डर त एडोब फ्लास को निर्माण गरेको छ । अँ साच्ची एडोब फ्लासको कुरा गर्दा एडोबले सन २००५ तिर माईक्रोमिडिया भन्ने कम्पनी खरिद गरेको थियो जसले माईक्रोमिडिया फ्लास भन्ने सफ्टवेयर निर्माण गरेको थियो । जसलाई अहिले एडोब फ्लास भनिन्छ । जहिले सम्म फ्लास माईक्रोमिडियाको अधिनमा थियो त्यसताका वेबमा झल्याकझुलुक देखीने चलायमान दृष्य रहेका एनिमेशहरु प्रशिद्द थिए । अहिले फ्लास एनिमेशन प्रयोग गरेर वेबसाईट बनाउने चलन लगभग पुरै हटीसकेको छ तर पनि जाभा फ्रेमवर्कमा आधारित एनिमेशन प्रोग्रामहरुको प्रसिद्दी उल्लेखनिय छ । वेब डिजाईनिङ्गमा धेरै प्रयोगमा रहेको पिएचपी , एएसपीएक्स लगायतका सर्भर साईट स्क्रीप्टले बजारमा आफ्नो आकार तय गरीसकेको भए ता पनि एडोबको कोल्डफ्युजन , लगायत एडोब कन्टेन्स सर्भरलाई प्रयोगकर्ताहरुले खासै रुचाएनन तर भिडीयो एडीटिङ्ग तथा भिजुवल ईफेक्ट दिने सफ्टवेयरको रुपमा एडोब प्रिमीयर तथा एडोब अफ्टर ईफेक्टको प्रसिद्दी तथा प्रयोग चर्चायोग्य छ । ईन्टरनेटमा आधारित ईलर्निङ्गको क्षेत्रमा एडोब क्याप्टीभेटको प्रयोग पनि उल्लेखनिय रहेको पाईन्छ ।

बहुउपयोगी उत्पादनको कारणले प्रयोगकर्ताको मन जितिसकेको एडोबले जो कोही सफ्टवेयर बनाउने डेभलपरको मन भने जित्न सकेको छैन जस्तोकी यसै वर्षको मध्यतिर रेडईट डट कम भन्ने कम्पनीले गरेको सर्भेमा यो कम्पनीले विश्वका प्रमुख दश सफ्टवेयर निर्माता कम्पनीहरु मध्ये काम गर्न नरुचाईने कम्पनीको सुचीमा नवौ नम्बरमा पर्दछ जुन कुरा सुन्दा धेरैलाई अचम्म लाग्न सक्दछ ।

ई-लर्निङ्ग वेबसाईटहरु

$
0
0
डाक्टरी देखी वेब प्रोग्रामिङ्ग सम्मका कोर्षहरु अनलाईन पढ्न पाईने भएको हुनाले आजभोली धेरैले अनलाईन लर्निङ्ग बाट फाईदा लिईरहेका छन । घरमै बसी बसी ईन्टरनेटको साहायताले आफ्नो रुची अनुसारको बिषय पढ्न पाईने हुनाले अनलाईन लर्निङ्ग (ईलर्निङ्ग) लाई धेरैले रुचाई रहेका छन । धेरै जस्तो अनलाईन लर्निङ्गका वेबसाईटहरुले निशुल्क सदस्यता दिने गरेका छन भने केहीले कोर्ष पुरा गरी सकेपछी प्रमाणपत्रको लागी भनेर केही निश्चीत शुल्क लिन्छन । केहि अनलाईन लर्निङ्ग वेबसाईटहरुले आफुले सञ्चालन गरेको कोर्षहरुलाई केही बिश्वबिध्यालय सँग समकक्षता निर्धारण गरी क्रेडिट समेत दिने गरेका छन । अनलाईन लर्निङ्गको सबभन्दा सबल पक्ष भनेको प्रयोगकर्ताले आफ्नो योग्यता ज्ञानको तह अनुसार अध्ययन गर्न सक्दछ । आउनुहोस यस्तै केही वेबसाईटहरु बारे चर्चा गरौ ।

