Quantcast
Channel: साइबर चौतारी
Viewing all 92 articles
Browse latest View live

ब्लगबाट निरन्तर अभियान

$
0
0
सर्च गरी–गरी आफूलाई मन लागेको विषयमा ब्लग पढ्ने गर्नुभएको छ भनेर भोलि र पर्सि गुगलको ब्लगसर्च डट गुगल डट कममा गएर ‘पावर अफ वी’ भनेर सर्च गर्नुहोला । हजारौ संख्यामा संसारभर कुना–कुनाबाट आफ्नो समुदायमा देखिएका असमानता, परतन्त्रता र भ्रष्टाचारविरोधी लेखहरु पढ्न पाउनु हुनेछ । यसरी एउटै विषयमा धेरैले लेखेका ब्लगपोष्टहरु भेटिनुको कारण चाहि ‘ब्लग एक्सन दिवस’ हो । यो दिवस प्रत्येक वर्ष अक्टोबर १५ तारिखका दिन विश्वभर मनाइन्छ । सन् २००७ देखि मनाउन थालिएको यस दिवसलाई व्यक्ति विशेषमा धारणा निर्माणका लागि प्रभाव पार्न सक्ने मानिएका प्रभावशाली निकायका आधिकारिक ब्लगसाइटहरुले पनि साथ दिने गरेका छन् । अमेरिकी राष्ट्रपतिको आधिकारिक ब्लगसाइटदेखि गुगल अफिसियल ब्लग यस कार्यक्रममा सहभागी भइसकेका ब्लगसाइटका उदाहरण हुन् ।
सन्दर्भ : ब्लग एक्सन डे - २०१२
यस कार्यक्रमको शुरुआत सन् २००७ मा कोलिस ट्येड, सायन ट्येड र लिओ बाबुटा नाम गरेका ब्लगहरुले गरेका थिए । विश्वविख्यात वेब होस्टिङ कम्पनी इनभ्याटोको सहयोगमा तामझामका साथ मनाइएको २००७ को ‘ब्लग एक्सन डे’ को शीर्षक ‘वातावरण’ थियो । त्यति बेला लगभग साढे २० हजार ब्लगसाइटहरुमा साढे २३ हजार जति ब्लग पोष्ट भएका थिए । त्यस वर्ष टेक्नोराटी नाम गरेको चर्चित साइटले पनि सहभागीता जनाएको थियो । सन् २००८ मा चाहि ब्लग एक्सन डेका दिन गरिबीका बारेमा सामूहिक ब्लगिङ गर्ने निर्णय गरिएको थियो । दोस्रो वर्षको कार्यक्रममा सहभागीको संख्या ह्वात्तै घट्यो तर प्रभाव घटेको मानिएन किनभने यसै कार्यक्रममा युरोपियन युनियनका मन्त्रीले पनि सहभागीता जनाएका थिए ।
त्यस अवसरमा दिनभरिको रेडियो कार्यक्रम पनि सञ्चालन गरिएको थियो । सहभागी चाहि अघिल्लो वर्षको भन्दा लगभग १० हजारले कम्ती थिए तर १४ हजार ब्लगपोष्ट प्रकाशित भएका थिए । दोस्रो वर्ष र तेस्रो वर्षको कार्यक्रममा सहभागी ब्लगसाइटहरु लगभग उत्तिकै संख्यामा रहे पनि ब्लगपोष्टको संख्याले कीतिर्मान राखेको थियो । तत्कालीन बेलायती प्रधानमन्त्री गोर्डन ब्राउनको सहित ३२ हजार ब्लगपोष्टहरु प्रकाशित भएका थिए ।

सन् २००९ ताका मौसम परिवर्तनका बारेमा विश्वभरिका मौसमविद्हरुमा नाटकीय रुपमा चासो बढेको थियो । त्यसबेला जलवायु परिवर्तनको चिन्ताले कसले के–केमात्र गरेनन् ? नेपालमै पनि सगरमाथाको आधार शिविरमा मन्त्रिपरिषद्को बैठक गरियो भने माल्दिभ्समा समुन्द्रमुनि मन्त्रीहरु भेला भएर बैठक गरे । त्यसै वर्ष विश्वव्यापी लहडलाई पछ्याउदै ब्लग एक्सन डे मनाउने निकायले जलवायु परिवर्तनबारे सामूहिक ब्लगिङ गर्न आह्वान गरेको थियो । विश्वव्यापी चासो बढिरहेको बेला ह्वाइटहाउसको आधिकारिक ब्लगसाइटमा पनि जलवायु परिवर्तनका बारेमा ब्लग एक्सन डेका दिन एउटा ब्लगपोष्ट प्रकाशित भएको थियो । सन् २००९ मै यो कार्यक्रमलाई संयुक्त राष्ट्रसंघको वातावरणीय कार्यक्रमले आर्थिक सहयोग पनि गरेको थियो भने वातावरणको क्षेत्रमा सक्रिय वेबसाइट चेन्ज डट अर्गले प्रायोजन गरेको थियो । विश्वव्यापी रुपमा ध्यान खिचिने गरी यसै वर्ष अमेरिकी राष्ट्रपति कार्यालयको आधिकारिक ब्लग साइटदेखि बेलायती प्रधानमन्त्रीको ब्लगसाइटसम्ममा तोकिएको विषयमा ब्लगपोष्टहरु देखा परेका थिए ।

ब्लग एक्सन डेलाई सन् २००९ को वर्षभरिको वातावरण चिन्तनले सन् २०१० सम्म प्रभाव पारेको देखियो । यो वर्ष पानीका बारेमा सामूहिक ब्लगिङ गरिने निर्णय गरिएको थियो । त्यस्तै, २०११ को ब्लग एक्सन डेको शीर्षक ‘खाना’ थियो । वास्तवमा यो कार्यक्रम विश्व खाद्य दिवसको साझेदारीमा सञ्चालन गरिएको थियो । यस वर्ष ‘पावर अफ वी’ भनेर हाम्रो समाज र यसैको सेरोफेरोमा रहेर समानता र स्वतन्त्रताको पक्षमा र भ्रष्टाचारविरोधी आवाज बुलन्द गरिने भएको छ । यो लेख तयार गर्दासम्ममा १ सय ३ देशबाट ४३ भन्दा बढी भाषामा १७ सयभन्दा बढी ब्लगसाइटले सहभागीता जनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

र अन्त्यमा, विश्वव्यापी रुपमा सञ्चालन भइरहेको यस कार्यक्रमले विभिन्न पृष्ठभूमिबाट आएका व्यक्तिहरुले एकै विषयमा ब्लगिङ गर्ने हुनाले विषयका विविधतालाई बुझ्न सहयोग पुग्ने देखिन्छ । त्यसैले यदि तपाईं पनि ब्लगिङ गर्नुहुन्छ भने आउनुहोस्, यस वर्षको ब्लग एक्सन डेमा नेपालमा व्याप्त भ्रष्टाचार, असमानता अनि स्वतन्त्रताका नाममा भित्रिएका विकृति र तपाईं–हाम्रो समाजबारे ब्लगिङ गरौं । ब्लगबाट नै भए पनि इन्टरनेटमा पहुँच भएकाहरुलाई हामीमा अन्तर्निहीत शक्तिबारे जागरुक गरौं । जय ब्लगिङ †
 यो लेख मिती २०६९ असोज २८ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापिएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।

न्युजविक डट कम

$
0
0
विश्वब्यापी समसामयिक घटना र राजनितीक विश्लेषणलाई हप्तै पिच्छे पाठकहरु माझ पस्कीरहेको न्युजविक यस वर्षको डिसेम्बर ३१ तारिख देखी प्रकाशित हुन बन्द हुने खबरले यस सप्ताह धेरैलाई झस्काई दियो । अमेरिकाको न्युयोर्क मुख्यालय रहेको यस म्यागजिन अमेरिकामा मात्रै बिभिन्न राज्यहरुमा गरी बाईस स्थानबाट एकै समय प्रकाशन हुने गर्दछ । यसको बिक्रीबितरण प्रसिद्द टाईम म्यागजिनको भन्दा तुलनात्मक रुपमा अलि कम देखीए पनि विषयबस्तुको उठान , यसमा प्रकाशित सामग्रीहरुको प्रभाव र विश्वनियताको आधारमा यसलाई टाईम म्यागजिनको कडा प्रतिश्पर्धी मानिन्छ । न्युजविक ,टाईम म्यागजिन आदीमा कुनै बिकासोन्मुख राष्ट्रको समाचार छापीनुलाई मात्र पनि महत्वका साथ हेरिन्छ ।  नेपालकै कुरा गर्ने हो न्युजविकको अनलाईन संस्करण अनुसार अन्तीम पटक  त्यसमा छापीएको नेपाल सम्बन्धी समाचार भनेको गत मे र सेप्टेम्बर महिनामा भएका हवाई दुर्घटना सम्बन्धी समाचारहरु हुन ।


वास्तबमा यस वर्षको अन्तबाट न्युजविकको मुद्रीत संस्करण बन्द हुने भए पनि न्युजविकको समाचार प्रवाह चाही रोकिने छैन । कुनै बेला वासिङ्गटन पोष्टले संचालन यस पत्रिका अहिके  न्युजविक बिष्ट मेडियाका नामक संस्थाले चलाएको छ ।   बिष्ट मेडियाका अनुसार अब न्युजविक  अनलाईन संस्करणमा मात्र उपलब्ध हुनेछ ।  प्रिन्ट मिडीयामा आफ्नो उपस्थीतीको उनान्नासी औ वर्षको गौरवमय पुरा गरि सकेको न्युजविक अब अनलाईन सस्करणमा मात्र उपलब्ध हुने कुरालाई धेरैले गम्भीरताका साथ हेरेका छन । एकथरीका आलोचकहरुले "नागरिक पत्रकारीता" को प्रभाव बृदी संगै न्युजविक जस्ता पत्रिकाहरुको प्रकाशन बन्द हुनुलाई स्वाभाविक मानेका छन भने केहीले बिगत केही बर्ष देखी ब्यबश्थापकिय कमजोरिका कारणले गिर्दै गईरहेको साख जोगाई राख्नलाई मात्र न्युजविकले अनलाईन संस्करण सञ्चालन गरेको ठानेका छन ।

तर केही मिडिया विश्लेशकहरुका अनुसार आलोचकहरुले जस्तो सुकै कारण र तर्क दिए पनि नयाँ साझेदार र चुस्त ब्यबश्थापनका साथ प्रिन्ट मिडियामा नै आफ्नो वस्चर्सव बृदी गर्ने संभावनाहरुका बाबजुद न्युजविकले प्रिन्ट एडिसन बन्द गरेर अनलाईन एडिसन मात्र सञ्चालन गर्नु भनेको समाचार प्रवाह मा नयाँ सम्भावनाको ढोका खोल्नु हो । यसले धेरैलाई दिशा निर्देश गर्न सक्दछ । यस कदमको स्वयं न्युजविककै समाचार प्रबाहको गती र पँहुच बृदि गर्नेछ  । न्युजविकको यस किसिमको कदमले अब प्रिन्ट मिडीया हाउसहरुले बैकल्पीक मानिदै आएको अनलाईन न्युज पोर्टल सञ्चालनको कामलाई अनिवार्यताको लगाम भिराउने देखीन्छ । 

नेपालकै कुरा गर्ने हो भने केही वर्ष अगाडी सम्ममा पनि नेपालकै अग्रणी ठानिएका प्रकाशन गृहहरुको अनलाईन पोर्टल फगत उपस्थीती देखाउने गरीको मात्र देखिन्थे । अझ केही प्रकाशनगृहरुले आफ्नो वेबसाईटलाई आफ्नो पत्रिका ईन्टरनेटमा पनि छ है भन्ने देखाउने गरीका अनियमित अपडेट र झारा टार्ने गरी राखेका देखिन्छन भने केही प्रकाशन गृहहरुले बढो प्रथमिकताका साथ क्षण क्षणमा खबर अपडेट गर्ने गरीको अनलाईन न्युजरुम पनि स्थापना गरी सञ्चालन गरेका छन । नागरिक न्युज डट कम  आदी यसका उदारण हुन । देशकै सबभन्दा पुरानो समाचारपत्र को रुपमा रहेको गोरखापत्रजस्ता एक दिनमा एक पटक र भ्याउदा मात्र अपडेट हुने पत्रिकाहरुका अनलाईन पोर्टहरु पनि मनग्ये देखिन्छन । यसलाई सम्बन्धीत ब्यबश्थापनको अनलाईन पोर्टल सम्बन्दी उदासिनताको रुपमा लिन सकिन्छ । हिमाल मिडीयाको हिमालखबर डट कमकुनै प्रकाशन गृहको वेबसाईट भईकन पनि त्यसको मुद्रित संस्करण प्रकाशन हुदैन तर समाचार ब्रेकिङ्ग गर्दछ
यो लेख मिती २०६९ असोज ५ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस

ओपन आई डी

$
0
0
वेब २.० प्रविधी र यसले अंगीकार गरेको शोचको बिकास सँगै यस किसिमका वेबसाईटको प्रयोग र उपयोगमा नयाँ आयाम देखा परेको मान्न सकिन्छ । नयाँ आयाम यस अर्थमा कि आजकल वेबसाईट संञ्चालकले वेबसाईटको कन्टेन्टमा भन्दा यसको सुरक्षा र दुरुपयोगमा रोक्ने प्रविधीमा ध्यान दिनु पर्ने अवश्था आएको छ । अहिलेको अवश्थामा ईन्टरनेट प्रयोगकर्ताको विश्व परिदृश्य बिचार गर्दा नागरीक पत्रकारीता , ब्लग , सामाजिक सञ्जालको तिव्र प्रयोग सँगै  वेबसाईटको सामग्री प्रयोगकर्ता आफै उत्पादन र आवश्यक पर्दा सम्पादन पनि गर्न सक्ने भएका छन । यस्तोमा आफुलाई रुचीलागेको विषयमा सामाजिक सञ्जाल लगायतका वेबसाईटमा गएर आफ्ना ज्ञान बाढ्नु धेरैको लागी रमाईलो नै हुने गर्दछ तर वेब कन्टेन्ट सुरक्षाको नाममा प्रत्येक युजर ईन्टरयाक्टीभ वेबसाईटहरुमा गएर दर्ता हुनु पर्ने अनि दर्ता गर्ने क्रममा प्रत्येक पटक आफ्नो ब्यक्तीगत बिबरण , गोप्य प्रश्न र यसको उत्तर अनि क्याप्चा भ्यालिडेशन र उस्तै पर्दा ईमेल एड्रेस भ्यालीडेशन आदी धेरैको लागी झन्झटीलो र पट्यारलाग्दो बिषय हो । अझ प्रत्येक वेबसाईटको लागी छुट्टछुट्टै युजरनेम र पासवर्ड सम्झीने काम पनि झनै अप्ठ्यारो काम हो । 

वेबसाईट सञ्चालकको कोणबाट बिचार गर्ने हो भने युजर ईन्टरयाक्टीभ वेबसाईटको सुरक्षा सँग सञ्चालकको ईज्जत गाँसीएको छ । अझ भनौ प्रयोकर्ताको सामग्री र ब्यक्तीगत बिबरण सुरक्षा गर्ने जिम्वेवारी सञ्चालकको हुन्छ र प्रत्येक जिम्मेवार ब्यक्ती आफ्नो जिम्मामा रहेको काम ईमान्दारी पुर्वक गर्न चाहन्छ यस्तो बेला सरोकारवाला दोस्रो पक्षका सानातिना कठिनाई गौण भैदिन्छन ।  युजर ईन्टरयाक्टीभ वेबसाईटहरुमा लगईन हुने लम्बेतान र झन्झटिलो प्रक्रिया भनेको प्रयोगकर्ताको ईन्टरनेट उपस्थीतीलाई सुरक्षीत गर्न हो भने प्रयोगकर्ताको त्यही उपस्थीती सहज र सर्वसुलभ भैदियोस भनेर बिकास गरीएको प्रविधी भनेको ओपनआईडी कन्सेप्ट पनि हो ।
यसको विकास  सन २००५ मा लाईभ जर्नलभन्ने वेवसाईटका निर्माताले गरेका थिए । यसको प्रयोगले ओपन आई. डी. लगईन ईनेवल गरीएका वेबसाईटमा आफु सँग भएको पुरानो ओपन आईडीको प्रयोग गरेर लग ईन गर्न सकिन्छ । यो एक प्रकारको युजर अथेन्टिकेशनको र एक्सेस कन्ट्रोल गर्नको लागी निर्माण गरिएको स्वतन्त्र तथा विकेन्द्रित प्रणाली हो । यसलाई बिकेन्द्रीत सिङ्गल साईनअप प्रणाली पनि भनिन्छ ।

सिङ्गल साईनअप प्रणालीको फाईदा के पनि हो भने एक पटक लगईन भैसके पछी उक्त प्रयोगकर्ताको अनुमति लिएर सो प्रणालीले प्राप्त गर्ने अधिकार अनुसारको जानकारी एकिकृत गरी फेरी लगईन नगरी अर्को वेबसाईटमा लगईन गर्ने गर्दछ । उदारणको लागी गुगलको कुनै एक सेवामा लगईन भए पछी त्यसैको युजरनेम र पासवर्ड प्रयोग भई स्वत अर्को सेवामा पनि लगईन हुन सकिन्छ । अर्थात यदी तपाईले जिमेललगईन गर्नु भएको छ भने पिकासावा गुगल ड्राईभको लागी लगईन गरीरहनु पर्देन । यो प्रकृया स्वत: भै जान्छ । याहुको कुरा गर्दा याहुमेल लगईन गरेर याहु बुकमार्क जस्तै याहुको अर्को सेवामा लगईन हुन फेरी फेरी युजरनेम पासवर्ड प्रयोग गर्नु पर्दैन । स्मरण रहोस , गुगल , याहुजस्ता वेबसाईटहरुले ओपनआईडीको पुर्ण प्रयोग मुलत आफ्नो वेबसाईटमा सिमिती गर्ने गरेका छन । अर्थात गुगल आइडी प्रयोग गरेर याहुमेलचेक गर्न सकिदैन किनभने ओपन आईडीको प्रयोगको पनि आफ्नै सिमतताहरु छन ।  तर याहु र गुगल दुबै आईडीको प्रयोग गरेर कतिपय वेबसाईटहरु जसमा प्रयोगकर्ताको सिमित जानकारी प्रसश्त भैदिन्छ त्यसता प्रयोग भएको पाईन्छ । डिस्कड , वर्डप्रेस, फेसबुक कमेन्ट सिस्टम आदी गुगल र याहु आईडी प्रयोग गरेर उपयोग गर्न सकिने सेवा हुन ।

