Quantcast
Channel: साइबर चौतारी
Viewing all articles
Browse latest Browse all 92

ईन्टरनेटमा नेपालका राजनैतिक पार्टिहरु

$
0
0
चुनावको चटारो सँगै सबै जसो राजनैतिक पार्टिहरुमा प्रचार प्रसारको लहर शुरु भएको छ । निर्वाचन आचार सहिंताले केही अगाडीका चुनावमा जस्तो पोष्टर पम्प्लेटिङ्ग , भित्ते लेखन गरेर माहोल पुरै आफ्नो पक्षमा पारेको देखाउने अवस्था निस्तेज पारी दिएको छ । आफु केन्द्रममै बसे पनि मोफसलमा आफ्नो पार्टिको हैसियत  पत्तो पाई सकेका नेताहरु जनलहर कसरी आफ्नो पक्षमा पार्ने भनेर रणनिती बनाउन ब्यस्त छन त्यसैले प्रचार प्रसारको लागी कहिले सामाजिक सञ्जाल वेबसाईटहरुको ब्यापक प्रयोग गर्ने कुरा गर्छन भने कहिले दाताहरु बाट प्राप्त चन्दा ईन्टरनेटमार्फत लिने र त्यसलाई पारदर्शी तरिकाले प्रयोग गर्न कुरा बताउछन । यसले के देखाउछ भने कुल जनसंख्याको धेरै कम जनसंख्याले ईन्टरनेट प्रयोग गर्ने भएता पनि सुचना सम्प्रेषणको लागी अहिलेको अवश्थामा यही उत्तम उपाया हो र हाम्रै देशमा पनि यसको प्रयोग न्युन प्रतिसतले गर्ने गरेका भए पनि यसका अप्रत्यक्ष प्रयोगकर्ता र प्रभाव समुह यो भन्दा निकै ठुलो छ ।


संविधान सभाको दोस्रो निर्वाचन हुनै लाग्दाको अवश्थामा नेपालका प्रमुख पार्टिहरुको वेबसाईट हेर्ने हो भने लगभग सबै जसो एक से एक अपडेटेड छन । कसैले आफ्नो वेबसाईठको लेआउट नै परिवर्तन गरेर आकर्षक रुपमा प्रस्तुती देखाइएका छन भने कुनैले पुरानै भए पनि जानकारी र सुचना अध्यावधिक राख्ने गरेका छन । शनिवार यो लेख तयार पार्दाको अवश्थामा नेपाली काँग्रेसको वेबसाईटमा तिन दिन पहीले अध्यावधीक सामग्री प्रमुख थियो भने नेकपा एमालेको वेबसाईटमा एमालेको प्रचार अभियान सुरु शिर्षकमा एक दिन अगाडीको सामग्री प्रमुख थियो ।  त्यस्तै एकिकृत माओवादीको वेबसाईटमा एक दिन अगाडी वैदेशिक रोजगार व्यवसायीहरुको आन्दोलनप्रति एकीकृत ने.क.पा. (माओवादी)को बिग्यप्ती भनेर प्रमुख सामग्री थियो । यस्तै चुनावको दोधारमा रहेको ड्यास माओवादीको वेबसाईट पनि अध्यावधिक नै देखीन्छ । यसमा भाद्र २८ गते अध्यावधिक सामग्रीको रुपमा उक्त पार्टिले सर्वदलीय बैठकमा प्रस्तुत गरेका भनिएका प्रस्तावहरू राखीएको थियो ।

तुलनात्मक रुपमा मधेशी जनाधिकार फोरम, नेपाल, मधेशी जनअधिकार फोरम प्रजातान्त्रीक, तराई – मधेश लोकतान्त्रीक पार्टि लाई ईन्टरनेटमा भेट्न गार्हो छ । उल्लेखीत पार्टिका नेताहरुको सदभावमा सञ्चालीत भनिएका कतिपय हिन्दी र नेपालीमा नेपालका समाचार पस्कने वेबसाईट भेट्न सकिन्छ तर पार्टिले नै आधिकारीक रुपमा सक्रीय अनलाईन गतिविधी देखाएका छैन । यसो भन्दैमा मधेशी पार्टिको वेबसाईट नै छैन भन्ने हैन । राजेन्द्र महतोको सदभावना पार्टीलाई ईन्टरनेटमा भेट्न सकिन्छ तर त्यस साईटमा उपलब्द सामग्री बिचार गर्दा यो साईट अध्यावधीक नभएको वर्षौ भएको देखीन्छ । बरु सुर्यबहादुर थापाको राष्ट्रिय प्रजातन्त्र पार्टिको वेबसाईट राम्रै सँग अपडेट भैरहेको देखीन्छ ।  कुन ठाँउमा कुन उम्मेदवार चयन भए देखी कान्तीपुर टेलिभिजनबाट प्रसारित हुने बिजय कुमार पाण्डेको दिशा निर्देश कार्यक्रमा अध्यक्ष थापाले दिएको अन्तर्वातालाई बढो प्राथमितकता साथ स्थान दिईएको छ ।

नेपाल सदभावना पार्टि कि अध्यक्ष सरिता गिरी ईन्टरनेटमा सक्रीय नेताहरुमा एक पर्छिन । विवादस्पद अभिब्यक्ती दिएर नेपाल सामाजिक सञ्जाल प्रयोगकर्ताहरु माझ चर्चामा रहने गिरीको आफ्नो पार्टिको आधिकारीक वेबसाईट भने छैन तर उनि ब्लग लेख्छीन। माथी उल्लेखीत पार्टिका वेबसाईटहरु मध्ये राष्ट्रीय जनमुक्ती पार्टिको वेबसाईट अलि पृथक छ । यसमा कुनै बिषयमा भोटिङ्ग गर्ने देखी सर्वसाधरणको अभिमत , प्रतिकृया र पार्टि सम्बन्ध गतिविधीको जानकारी  आदी समावेश गरीएको छ । अन्य पार्टिको वेबसाईटमा प्रस्तुत सामग्रीलाई बिचार गर्दा यो साईट अलि समावेशी देखीन्छ । यसको निर्माण धरानका  सुधिर लिम्बु  ले गरेका हुन ।

सबै जस्तो राजनैतिक पार्टिहरुले आफ्नो राजनैतिक बिचार प्रवाह गर्न हिसाबले वेबसाईटको सञ्चालन गरेको भए पनि धेरैले पार्टिका प्रमुख नेताले गरेका भाषण , केन्द्रीय समितीको बिज्ञ्यप्ती आदीमा अल्मल्ली रहेको भेटिन्छ । उदारणको लागी नयाँ बन्ने सम्बीधान कस्तो हुनु पर्छ भन्ने बिषयमा सदभावना पार्टी बाहेक कुनै पनि पार्टीको वेबसाईटको सो कुरा उल्लेख भएको देखिन्न ।
यो लेख मिती २०७० असोज ६ गतेको ब्लाष्ट दैनिकमा प्रकाशित भएको थियो । पत्रिकाको छापीएको आकारमा पढ्न यहाँ क्लीक गर्नुहोस

Viewing all articles
Browse latest Browse all 92