खान एकाडेमी  :  यो एक गैरनाफामुलक संस्था बाट संचालीत ईलर्निङ्ग वेबसाईट हो । यसमा उपलब्ध शैक्षिक सामग्रीहरु जो कोहीलाई निशुल्करुपमा उपलब्ध हुने गर्दछ ।  यसको लागी तपाईले यस वेबसाईटमा आफु दर्ता हुनु पर्दछ त्यसपछी तपाईले बिज्ञान बिषय अन्तर्गतको रशायनशात्रको एरोमेटिक कम्पाउण्ड देखी विश्वको मानव सभ्यताको ईतिहास अन्तर्गत अमेरिकन सभ्यताको ईतिहास सम्मको अध्ययन गर्न पाउनु हुन्छ ।  ईबुक वा कम्प्युटर प्रिन्ट निकालेर पढ्ने बानी परेकाहरुलाई भने यो वेबसाईट त्यती रमाईलो नलान्न सक्छ किन भने यसमा दिएका सबै जस्तो कोर्षहरुको भिडीयो ट्युटोरियल छन । 

कोर्षएरा  :  यो पनि खान एकाडेमी जस्तै एक ई-लर्निंङ्ग वेबसाईट हो । यसमा दश देखी चौधहप्ता सम्म चल्ने गरी कोर्षहरु डिजाईन गरेका हुन्छन ।  जुन पन्द्र देखि बिस घण्टा सम्मका हुन्छन । यस वेबसाईटमा दिएका दुई तिन महिना लामा कोर्षहरु पुरा गरे पछी स्वयंम कोर्षएराले नै कुनै प्रमाणपत्र त दिदैन तर केही कोर्ष ईन्सट्रक्टरहरुले परिक्षा लिई उनिहरु आबद्द विश्वबिध्यलयबाट कोर्ष पुरा गरेको प्रमाणपत्र भने दिने गर्दछन । यस साईटमा दर्ता भएर प्रिन्सटन, ड्युक, स्ट्याण्डफोर्ड, क्यालटेक लगायत सोर्हवटा भन्दा बढी अन्तराष्ट्रीय बिश्वबिध्यालयको पाठ्यक्रम पढ्न पाईन्छ ।

युडासिटी : यो एक डिजीटल युनिभर्सिटी हो । जसमा आबद्द युनिभर्सीटीहरुले यसको साईटमा दिएको कोर्ष पुरा गरेपछी परिक्षा लिएक प्रमाणपत्र र कोर्ष क्रेडिट समेत उपलब्ध गराउने गर्दछन । यसमा पाँच दश मिनेटका भिडीयो देखि सो पुरा गरीपछी त्यसै सँग सम्बन्धीत क्वीज तथा असाईनमेन्ट समेत दिने गर्दछ । मुयख्यतय यस साईटमा बिशेशत बिजनेस, कम्पयुटर, डिजाईन, म्याथमेटिक  साईन्स सँग सम्बन्धीत बिषयबस्तु रहेको छ ।

स्यालर : यो एक एडभान्स ईलर्निंङ्ग वेबसाईट हो । यसमा उपल्बध कोर्षहरुको अध्ययन पुरा गरे पछि यस वेबसाईटले तपाईलाई कोर्ष पुरा गरेको प्रमाणपत्र दिने  गर्दछ । ईन्टरनेटबाट अध्ययन गरे पछी प्राप्त हुने सो प्रमाणपत्र अर्को कुनै बिश्वबिध्यालयमा अध्ययनको गर्नको लागि गणना गरीन योग्न नभए पनि निशुल्क रुपमा आफ्नो सिप क्षमता अभिबृदी गर्नकोलागी उपयोगी देखीन्छ । यस वेबसाईटमा तपाईले माध्यामिक तहदेखि बिश्वबिध्यालय तह सम्मका कोर्षहरु अध्ययन गर्न सक्नु हुन्छ ।

एडएक्स : यो एक हाभर्ड र म्यासाचुट्स विश्वबिध्यलयको सहयोगमा संचालीत वेबसाईट हो । यसमा एमआईटी, हाभर्ड, बेकर्ली, युटी लगायतका अमेरिकन  विश्वबिध्यलयका पाठ्यक्रम अध्ययन गर्न सकिन्छ । यस वेबसाईटले बिज्ञान , बाणिज्य, कम्प्युटर बिज्ञान, ईन्जीनियरिङ्ग, खाद्य बिज्ञान, मानविकीम कानुन आदि बिषयका सामग्री  प्रदान गर्ने गर्दछ । आफ्नो टाईममा पढ्न चाहनेहरुलाको लागी भने यो साईट उति उपयोग छैन किन भने यसम उपलब्ध कोर्षहरु सम्बन्धीत विश्वबिध्यलयका प्रोफेसरहरुले तोकीएको टाईममा संचालन गर्न सक्दछन ।