ओपन आई. डी. को वारेमा धेरैलाई जानकारी नभए पनि अन्जानमै धेरैले यसको प्रयोग गरि रहेका छन । उदारणको लागी गुगल र याहुका प्रयोगकर्ता लाई लिन सकिन्छ जसको युजर आई डी जन्मजात ओपन आई डि हो । त्यस प्रकारको ( ओपन ) युजर आई डि ले ओपन आई डि सपोर्ट गर्ने धेरै वेव साईटमा लगईन गर्न सकिन्छ । याहु , गुगल को अलावा एओल, बिबिसी , लाईभजर्नल , माईस्पेश , आईबिएम, भेरीसाईन आदीले पनि ओपन आडी प्रदान गर्छ । यसको लागी सम्बन्धित साईटको सम्बन्धित वेवसाईमा रजिष्ट्रर भए पछि त्यो युजरनेज स्वत: ओपन आई. डी. मा रुपान्तरण हुन्छ । यसले धेरैवटा साईटमा लगईन गर्नको लागी आवश्यक युजरनेम र पासवर्ड याद गर्नु पर्ने झन्झट वाट मुक्ती दिलाउछ ।
यो लेख मिती २०६९ कार्तिक १९ गतेको ब्लाष्ट दैनिकमा  प्रकाशित भएको थियो ।

ओपनआईडी को बारेमा थप बुझ्न लागी तलको भिडियो उपयोगी हुन सक्छ ।




सित्तैमा वेबसाईट (डोमेन र वेबस्पेश)

$
0
0
टप लेभल डोमेनदर्ता गर्नको लागी वार्षीक सालाखाला १० डलर भुक्तानी गर्नु पर्दछ । तर नेपालको कन्ट्रीकोड टप लेभल डोमेनदर्ता गर्नको लागी कुनै शुल्क लाग्दैन । यो स्वत: नबिकरणीय र निशुल्क पनि छ ।  यस पोष्टमा मर्कन्टायलले निशुल्क उपलब्ध गराएको डट एन पी डोमेनलाई  कसरी नेमसर्भरआईपीडिटेल उपलब्ध गराउने फ्रिहोष्टीङ्ग वेबसाईटको प्रयोग गरेर आफ्नै डोमेनको वेब साईट संचालन गर्ने भन्ने बारे दिईएको छ । यसो गरीदाँ ,यदी तपाई डट एनी डोमेन प्रयोग गर्नु हुन्छ भने दुबै सेवा प्रदायकले अर्को सुचना ननिकालुञ्जेल सम्म सधैभरीको लागि निशुल्क वेबसाईट सञ्चालन गर्न सक्नु हुन्छ । अझ तपाईलाई DNSसेटिङ्ग सम्बन्दी ज्ञान छ भने ब्लगर, टम्बलरआदी वेब प्लेटफर्ममा होष्ट भएका वेबसाईटलाई डट एन पी डोमेन प्रयोग गरेर निशुल्क र आफ्नै डोमेनमा प्रयोग गर्न सक्नु हुन्छ । आउनुहोस सबभन्दा पहिले डट एन पी डोमेन दर्ता गर्ने प्रक्रिया बुझौ ।


निशुल्क (.np) डोमेन दर्ता गर्ने तरिका


डट एनपी डोमेन एक्सटेन्सन भएको डोमेनमा आफ्नो साईट होष्ट गर्न चाहनु हुन्छ भने register.mos.com.npमा गएर आफुले दर्ता गर्न चाहेको डोमेन उपलब्ध छ छैन निक्योल गर्नु होला ।
तपाईले दर्ता गर्न चाहनु भएको डोमेन अहिले सम्म कसैले दर्ता गरेको रहेनछ भने तपाई नेपालको कन्ट्रकोड टप लेभल डोमेन (डट एनपी) दर्ता गर्ने आधिकारीक निकाय मर्कन्टायलको कम्युनिकेशले आफ्नो वेबसाईटमा उल्लेख गरेको प्रक्रिया पुरा गरेर सो डोमेन आफ्नो नाममा दर्ता गर्न सक्नु हुन्छ ।
माथि दिएको स्क्रीनसटमा जस्तै डट एनपी डोमेन रजिष्टर गर्दा जसको लागी डोमेन दर्ता गरिदै गरेको हो त्यो सो संस्था वा ब्यक्तीको सम्पर्क बिबरण एडमिनिस्ट्रेटिभ कन्ट्याक्ट र जो मार्फत गरीन लागेको हो सो संस्था बा ब्यक्तीको बिबरण टेक्नीकल कन्ट्याक्टमा राख्ने गरीन्छ । टेक्नीकल कन्ट्याक्टको ठिक मुनि पट्टी Primary Name Server र Secondary Name Server को Hostname र IP Address के राख्ने भन्ने कुरा चाँही आफुले दर्ता गरीदै गरेको वेबसाईट कुन सर्भरमा राख्न खोजेको हो त्यसको नेम सर्भर को डिटेल राख्नु पर्दछ ।

यो ब्लग पोष्टमा निशुल्क रुपमा वेबसाईट कसरी तयार गर्ने भन्ने कुरा लेखीन लागेको हुनाले डेडीकेटेड वा शेयर्ड सर्भरमा जस्तै बिना बिज्ञापन निशुल्क वेबस्पेश दिदै आएको 000webhost.comको नेमसर्भर डिटेल राखीएको छ । यस वेबसाईट मार्फत आफुले तयार गरेको वा कुनै CMSवा ब्लग टुल्स को प्रयोग गरेर तयार गरेको वेबसाईट अपलोड गर्न सकिन्छ । यदी तपाई पनि आफ्नो वेबसाईट निशुल्क रुपमा 000webhost.com मा होष्ट गर्न चाहनु हुन्छ भने तल दिए अनुसारको प्राईमरी नेमसर्भर र सेकेन्डरी नेमसर्भरको होष्टनेम र आईपी एड्रेस दिनु होला ।

ns01.000webhost.com31.170.167.6
ns02.000webhost.com64.120.10.10

माथी उल्लेख गरे अनुसारको प्रक्रिया पुरा गरे पछी अनलाईन डोमेन दर्ता पुरा भएको मानिन्छ । (डट एनपी डोमेन दर्ता सम्बन्धमा थप जानकारीको लागी http://register.mos.com.np/contact.aspमा दिएको सम्पर्क ठेगानामा सम्पर्क गरी बुझ्नुहोला । )

नेपालको कन्ट्रीकोड टपलेभल डोमेन दर्ता गरी प्रयोग गर्नको लागी अहिले सम्मको नियम अनुसार कसैलाई पनि कुनै पनि प्रकारको शुल्क भुक्तानी गर्नु पर्दैन ।

निशुल्क वेबस्पेश र DNS बिबरण प्राप्त गर्ने तरीका

अब निशुल्क वेबस्पेश प्रयोग गर्नको लागी  000webhost.comमा दर्ता भएर लगईन गरी तल दिए अनुसारको प्रक्रिया पुरा गर्नु पर्दछ । 000webhost.comमा दर्ता पुरा गरे पश्चात यसै साईटको मेम्बर एरियामा लगईन गरी तल दिए अनुसार आफुले दर्ता गर्न चाहेको वेबसाईटको बिबरण उपलब्थ गराउनु पर्छ । यसको लागी तल स्क्रीनमा देखाए जस्तै गरी क्रियट न्युमा क्लीक गर्नुहोस ।
त्यसपछी आउने पेजमा तल दिए जस्तै गरी डोमेनको बिबरण उपलब्ध ग खराउनु होस ।
अब तपाईको खाता तयार भयो । तपाईले आफै डिजाईन गर्नुभएको वेबसाईट तथा रेडीमेड ब्लग , कन्टेन्ट मेनेजमेन्ट सिस्टम अपलोड गर्नको लागी तल देखाए जस्तै "गो टु सिप्यानल" मा क्लीक गर्नुहोला ।

अब आउने पेजमा तल स्क्रीनसटमा देखाए जस्तै मेनमेनु / डोमेन भन्ने मेनु अप्सनमा डोमेन मेनेजमेन्ट गर्ने अप्सन देखा पर्छन ।

त्यस्तै वेब कन्टेन्ट अपलोड  गर्न , डाटाबेस क्रियट गर्न को लागी तल देखाए जस्तो मेनुहरु भेट्नु हुन्छ । सोही अनुसार गर्नुहोला ।  नोट : वेबसाईटको खाता बनाउने बित्तिकै सो साईटमा एफ टि पी बाट कन्टेन्ट अपलोड गर्नको लागी एफ टि पी को डिटेल भएको बिबरण तपाईको ईमेलमा आँउछ ।

माथी उल्लेख गरे अनुसार DNS रेकर्ड परिमार्जन गरेर वेब होष्ट गर्नको लागी होस वा नयाँ डट एन पी डोमेन रजिष्टर गर्नको लागी मेन मेनु (माथी उल्लेख गरे अनुसार) को को भ्यु एकाउण्ट डिटेलमा जानु पर्दछ त्यस पछी तपाईले तल स्क्रीनसटमा दिएको बिबरण हात पार्नु हुनेछ ।
माथी स्क्रीनसटमा दिईएका जानकारीहरु डोमेन रजिष्टर गर्नको लागी र FTP बाट कन्टेन्ट अपलोड गर्नको लागी जरुरी हुन्छन ।

माथी उल्लेख गरिएको प्रक्रियमा केही दुबिधा भएमा तल दिएको भिडियो हेर्नु होला ।


यो ब्लगपोष्ट पढी सके पछी तपाईको मनमा आउने सम्भावित प्रश्न

के म पनि मेरो नामको वेबसाईटखोल्न सक्छु ?
अवश्य, जो सुकैले पनि तोकिएको प्रक्रिया पुरा गरी आफ्नो नामको डोमेन दर्तागरी वेबसाईट सञ्चालन गर्न सक्छन । यदी तपाई डट एन पी डोमेन लिएर आफ्नो वेबसाईट सञ्चालन गर्न चाहनु हुन्छ भने मर्कन्टायलले तोकेको पक्रिया पुरा गरी डोमेन दर्ता गर्न सक्नु हुन्छ भने 000webhost.comमा निशुल्क वेबस्पेश पाउन सक्नु हुन्छ । त्यसमा तपाईले आफुले बनाएको वेबपेज ईन्सटल गर्ने देखी वर्डप्रेस, जुम्ला , ड्रुपालजस्ता कन्टेन्ट मेनेजमेन्ट सिस्टम ईन्सटल गर्न सक्नु हुन्छ । ओपन सोर्स कन्टेन्ट मेनेजमेन्ट सिस्टम प्रयोग गर्नको लागी कुनै शुल्क भुक्तानी गर्नु पर्देन भने त्यो प्रयो गर्न तपाईलाई वेब डिजाईन सम्बन्धी जानकारी पनि हुनु पर्छ भन्ने हुदैन ।

मेरो डोमेन पहिल्यै नै दर्ता भैसकेको छ । के म अझै पनि माथी भने जसरी मेरो वेबसाईट सञ्चालन गर्न सक्छु ?
अवश्य , तपाईले डट एन पी डोमेन पहिले नै दर्ता गरि सक्नु भएकोहो भने  000webhost.comमा गएर खाता खोल्नुहोस ।अनि तपाईले आफ्नो डोमेन होष्ट गर्नको लागी नेमसर्भर र आईपी एड्रेस प्राप्त गर्नुहोस त्यसपछी मर्कन्टायलले तोकेको प्रक्रिया पुरा गरी आफ्नो डोमेनको नेमसर्भर र आईपी ठेगाना परिवर्तन गर्न सक्नुहुन्छ । तपाईको डोमेन 000webhost.comमा प्वाईन्टभए पछी 000webhost.comकै सर्भर वाट चल्न थाल्नेछ , र 000webhost.comले तपाईलाई उपलब्ध गराएको खातामा आफ्नो वेब कन्टेन्ट अपलोड गरी आफ्नो वेबसाईट सँञ्चालन गर्न सक्नु हुनेछ ।
थप केही जिज्ञासा भए कमेन्ट बक्समा लेख्नुहोला ।

वाईम्याक्स

$
0
0
बिचमा कुनै बाधा ब्यबधान नआए यसै महिनाआज देखी नेपाल टेलिकमले द्रुत गतीको वायरलेस ईन्टरनेट सेवा वाईम्याक्स  (वर्ल्डवाईड ईन्टरपोर्टेबिलिटि फर माईक्रोवेभ एक्सेस) संचालन गर्नेछगरेको छ । नेपाल टेलिकम र अमेरिकन कम्पनी एयरस्पान नेटवर्क वीच गत फागुनमा भएको सम्झौता वमोजिम यो सेवा सञ्चालनमा ल्याउन लागिएको हो । परिक्षणको लागी प्रथम चरणमा यो सेवा काठमाण्डौ उपत्यकताको व्यापारिक प्रतिष्ठान, अस्पताल, शैक्षिक संस्था, वित्तीय संस्था, कुटनैतिक नियोग, पर्यटन व्यावसायी, सरकारी, अर्धसरकारी र गैरसरकारी निकायलगायत संघसंस्थाहरुलाई वितरण गर्ने कार्यक्रम रहेको छ । टेलीकमले सेवा शुरुवात सँगै दुई लाख प्रयोगकर्तालाई यो सेवा बितरण गर्ने लक्ष्य राखेको हुनाले ढिलो चाढो धरान बिराटनगर जस्ता पुर्वाञ्चलका मुख्य शहरमा पनि यो सेवा उपयोग गर्न पाईने छ तर तत्काल लाई कुर्नु को विकल्प छैन । लामो विवाद र गृहकार्य बिच ग्राहक सामु आउन लागेको यो सेवा नेपालका सबै जसो आईएसपी हरुले दिने ईन्टरनेट सेवा भन्दा सस्तो र प्रभावकारी मानिन्छ । यसबाट कम्तिमा २५६ किलोविट प्रतिसेकेण्ड को दरले डाटा ट्रान्सफर गर्न सकिने बताईएको छ ।
नेपाल टेलिकम श्रोत अनुसार यो प्रविधिलाई ग्राहकसमक्ष ल्याउनका लागि कम्पनीले नेपाललाई पुर्व र पश्चीम गरी दुई क्षेत्रमा वाँडेर काम गरिरहेका छ । पूर्वी क्षेत्र अन्तर्गत काठमाण्डौ उपत्यकालगायत पूर्वाञ्चल र मध्यमाञ्चल विकास क्षेत्र समावेस गरिएका छ भने, पश्चिम क्षेत्र अन्तर्गत पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल विकास क्षेत्र रहेका छन् । प्रथम चरणमा पूर्वी क्षेत्र अन्तर्गतको काठमाण्डौ उपत्यका भित्र (पूर्वमा साँगा देखि पश्चिममा वलम्वु सम्म तथा उत्तरमा वुढानिलकण्ठ देखि दक्षिणमा दक्षिणकाली क्षेत्र वरिपरि सम्म) सेवा सञ्चालन गर्ने कार्यक्रम रहेका छ । त्यसैगरी दोस्रो चरणमा पश्चिम क्षेत्र अन्तर्गतको पोखरा र भैरहवामा सेवा सञ्चालन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि देशका अन्य क्षेत्रमा सेवा वितरण गरी सेवा प्रारम्भ गरेको एक वर्ष भित्र मुलुकभर सेवा पुर्याउने लक्ष्य रहेको छ । यस कार्यक्रम अनुसार देशभर दुई लाख लाइन वितरण गर्ने कार्यक्रम रहेको छ ।

वायरलेस प्रविधिमा आधारित यो प्रविधिलाई इन्टरनेटको चौथो पुस्ता (फोर्थ जेनेरेशन) को प्रविधिको रुपमा लिइन्छ । यो सेवाबाट ग्रामीण तथा शहरी क्षेत्रका उपभोक्तालगायत पदयात्रामा जाने पर्यटकहरुसमेत लाभान्वित हुनेछन् । जस अनुसार   अब तपाईले टेलिकमले सेवा खरिद गर्दा दिने युएसबी मोडेमको साहायताले एउटै ईन्टरनेट एकाउण्टको प्रयोग गरेर घरमा र कार्यलयमा ईन्टरनेट चलाउन सक्नु हुन्छ । नेपालमा लोडसेडिङ्गको बढ्दो प्रकोप र सर्वसुलभताको कारणले ल्यापटप प्रयोगकर्ता बढीरहेको सन्दर्भमा वाईम्याक्स मोडेर बोकेको हिडेको खण्डका त्यसको कभरेज एरिया भित्र जहाँ सुकै पनि ईन्टरनेट चलाउन सकिन्छ । तुलनात्मक रुपमा यो प्रविधि मार्फत उच्च गतिको इन्टरनेट सेवा प्रदान हुने आशा गरिएकोले वैकिङ्ग तथा वित्तीय क्षेत्र, विश्वविद्यालय, कुटनैतिक नियोग तथा प्राविधिक क्षेत्रमा काम गर्ने संस्थाहरुले बढी फाइदा लिन सक्ने देखिन्छ । टेलिकमको दिर्घकालिन योजना अनुसार विश्वविद्यालय, अस्पताल, रेष्टुरेन्ट, एयरपोर्ट, पार्क, सपिङ्ग मल, वसपार्क, तथा पर्यटकहरुको आवतजावत वढी हुने क्षेत्रहरुको पहिचान गरी करिब १५ सय स्थानमा वाईफाई हटस्पट जडान गर्ने कार्यक्रम रहेको छ । 