कोर्षएकाडेमी :  यदी तपाईलाई वेबप्रोग्रामिङ्ग प्रती चाख छ भने यो साईट तपाईले लागी ज्यादै उपयोगी देखीन्छ । यसका अनलाईन ईन्टरयाक्टीभ कोर्षहरुलाई हामी बाल्यकालमा हात समाएर पढ्न सिकाएको झल्को दिन्छ । यसमा पाईथन , पिएचइपी , जाभास्क्रीप्ट, रुबी लगायत एटीएमएल, सिएसएस आदी कोर्षहरु पढन सकिन्छ । यस वेबसाईटको प्रभावकारीता बाट प्रभावित भएर न्युयोर्क टाईम्स देखि टेक्रन्च सम्मका वेबसाईटहरुले यस साईटको गुणगान गाईसकेका छन ।

ब्लाक फ्राईडे देखि साइबर मन्डे सम्म

$
0
0
हामीले भर्खरै जस्तो वर्षभरीका मुख्य चाडहरु मनाई सक्दा पश्चीमाहरु वर्षभरीकै ठुला चाडहरु मनाउन लागी परेका छन । यसै महिनाको कुरा गर्ने हो भने उनिहरुले गत बिहिबार थ्याङ्कस गिभीङ्ग डे मनाए भने त्यसको भोली पल्ट ब्लाक फ्राईडे। अब साईबर मन्डे  आउदैछ । क्रिसमस मनाउनेहरु सबै जस्तो  नजीकिदो क्रिसमसको सेरोफेरोमा बिभिन्न बाहानमा ब्यस्त हुदैछन । ब्लाक फ्राईडे र साईबर मन्डे दुबै क्रिसमस खरिदारीको लागी चलेको चलन भए पनि साईबर मन्डेको उति बिघ्न लामो ईतिहास छैन । नत कुनै धार्मिक वा पैराणीक कार्य सँग सम्बन्धीत छ । यो चलन झण्डै एक दशक अगाडी एउटा अनलाईन सपिङ्ग सञ्चालन गरीरहेको वेबसाईटले आफ्ना पुराना बिक्रीबितरणलाई विश्लेशण गरी सुरु गरेको चलन हो  जुन  धेरै हदसम्म नेपाल भारतका सर्वसाधरणले लक्ष्मीपुजाको दिन धेरै सामान किन्ने र बेच्नेले पनि यसै बेलामा बिभीन्न खाले अफर दिने चलन सँग मिल्न जान्छ ।

साईबर मन्डे नामैले ईन्टरनेट सँग सम्बन्धीत छ । यसको चलन शुरु हुनु भन्दा पहिले पनि थ्याङ्स गिभीङ्ग डे  लगत्तै आउने सोमबार क्रिसमस मनाउने शहर बजारमा खरिद बिक्री बढ्ने गरेको पाईएको थियो ।
यही चहलपहललाई मध्यनजर गरी अनलाईन सापिङ्ग  वेबसाईट सञ्चालन गरीरहेका वेबसाईटवालाहरुले ग्राहकहरुलाई अनलाईन सपिङ्गमा बानी पार्न यसको चलन चलाएका हुन । जुन वर्षेनी सफल पनि हुदै गएको छ । अमेरिकाबाट शुरु भएको यो चलन अहिले युरोप सम्म फैलिएको छ । एसियालीहरुको कुरा गर्दा जापानीहरुको यस प्रतिको चाख उल्लेखनिय छ ।