कभरेज एरिया भित्र पर्ने रेडियो सिग्नल को आधारमा यसलाई द्रुत गतिको ईन्टरनेट सेवा मानिएको भए पनि उपभोक्ताले ईन्टरनेटको लगी हाल गर्दै आएको खर्च बढाई हाल्नु पर्ने छैन । टेलिकमले जारी गरेको सेवाशुल्क दर रेट अनुसार २५६   केपीपिएस स्पीडको ईन्टरनेटमा ५ जिबी ब्याण्डविथ खपत गरे वापत भ्याट बाहेक रु छ सय पचास भुक्तान गर्नु पर्छ भने वाईफाई हटस्पट सेवा प्रयोग गरे वापत ५ सय मेगाबाईट को लागी एक महिनाकोलागी एकसय भुक्तान गर्नु पर्छ । सरसर्ती हेर्दा एडीएसएल होस वा वाईम्याक्स नेपाल टलिकमको ईन्टरनेट प्रयोग गरे वापत झण्डै उस्तै मुल्य चुकाउनु पर्छ तर वाईम्याक्स को बिशेशता भनेको पोर्टेबिलिटी हो । अहिले कार्यलयको लागी एउटा एडीएसएल खाता र घरको लागी अर्को एडिएसएस खाता प्रयोग गरीरहेका ग्राहकहरुले वाईम्याक्सको आगमन सँग एउटै डिभाईसको प्रयोगले घरमा र कार्यलयमा  ईन्टरनेट प्रयोग गर्न सक्छन ।
यो लेख मिती २०६९ कार्तिक २७ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।

प्रचण्ड झापड महात्म्य

$
0
0
माओवादी अध्यक्ष प्रचण्डले आफ्नै पार्टीले आयोजना गरेको कार्यक्रम अयोग्य भनेर पाखा लगाईएका पुर्व लडाकु पदम कुँवर ले झापड लगाएछन । ब्यक्तिहरुको आफ्नो सिदान्त अनुसार आ-आफ्नो आश्था हुन्छ । सामाजिक सञ्जाल साईट ट्वीटरमा प्रचण्डले खापड खाएको दङ्ग परेका मान्छेहरु धेरै भेटिए । यो धेरैको दबिएर रहेको आक्रोश हुन सक्छ । मलाई ब्यक्तिगत रुपमा के लाग्छ भने नेताहरुले ईमान्दारीता र जवाफदेहीता देखाउने हो भने कुनै पनि रुपमा भौतिक आक्रमण जायज हैन । यस अगी झलनाथले झापड खादापनि सामजिक सञ्जाल साईट र न्युज पोर्टलमा यसबारे ठुलै बहस भएको थियो ।

र तलको युट्युब भिडोयो चाही झापड हान्नेले हानी सकेको हो । यहाँ उल्लेख गरी रहन नपर्ला रगतपिच्छे भएका युवक पदम कुँवर हुन ।

फेसबुक फोटोले दिएको दिएको दु:ख

$
0
0
जून २००९ मा ईरानको राजधानी तेहरानमा भएको हिंसात्मक आन्दोलनमा एक महिलाको हत्या भयो । कसैले हत्याको भिडीयो फुटेज लिएको थियो जुन तत्कालै ईन्टरनेटमा राखीयो ।  खबरले सनसनी मचायो । तर खबरमा हत्या गरिएकी भनिएकी महिला आफूले काम गर्ने विश्वबिध्यालयको परिसरमा थिईन ।  देशनै आन्दोलनमय भएको त्यो अवश्थामा उनले अध्यापन गर्ने विश्वबिध्ययमा अध्ययन गर्ने बिध्यार्थीहरु पनि सडकमा उत्रिएका थिए । पढाउने काम नभए पनि आफ्नो अन्य काम गरेर अबेला सम्म बिश्वबिध्यालयमा बिताएकी ति महिलाले त्यो दिन फेसबुक खोल्दा ६९ जना अपरिचित ब्यक्तीहरु फ्रेण्ड रिक्वेश्ट पठाएको थिए  । त्यसको केही बेरमा यो संख्या बढेर ३०० पुग्यो ।  उनलाई अचम्म लाग्यो अनि उनले फ्रेण्डरिक्वेस्ट पठाउने ब्यक्तीहरुको पृष्टभुमी हेरीन धेरै जस्तो ब्लगर र पत्रकार थिए । त्यतीकैमा एक उनलाई एक ब्यक्तीको ईमेल प्राप्त भयो जो उनी सँग त्यतीखेरको आन्दोलनमा मारिएकी भनिएकी आगा सुल्तान भन्ने महिलाको बारेमा जान्न चाहन्थे । 


फेसबुकमा राखीएको आफ्नो फोटो आन्दोलनमा मारिएकी महिलाको अनुहारमा मिल्न जाँदा दुख पाएकी एक महिलाको बारेमा खोजमुलक समाचार तयार गर्ने बिबिसीका पत्रकार फिल कुम्सका अनुसार आन्दोलनमा मारिएकि भनिएकी महिला२६ वर्षिय निदा आगा सुल्तानी थिईनजुन कुरालाई ईरानी सरकारले अहिले सम्म स्वीकारेको छैन । सरकारी दावी अनुसार ति महिला निदा सुल्तानी नै हुन जो अहिले अमेरिकामा निर्वासित छिन ।  पत्रकार फिल कुम्सले आफ्नो रिपोर्टमा अगाडी उल्लेख गरेका छन - विश्वबिद्यालयको काम सकेर घरपुग्दा उनको घरमा परिचितहरुको एकहोरो फोन आईरह्यो । जो उनको फोटो सिएनएन , फक्स न्युज लगायत केही ईरानी न्युज च्यानलमा उनको तस्वीर आईरहेको खबर बताउन उत्सुक थिए ।  आफु मारिएको खबर गलत साबित गर्न र घटनाक्रमको वास्तबिकता बुझाउन उनले केही ब्लगर तथा पत्रकारहरुलाई सम्पर्क गरीन र आफ्नो वास्तबिकता बताईन । घटनाको बास्तबिकता बुझेर केहीले आफ्नो समाचार अपडेट पनि गरे । तर केहीले टेरपुच्छर  सम्म लगाएनन । त्यही क्रम दोहोरि रह्यो । यसै क्रममा आन्दोलनमा ज्यान गुमाउने निदा आगा सुल्तानको परिवार बाट पनि घटनाको वास्तविकता प्रष्ट्याउने कोशिश भयो तर त्यती धेरै ढिलो भैसकेको थियो । घटनाको ४८ घण्टामा नै आगाको फोटो सामाजिक सञ्जाल वेबसाईट तथा ईन्टरनेट भरि छ्यापछ्याप्ति भै सकेको थियो  र धेरैले आफ्नो समाचार भुलसुधार गर्न चाहेनन ।


त्यसपछीको घटनाले नाटकिय रुप लिन थाल्यो । केही मान्छेहरु निदा सुल्तानीलाई निदा आगा सुल्तानको मृत्युको फाईदा लिएर चर्चामा आउन चाहेकी सरकारी एजेन्टको रुपमा चर्चा गर्न थाले  । तर स्वयम सरकार चाँही निदालाई अमेरिकी गुप्तचर संस्था सिआईएको एजेन्टको रुपमा हल्ला फैलाउन थाल्यो । ज्यानको सुरक्षा गर्न देश छोड्नु पर्ने अवश्था नै आउनु पुर्व केही दिन अगाडी सरकारी अधिकारीहरु आगा सुल्तानको घरमा आएर आफु सिआईए एजेन्ट भएको र आफुले कबोल नगरेको र गर्न पनि नसक्ने ब्यहोरामा हस्ताक्ष्यर गर्न दबाब दिएका थिए । तेहरान स्थीत आजदा विश्वबिद्यालका अँग्रेजी विषयकी प्राध्यपक निदाले उक्त सरकारी बयानमा हस्ताक्षर गर्नु भनेको त्यहाँको कानुन अनुसार मृत्युदण्ड हो भन्ने बुझीसकेकी थिईन । त्यसैले उनले देश छोड्न उचित ठानिन । अहिले निदा सुल्तानी अमेरिका स्थीत एक विश्वविद्यालयमा फेलोसिपमा अध्ययन गरी रहेकि छिन । अमेरिका आउनु पुर्व उनले जर्मनीमा राजनैतिक शरण लिएकी थिईन । घटनाको ५ वर्षको अन्तरालमा उनले पारिवारिक सदस्यहरु सँग भेट गर्न पाएकी छैनन ।

निदा सुल्तानि काण्ड त सामाजिक सञ्जाल वेबसाईटमा राखीएको सामग्री दुरुपयोगको एउटा नमुना हो । कसैको लागी यसको प्रयोग भोली समस्याको कारण नबनोस । भलै यसो बिचार गर्दा  तपाई निदा सुल्तानीको जस्तो देशै छोडेर भाग्न पर्ने अवश्था नआउला तर तिनमा राखीएको फोटोको कारणले सामाजबाट भाग्नु पर्ने अवश्ता नआउला भन्न सकिन्न । किनभने तपाईको जस्तो पनि बनाउ सकिने पुर्ण वा आधा कदको क्लोजअप फोटो कहाँ चाही प्रयोग गर्न नसकिएला र ?  कम्प्युटरमा ग्राफिक्स प्रोग्रामहरुको प्रयोग गरेर अमेरिकी राष्ट्रपती बाराक ओबामाको नेपालि ढाका टोपीमा सजिएको फोटो त देख्नु भएकै होला ।

निदा आगा सुल्तानको बारेमा बनाईएको डकुमेन्ट्री भिडीयो ।

विन्डोज ८

$
0
0
गत हप्तावाट नेपाली बजारमा माईक्रोसफ्टले नयाँ अपरेटिङ्ग सिस्टम विन्डोज ८ को विधिवतरुपमा  विक्री बितरण शुरु गरेको छ । नेपालको माईक्रोसफ्ट बजार हेर्ने बङ्गलादेशी अधिकारी  पुवुदो भासनायकेको उपस्थीतीमा गत बिहीबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा  नयाँ विन्डोज अपरेटिङ्ग सिस्टमको विशेषता देखि बजार मुल्यबारे जानकारी गराईएको थियो । जस अनुसार विन्डोज ओपरेटिङ्ग सिस्टम (ओएस) का पछिल्ला संस्करणलाई विन्डोज ८ प्रो मा अपग्रेड गर्ने हो भने करिव बत्तिस सय रुपैयाँमा खर्च गर्नु पर्ने हुन्छ तर २ जून २०१२ पछि जेन्युन विन्डोज अपरेटिङ्ग सिस्टम प्रिईन्सटल भएको कम्प्यूटर किनेको प्रमाणित भएको खण्डमा एघार सय रुपया तिरेर नै विन्डोज ८ मा अपग्रेड गर्न सकिन्छ । त्यस्तै अहिले सम्म तपाई माईक्रोसफ्टको पाईरेटेड सफ्टवेयर चलाई रहनु भएको थियो र नयाँ जेन्युन ओएसको डिभीडी किनेर ईन्सटल गर्न चाहनु हुन्छ भनेर तपाईले २०१३ को जनवरी महिना सम्ममा ५६ सय खर्च गरे पुग्छ भने त्यस पछी १७ हजार ६ सय रुपया भुक्तान गर्नु पर्दछ । ब्राण्डेड डेक्सटप र ल्यापटप किन्दा सिस्टममा पहिले नै ईन्सटल भएर आएको अवश्थामा बाहेक हम्मेसी जेन्युन अपरेटिङ्ग सिस्टम नचलाउने नेपाली प्रयोगकर्ताहरुलाई माईक्रोसफ्टको प्रमोशनल प्राईस अफरले खासै असर गर्ने देखीदैन । किन पनी भने काठमाण्डौलाई छोडेर मोफसलको बजारमा जेन्युन ओएस को खरिद बिक्री लगभग शुन्य बराबर छ । एकाधलाई छाडेर धरान, ईटहरी, बिराटनगर जस्ता बजारमा जेन्युन सफ्टवेयर खरिद गर्न सम्भव छैन भने ईन्टरनेट बाट सोझै खरीद गर्नको लागी नेपालका बैकहरुले दिने डेबिट तथा क्रेडिट कार्डहरुले अनलाईन ट्रान्जेक्सन गर्न मिल्दैन । 

जेन्युन होस वा पाईरेटेड यदी तपाईको कम्प्युटरमा विन्डोज ८ ईन्सटल हुन्छ भने यसले अहिले सम्मको तपाईको "अपरेटिङ्ग सिस्टम एक्सपेरियन्स” लाई नयाँ उचाइ दिने छ । साधरणतय यदी तपाईको कम्प्युटरमा विन्डोज सेभेन ओएस ईन्सटल गर्न भएको छ वा गर्न सकिन्छ भने त्यसमा विन्डोज ८ ईन्सटल गर्न सक्नु हुन्छ । तपाईले खरिद गर्दा विन्डोज भिस्टा र एक्सपी भएको कम्प्यूटरमा अहिले विन्डोज ७ ईन्सटल गर्नु भएको छ भने त्यसमा पनि सजिलैसँग विन्डोज ८ अपग्रेड गर्न सकिन्छ।  अझ भनौ तपाईको कम्प्यूटरमा ३२ विट संस्करणको प्रोसेसरमा छ भने कम्तिमा एक जीवीको र्‍याम, एक जीवीको प्रोसेसर, डाइरेक्ट ९ एक्स ग्रफिक्स कार्ड र १६ जीवी हार्ड डिस्क स्पेश छ भने मज्जाले विन्डोज ८ ईन्सटल गर्न सक्नुहुन्छ । त्यस्तै तपाईको सिस्टममा  ६४  विट संस्करणको प्रसेसर छ  भने विन्डोज ८ ईन्सटल गर्नको लागी कम्तीमा २ जीवी र्‍याम र २० जीवी  हार्ड डिस्क स्पेश आवश्यकता पर्दछ ।

विन्डोज ओएसको पछिल्ला संस्करणको बिकास प्रकृया बिपरित पहिलो पटक विल गेट्सको कम्पनीले आफ्नो अपरेटिङ्ग सिस्टमको इन्टरफेसमा निकै ठुलो परिवर्तन गरेको छ ।  परम्परागत स्टार्ट मेनुको सट्टामा टाइल जस्तै देखिने फरक किसीमको मेनु भएकाले अहिलेको परिवर्तनि कम्प्यूटिङ्ग वातावरणमा सुहाँउदो हुने कम्पनीको दावी छ। यसमा टचस्क्रीन विशेषता भएकाले आधुनिक ट्यावलेट तथा ल्यावटपमा आएका हाइव्रिड विशेषतालाई पनि सपोर्ट गर्न सक्ने प्रविधि समावेस गरिएको छ। माईक्रोसफ्टवाला हरुको भनाईमा यो पहिलेका ओएसभन्दा फाष्ट छ । यसले यूएसबी ३ दशमलव ९ डिभाइसलाई पनि सपोर्ट गर्छ । त्यस्तै पछिल्ला ओएसमा भएका भन्दा एकदमै फरक कुरा भनेको यस ओएसमा ईन्ट्रीगेटेड विन्डोज एप स्टोर पनि हो । एप स्टोरमा गएर तपाई स्काईप, फेसबुक देखी स्टीकी नोट सम्मका अत्यावश्यक डेक्सटप क्लाईन्ट सफ्टवेयर निशुल्क डाउनलोड गर्न सक्नु हुन्छ । विन्डोज स्टोरमा विन्डोज ८ सँग कम्प्याटिबल हुने अन्य शशुल्क सफ्टवेयर पनि पाउनुहुन्छ तर तपाईहामी सँग अनलाईन पेमेन्ट गर्ने सुबिधा नभएको हुनाले त्यहाँ बाट डाउनलोड गरी चलाउन सम्भव छैन । विन्डोज ८ ईन्सटल गरी सकेपछी तपाईले माईक्रोसफ्ट एकाउण्टको थप मज्जा पाउनु हुनेछ । टाईल डेक्सटप मै ईमेल लग ईन गर्ने देखी स्काईड्राईभ लगअन गरी अनलाईन डाटा एक्सेस गर्ने सुबिधा पाउनु हुनेछ । विन्डोज ८ निर्माण नै यसरी गरीएको छ कि ईन्ट्रीगेटेड सिस्टम बाट अनलाईन डाटा एक्सेस गरी रहेको बेला पनि तपाईलाई अनलाईन छु जस्तो लाग्दैन ।


डिजीकार्ड

$
0
0
मोबाईलको प्रयोगले टेलिफोन डायरी बोक्ने चलन स्वास्तै हटी सकेको छ । मानि लिनुस , तपाईको सँग भएको त्यही मोबाईल पनि हरायो भने के गर्ने ? अझ त्यही बेला तपाईको मोबाईलमा नम्बर सेभ गरेको कुनै ब्यक्तीलाई तुरुन्त सम्पर्क गर्नु पर्ने भो वा तपाईलाई याद भएको त्यो ब्यक्तीको फोन नम्बर पनि परिवर्तन भएको रहेछ अब के गर्ने त ?  धेरै चिन्ता लिनु पर्दैन यसको समाधान भनेको डिजीटल भिजीटिङ्ग कार्ड हो । यस किसीमको कार्डमा ब्यक्तीको बिबरण क्रेन्द्रीकृत गरेर राखीएको हुन्छ जसलाई बिकेन्द्रीत तरिकाले उपयोग गर्दा केन्द्रमा जे जस्तो अवश्थामा डाटा छ सोही उपलब्ध हुने गर्दछ । यस किसीमको प्रवीधीलाई नेपालमा जानकी टेक्नोलोजीका अमित अग्रवाल, धुब्र अधिकारीलगायत युवाहरुले डिजीकार्ड नाम दिएर प्रयोगमा ल्याएका छन ।

गत महिना यो सेवाको शुभारम्भ हुदाँ काठमाण्डौ बिश्वबिध्यालयका सबै बिध्यार्थीहरुले आफ्नो डिजीकार्ड बनाएका थिए । यसै पनि डिजीकार्डको प्रचलन शुरु गर्ने जानकी टेक्नोलोजीले काठमाण्डौ विश्व विध्यालयलाई लक्ष्यीत गरी बिशेष प्रकारको सेवा दिएको छ । जसमा प्रयोगकर्ताले एसएमएस गरेर आफ्नो क्लासको सेड्युल देखी साथीहरुको सम्पर्क ठेगाना समेत प्राप्त गर्न सक्दछन ।
यस सम्बन्धमा त्यहाँ अध्ययनरत रिसर्च स्टुडेन्ड चन्दन गुप्ता भन्दछन -  डिजीकार्डको प्रयोगले भिजीटीङ्ग कार्डको प्रयोगलाई डिजीटल्ली सहज बनाउछ । जो कोहीलाई पनि आफ्नो सम्पर्क ठेगाना दिनु पर्दा आपनो डिजीकार्डको किवर्ड भने पुग्छ । किवर्ड लाई एसएमएस गरी डिजीकार्डको सर्भरमा दर्ता गरीएको जो सुकैको पनि सम्पर्क ठेगाना लगायतका जानकारी प्राप्त गर्न सकिन्छ । एसएमएस मा आउने जानकारीलाई आवश्यकता अनुसार मोबाईलमा सेभ गरेर राख्न पनि सकिन्छ ।

लगभग एक महिना अगाडीबाट सेवा सुरु गरेको डिजीकार्ड एक एसएमएस सेवामा आधारित भिजीटिङ्ग कार्ड हो । यसले हाल चलन चल्तीमा रहेको पेपरमा आधारित भिजीटिङ्ग कार्डको प्रयोगलाई बिस्थापन गर्न सक्दछ । यो सेवा प्रयोग गर्नको लागी मोबाईल बाट एसएमएस गरी सोझै दर्ता गर्न पनि सकिन्छ तर यसो गर्नलाई कुन कुन किवर्ड प्रयोग गरी कुन नम्बरमा एसएमएस पठाउने हो भन्ने पुर्वाजानकारी हुन जरुरी छ । सेवा प्रयोग गर्नलाई अर्को बिकल्प भनेको यसको वेबसाईट digicard.sparrowsms.com  मा गएर आफ्नो विबररण दर्ता गराउनु हो । यसो गर्नु हुदाँ आफ्नो ईमेल ठेगाना र मोबाईल नम्बर सही हो भन्ने प्रमाणीत गर्नु पर्दछ । वास्तबमा यो प्रकृया प्रयोकर्ताको हितमा पनि देखीन्छ । गलत ब्यक्तीले कसैको मोबाईल नम्बर र ईमेल ठेगाना दुरुपयोग नगरोस भन्नाको खातिर आफूले दिएको ईमेल र मोबाईल नम्बर डिजीकार्ड को सिस्टमले ईमेलमा पठाउने कन्फर्मेशन लिङ्क र मोबाईलमा पठाउने कन्फर्मेशन कोडको साहायताले भेरीफाई गर्नु पर्दछ । यो प्रकृया पुरा भए पछी जो कोहीले ईन्फो लेखेर स्पेश दिई सम्बन्धीतको नाम लेखी ४००१ मा एस एम एस पठाउने हो भने निजको डिजीटल कार्ड एक्सेस गर्न सकिन्छ ।  यो सेवा नेपाल टेलिकम , एनसेल , स्मार्ट टेलिकम र युटिएल चार वटै मोबाईल सेवा प्रदायकको नम्बरबाट एकै किसीमको नम्बर ४००१ मा फोन गरेर उपयोग गर्न सकिन्छ । डिजीकार्डका सञ्चालक अमित अग्रवालका अनुसार अहिलेलाई यो सेवा नेपाल टेलिकमको सिडीएमए मोबाईल बाट प्रयोग गर्न सकिदैन भने यो सेवा उपयोग गर्दा सम्बन्धीत मोबाईल सेवा प्रदायकले एउटा एसएमएस पठाउने लाग्ने सेवाशुक्ल लिने गर्दछ तर डिजीकार्ड सेवा सञ्चालन गर्ने कम्पनीलाई कुनै शुल्क भुक्तानी गर्नु पर्दैन ।

यो सेवा उपयोग गर्नेले आफ्नो डिजीकार्ड कसैले चेक गर्यो भने त्यसको जानकारी आफ्नो ईमेलमा आउने पनि बनाउन सक्दछ । यसको वेबसाईट बाट नै पनि कस कसले कति बेला आफ्नो कार्ड चेक गर्यो भनेर जानकारी प्राप्त गर्न सकिन्छ । आफ्नो फोन नम्बर वा डिजीकार्डमा भएको बिबरण कसैलाई पठाउन परे डिजीकार्डको कमाण्ड प्रयोग गरेर सम्बन्धीतलाई पठाउन सकिन्छ । अझ यसबाट आफ्नो क्युआर कोड लगायत भिकार्ड पनि डाउनलोड गर्न सकिन्छ ।

मेरो डिजीकार्ड एक्सेस गर्नको लागी INFO<SPACE>ENEPAL<SENDTO>4001 

यो लेख मिती २०६९ पौष १ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको छ । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।

सम्भावना देखीएका वेबसाईटहरु

$
0
0
सन २०१३ को पुर्वसन्ध्यामा २०१२ मा सब भन्दा बढी हेरिएका वेबसाईटहरुको सुची बनाउने हो भने २०११ को भन्दा खासै फरक सुची बन्दैन । त्यसमा पर्ने भनेका गुगल, फेसबुक, याहु , युट्युब आदी नै हुन । भलै क्रमसंख्या तलमाथी परोस तर आउदा केही बर्ष सम्मको सुचीमा नाम तिनै रहनेछन । त्यसैले वर्षभरी सर्वाधिक रुचाईएको वेबसाईटहरुको सुची खासै चाखलाग्दो हुदैन । त्यसैले आउनुहोस , सन २०१२ मा प्रयोगकर्ता बिच राम्रो छाप छोड्न सफल केही वेबसाईटहरु बारे चर्चा गरौ । जुन आउदाँ केही वर्षमा विश्वभरीमा सर्वाधिक रुचाईएको वेबसाईटहरुको सुचीमा पर्ने अनुमान गरीएको छ । 

लाष्टपास डट कम : ईन्टरनेट सुरक्षा सम्बन्धी काम गरीरहेका विषेशज्ञहरु जो कोहीलाई पनि प्रत्येक वेबसाईटको लागी फरक  फरक पासवर्ड प्रयोग गर्नु पर्छ भन्ने गर्छन । यस्तोमा तिनीहरुको कुरा अक्षरष मान्ने हो आजभोली प्रत्येक वेबसाईट डायनामिक हुने गरेकोले वेबसाईट नै पिच्छेको युजरनेम र पासवर्ड सम्झनु पर्ने हुन्छ जुन ब्यबहारीक छैन । यस्तोमा तपाई लाष्टपास डट कम को प्रयोग गर्न सक्नु हुन्छ । यस एप्लीकेशनलाई डेक्सटप, ल्यापटप,  मोबाईल आदीमा ईन्टल गर्न सक्नु हुन्छ । यस्तोमा यदी तपाईले एउटै अकाण्टको प्रयोग गर्नु भएको छ भने एउटा डिभाईसमा पासवर्ड परिवर्तन गर्दा ईन्टरनेटको साहायताले बाँकी सबैमा आफसेआफ परिवर्तन हुन्छ । यस एप्लीकेशनलाई तपाई पेनड्राईभमा समेत बोकेर हिड्ने सक्नु हुने हुनाले यसको उपयोगीता अझै बढेको मानिन्छ ।

आईएमओ डट आईएम : गत जुन महिनमा गुगलले वेब बेष्ड मेसेन्जर मिबो डट कम खरिद गरेर तत्कालको लागी बन्द गर्ने निर्णय गरे आईएमओ डट आईएम मा भाग्य खुलेको मानिन्छ । मिबोमा जस्तै अझै पनि यसमा फेसबुक , जिटक, हटमेल , याहु , स्काईप, जस्ता मेनसेन्जर जस्ता सर्भिसलाई एकै वेबसाईटमा लगईन गरेर प्रयोग गर्न सकिन्छ । यस वेबसाईटको मोबाईल बेस्ड एप्लीकेशन एन्ड्रोईड तथा एप्पलको एप स्टोरमा पनि पाईन्छ । यस बाट भिओआईपी कल पनि गर्न सकिन्छ ।

ईफ दिस देन द्याट  :  एन्ड्रोईड वा आईओएस अपरेटिङ्ग सिस्टम भएको कुनै पनि स्मार्टफोन बोक्नु भएको भए पक्कै पनि तपाईको मोबाईलमा ईन्स्टाग्राम ईन्सटल गरीएको होला । त्यस्तै एउटै काम बिभिन्न वर्कस्टेशन (कम्प्युटर) बाट गर्ने गर्नु भएको छ भने फाईल अटोमेटिक सिन्क्रोनाईज गर्न  सजिलो होस भनेर ड्रपबक्स  ईन्सटल गर्नु भएको होला । ईफ देन द्याट डक कमको फाईदा धेरै छ तर मैले याहँ उल्लेख गरेको अवश्था यस वेबसाईटको उपयोगिता बिचार गर्दा ईन्स्टाग्राम मा अटोमेटिक जाओस भन्ने चाहने हो भनेन ईफ दिस देन द्याट डक कमको प्रयोग उपयुक्त हुन्छ ।

कोर्षएरा डट कम : विश्व प्रसिद्द कोर्षहरु पढ्नको लागी नाम चलेको पश्चीमा विश्वबिध्याल भर्ना भई  पढ्नु पर्ने दिनहरु अब गए । ईन्टरनेटमा तपाईले पढ्ने मन मात्र गर्नु पर्छ । सयौ बिकल्प छन । कोर्षएरा डट कम यस्तै एउटा उदारण हो । यस वेबसाईट मार्फत तपाईले प्रिन्सटन, ड्युक जस्तै विश्वप्रसिद्द १२ भन्दा बढी बिश्वबिध्यालयको कोर्ष अनलाईन पढ्न पाईन्छ । यस साईटमा तपाफले संगित देखी गणीत सम्मका कोर्षहरु पढ्न सक्नु हुन्छ । सबभन्दा रमाईलो कुरा चाही यस साईटबाट कुनै कोर्ष गर्नको लागी कुनै शुल्क तिर्नु पर्दैन ।

लर्निङ्गष्ट : यो वेबसाईट आफैमा त्यस्तो ठुलो कुरा केही हैन वा यस्तै यस्तै वेबसाईट ईन्टरनेटमा अरु पनि भेट्न सकिन्छन ।  एप्पोलको आईओएस एप सहितको यस वेबसाईटको साहायताले तपाफले आफुलाई मन परेको बिषयको भिडीयो, अडीयो , ई-बुक एकै पटक पढ्न हेर्न सकिन्छ । यस वेबसाईटमा अहिले सिमीत संख्यामा लेखकहरुको समुह पनि निर्माण गरीएको छ जसले आफ्नो बिषयगत क्षमताको आधारमा वेबसाईटको सामग्री तयार गर्ने गर्दछन ।


भोक्याबलरी डट कम  : यस वेबसाईटको साहायताले अंग्रेजी भाषाको शब्द भण्डार बृदी गर्न सकिन्छ । कुनै पनि अग्रेजी शब्दको अर्थ थाहा पाउनको अतिरिक्त त्यसको सही उच्चारण कसरी गर्ने भन्ने बारेमा यस वेबसाईटमा दिईएको छ । त्यस्तै प्रयोगकर्ताको शब्दज्ञान परिक्षण गर्न लागी बहुउत्तरीय प्रश्नहरुको सँगह पनि राखीएको छ । 

लेट मि गुगल द्याट फर यु डट कम  : यस वेबसाईटको नामले नै धेरै कुरा भनेको छ । यस वेबसाईटको मद्दतले कुनै प्रयोजनको लागी वा कसैको लागी गुगलमा सर्च गरीएको पेज शेयर गर्न सकिन्छ । जस्तो कि मानि लिनुस तपाईलाई कसैले बारम्बार कुनै बिषयको बारेमा सोधेको सोधेई गर्छ र तपाई के बिश्वास गर्नु हुन्छ भने उसले सोधेको कुरा गुगलमा सजिलै भैटिन्छ र तपाईले पनि त्यही गुगलमै सोधेर भन्दीने हो । यस्तोमा तपाई उसको लागी गुगल  गर्दिनुस अनि त्सको सर्ट युआरएल हुन लेट मि गुगल द्याट फर यु डट कम ले निर्माण गर्ने गर्दछ त्यही लिङ्क पठाउन सक्नु हुन्छ । एक पटक दुई पटक हुन सक्छ त्यस पनि उसको लागी तपाईले गुगल गर्दिन पर्दैन । उसले आफै गर्न थाल्नेछन ।
काउवर्ड डट कम  :  शब्द तथा तस्वीरदको माध्यम बाट जिवनलाई रचनात्मक रुपले प्रस्तुत गर्नको लागी यो वेबसाईट उपयुक्त छ । तपाई हाम्रो दैनिक जिवनको झल्को दिने तस्वीर सहितको निबन्ध आकारका लेखहरुले यो साईटलाई पठनिय त बनाएको छ नै प्रयोगकर्तालाई आफ्नै जिबनका सम्झनाहरु लिपिबद्द गर्न पनि अभिप्रेरित पनि गर्ने  गर्दछ । यसको प्रयोग अझै सम्म पनि सर्वसाधरणको लागी खुल्ला गरीएको छैन तर तपाई त्यसको प्रयोग गर्नको लागी अनुरोध पठाउन सक्नु हुन्छ ।
यो लेख २०६९ साल पौष १५ गते आईतबारको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

आईफोनको ब्याट्रीलाईफ बढाउने केही काईदा

$
0
0
एन्ड्रोईडको जबर्जस्त प्रसंसक भए पनि हातमा भएको आईफोन फोर एस सँग खासै ठुलो गुनासो छैन । गुनासो यस कारणले पनि छैन कि यस भन्दा पहिले एउटा एचटीसीको राम्रै एन्ड्रोईड बोकी सकेको हो । सबै कुरा राम्रै थियो । ब्याट्री चाही टिक्दै नटिक्ने । शायद त्यसको ब्याट्री क्षमता १३५० एमएएच थियो क्यारे । बिहान चार्ज गर्यो बेलुका खरानी भै सक्ने । :)  त्यसलाई सल्टाई सके पछी म के निश्कर्षमा पुगे भने गतिलो एन्ड्रोईड किन्न परे सबभन्दा पहिले ब्याट्री लाईफ हेर्ने । लगभग २००० एमएएच भन्दा कमको मोबाईल नकिन्ने । अचानक आईफोन हात लाग्यो , आफुले एन्ड्रोईड किन्दा यति को ब्याट्री होस भने जतिको त यसमा छैन तर पनि ठिकै छ । यस बिचमा मैले आईफोन त्यसमा पनि आईफोन फोर एस को ब्याट्री लाईफ कसरि बढाउने भनेर ठुलै सोधीखोजी गरे । गुगल दाईले केही आईडिया दिए जुन मैले शेयर गर्दा धेरैलाई काम लाग्ने देखेको छु ।
  1. नचलाएको बेला वाईफाई बन्द गर्नुहोस :  वाईफाई अन गर्नु भएको छ भने यसले हमेसा नेटवर्क खोजिरहन्छ जसको कारणले ब्याट्री छिटो सकिन्छ । नचलाएको बेला वाईफाई अफ राख्नुहोस । वाईफाई अफ गर्नको लागी सेटिङ्गसमा गएर वाईफाई चुज गरी त्यसलाई अफ गर्न सकिन्छ ।
  2. थ्रिजी ( नेटवर्क ) कनेक्सन बन्द गर्नुहोस : थ्रिजी नेटवर्क बाट मोबाईलमा ईन्टरनेट चलाउदा फाष्ट त हुन्छ अनावश्यक प्रयोगले ब्याट्री धेरै खपत गर्छ । थ्रिजी नेटवर्क प्रयोग गरेको बेला ठिकै छ नत्र यसलाई सधै अफ गर्नुहोस । यसो गर्नको लागी सेटिङ्गसमा गएर जेनरल छनौट गर्ने अनि सेलुलर भित्रको ईनेबल थ्रिजी लाई अफ गर्ने गर्नु पर्छ ।
  3. ब्लुटुथ अफ गर्नुहोस : यसै पनि आईफोनको ब्लुटुथ बाट अन्य ओएस भएको मोबाईलमा डाटा ट्रान्सफर गर्न सक्ने हैन त्यसैले यसको आवश्यकता परे अर्कै कुरा नत्र यसलाई सधै अफ गर्नुहोस । ब्लुटुथ अफ गर्नको लागी सेटिङ्गसमा गएर ब्लुटुथ छनौट गरी अफ गर्न सकिन्छ ।
  4. जिपिएस फिचर बन्द गर्नुहोस : यदी तपाईको आईफोनमा लोकेशन सर्भिस अन छ भने जिपिस एक्टीभ भएको बुझ्नु पर्छ जसले ब्याट्रीको आयु सखाप पार्ने काम गर्छ । आवश्यक परिरहन्छ भने अर्कै कुरा नत्र लोकेशन सर्भिस अफ गर्नु उत्तम हुन्छ । आईफोन फोर एस मा लोकेशन सर्भिस अफ गर्नको लागि सेटिङ्गसमा गएर प्राईभेसी छनौट गर्ने अनि लोकेशन सर्भिस लाई अफ गर्ने । यसो गर्नु हुदाँ लोकेशन सर्च गर्ने एप्लीकेशनको सो फिचर आफै डिसेबल हुन्छ ।
  5. अटो ब्राईटनेस अन राख्नुहोस : अरुलाई कस्तो लाग्छ कुन्नी मलाई चाही मोबाईलको स्क्रीनको ब्राईटनेस प्रयोगकर्ताले चलाई रहेको स्थान अनुसार आफै घटेको बढेको मन पर्छ । केही ब्लगमा स्क्रीनको ब्राईटनेसले पनि ब्याट्री छिटो सकिन मद्द गर्छ भन्ने पढेको थिए त्यसैले म चाही जहिले पनि सेटोङ्ग भित्रको ब्राईटनेस र वालपेपर लाई छनौट गरेर अटो ब्राईटनेस अन रहन दिन्छु । र यही बाट स्क्रीनको डिफल्ट ब्राईटनेस धेरै थोरै गर्न सकिनछ् । 
  6. अटोलक : ल्यापटप तिर प्रयोग हुने " स्लीप मोड " लाई आईफोनमा अटो लक भनिन्छ । काम सकिए पछी छिट्टै अटो लक हुनुको मतलब आईफोन छिट्टै स्लीप मोडमा गएर ब्याट्रीको बचर हुनु हो । यसलाई सके सम्म थोरै राख्दा राम्रो हुन्छ । यसो गर्नको लागी सेटिङ्गसको जेनरल भित्र गएर अटो लक हुने समय सेट गर्न सकिन्छ ।
  7. अटोमेटिक डाटा डाउनलोड गर्ने गती सुस्त राख्नुहोस : वाईफाई वा थ्रिजी नेटवर्क अन हुने बित्तिकै ईमेलहरु अटोमेटिक डाउनलोड हुनु राम्रो कुरा हो तर अन भईरहेको बेला जतिखेर पनि डाटा डाउनलोड हुनो लागी सर्भिस चेक गरीरहन्छ भने चाही ब्याट्रीको सत्यानास हो । त्यसैले धेरै एप्लीकेशनको लागी उपलब्द (डाटा) पुस फिचर डिसेबल वा ढिलो हुने बनाएमा उत्तम हुन्छ । यसो गर्नको लागी सेटिङ्गसमा गएर मेल, कन्ट्याक्ट, क्लेन्डर छनौट गर्नु पर्छ ।अनि त्यहाँ देखा पर्ने फेच न्यु डाटा भन्नेलाई अफ गर्नु भए उत्तम हुन्छ , अन नै राख्न पर्ने भए डाटा फेच गर्ने टाईम ईन्टरभल लामो समय बनाई राख्दा राम्रो हुन्छ ।
नोट : मैले माथी उल्लेख गरेको मेनु आईओएस 6.0.1 भएको आईफोन फोर एस मा परिक्षण गरेको हो ।