ईन्टरनेटमा ( ब्लाक ) फ्राईडे देखीनै क्रेतालाई लोभ्याउने गरीका अविस्वासनिय अफरहरु भेटिन्छ । अरु बेला छ सात सय अमेरिकन डलर पर्ने सामान यो बेला झण्डै आधा जस्तो दाममा पाईन्छ । सामसुङ्ग, एप्पल जस्ता बजार कब्जा गरेर बसेका कम्पनीहरुले औपचारिक रुपमा यस अवसरको लागी भनेर सामानको मुल्यमा हेरफेर गरेका हुन नहुन ईन्टरनेटमा यसैका उत्पादनहरुमा अकल्पनीय छुट पाईन्छ । एप्पलले नयाँ आईफोन फाईभको मुल्य आधिकारीक रुपमा छ सय डलरको हाराहारीमा राखेको किन नहोस यस पालीको ब्लाक फ्राईडेको अवसरमा चार सय डलर सम्ममा बेचेको भेटियो  । माईक्रोसफ्टका अफिस प्याकेजको अरु बेला तिन सय डलर सम्म पर्छ । एक छिन गुगल गर्दा डेढ सय डलरमा ओरिजिनल लाईसेन्स भेटियो ।  यस्तै अन्य कारणहरु पनि छन जस्ले गर्दा मान्छेहरु युरोप यो हिँउ पर्ने जाडोमा पनि मध्यरातमा डिपार्टमेन्ट स्टोर अगाडी लामबद्द देखीए । हुनलाई यो सब भन्नु ब्यपारको एक रणनितीनै हो तर पनी मान्छेहरु सित्तै पाईयो भने झै लागी परेका छन ।

ब्लाक फ्राईडे सपिङ्गका आलोचकहरुले यसलाई कमअसल सामानका सल्टाउने अवसरका रुपमा निन्दा गर्ने गर्छन भने यसका समर्थकहरु ब्लाक फ्राईडे वा साईबर मन्डे जे नाम दिए भए पनि क्रेतालाई सामान किन्न उत्साहीत पार्ने यस अवसरले बिक्रेताको नाफामा असर गरेको नभई ब्रिकेताको क्रय क्षमता बृदी गर्न मनोबैज्ञानिक दबाब पारेको भन्ने गरेका छन ।   आलोचकहरुका भनाईलाई बल पुर्याउने गरी कतै कतै अरुबेला पाईने समानमा चलाखी पुर्वक त्यसको क्षमता , गुणस्तर कम गरी सामान बिक्री गरेको पाईए पनी ठुला ठुला कम्पनीहरुले बजार बिस्तार लागी ठुलो संख्यामा सामान खरिद गर्ने बिक्रेताहरलाई ठुलै प्रतिशतमा छुट दिने गरेको हुनाले सबै क्रेता ठगीएका हुन भन्न सकिन्न तर जुन सुकै खरीदारी गर्दा पनि उपभोक्ता चनाखो हुनु पर्ने कुरा चाँही  अन्तीम सत्य हो ।

नेपालमा न ब्लाक फ्राईडेको सपिङ्ग गर्ने चलन छ न साईबर मन्डेको नाममा भारी छुट दिएर उपभोक्ता आकर्षित गर्ने ठुला अनलाईन सपिङ्ग साईट नै छन तर पनि बिदेशमा साथी भाई ईस्टमित्र रहेका नेपालीहरुले यसै अवसरमा फाईदा लिन सक्छन । बेला यही हो , बिदेशमा रहेका तपाईका आफन्त ईष्टमित्रलाई केही ल्याई दिन भन्न लाग्नु भएको भए , अमेजन डट कम, वालमार्ट डट कम , बेष्ट बाई डट कम यस्ता केही वेबसाईटहरु हुन जसमा तपाईले सोमबार सम्म चल्ने अफरहरु भेट्न सक्नु हुन्छ । सामान किनी मान्ने नमाग्ने , पठाउनेले पठाउन सक्ने नसक्ने आफ्नो ठाँउमा छ तर केही पठाई दिन्छु भनेको भए किन्नको लागी चाही यो राम्रो अवसर हो ।

केही ब्लाक फ्राईडे तथा साईबर मन्डे डिल
वेब होष्टीङ्ग सम्बन्धी ब्लाक फ्राईडे साईबर मन्डे डिल
वर्डप्रेस होष्टिङ्ग , प्रिमीयर थिम सम्बन्धी ब्लाक फ्राईडे साईबर मन्डे डिल
वालमार्ट डट कम मा साईबर मन्डे
Viewing all 92 articles
Browse latest View live