फोन पे (Fone pay)

$
0
0
शोखले लगाउने भनेको अर्कै कुरा हो , नत्र हाते घडी , टेलीफोन डायरी , केही अगाडी छ्यापछ्याप्ती देखीने वाकमेन आदीलाई मोबाईल फोनले बिश्थापन गरी सकेको छ । के तपाई अझै पनि एटीएम कार्डलाई पनि झिंझो मानिरहनु भएको छ ? वा आफ्नो बैक खातामा भएको पैसा अर्काकोमा ट्रान्सफर गर्ने काममा सम्भन्धीत बैकमै जानु पर्ने कामलाई दिक्क मानी रहनु भएको छ ? यदी त्यसो हो भने तपाई 'फोनपे' को प्रयोग गर्न सक्नु हुन्छ । यो एक एसएमएस सेवामा आधारीत मोबाईल ब्याङ्कीङ्ग हो ।  यसको प्रयोगले तपाई एक बैंकबाट अर्को बैकको खातामा फण्ड ट्रान्सफर गर्नुका अतिरिक्त यो  सेवा उपयोग गर्ने गराउने सम्बन्धमा सम्झौता गरेका यसका मर्चेण्टहरु लाई तिर्नु पर्ने रकम भुक्तानी गर्न सक्नु हुन्छ । ठुलठुला खुद्राखाद्री समान पाउने पसल, रेष्ट्रुरेण्ट, ज्वेलर्स, मल्टीप्लेक्स आदीमा भुक्तानी गर्न सक्नु हुन्छ ।


फोनपे सेवा शुरु गर्ने फोनपे प्रा ली एफवान सफ्टको भागीनी संस्था हो जसले ५० भन्दा बढी बैंक तथा वित्त संस्थालाई सफ्टवेयर सेवा दिएको छ । तर तत्काललाई फोन पे सेवा भने माछापुच्छ्रे, सनराइज र नविल बैंकबाट सुचारु गर्न सकिने बताईएको छ  । यि बैंकका ग्राहकले त्यहाँ भएको खाताबाट ‘फोन पे’मा पैसा सार्न सक्नेछन् र खाता नहुनेहरुले ई-सेवाबाट फोनपे मा पैसा सार्न सक्नेछन । ई-सेवामा पनि ईन्टरनेट बैङ्किङ्ग बाट नै पैसा सार्ने हो तर यस सँग आबद्द बैकहरुको संख्या धेरै छ ।  फोनपे सेवा प्रयोग गर्नको लागी आफ्नो मोबाईलमा माथी उल्लेखीत बैकहरु वा ई-सेवा को एन्ड्रोईड, जाभा वा आईओएस अपरेटिङ्ग सिष्टममा आधारित मोबाईल एप्लीकेशन ईन्सटल गर्नु पर्छ । प्रयोगकर्ताले फोन पे खातामा आवश्यकता अनुसार रकम राख्न र खर्च सक्छ ।  हाल फोन पे खातामा रकम जम्मा गर्न प्रत्यक्षरुमा माछापुच्छ्रे, सनराइज र नविल बैंक र ई- सेवा मार्फत अप्रत्यक्ष रुपमा ग्लोबल आईएमई बैक, सिदार्थ डेभलपमेन्ट बैक, टुरिज्म डेभलपमेन्ट बैक, कैलाश बिकास बैक आदी आबद्द छन । यस सेवाको प्रयोग गरी ठुलो ठुलो कारोबार गर्नको लागी भने नेपाल राष्ट्र बैककको निर्देशिका अनुसार उपभोक्ताले ‘नो योर कस्टमर’ केवाईसी फर्म भर्नुपर्नेछ । तत्काललाई 'फोन पे’मा भएको खाताबाट पैसा राख्न र झिक्न, विद्युत र खानेपानीको पैसा तिर्न, हवाई टिकट खरिद गर्न, पत्रिका किन्न, नेपाल टेलिकम र एनसेलको पोष्टपेड मोवाइलको विल भुक्तानी गर्न र प्रिपेडको रिचार्ज गर्न, स्कुल र कलेजको फिस तिर्न, इन्टरनेटको विल तिर्न र क्रेडिट कार्डको रकम तिर्न सकिन्छ ।  कम्पनीको वेबसाईटमा उल्लेख भए अनुसार उपभोक्ताले फोनपेको प्रयोग गरी रकम भुक्तान गर्दा कुनै पनि प्रकारको अतिरिक्त शुल्क भुक्तानी गर्नु पर्दैन भने एक बैक बाट अर्को बैकमा रकम स्थान्तरण गर्दा नियमानुसारको बैंक चार्ज भने लाग्छ ।

हाल फोनपे सेवाको प्रयोग गरेर सन्ताउन्न वटा मर्चेन्ट लाई भुक्तानी गर्न सकिन्छ । यो सेवा सञ्चालनमा ल्याउने फोनपे प्रा ली का अध्यक्ष्य विश्वास ढकालका अनुसार ‘फोन पे’ले वेष्टर्न युनियनसँगको सहकार्यमा मोवाइल रेमिट्यान्स सेवा समेत सञ्चालनमा ल्याएको छ । वेष्टर्न युनियनबाट मोवाइलमा पठाएको रेमिट्यान्स सेवा देशका १३ बैंकको रेमिट्यान्स सञ्जालबाट झिक्न सकिन्छ  । उनका अनुसार मोवाइलमा आएको रेमिट्यान्स, अरु रेमिट्यान्स जस्तै गरी एजेण्टकहाँबाट झिक्न सकिन्छ, तर पठाउँदा यो अरुभन्दा सस्तो पर्छ ।

यो सेवा वस्तुत:  उपभोक्ता, बैंक, सेवा र वस्तु विक्री गर्ने कम्पनीका लागि नेटवर्कका रुपमा काम गर्ने प्रणाली हो । कम्पनीले यसका प्रयोगकर्तालाई कति जागरुक र सचेत बनाई राख्न सक्छ भन्ने कुरामा यस प्रकारको सेवाको सफलता निर्भर रहन्छ । हुनलाई माष्टरकार्ड , भिजा कार्ड पनि यसै प्रकारको सेवाको परिस्कृत रुप हो जसको प्रयोग विश्वब्यापीरुपमा सफल भएको छ । फोनपे ले पनि आफ्ना घरेलु उपणभोक्तालाई सन्तुष्ट पार्न सक्यो भने यसको पनि भबिष्य सुनिश्चीत छ । आखिर प्रविधीले धेरैलाई अल्छे बनाएको छ । मान्छेहरु मोबाईलमा दुई चार क्लीक गरेकै भरमा काम हुन्छ भने अवश्य पनि यसलाई अंङ्गिकार गर्छन ।
यो लेख मिती २०६९ पौष २९ गतेको स्थानीय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।

सुचना प्रविधीको क्षेत्र कार्यरत प्रभावशाली ब्यक्तीहरु

$
0
0
ईन्टरनेटको संसारमा तहल्का मच्चाउने दुई प्रकारका मान्छेहरु छन । एक प्रकारका मान्छेहरुको सुचिमा उध्योगीहरु पर्छन  जसले प्रविधीको क्षेत्रमा हलचल ल्याउने उत्पादनमा लगानी गरेका छन । अर्को धरीका मान्छेहरु तिनै धनाढ्यहरुले लगानी गरेको कम्पनी वा ज्यादै न्युन लगानीमा स्थापीत तर ईन्टरनेटमा विश्वानियता र लोकप्रियताको ठुलो अंश ओगटेका कम्पनीमा कार्यरत छन  । पहिलो वर्गमा पर्ने ब्यक्तीहरुको सुची वर्षेनी प्रकाशन त हुन्छ तर खासै ठुलो फेरवदल हुदैन । तर दोस्रो वर्गमाका मान्छेहरुको ब्यक्तीगत क्षमताले सुचिमा पर्ने नपर्ने कुरा निर्धारण हुन्छ र वर्षेशी ठुलो फरक आई रहेको हुन्छ । आउनुहोस, विश्वप्रसिद्द फोर्ब्स पत्रिकाले प्रसिद्दी र क्षमताको बिभिन्न आयामहरुलाई मुल्याङ्कन गर्दै तयार गरेको सुचि पढौ ।

शेर्ली स्याण्डवर्ग : फेसबुक सम्झीने बित्तिकै मार्क जुकरवर्जको नाम मनमा आउदो हो तर तिनै जुकरवर्गको कम्पनीको सिओओ शेर्ली स्याण्डवर्ग अमेरिका स्थीत सिलीकन भ्यालीमा अवश्थीत मुख्यालको शक्तीशाली महिला हुन । संस्थापक र  लगानीको हिसाबले जुकरवर्गको जति चर्चा गरिन्छ शेर्लीलाई सिलीकन भ्यालीमा जुकरवर्गको नाम र दाम जोगाई दिने सक्षम महिलाको रुपमा चिनिन्नछ ।

टिक कुक :   यिनले गर्ने कामको बारेमा कुरा गर्दा हिजो जिवित छदाँ स्टीभ जब्सले जे काम गर्थे आज यिनी त्यही काम गर्नछन । यिनी विश्व प्रश्सीद्द एप्पल कम्पनीका वर्तमान प्रमुख कार्यकारी अधिकृत हुन । यिनको कम्पनीलाई सर्वसाधारणले प्रविधी प्रयोग गर्ने प्रयोगविधी परिवर्तन गर्न सक्ने कम्पनिको रुपमा लिईन्छ भने यिनलाई त्यसै कम्पनीको नेतृत्वकर्ता । +TIM COOK

जोन डोर्र : विगतमा कम्प्याक , नेटस्केप, सिमेन्टेक, सनमाईक्रो सिस्टम, ड्रगस्टोर डट कम , अम्याजोन डट कम  म्याक्रोमेडिया लगायत गुगलमा समेत निती निर्धारणको तहमा काम गरी सकेका जोन डोर्र अहिले त्यस्तो कुनै नाम चलेको कम्पनी सँग आवद्द छैनन तर यिनलाई सिलीकन भ्यालीमा प्रभावशाली ब्यक्तीको रुपमा लिईन्छ ।  अहिले यिनी क्लेईनर पार्किन्स एण्ड बायर नामक एक कम्पनी चलाएर बसेका छन ।

पेट क्यासमोर : विश्वब्यापी सुचना प्रविधीको क्षेत्रमा चासो छ भन्ने मासावेल डट कम को नाम सुन्नु भएको हुनु पर्छ । दैनिक लाखौ मान्छेले हेर्ने यो वेबसाईटमा नयाँ नयाँ प्रविधीको बारेमा समालोचनात्मक लेख तथा समाचार प्रकाशन भएको हुन्छ । मझौला आकारका तर राम्रै लगानीमा स्थापीत भएका कम्पनीहरुले समेत प्रविधी सम्भन्धी आफ्नो उत्पादनबारे उपभोक्तालाई विश्वस्त पार्नु पर्यो भने माशावेल डट कममा प्रकाशित रिभ्युको हवाला दिन्छन । यसैले पनि भनि रहन पर्दैन होला यो वेब साईटको प्रभाव कति छ भनेर । अँ त्यही साईट सञ्चालन गर्ने कम्पनीका संस्थापक हुन पेट क्यासमोर +Pete Cashmore

भर्जिनिया रोमेटी :  यिनी विश्वप्रशिद्द आई बिएम कम्नीककी अध्यक्ष्य हुन ।  बिगत २२ वर्ष देखी आईबिएम मा कार्यरत रोमेटी आफ्नो क्षेत्रको प्रभावशाली महिलाको रुपमा गणना गरिन्छ ।  कम्पनी मात्र हैन अहिले यिनी कोलम्बीया बिजनेट स्कुल र नर्थवेष्ट विश्वविद्यालयको सञ्चालक समेत हुन ।

डेभिड कार्प : यिनी प्रसिद्द ब्लगिङ्ग साईट टम्बलरको सस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुन । यिनले स्थापना गरेको टम्बलर डट कम आफैमा ब्लगीङ्ग प्लेटफर्ममा एउटा प्रयोग हो जसले यस सँगै नयाँ सम्भावना बोकेर आएको पोष्टटेरियस डट कमलाई पछाडी पारी सकेको विश्वास गरिन्छ । 

ज्याक डोर्सी : यिनी विश्वप्रसिद्द सामाजिक सञ्जाल वेबसाईठ ट्वीटर बनाउने ब्यक्ति हुन । यिनको वेबसाईट जे भन्नु पर्ने हो एक सय चालिस शब्दमा भनिसक्नु पर्छ । माईक्रोब्लगिङ्ग पनि भनिने ट्वीटलाई सामाजिक सञ्जालवेबसाईटहरुमा फेसबुक पछीको स्थानमा राखिन्छ । एक तथ्याङ्गक अनुसार दैनि डेढ अर्ब ब्यक्तिहरुले यिनको वेबसाईट चलाउछन । यिनको कम्पनीले यस क्षेत्रमा फेसबुक पछिको ठुलो धनराधीको प्राथमिक शेयर निस्काशन गर्दैछ ।  यिन्ले गत वर्ष देखी स्वायर नामक मोबाईल बाट भुक्तानी गर्ने मिल्ने कम्पनीको पनि कमान सम्हालेका छन ।

ल्यारी पेज : यिनी गुगलका वर्तमा प्रमुख कार्यकारी अधिकृत तथा सस्थापक हरु मध्ये एक सदस्य हुन । यिनको विश्वका प्रमुख धनाढ्याहरुको सुचिमा पनि धेरै माथी भेट्न सकिन्छ ।  +Larry Page

स्टीभ वालमर : अहिले त्यती ठुलो चर्चामा नरहेपनि बिल गेट्स विश्वका प्रमुझ धनाढ्यहरुको सुचीमा दोस्रो नम्बरमा पर्ने ब्यक्ती हुन जसले आफुलाई सफलताको उचाईमा पुर्याउने कम्पनी माईक्रोसफ्टको सक्रिय नेतृत्व छोडीसकेका छन । हो तिनै गेट्सको कम्पनी माईक्रोसफ्टको प्रमुझ कार्यकारी अधिकृत हुन स्टीभ वालमर । जसले गेटसलाई घनाढ्यहरुको सुचीमा तल झर्न नदिने कम्पनीको कमान सम्हालेका छन । गेट्सले हस्तक्षेप नगरेको खण्डामा माईक्रोसफ्टमा यिनै वालमरको बोली बिक्छ ।
यो लेख २०६९ पौष १४ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।

ईन्टरनेट बाट सहयोग संकलन

$
0
0
ईन्टरनेटमा प्रोजेक्ट फण्डराईजीङ्गको लागी कहलिएको किकस्टार्टरनामको वेबसाईट मार्फत हाईवे (Hignway) नामक नेपाली कथानक चलचित्र निर्माण पक्षले लगभग अठ्ठाईस लाख नेपाली रुपँया अर्थात तेतिस हजार छ सय सढचालिस अमेरिकन डलर संकलन गर्यो । जुन रकम निर्माण पक्षले सहयोगको लागी आव्हान गरेको रकम भन्दा लगभग साढेतिन सय अमेरिकन डलर बढी थियो । अझ सामुहिक र स्वेच्छीक लगानीको मात्र कुरा गर्ने हो भने हाईवे निर्माण आधा सताब्दी पुरानो नेपाली फिल्म उध्योगको लागी कोशेढुङ्गा भएर रहेको छ ।

हाईवेको निर्माणमा बिदेशमा लामो समय बसेर आएका र यस्ता रचनात्मक काममा सक्रीय देशी बिदेशीहरुको सँगको बाक्लै संगत भएका नेपाली युवाहरुको हात थियो । यहाँ निर प्रश्न के उठ्छ भने के हाईवे जस्तै वा फरक धारका केही रचानात्मक काम गर्ने शोच भएका तर लगानी गर्ने सामर्थ्य नभएका सर्वसाधरणले कुनै परियोजनामा सञ्चालन गर्ने बिचार गरे भने सहयोग सम्भव छ ? यस प्रश्नको उत्तर दिनु पर्दा अवश्य भनेर शुरु गर्न सकिन्छ तर सहयोग लिनको लागी दिने मान्छेलाई चित्त बुझाउन सक्नु पर्छ । परियोजना भलै ब्यक्ती केन्द्रीत होस तर त्यसले सहयोगदाताको मन छुन सक्ने हुनु पर्दछ ।

उदारणको लागी गत वर्ष गोफण्ड मि डट कम (Go Fund Me . Com) मार्फत सहयोग संकलन गरी नेपाल आएर तिन महिना भिक्षुहरुलाई शिक्षा दिने उध्येश्य लिएका फिलीप डेसमारिस लाई लिन सकिन्छ । झट्ट हेर्दा यिनको योजनामा त्यस्तो ठुलो कुरा केही थिएन । सहयोग पनि एक हजार डलर मात्र मागेका थिए । तर यही रकम संकलन गर्नको लागी पनि विस्वासको बाताबरण तयार गर्ने बाहानामा केही औपचारीकता पुरा गर्नु परेको थियो । जस्तो कि यिनले सबभन्दा पहिले गोफण्डमी डट कम भन्ने वेबसाईटमा गएर आफुलाई दर्ता गरेका थिए । (यस क्रममा उनको फेसबुक (Facebook) खाता पनि भेरीफाई गरीएको थियो ।) त्यसपछी उनले त्यस वेबसाईटमा के को लागी र कती सहयोगको आशा गरेको हो सो कुरा उल्लेख गरे ।  गोफण्डमी डट कम र यस्तै प्रकृतीका क्राउडफण्डीङ्ग वेबसाईटहरु चलन चल्तीमा रहेका सोसल नेटवर्किङ्ग वेबसाईटहरुमा ईन्ट्रीगेटेड हुन्छ । भन्नाले यस्ता वेबसाईटहरुमा आफ्नो योजना प्रस्तूत गरे पछी सबभन्दा पहिले त्यसलाई फेसबुक, ट्वीटर जस्ता समाजिक सञ्जाल (Social Networking) वेबसाईटमा प्रचार गर्न सकिन्छ भने तिनै वेबसाईटको फेसबुक पेजबाट पनि प्रचार हुन्छ । यसैक्रममा कुनै मनकारीको आँखा परे सहयोगको क्रम शुरु हुन जान्छ । फेसबुकमा वा कुनै सामाजिक सञ्जालमा आबद्द नरहे पनि  यस्तै साईटमा प्रयोग गर्ने मनकारीहरुले पनि सहयोग गर्न सक्छन । फिलीप डेसमारिस कुरा गर्न यिनले यसै गरी ६ सय पचास अमेरिकन डलर सहयोग सकलन गरेका थिए ।

किकस्टार्टर डट कम,न्यजेल्ली डट कम,रकेटवेब डट कम, ईन्डीगोगो डट कम, टिस्प्रीङ्ग डट कम , स्पोनसमडट कम, गोफण्डमी डट कम, रक त पोष्ट डट कम  आदी फण्डरेज गर्नको लागी नाम कहलिएका वेबसाईटहरु हुन । तर  यि वेबसाईटहरुले तपाईलाई त्यती सजिलै पैसा सकलन गर्नको लागी चाही काम दिदैनन । यसको लागी बिभिन्न चरण पार गर्नु पर्छ ।  माथी उल्लेख गरीएका वेबसाईटहरु नै पिच्छे फरक फरक प्रकृया हुन्छन । कतीले तपाईको परियोजना शुरु गरी सकेपछी पनि त्यसै वेबसाईटहरुमा उल्लेख गरीएको क्राईटेरिया (Criteria) पुरा नगरे उठीसकेको पैसा सम्म नदिने हुन्छन । जस्तो कि किकस्टार्टर ले तपाईले आफ्नो परियोजनाको लागी उल्लेख गरेको रकम मध्य सतप्रतिशत  उठाउन सक्नु भएन भनेर कति पनि पाउनु हुन्न । न्युजेल्ली डट कममा च्यारीटी (Charity) वा पछी चाहीन सक्छ भनेर गरीने फण्डरेज प्रतिबन्ध गरेको छ । पैसा पनि पेपाल डट कम बाट मात्र झीक्न वा राख्न सकिन्छ ।

गोफण्डमी डट कम बाट केही गर्नेहरुको सफलताको कथा


रकेटहब डट कम मा तपाईले फण्ड कलेक्सन गरे वापत दातालाई उपहार दिन पाउनु हुन्छ तर कानुनत बर्जित सामग्रीको प्रयोग सम्भव छैन ।  ईन्डीगोगो डट कम मा सबै देशका मान्छेले परियोजना प्रस्तुत गर्न पाउदैनन । टिस्प्रीङ्ग डट कममा गएर तपाईले टि-सर्ट डिजाईन गर्ने हो । मान्छेलाई मन परेर बिक्री भए त्यसैको केही हिस्सा तपाईको खातामा जम्मा हुने हो । स्पोनसमडट कम बाट पैसा उठाउन तपाईले आफ्नो परियोजना पेस गरेर मात्र हुन्न त्यसलाई प्रष्ट पार्ने भिडीयो राख्नु पर्छ भने आफ्नो भौतिक अस्तीत्व प्रमाणीत गर्नको लागी आफ्नो परिचयपत्र पेश गर्नु पर्छ । अर्को एउटा एप्सब्याकर डट कमभन्ने वेबसाईट छ जसमा गएर तपाईले आफुलाई दर्ता गरी मोबाईलमा चल्ने एप्लीकेशन (Application) तयार गर्नु भो भने उननिहरुले बेचेर तपाईलाई केही हिस्सा दिन्छन ।

यो लेखको शुरुमै उल्लेख गरी सकिएको छ हाईवे नामक चलचित्रको निर्माण पक्षले जे जसरी रकम संकलन गर्यो धेरै प्रकारको महत्वाकाँक्षी परियोजना साथमा भएकाहरुको लागी दिशा निर्देश नै गरेको हो तर  कुनै पनि फण्डरेजिङ्ग वेबसाईटमा गएर कसैले प्रोजेक्ट प्रपोजल पेश गर्ने बित्तिकै ह्वारह्वार्री पैसा आउछ भन्ने चाँही हैन । यसको लागी पेश गरीएको  प्रोजेक्टमा स्वेच्छीक सहयोगको लागी प्रयोगकर्ताको चित्त बुझाउन सक्नु पर्छ । अझ पोटेन्सीयल लगानीकर्ता सँग तपाईको पहुँच छ भने झनै राम्रो हुन्छ ।
यो लेख २०६९ माग २८ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।

अनलाईन काम र आम्दानी

$
0
0
डाटा ईन्ट्री (Data Entry), डाटा कन्भर्सन (Data Conversion), डाटा एड पोष्टिङ (Data Ad Posting),अनलाईन फर्म फिलिङ (Online Form Filling) ,  सर्च ईन्जीन अप्टीमाईजेशन (Search Engine Optimizetion) , कन्टेन्ट राईटिङ्ग (Content Writing),  वेब डिजाईनिङ्ग (Web Desiging) , कम्प्युटर तथा मोबाईल एप्लीकेशन  (Computer & Mobile Application) निर्माण
केही समय अगाडी अनलाईन जब (Online Job) भनेर निशुल्क होष्ट गर्न सकिने वेबसाईटमा गुगलका ‌ बिज्ञापनहरुलाई क्लीक गर्न लगाई काम गर्ने गराउनेहरु प्रशश्त देखीए ।  केहीले सार्है छोटो समयमा राम्रै आम्दानी पनि गरे भनीयो भने केहीलाई धोकापुर्ण तरिकाले क्लीक गरे वापत 'गुगल' ले सस्पेन्ड (Suspend) गरीदिदा रित्तो हात हुनेहरु पनि देखीए । अहिले अनलाईन जब को कुरा आउदाँ सिकारुहरुको लागी गुगल एडसेन्स (Google Adsense) बाट गर्न सकिने आम्दानीको खासै कुरा हुदैन । हुन पनी गुगलले केहीले प्रचार गरे जस्तो गरी कसैलाई पनि ह्वारह्वार्ती पैसा बर्साउदैन र अर्को मुख्य कुरा भनेको गुगलले प्रदान गर्ने बिज्ञापन र त्यस बापतको  रकम भनेको सर्वसाधरणले आफ्नो बस्तु वा सेवाको बजार प्रवर्दन गर्न गुगललाई दिए वापतको रकम हो जसको सञ्चालन गुगलले आफ्नो प्रणालीवाट गरी रहेको हुन्छ जसबाट निश्चीत रकम गुगलले लिएर विज्ञापन वापतको वाँकी रकम एडसेन्स प्रयोगकर्तालाई दिने गर्दछ । यस्तोमा भनिरहन पर्दैन दाताले विज्ञापन वापत त्यसबेला मात्र भुक्तानी (Payment) गर्छ जस्को औचित्य पुष्टी होस । गुगल होस वा सर्वसाधरण जसले पनि आफ्नो भुक्तानी सम्बन्धीत र सही ब्यक्तीलाई पुगीरहेको छ कि गलत तरीकाले भुक्तानी पुष्टी गर्न खोज्नेहरुको मा पुगीरहेको छ त्यो त हेर्छ नै तर यस्तोमा गुगललाई ढाट्न सकिदैन । धेरै बाठो भएर पैसा कमाउन खोज्नेहरु यहीबेला चुक्छन भने अर्को तिर गुगलका शर्तहरुलाई पुर्णत पालन गरेर राम्रै आम्दानी गर्नेहरु पनि प्रशश्तै भेटिन्छन ।  गुगलको प्रणालीले बुझ्ने अंग्रेजी भाषामा बनाईएका ब्लग तथा वेबसाईटहरु बाट सम्न्धीतको वेबसाईटको कन्टेन्ट (Content) मा आधारीत बिज्ञापन राखेरै गुगल बाट आम्दानी गर्नेहरु नि मनग्यै छन तर यसको लागी गुगल बिज्ञापन शर्तहरु बारेमा राम्रो जानकारी हुनु पर्दछ । गुगलको बिज्ञापन सम्बन्धी आफ्नै निती छ ।

गुगलललाई छोडेर मासिक न्युनतम दश , पन्ध्र हजार कमाउन सकिने भनिएका सबै 'अनलाईन जब' का बिज्ञापनहरु पुर्णत असत्य भने हैनन  । तर यो लक्ष्य प्राप्तिको लागी सम्बन्धीत ब्यक्तीको अंग्रेजी भाषा, ईन्टरनेट लगायत अन्य आधारभुत सफ्टवेयर सम्बन्धी ज्ञान भने उम्दा हुनु पर्दछ । मुख्यत: ईन्टरनेट र भाषा सम्बन्धी सिमीत ज्ञान भएको ब्यक्तीलाई माथी उल्लेख गरे झै मासिक १० देखी १५ हजार आम्दानी गर्न भने धेरै नै कठिन पर्छ ।  ईन्टरनेटमा अनलाईन काम गरेर पैसा कमाउनको लागी ‘डाटा ईन्ट्री (Data Entry) ’, ‘डाटा कन्भर्सन (Data Conversion) ’, ‘डाटा एड पोष्टिङ (Data Ad Posting) ’,‘अनलाईन फर्म फिलिङ (Online Form Filling) ’ ,  'सर्च ईन्जीन अप्टीमाईजेशन (Search Engine Optimizetion) ', 'कन्टेन्ट राईटिङ्ग (Content Writing) ',  'वेब डिजाईनिङ्ग (Web Desiging) ' , 'कम्प्युटर तथा मोबाईल एप्लीकेशन  (Computer & Mobile Application) निर्माण' ,  आदी कामहरु पाईन्छ । बजारमा बिषयगत दक्षता आवश्यक पर्ने काममा ठगिने हरु तुलनात्मक रुपमा डाटा ईन्ट्री , डाटा एड पोष्टीङ्ग , डाटा कन्भर्सन जस्ता कामहरु गरी मासिक हजारौ आम्दानी गर्ने सपना बोकेका हरुको तुलनामा धेरै नै कम छन  ।

धेरैलाई डाटा एड पोष्टीङ्ग , डाटा कन्भर्सन , डाटा ईन्ट्री जस्ता कामहरु जो कोहीले गर्न सक्ने काम हो भन्ने भ्रम रहेको पाईन्छ । केही आक्कल झुक्कल र सानो सङ्ख्यामा कुनै लिङ्कलाई अर्को वेबसाईटमा पोष्ट गरेर केही पैसा कमाउने  काम भेटिएला तर धेरै यस्ता डाटा एड पोष्टीङ्ग, कन्भर्सन, ईन्ट्री जस्ता कामहरु दिने क्लासिफाईड वेबसाईटहरुमा आफ्नै निती नियम हुन्छन । जस्तो कि कुनै बिषयको बिज्ञापन फलानो देश जनाउने डोमेन भएको क्लासिफाईड साईटमा गएर पोष्ट गर्नु पर्ने ,  आफुले पोष्ट गरेको बिज्ञापन एक्सेस गर्नको लागी डाईरेक्ट लिङ्क (Direct Link) दिनु पर्ने,  बिज्ञापन दोर्ह्याएर पोष्ट गर्न नपाईने  आदी आदी । डाटा ईन्ट्री गर्ने काममा दाताले तपाईले ईन्ट्री (Entry) गरेको डाटामा धोखाखडी नहोस भनेर बिभिन्न सावधानी अपनाएको हुन्छ । स्क्यान (Scan) गरीएका किताबलाई टाईप गर्ने काम गर्दा तपाईले केही राम्रै आम्दानी गर्न सक्नु हुन्छ तर यस्तो काम दिने अधिकांस तपाईले टाईप गरेको कन्टेन्ट गतल भएमा यतिवटा गल्ती भएमा यती पैसा काट्ने भन्ने सम्मको प्रावधान राखेका हुन्छ । त्यस्तै बिषयगत ज्ञानको आधारमा गर्न सकिने कन्टेन्ट राईटिङ्ग जस्ता कामहरु बाट पनि आम्दानी गर्न सकिने भएता पनि तपाईले कतैबाट हुबहु सार्नु भो भने सजिलै पक्राउ खानु हुन्छ ।  यस्तोमा तपाईको सानो असावधानीले ठुलो मेहनत खेर जान सक्छ ।  केही वेबसाईटहरुले अनलाईन जब गर्नको लागी एक ब्यक्ती सो साईटमा एउटा मात्र खाता बनाउन पाईने प्रावधान गरेको पाईन्छ ।  सजिला कामहरु गर्नको लागी ति साईटहरुमा एकभन्दा बढी खाता बनाएर राम्रो आम्दानी गरीसके पछी अचानक ब्लक भएकाहरु पनि भेटिन्छन ।

नेपालमा ईन्टरनेट मार्फत अन्तराष्ट्रीय फण्ड ट्रान्सफरको प्रावधान नभएकोले आफ्नो काम गरेको वापतको सहज भुक्तानी एउटा मुख्य समस्या हो । यि र यस्तै अन्य बिषय बारे आगामी अंकमा जानकारी दिईने छ ।
यो लेख मिती २०६९ फागुन ६ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस

अनलाईन काम पाईने प्रतिनिधी वेबसाईटहरु

$
0
0
घरमै बसी ईन्टरनेट मार्फत काम गर्नको लागी ओजेडवेबरिसोर्ससेज डट कम (www.ozwebresources.com), माईक्रोवर्कस डट कम (www.microworkers.com), फ्रिल्यान्सर डट कम (www.freelancer.com), ओडेस्क डट कम (www.odesk.com) आदी प्रतिनिधी वेबसाईटहरु हुन जसको साहायताले ब्यक्तीको क्षमता र ब्यवशायिक आचरण अनुसार आम्दानी गर्न सकिन्छ ।  उल्लेखित वेबसाईटहरुमा साधारण कम्प्युटर ज्ञान भएकाहरु देखी बिषयगत दक्षता भएका बिज्ञहरुले बिदेशको काम घरमै बसेर  गर्न सक्छन तर अंग्रेजी भाषाको दक्षता पहिलो शर्त हो । भाषागत दक्षता सहित कम्प्युटर एप्लीकेशन (Computer Application)  बारे राम्रो ज्ञान छ भने ईन्टरनेट बाटै आम्दानी गर्न सकिन्छ । आउनुहोस , ति वेबसाईटहरु मध्ये कुन कुन वेबसाईटमा कसरी काम गरीन्छ भन्न बारे चर्चा गरौ ।

ओजेडवेबरिसोर्ससेज डट कम : यो साईट मार्फत अनलाईन बाट काम गर्नको लागी कम्प्युटर र यस सम्बन्धी एप्लीकेशन बारे खासै ठुलो ज्ञान नभए पनि हुन्छ । तर कम्तीमा दोहोरिएका रेकर्ड पत्ता लगाउन सकिने माईक्रोसफ्ट एक्सेल (Microsoft Excel) जस्ता स्पेयरसिट एप्लीकेशन (Spreadsheet Application) को ज्ञान यसमा बान्छनिय देखीन्छ । साधारण अंग्रेजी पढ्ने र बुझ्नेहरुले पनि यसमा दिएका कामहरु गर्न सक्छन । यसमा काम गर्नको लागी सबभन्दा पहिले आफुलाई यस साईटमा दर्ता गर्नु पर्दछ । यस वेबसाईटमा उल्लेख भए अनुसार दर्ता गर्नको लागी  लगभग पचास अमेरिकन डलर भुक्तान गर्नु पर्दछ । तर नेपालमा भने दर्ता तथा तालिम शुल्क भनेर नेपालमा दस देखी पच्चीस हजार सम्म लिने गरेको पाईन्छ ।
यस वेबसाईटमा मुख्यत बिज्ञापन पोष्टीङ्ग (Ad Posting) को काम गरिन्छ । क्लासिफाईड साईट (Classified Sites) हरु (ईन्टरनेटमा बर्गिकृत बिज्ञापन पोष्ट गर्न मिल्ने वेबसाईट) आफैले खोज्नु पर्दछ ।  यसमा निश्चीत देशका क्लासिफाईड वेबसाईटहरु मात्र स्वीकार गरीने भनेर सिमितता तोकिएको हुन्छ । सय वटा क्लीफाईड एडलाई अन्य वेबसाईटहरुमा लगेर कपी पेष्ट गरी रिपोर्ट (Report) तयार गरे वापत लगभग चार डलर आम्दानी गर्न सकीन्छ । निश्चीत समयको लागी कुनै वेबसाईटमा एक पटक मात्र एड पोष्ट गर्न मिल्नु ,  तोकिएका विषयको बारेमा निश्चीत देशका क्लासिफाईड वेबसाईटहरु मात्र खोजेर एड पोष्ट (Ad post) गर्नु पर्ने हुनु आदी यस साईटमा अप्ठ्यारा हुन । गुगलमा गएर सर्च गर्नु भयो भने यससाईटको त्यो बिघ्न राम्रो रेपुटेसन (Reputation) देखिदैन । लामो समय सम्म धेरै पैसा जम्मा गरी राख्दा वेबसाईटवालाले पैसा नदिएको वा ढिलो दिएको कम्प्लेन (Complain) देख्न सकिन्छ ।

माईक्रोवर्कस डट कम : यस साईटमा ओजेडवेबरिसोर्ससेज डट कम भन्दा अलि स्तरीय काम र आम्दानी गर्न सकिन्छ । यस वेमा कुनै अर्को वेबसाईटमा गएर दर्ता गर्नु पर्ने , कुनै लिङ्क क्लीक वा बुकमार्क (Bookmark) गर्नु पर्ने ,फेसबुक, ट्वीटर, पिनटेरेष्ट जस्ता जस्ता सामाजिक सञ्जाल वेबसाईटहरुमा गएर कुनै वेबसाईट को बिज्ञापन गर्न तयार गरीएको लिङ्क पोष्ट गर्नु पर्ने लगायतका काम पाईन्छ  ।  तोकिएको काम गर्दा सो को प्रमाण अनिवार्य रुपमा पेश गर्नु पर्छ । लिङ्क शेयर गर्ने काम गर्दा खासै राम्रो आम्दानी गर्न सकिने देखीदैन तर अंग्रेजी भाषामा राम्रो दख्खल छ भने फोरम (Forum) मा पोष्ट गर्ने, कुनै सफ्टवेयर डाउनलोड (Software Download) गरी त्यसको रिभ्यु लेख्ने , कुनै ब्लगमा कमेन्ट गर्ने , कुनै तोकिएको बिषयबारे आर्टिकल तयार गर्ने , ब्लग लेख्ने जस्ता कामहरु पाउन सकिन्छ जस वापत यस वेबसाईटले तपाईलाई राम्रो भुक्तानी गर्दछ । यस साईटको राम्रो पक्ष भनेको कुनै पनि काम दिदा सो काम कसरी गर्नु पर्ने हो त्यसको स्पष्ट गाईडलाईन हुनु र दर्ता शुल्क नलाग्नु हो । बाँकी आफ्नो क्षमताको आधारमा कमाउन सकिने कुरा हुन ।


फ्रिल्यान्सर डट कम : ओजेडवेबरिसोर्ससेज र माईक्रोवर्कर्स डट कम को कामले खासै चित्त बुझेन भने एक पटक तपाई फ्रिल्यान्सर डट कम ट्राई गर्न सक्नु हुन्छ । यो स्वतन्त्र रुपमा घरै बसी बाहीरको गर्नको लागी कहलिएको वेबसाईट हो । यसमा अरु जस्तो वेबसाईट आफैले काम दिने , खोज्ने काम गर्दैन । यस वेबसाईटले निश्चीत कमिशन लिएर काम गर्ने गराउने बिच विश्वासको बाताबरण तयार गर्ने , काम गरे वापत भुक्तान गर्नु पर्ने रकमको निश्चीत प्रतिशत धरौटी लिई दिने  काम गर्दछ ।  यस साईटले यसै मार्फत सिप योग्यताको परिक्षा लिएर उतिर्ण हुनेहरुलाई राम्रो  काम दिने गर्दछ । यस वेबसाईटमा वेबसाईट (Website), मोबाईल फोन एप्लीकेशन निर्माण , डिजाईनिङ्ग (Designing) , घरै बसेर गर्न सकिने ईन्जीनियरिङ्ग, सेल्स (Sales) , मार्केटिङ्ग (Marketing), एकाउन्टिङ्ग (Accounting), कानुनी (Law), भाषा (Language) लगायत कन्टेन्ट राईटिङ्ग (Content Writing) को काम पाउन सकिन्छ । यस वेबसाईट मार्फत काम गर्दा कम दिने र लिने दुवै पुर्ण सन्तुष्ट हुन भनेर यि दुई पक्ष बिच वेबसाईट मार्फत संबादको प्रावधान रहेकोले कम्तीमा अंग्रेजी भाषाको दक्षता पहिले अनिवार्यता हो ।

ओडेस्क डट कम : फ्रिल्यासिङ्गको क्षेत्रमा यस साईटको माथी उल्लेख गरिएका साईटहरु भन्दा भिन्दै प्रकारको पहिचान छ । यहाँ काम पाउन माथी उल्लेख गरिएका साईटहरुको तुलनामा गार्हो छ । यसमा तपाईको कुनै पनि योग्यताको दक्षता परिक्षण गर्ने  परिक्षा  पास गर्नु पर्दछ । पास गर्नु भयो भने तपाईले धेरै कामहरुको बिज्ञापन देख्न सक्नु हुन्छ । नत्र तपाईले एक पटकमा उपलब्ध काम भनेर दुई वटा मात्र विकल्प भेट्नु हुन्छ । अन्य फ्रिल्यान्सिङ्ग वेबसाईटहरुको तुलनामा यसको परिक्षा प्राणाली कठीन छ । नेपालको श्रम बजार र नेपालका कम्प्युटर ईन्सीच्युट (Computer Institute) हरुमा दिईने शिक्षा हेर्दा यस वेब साईटको परिक्षा पास गर्न सक्ने ब्यक्तीले यसरी अनलाईनमा  काम खोज्दै हिड्नु पर्दैन । उसलाई विषिष्ठ ज्ञान भएको बिज्ञ भन्दा फरक पर्दैन । :P

माथी उल्लेख गरीएका वेबसाईटहरुको सार के हो भने अनलाईन काम गरेर आम्दानी गर्नको लागी अन्तराष्ट्रीय ग्राहक सँग संवाद गर्ने भाषागत दक्षता र आफु सँग सिप र त्यसलाई बेच्न सक्ने खुबी हुनु पर्दछ । त्यसैले , अनलाईन काम गर्ने भनेर कसैले विचार गरी रहेको छ भने उसले सबभन्दा पहिले आफ्नो दक्षता र सिपको पहिचान गर्न जरुरी देखीन्छ ।
यो लेख मिती २०६९ फागुन १३ गतेको स्थानिय ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीख गर्नुहोस

मोबाईल बाट निशुल्क ईन्टरनेट फोन

$
0
0
अहिलेको अवश्थामा वाईफाई, थ्रिजी वा जिपीआरएस वाट चल्ने गतिलो ईन्टरनेट र मोबाईल फोन मात्र हुनु पर्छ अवश्था हेरेर लगभग निशुल्क तपाई देश बिदेश कुरा गर्न सक्नु हुन्छ । स्मार्ट फोनमा तपाईको वा तपाईले कुरा गर्न चाहेको ब्यक्तीको पहुँच छैन भने पनि भिओआईपी प्रविधी बाट देशभित्रै कल गरे सरहको दरमा बिदेश कुरा गर्न सक्नु हुन्छ । दुवै तर्फ प्रविधीको पँहुच छ भने वाईफाई भएको वा राम्रो जिपीआरएस ईन्टनेट सुबिधा भएको मोबाईल बाट तपाई निशुल्क कुरा गर्न सक्नु हुन्छ । आउनुहोस यस किसीमको सुबिधा प्रदान गर्ने केही कहलिएका साईटहरुबारे चर्चा गरौ ।

भाईवर (Viber) : यस एप्लीकेशनको साहायताले भिओआपी (Voice-Over-Internet-Protocal) प्रविधीबाट वाईफाई वा थ्रिजी (3G) प्रविधी नेटवर्कमा आवद्द भएको मोबाईलमा टेलीफोनमा कुरा गरे झै कुरा गर्न सकिन्छ । निशुल्क रुपमामा पाईने यो सफ्टवेयर एन्ड्रोईड (Android), ब्लाकबेरी (BlackBerry), आईओस (iOS), सिम्बायोन (Symbion), विन्डोज मोबाईल (Windows Mobile) अपरेटिङ्ग सिस्टम (OS) जडान भएको मोबाईलमा ईन्सटल गर्न सकिन्छ । मोबाईलमा यो सफ्टवेयर ईन्सटल भए पछी प्रयोगकर्ताको मोबाईल नम्बरलाई यसले युजरनेम को रुपमा ग्रहण गर्दछ जसले गर्दा एप्लीकेशन सिन्क्रोनाईज (Synchronize) हुने यसेको मुख्या सर्भरमा सम्पर्क स्थापित गरी तपाईको मोबाईल कन्ट्याक्ट लिष्टमा भएकाहरु मध्ये कसकसले पहिले नै भाईवर चलाई रहेका छन सो देखाउछ र ति कन्ट्याक्टहरु सँग तपाई ईन्टरनेटको माध्यमबाट निशुल्क कुरा गर्न सक्नु हुन्छ । यसमा अन्य केही भिओआईपी (VOIP) सफ्टवेयर जस्तो कन्टयाक्ट जोड्न पर्ने, स्वीकृत नहुन्जेल पर्खनु पर्ने ,  छुट्टै सर्म्पर्क सूची बनउनु पर्ने जस्ता झन्झट हुदैन ।


स्काईप (Skype) : यस सफ्टवेयरको साहायताले ईन्टरनेट कनेक्सनमा रहेका दुई प्रयोगकर्ताहरु कम्प्युटर, मोबाईल फोन ट्याबलेट (Tablet) आदीको प्रयोग गरी एक अर्का सँग कुरा गर्न सक्छन । यसको लागी दुबै प्रयोगकर्ता संग स्काईप खाता हुनु जरुरी छ । जुनसुकै उपकरणमा यो सफ्टवेयर ईन्सटल गरीए पनि स्काईप टु स्काईप (Skype-to-Skype) कुरा गर्न पैसा लाग्दैन । अर्थात तपाईले आफ्नो मोबाईलमा स्काईप ईन्सटल गर्नु भएको छ र तपाईले कुरा गर्न चाहेको ब्यक्तीले उसको ल्यापटपमा यो सफ्टवेयर ईन्सटल गरेको छ भने पनि दुई विच निशुल्क कुरा गर्न सकिन्छ । यसको साहायताले ईन्टरनेट नेटवर्कमा नरहेको मोबाईल फोन वा ल्याण्डलाईन टेलीफोनमा पनि कुरा गर्न सकिन्छ तर यसको लागी तोकीएको शुल्क भुक्तान गर्नु पर्दछ ।

ह्वाट्सएप (WhatsApp) : स्मार्टफोनमा एसएमएस, भिडीयो - अडीयो  (Video - Audio ) फाईल पठाउन, कुरा गर्नको लागी यो कहलिएको एप्लीकेशन हो । तपाई यसलाई एन्ड्रोईड, ब्लाकबेरी , आईओएस, सिम्बायोन , विन्डोज मोबाईल अपरेटिङ्ग जडान भएको जुनसुकै फोनमा ईन्सटल गर्न सक्नु हुन्छ ।  भाईवरमा झै यसमा पनि प्रयोगकर्ताको फोन नम्बर युजरनेम हुने गर्दछ र एप्लीकेशन सिन्क्रोनाईन भएको बखतमा तपाईको कन्ट्याक्ट लिष्टमा भएका कस कसले यो एप्लीकेशन प्रयोग गरीरहेका छन सो देखाउछ । आप्नो कन्ट्याक्ट लिष्टमा भएका ह्वाट्सएप प्रयोगकर्ताहरु अनलाईन देख्नु भयो भने तिनीहरु सँग जहाँ सुकै कुरा गर्दा पनि कुनै प्रकारको शुल्क तिर्नु पर्देन ।

लाईन : यो पनि भाईवर, ह्वाट्सएप जस्तै फ्रि भिओआईपी एप्लीकेशन हो जसलाई तपाई स्मार्टफोन देखी पर्सनल कम्प्युटरमा समेत ईन्सटल गर्न सक्नु हुन्छ ।

काकाओ टक : यो पनि धेरै हिसाबले भाईबर , ह्वाटएप, लाईन जस्तै मोबाईल एप्लीकेश हो जसलाई तपाई आईओएस, एन्ड्रोईड, ब्लाकबेरी र विन्डोज मोबाईल अपरेटिङ्ग सिस्टम जडान गरीएको स्मार्टफोनमा ईन्सटल गर्न सक्नु हुन्छ । ईन्टरनेट नेटवर्क भित्र रहेका प्रयोगकर्ताहरु बिच कुरा गर्द कुनै प्रकारको शुल्क भुक्तान गर्नु पर्देन । हाल सम्म पर्सनल कम्प्युटरमा ईन्सटल गर्न मिल्ने सफ्टवेयर प्रयोगमा नरहेको भए पनि मोबाईल प्रयोगकर्ता बिच यसको साउण्डको गुणस्तरको कारणले लोकप्रिय छ ।

आईकल (iCal) : नाम सुन्दैमा तपाईलाई यो आईफोन वा एप्पल डिभाईसमा मात्र चल्छ होला जस्तो लागेको हुनु पर्छ । तर त्यस्तो हैन तपाई यसलाई एन्ड्रोईड तथा एप्पल अपरेटिङ्ग सिस्टम जडित मोबाईल प्लेटफर्ममा ईन्सटल गरी एकै सफ्टवेयर बाट याहु मेसेन्जर (Yahoo Messanger) , गुगल टक (Google Talk) ,  फेसबुक (Facebook) च्याट लगायत आईसिक्यु (ICQ), माईस्पेस (MySpace) सुबिधा प्रयोग गर्न सक्नु हुन्छ । यस एप्लीकेशनको प्रयोगले माथी उलेखित प्रदायकहरुको सुविधा प्रयोग गर्न पाउनुको अतिरिक्त निशुल्क भिओआईपी कल गर्न सक्नु हुन्छ ।


नोट :साथीभाई सँगको भलाकुसारी र ब्यक्तीगत प्रयोगको आधारमा यो लिष्ट तयार गरेको हो । मैले माथी उल्लेख गरेको भन्दा पनि उपयोगी र सजिला अन्या भिओआईपी मोबाईल एप्लीकेशन हुनु पर्छ । यहाँलाई यसको बारेमा जानकारी भए तलको कमेन्ट बक्समा जानकारी दिनु भए म यो लिष्ट अध्यावधी गर्दै लाने थिए । - धन्यबाद
 यो लेख मिती २०६९ चैत्र ४ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस। 

मोफसलका वेबसाईटहरु

$
0
0
अझै पनि जिल्ला विकास समिती हुम्लाको वेबसाईट   खोलेर हेर्नु भयो भने मुख्यपृष्ठमा सो वेबसाईट बनाई दिने ब्यक्तीले बिगत तिन वर्ष देखी वेबसाईटको सञ्चालन गर्दा लाग्ने शुल्क नतिरेकोको ले वेबसाईट बन्द गरीएको ब्यहोराको सुचना प्रकाशित गरेको पढ्न पाईन्छ । हुम्ला जिवीस त एउटा उदारण मात्र हो । यस किसिमको अवश्था नेपालका मोफसलका सरकारी कार्यलयहरुमा जही तही देख्न पाईन्छ । माथील्ला निकायहरुको लहड र निहीत स्वार्थवस ई-गभर्मेन्स (e-governance) लगायत यस प्रकृतीका कार्यक्रमहरु हठात आउने र त्यसको लागी बिनीयोजित रकम सक्नमै लक्ष्यीत भएका देखीन्छन । केही वर्ष पहिले नेपाल सरकार स्थानिय बिकास मन्त्रालयले नेपालभरीका नगरपालीकाहरुलाई अनिवार्यरुपमा वेबसाईट बनाउन र सार्वजनिक सरोकारका सम्पुर्ण सुचनाहरु त्यसैमा राख्न परिपत्र गरेको थियो । त्यही लहडमा धेरैले वेबसाईट पनि बनाए तर यसको प्रभावकारी कार्यन्वयन देखीएन । यसको प्रभावकारीता पुष्टी नहुनु मा यो निर्णय पछाडीको माथील्ला शक्तीकेन्द्रहरुले गरेको आन्तरिक चलखेल उल्लेखनिय छ । स्रोत भन्छ – सो कार्यक्रममा नगरपालीकाहरुलाई आफु सँग भएको जनशक्तिको क्षमता अभिबृदी गर्ने सक्ने गरीको सम्म राम्रै बजेट बिनीयोजन गरीएको थियो तर मन्त्रालयका सचिव र मन्त्रीहरु आफ्ना मान्छे मार्फत सेटिङ्ग मिलाएर सो काम आफ्नै मान्छे द्वारा गर्न र बजेट सक्न उद्दत रहे । त्यसैले दोस्रो वर्ष देखी नगरपालीकाहरुको अनलाईन (Online) उपस्थीती पहिलेकै अवश्थामा गयो । 

जिवीस लगायत नगरपालीकाहरुमा स्थानीय स्रोत साधनले नियुक्त हुने कर्मचारीहरु क्षमताको आधारमा भन्दा पनि राजनैतिक सोर्सफोर्सको आधारमा नियुक्त हुने र स्वयं ति निकायहरु सँग पनि जुनकामको लागी कर्मचारी नियुक्त गरीएको हो सो काम राम्र सँग गर्नको लागी क्षमता अभिबृदी लगायतका कार्यक्रमहरु नहुने हुनाले यस्ता कार्यक्रमहरु संञ्चालनको लागी तेस्रो पक्षको सहयोग लिने गरेको पाईन्छ । तेस्रो पक्षले सम्बन्धीत निकायहरु सँग गरेको सम्झौताको आधारमा काम गर्ने र ति निकायहरुले सम्झौता अनुसार भुक्तानी लगायतका काम नगरेको अवश्थामा कार्यक्रमहरु असफल हुने गरेका छन ।

पुर्वका धरान , ईटहरी , बिराटनगर , ईनरुवा , धनकुटा , दमक नगरपालीका वेबसाईटको कुरा गर्ने हो भने पनि धरान  , ईटहरी,  दमक बाहेक अन्यकेही (अपडेटेड : २०१३ , अप्रील ६) नगरपालीकाको वेबसाईट सञ्चालनमा छैन । सञ्चालनमा छैन भनेर दर्तै नभएका भने हैनन – यि मध्ये केहीले वेबसाईट सञ्चालनको लागी सम्बन्धीतलाई भुक्तानी गर्नुपर्ने शुल्क भुक्तान नगरेको ले सञ्चालनमा नरहेको हो । माथी उल्लेख गरे झै यि निकायहरु सँग आफ्नै दक्ष जनशक्ती नहुनु चाही ठुलै समस्या हो । हुनेहरुले राम्रै गरीरहेका छन । यस मामला मा धरान नगरपालीकालाई उदारणको रुपमा लिन सकिन्छ । यसको वेबसाईट (Website) निर्माण र सञ्चालन त्यहीका कर्मचारी +Shiv Chamling (शिवचन्द्र चाम्लीङ्ग) ले गर्ने गर्दछन । त्यसो त शिव आफ्नो क्षेत्रमा नाम कहलिएका जेहेन्दार ब्यक्तीका रुपमा चर्चित छन । उनले बनाएका सफ्टवेयरहरु धरान नगरपालीका लगायत हेटौडा नगरपालीका सम्म सञ्चालनमा रहेको छ भने नेपालका नगरपालिकाहरुको क्षत्रिय अध्ययन केन्द्रको वेबसाईट यिनैले बनाएका हुन । बिराटनगर उपमहानगरपालीकाको वेबसाईट , भरतपुर नगरपालीकाको , बिरगंज नगरपालीकाको , घोराही नगरपालीकाआदी सो साईट होष्ट गरीदिने कम्पनीले बन्द गरी दिएका वेबसाईटहरु हुन । जसलाई पुन: सञ्चालन गर्नको लागी पछिल्लो हिसाबकिताब राफसाफ गर्नु पर्ने सम्म हुन जान्छ ।

दुई चार पटक पोखराउपमहानगर पालीकाको वेबसाईट खोलेर हेर्नु भयो भने त्यसमा प्राविधिक समस्या देखा परेर पेज नै नखुल्ने हुन जान्छ । यो चाही सम्बन्धीत निकायले सर्वसाधरणलाई सुसुचित गराउने चाहना राख्दाराख्दै पनि आफु सँग दक्ष जनशक्ती नभएको कारणले दुख पाएको मान्न सकिन्छ । साधरणतय शक्तीकेन्द्रको निर्देशन बमोजिम राजधानी लगायत टाढा टाढाका कम्पनीहरु सँग काम गराउने र आफुलाई चाहेको बखतमा तिनीहरु सँग आर्थिक लगायत कतिपय कारणहरुको कारणले काम लगाउन नसक्नु प्राय जस्तोको समस्या देख्नमा पाईन्छ ।

सुचना प्रविधी अझ भनौ ई- गर्भरनेन्स नेपालमा सवैलाई लोभ्याउने विषय भएको छ । वास्तवमा सरकारी निकायहरुवाट ई-गर्भरनेन्स भनेको के हो त्यसको अध्ययन,  सम्भाब्यता र त्यो कार्यन्वयन गर्नको आईपर्ने चुनौति हरु के हुन सक्छन भन्ने कुरालाई नजरअन्दाज गर्ने गरेको भान हुन्छ ।  नगरपालिका जस्ता स्थानिय निकायहरुमा हुने खरिद प्रक्रियामा हुने टेण्डरमा विभिन्न राजनैतिक दलको सरक्षण प्राप्त समुह वाट हुने गरेको अवान्छित गतिविधी रोक्न जुनसुकै दलको नेता मन्त्री हरु ठुलो स्वरमा ई-गर्भरनेन्स र ई-टेण्डरको कुरा गरेर थाक्दैनन तर ईटेन्डर प्रणाली को कार्यन्वयन को कुरा परै छोड्नुहोस सम्बन्धीत निकायको वेबसाईट सहज सञ्चालनको बाताबरण सम्म पनि बनाउन सक्दैनन  ।

यो लेख मिती २०६९ चैत्र ११ गते आईतबारको ब्लाष्ट दैनिकमा प्रकाशित भएको छ । पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस ।

इन्टरनेट आक्रमण

$
0
0
हामी कहाँ खासै द्रुत र स्थीर गतीको ईन्टरनेट नहुने हुनाले त्यसको गती घटबढ हुनु चर्चाको बिषय हुदैन तर विश्व इन्टरनेट जगतमा यो हप्ता इन्टरनेटको गती घट्यो भनेर कोलाहल मचियो । खासमा संसारभर सुचना प्रविधीको क्षेत्रमा काम गरी रहेका शक्तीहरुलाई झस्काउने गरीको यो आक्रमण केही वेबसाईट बिषेशलाई लक्ष्यीत गरी सुचना चोर्ने अभिप्रायले प्रेरित भएर गरीएको थिएन । यसलाई बेलैमा नियन्त्रणमा लिने प्रयास नगरीएको वा आक्रमणकारीहरुले आफ्नो योजना मुताविक आक्रमण गर्न सफल भएका भए वर्तमान ईन्टरनेट सञ्चालन प्रणालीको मेरुदण्ड भाँचिने सक्ने ईन्टरनेट सुरक्षा बिज्ञहरुको ठम्याई छ । कतिपय विश्लेशकहरुले यस आक्रमणलाई वर्तमान ईन्टरनेट संरचना प्रणाली तहस नहस पार्ने अभिप्रायले गरीएको भन्दा पनि आक्रमणकारीहरुले आफ्नो फरक मत प्रश्तुत गरेर यसै क्षेत्रमा लागेकाहरु शक्तीहरु माझ उपस्थीती दर्साउनको लागी गरेका थिए भनेका छन ।

घटना किन भयो ? :
यो घटनाको मुख्य सुत्राधार भनेको स्पामहसभनिने एक बेलायती कम्पनी हो ।  यसले ईन्टरनेटमा हुने गरेका अबान्छीत भनिने गतीबिधीलाई निगरानी तथा प्रतिरोध गर्ने कार्यक्रम संचालन गरीरहेको छ । यस कम्पनीको रवैया प्रति ईन्टरनेट स्वतन्त्र र स्वच्छन्द हुनु पर्छ सोच भएका एक्टीभिष्टहरु शुरुवात देखिनै खुसी थिएनन । यसै बिच स्पामहसले इन्टरनेट प्रदायक कम्पनी (Internet Service Provider) हरुले विभिन्न खालका आतंककारी गतिविधिलाई प्रोत्साहन गरी रहेको, सामाजिक संरचनामा खलल पुग्ने गरी  ईन्टरनेटमा अश्लील गतिविधिलाई बढावा दिएको र ह्याकर (Hacker) समूहलाई मलजल गरिरहेको आरोप लगायर नियन्त्रणको प्रयास गरी रहेको थियो । यसै घटनाको पृष्ठभुमी यस किसीमको आक्रमण भएको हो ।


यस आक्रमण पुर्व स्पामहसले साईबरबंकरनाम गरेको एक डच वेबहोष्टीङ्ग कम्पनीले होष्ट गरेको अश्लील सामग्री र आतंककारी गतीबिधीलाई बढावा दिने भनिएका सामग्रीलाई प्रसारण गरीरहेको भनिएको केही वेबसाईटलाई आफ्नो संरचना मार्फत प्रसारणमा प्रतिबन्ध लगाएको थियो । त्यसैले यो आक्रमण साइबरबंकर वा त्यसै समहुको निर्देशनमा भएको ठानी स्पामहसले रसिया र युरोपियन अदालतको ढोका ढकढक्याएको छ ।  प्रसिद्द बेलायती पत्रिका गार्जियनले आफ्नो अनलाईन संस्करणमा यो आक्रमणलाई स्पामहसको रवैयाको कारण साइबरबंकर र यस्तै केही समुहहरुले मिलेर गरेको बिश्लेशण गरेको छ । आक्रमणकारीहरुले ईन्टनेट संरचनामा आक्रमण गर्नको लागी डिडस (Distributed Denial of Service) भनिने तरिका प्रयोग गरेका थिए ।

के हो डिडस आक्रमण ?
कम्प्युटर प्रविधीको क्षेत्रमा डिडस (denial-of-service attack वा distributed denial-of-service attack) आक्रमण भन्नाले इन्टेनेट संञ्जालमा रहेको कम्प्युटरलाई लक्ष्यगरी अनावश्यक र अत्याधिक रिक्वेष्ट पठाएको सो सिस्टमले रेसपोन्स गर्न नसक्ने बनाई सम्पर्कबिच्छेद वा सिस्टमले ढिलो रेसपोन्स गर्ने अवश्थामा पुर्याउनु हो । अर्को अर्थमा डिडस आक्रमण भन्नाले सर्भरलाई ओभरलोड दिने, तोकिएको कम्प्युटरलाई लक्ष्यीत गरि सिस्सटम रिसेट गर्न बाध्य पार्ने वा त्यस सिस्टमको रिसोर्सहरुको अनावश्यक र अत्याधिक प्रयोग हुने बनाई दिनु हो ।  साधरणतय यस किसीमको आक्रमण बैक, क्रेडिड कार्ड प्रोसेसिङ्ग गर्ने वेबसाईट वा डोमेन नेम सिस्टमको रुट नेमसर्भरमा गर्ने गरीन्छ ।

स्पामहस केन्द्रीत इन्टरनेट सञ्जालको बिरुद्दको डिडस आक्रमण प्रतिसेकेन्ड तिन सय मेगाबाइट सम्मको थियो ।  जबकी सम्पुर्ण रुपले सुरक्षीत भनिएका सर्भरहरु जसको चौबिसै घण्टा निगरानी गरीन्छ त्यसको सम्पर्क बिस्थापन गर्नको लागी पचास मेगाबाईट प्रतिसेकेन्डको डिडस आक्रमण प्रशस्त हुन्छ ।

र अन्तमा ,
यस काण्ड पछी साइबर बजारमा इन्टरनेट सुरक्षा र आलोचकहरुले भन्ने गरेको स्वतन्त्र र स्वच्छन्द ईन्टरनेट बारेका ठुलो बहस सिर्जना भएको छ तर कसैले चाहेर पनि ईन्टरनेट सञ्जाल वा यसले दिने सेवा उपयोग नगरी बस्न सक्ने अवश्था छैन । त्यसैले यस्ता घटनालाई सकारात्मक रुपमा सोच्दा भविष्यको लागि सुरक्षा चिन्ता प्रतिरोधी अनिवार्य कदम हुन सक्छ । यसै पनि नेपाल जस्त तेस्रो विश्वका देशहरुमा बिकसित देशहरुमा पर्ने प्रभाव धेरै ढिलो वा नपर्ने हुन जान्छ । त्यसैले अहिलेकै अवश्थामा हामीले डर मान्नु पर्ने अवश्था छैन ।
यो लेख मिती २०६९ चैत्र १७ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।

भिओआइपी कल

$
0
0
हाल प्रचलनमा रहेको ईन्टरनेटको माध्यम बाट सस्तोमा गरीने अन्तराष्ट्रीय कल देखी , स्काईप (Skype) , भाईबर (Viber) आदी मार्फत गरीने राष्ट्रीय तथा अन्ताराष्ट्रीय फोनलाई प्राविधिक रुपमा भिओआईपी (VoIP) फोन भनिन्छ । यस पद्दतिमा आई पी प्रोटोकल (IP Protocal) प्रयोग गरी ईन्टरनेटको माध्यमबाट आवाजलाई डाटा प्याकेटको रुपमा प्रवाह गर्ने गरीन्छ । साधरणतय यसको गुणस्तर मोबाईल वा पिएसटिएन (PSTN) ल्याण्डलाईन फोन जतीको राम्रो नहुन सक्छ तर यो कुरा ईन्टरनेट कनेक्सन तथा कुन प्रकारको भिओवाईपी (इन्टरनेट टेलिफोनी) पद्दती प्रयोग गरीएको छ त्यस कुरामा भर पर्ने गर्दछ । एनसेल, युटिएन, एनटिसी को नेटवर्क आदीबाट  एक्सेस कोड डायल गरी गरिने सस्तोमा गरीने अन्तराष्ट्रीय कल पनि ईन्टरनेट टेलीफोनी (Internet Telephoney) को उदारण हो । यो धेरै प्रकारको हुन सक्दछ। नेपालमा आगमन कल बाईपास गरी गरीने ईन्टनेट टेलीफोनी लाई अबैध घोषणा गरीएको छ। 

म्यानेज्ड गेटवेको प्रयोग गरी आईपी भ्यवाईस डाटालाई पिएसटिएन डाटा र पिएसटिएन डाटा लाई आईपी डाटामा परिवर्तन गरी एक ठाँउ बाट अर्को ठाँउमा कुरा गर्न सकिने पद्दतीलाई भिओआपी एम (VoIP - M) भनिन्छ  । ईन्टनेट टेलीफोनी (Internet Telephoney) भनेको चाही ईन्टरनेट प्रोटोकलको प्रयोग गरी त्यसै मार्फत भ्वाई डाटा (Voice Data) आदान प्रदान गरी गरीने पद्दती हो । ईन्टरनेट टेलीफोनीमा साधारतय डाटालाई पिएसटीएन वा मोबाईल नेटवर्कमा डाटा ड्रप गर्न दिईदैन । पिएसटिएन फोन वा भिओआईपी एम पद्दतीको तुलनामा ईन्टरनेट टेलिफोनी पद्दतीबाट कुरा गर्दा आवज उ बिघ्न राम्रो सुनिदैन तर पनि मुल्यको कारणले प्रयोगकर्ताहरुले यसलाई रुचाएका छन ।
भिओआईपी वा इन्टरनेट टेलिफोनीको प्रयोग देहाय बमोजिम बिभिन्न तरिकाले गर्ने गरीन्छ ।

पिसी टु पिसी (PC-TO-PC) : यसलाई आईपी डिभाईस टु आईपी डिभाईसको प्रयोग गरी गरिने फोनको रुपमा पनि बुझ्न सकिन्छ । कुनै दुई प्रयोगकर्ता एकै समयमा आ आफ्नो कम्प्युटरमा ईन्टरनेटको साहायताले सम्पर्क स्थापित गरी  कुरा गर्ने पद्दतीलाई आईपी डिभाईस टु आईपी डिभाईस टेन्टरनेट टेलीफोनी भनिन्छ । यस पद्दतीको प्रयोग गरी कुराकानी गर्नको लागी याहु मेसेन्जर, गुगल टक जस्ता थर्डपार्टी सफ्टवेयरको प्रयोग गर्ने गरीन्छ ।

पिसी टु फोन (PC-TO-PHONE) : यस पद्दतीबाट गरीने ईन्टरनेट टेलीफोनीमा ईन्टरनेटको माध्यम बाट पर्सनल कम्प्युटर र सिप फोन वा साधरण फोन बिच सम्पर्क स्थापित गर्न सकिन्छ । यसको लागी स्काईप जस्ता थर्डपार्टिको सफ्टवेयर को जरुरत पर्दछ । यस पद्दतीले फोन गर्दा प्रयोगकर्ताले न्युनतम शुल्क भने ब्यहोर्नु पर्ने हुन्छ । तुलनात्मक रुपमा आवाजको गुणस्तर कम भए पनी अत्यावश्यक रुपमा बिदेश फोन गर्नु पर्दा सस्तो पर्ने भएकोले प्रयोगकर्ताहरुले यसलाई रुचाएको पाईन्छ ।

फोन टु फोन (PHONE-TO-PHONE) : म्यानेज्ड आईपी नेटवर्कको स्थापना गरी भिओआईपी नेटवर्क मार्फत पिएसटिएन वा मोबाईल फोन मार्फत निश्चीत एक्सेस कोड डायल गरी बिदेशमा रहेको कुनै पनि फोनमा सम्पर्क स्थापित गर्ने पद्दतीलाई फोन टु फोन ईन्टरनेट टेलीफोनी भनिन्छ । यस पद्दतीबाट फोन गर्दा प्रयोगकर्ताहरु ईन्टरनेट नेटवर्कमा त हुनु पर्दैन तर सम्बन्धीत टेलीफोन कम्पनीले तोकेको एक्सेस कोड भने डायल गर्नु पर्छ । युटिएन , एनसेल, एनटिसी आदीमा एक्सेस कोड डायल गरी सस्तो दरमा बिदेश फोन गर्ने पद्दती पनि ईन्टरनेट टेलीफोनीकै एक रुप हो । साधरण टेलीफोन सेवा भन्दा यो सेवा सस्तो भए पनि आवाज गुणस्तर केही हद सम्म कम हुन सक्छ ।

आगमन कल बाईपास गरेर गरिने ईन्टरनेट टेलीफोनी (Incoming Call Bypass) : कुनै पनि बाह्य देशहरुबाट भित्रीने टेलीफोन कलहरु अन्तराष्ट्रीय दुरसंचार सेवाको लागी अनुमतीप्राप्त सेवा प्रदायकको गेटवे मार्फत नआई इन्टरनेटको माध्यम बाट भित्रीने कललाई कल बाईपास गरेर सञ्चालन गरिएको सेवालाई ईन्टरनेट टेलीफोनी भनिन्छ । यस प्रकारको कल बाईपास गर्नको लागी सो कार्य गर्ने ब्यक्तीले गेटवे डिभाईस , ईन्टरनेट कनेक्सन , ईन्टरनेट सञ्चालन गर्नको लागि पब्लीक आईपी एड्रेस तथा पिएसटिएन वा मोबाईल फोनको साहयता लिने गर्दछ । कल बाईपास गरी फोन गराउने ब्यक्तीले ईन्टरनेट तथा पब्लीक आईपी एड्रेसको साहयताले बिदेश बाट आफ्नो गेटवे डिभाईस सम्म ईन्टरनेटको माध्यम बाट भ्वाईस डाटा ल्याउने गर्दछ । यसरी आएको कललाई सो कलबाईपास गराउने ब्यक्तीले उसको आफ्नो गेटवे डिभाईस मार्फत जुन ठाउमा कल गरेको हो त्यही देशको स्थानिय टेलिफोन सेवा प्रदायकको सिम वा रिम कार्ड मार्फत सम्बन्धीतको ब्यक्तीको पिएसटिएन वा मोबाईल सम्म पुर्याई दिन्छ । तपाई हामीले बिदेश बास रिसीभ गरीएका कलहरुमा नेपालकै मोबाईल नम्बरहरु देखीनु आगमनकल बाईपास गरेर सञ्चालन गरिएको इन्टरनेट टेलीफोनीको उदारण हो । नेपालमा आगमन कल बाईपास गरिएको ईन्टरनेट फोन प्रतिबन्धीत छ ।
यो लेख मिती २०६९ चैत्र २५ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो ।पत्रिकामा छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नु होला ।
Viewing all 92 articles
Browse latest View live